आज राती मध्यपुरथिमि भव्य रुपमा मनाइदै जिब्रो छेड्ने जात्रा

-रमेश गिरी
भक्तपुर, २५ भदौ । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा बैशाख २ गते मध्यपुर थिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौ । तर येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ आज राती थिमिमा भव्य रुपमा मनाउन जात्राको तयारी पुरा भएको छ ।

आज राती ८ बजे पछि मध्यपुर थिमि–५ का विरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पुरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनु हुन्छ । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक पटक रोकिदै आएको यो जात्रा बि.सं. २०५३, २०५९ र २०६३ सालमा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ सालमा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यबस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो ।

विरेन्द्रभक्तले २०७४ सालमा जिब्रो छेडाए पछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु भएको थियो । त्यसपछि यस वर्ष आज राती यो जात्रा हुने भएको हो । परम्परा अनुसार विरेन्द्रभक्तले मुल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुईरो) बनाउन सम्ये बजीसहितको पुजा दिएर आग्रह गरे पछि तीन साता अघि नकर्मीले जिब्रो छेड्ने सुईरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिने भएको हो ।

संस्कृतकर्मी श्रेष्ठका अनुसार जात्राको आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने प्रचलन सम्पन्न भएको छ ।

जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ । रातो भालेको बलीसहित पूजागरी भोज खुवाइन्छ । येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन् । कसैसँग बोल्न पनि हुँदैन । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

यो पनि पढ्नुहोस  जुन ९ मा नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै

उहाँले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।

आज राती राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेड्ने श्रेष्ठले बताउनु भयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ आज साँझ बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईउने गरिन्छ ।

डवलीमा नकर्मीले बनाएको सुईरोबाट जामनःगुरु, नायः पमा, नकर्मी लगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरुले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको ईच्छा अनुसार नगर परिक्रमा गराइन्छ ।

धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउछन् । त्यसपछि जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिए पछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूईरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनु पर्ने स्थानीय बताउछन् ।

यो पनि पढ्नुहोस  दीर्घकालिन योजना एवं भूउपयोग नीति ल्याउन नगर प्रमुख खत्रीलाई बिज्ञहरुको आग्रह

जात्राको किम्वदन्ती अनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरि आफ्नो शाहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साए पछि उनीहरु भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुर थिमीको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउछन् ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  सर्वदलीय बैठकमा आचार संहिताको उलङ्घन रोक्न दलहरुको माग, निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आव्हान

उहाँले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।

आज राती राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेड्ने श्रेष्ठले बताउनु भयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ आज साँझ बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईउने गरिन्छ ।

डवलीमा नकर्मीले बनाएको सुईरोबाट जामनःगुरु, नायः पमा, नकर्मी लगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरुले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको ईच्छा अनुसार नगर परिक्रमा गराइन्छ ।

धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउछन् । त्यसपछि जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिए पछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूईरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनु पर्ने स्थानीय बताउछन् ।

यो पनि पढ्नुहोस  भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टसहित कर्मचारीले गरे नवनियुक्त अध्यक्ष ज्ञानराम श्रेष्ठलाई स्वागत