विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग

भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।

आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”

उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”

गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

यो पनि पढ्नुहोस  नेकपा एमाले क्षेत्र नं. २ बाट उम्मेदवारमा सचिव महेश बस्नेत सर्वसम्मत, क्षेत्र नं. १ भने बाट ६ जनाको नाम सिफारिस

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”

यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”

अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।

पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।

केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।

यो पनि पढ्नुहोस  सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी

कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।

आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”

उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”

गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

यो पनि पढ्नुहोस  चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”

यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”

अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।

पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।

केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।

यो पनि पढ्नुहोस  एमाले सचिवालय बैठकमा पार्टी र निर्वाचनको समिक्षा, बैठक भोली पुनः बस्ने