माओवादी कार्यकर्ता एमाले प्रवेश

भक्तपुर, २४ भदौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेको बहुमत ल्याउने गरि कार्यक्षेत्रमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

आज भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश सभाको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै उहाँले एमाले पार्टीले एक्लै चुनाब लड्ने बताउदै गठबन्धनलाई परास्त गर्न एक भएर चुनाबी अभियानमा लाग्न निर्देशन दिनु भएको हो ।

जिल्लास्तरमा अबस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उहाँले बताउनु भयो । पार्टीको नीति अनुसार केन्द्रीत रहेर आगामी निर्वाचनमा एमालेको जनलहर ल्याउने गरी लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका फ्याक्सन इन्चार्ज माननीय महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटीको भेलालाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।

‘निर्वाचनको उम्मेदवारी छनौट,मतदान प्रकृया देखि मतगणना प्रक्रिया हुँदै बिजय घोषणासभा सम्म युथफोर्सको मुख्य भुमिका हुनेछ।युथफोर्स कुनैपनी कार्यमा ब्याक नहुने,गठबन्धनले सत्ताको दुरुपयोग गरेर।प्रहरी प्रशासन लगाएर आफू बलियो भएको स्थनमा हामी माथी भौतिक आक्रमण पनि गर्न सक्छन्।’

‘हामी संयामित र अनुशासित भएर जान्छौं।हामी प्रहरी प्रशासनको सहयोग लिन्छौं।प्रशासनले सहयोग दिएमा हामी त्यही ढङ्गले समस्या हल गर्छौं।यदि प्रहरी प्रशासनले सहयोग गरेन भने हामी मुखले सम्झाउछौं।मुखले सम्झाउंदा मान्ने स्थिति भएन भने हातगोडाले पनि सम्झाउन युवा संघ नेपाल तयार रहेको छ।कानुन मिचेर हामिमाथी आक्रमणनै गर्दा राष्ट्रिय युवा संघ निरीह भएर नबस्ने जनाउनु भएको छ।’

त्यस्तै,मंसिरको ४ को निर्वाचनपछि आफ्नो पार्टी नेकपा एमालेले सरकार बनाउने दावी गर्दै देशमा विकास निर्माणको कार्य हुन नदिन।भ्रष्टाचारीहरुलाई संरक्षण दिन राष्ट्रियतालाई समाप्त पार्नको लागि सत्तारुढ गठबन्धन एमालेको बिरुद्ध लागि परेको र गठबन्धनको त्यो सपना पूरा हुन नदिने पनि बताउनुभएको छ ।

यो पनि पढ्नुहोस  पाँच वर्षमा थिमिको धेरै बिकास, बाँकी सबै बिकास र समृद्धिलाई अब पाँच वर्ष : नेता महेश बस्नेत

आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको ऐतिहासिक पहिलो अधिवेशनमा दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको युवा नेता तथा व्यवसायी किरण थापाको पहलमा आज चार दर्जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस, माओवादी लगायतका ४८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं ९ का युवाहरु एमालेमा प्रवेश गरेका हुन् । जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेको विकल्प नभएको उल्लेख गर्दै युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष बचन देउजा तथा संघको केन्द्रीय कमिटीका पदाधिकारीहरुले अविर तथा खादा लगाएर एमालेमा प्रवेश गराउनुभयो ।

गठबन्धनका नाममा मुलुक र जनताको हित नभई आफ्नो र आफ्नो परिवारको हितमा मात्र काम गरेकाले अबको दिनमा मुलुकको नेतृत्वमा एमालेको हुनुपर्ने भन्दै उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् । गठबन्धनले आफन्तवानको साथ साथै भ्रष्टाचार, अनियमितता, विभिन्न प्रकारका राष्ट्रघाती कदम, गैरकानुनी गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरेको नवप्रवेशी युवाहरुले उल्लेख गरेका छन् । नवप्रवेशी युवाहरुले नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले कायापल ल्याएको उल्लेख गर्दै अबको उज्वल राजनीतिक भविष्य तथा भक्तपुरको विकासमा एमालेमा रहेर जस्तोसुकै कठिन परिस्थितीलाई पनि सामना गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

यो सँगै भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनलाई दैनिक रुपमा क्षती हुँदै गएको छ भने एमालेलाई विजयी यात्राको शिखर चुम्दै गएको बुझ्न सकिन्छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  गुणस्तरहिन कागज लिएर जनक शिक्षा आएका चार ट्रक प्रहरीे नियन्त्रण