गठबन्धनमा सिठ बाँडफाँडको टुङ्गो लागिसकेको छैन : उपसभापति खड्का

भक्तपुर, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलहरुबीच अझै सिठ बाँडफाँडको टुङ्गो नलागेको बताउनु भएको छ ।

आज भक्तपुरका नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ को चुनाबमा गठबन्धनसहित जाने भएपनि सिठ बाँडफाँडको टुङ्गो भने अझै नलागेको बताउनु भएको हो ।

अहिलेको गठबन्धन काँग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिले यस्तो अबस्था सृजना गर्यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने काँग्रेस एक्लै चुनाब लड्ने अबस्था छैन, काँग्रेस एक्लै जान खोजे फेरी एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेशवादी दलको गठबन्धन हुने अबस्था देखियो, त्यसैले पनि काँग्रेसले गठबन्धन छाड्न सक्दैन ।”

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेको दलहरु गठबन्धन र तालमेलको अबस्थामा पुगेको बताउदै उहाँले गठबन्धन काँग्रेसका लागि रुची नभई बाध्यता भएकोृ बताउनु भयो । गठबन्धनमा सिठ बाँडफाँड मिलाउँदा काँग्रेसले पाउने सिठ संँख्या घट्न सक्ने भन्दै उहाँले त्यस्तो अबस्थामा कतिपय कतिपय नेताले टिकट नपाउने अबस्थालाई बुझिदिन आग्रहसमेत गर्नु भयो ।

गठबन्धन गर्दा काँग्रेसलाई बढी भन्दा बढी फाइदा हुने र क्षति कम हुने गरिनै गठबन्धनमा सिठ बाँडफाँड हुन्छ भन्दै उहाँले गठबन्धनका उम्मेदवार जो भएपनि जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो । मंसीर ४ गते पछाडि नेपाली कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउदै गठबन्धन सहित दुईतिहाई नजिकको सरकार बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो ।

आगामी निर्वाचनमा मतदाताको मन जित्ने गरि घरघरमा जान निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरि जाऔँ, काँग्रेस भित्रको असहमति, विभेद, चित्त दुखाई, असन्तुष्टी जे जे छन्, त्यो सबैलाई मंसीर ४ गतेसम्म पोको पारेर गाँठो पारेर कुटटिलो पारेर राख्नस्, चुनाब पछि त्यसलाई खोलेर छलफल गरौँला र काँग्रेसलाई अझै समृद्ध बनाउँला ।”

यो पनि पढ्नुहोस  सूर्यविनायक वडा नं. ८ ले गर्यो एसईई उतीर्ण विद्यार्थी र खेलाडीलाई सम्मान

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज अम्बिका बस्नेतले संसदको गत निर्वाचनमा प्रतक्ष्य तर्फ २३ सिट मात्रै जितेको नेपाली काँग्रेसलाई अबको निर्वाचनमा बढी भन्दा बढी कसरी जिताउने, संघमा १६५ र प्रदेशमा ३३० मै काँग्रेस सहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिनु भयो । अहिले गठबन्धनमा सिठ बाँडफँडमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उहाँले टिकट पाउँन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताउनु भयो ।

काँग्रेस वाग्मति प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले काँग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताउनु भयो ।

त्यस अवसरमा काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्र.सलाई पहिलो पार्टी बनाएको चर्चा गर्दै मंसीर ४ गतेको निर्वाचनमा पनि काँग्रेस अझै शसक्त भएर लाग्नेब ताउनु भयो ।

टिकटका लागि संघ र प्रदेशमा धेरै आकांक्षी रहेको बताउदै उहाँले भन्नुभयो, “पार्टीलाई गठबन्धनको सकस छ, भक्तपुरमा धेरै साथीहरु आकांक्षी हुनुहुन्छ, भक्तपुरमा कांग्रेस एक्लै चुनाब लड्न सक्छ तर पार्टीले जसलाई टिकट दिन्छ, जे निर्णय लिन्छ त्यसैलाई मानेर अगाडि बढ्छौँ, चिया पसल, सामाजिक सञ्जालमा जथाभावी लेख्न छाडेर चुनाबमा केन्द्रीत हुन सबैलाई आव्हान गर्छु ।”

कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण