भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन
भक्तपुर, २५ पुस : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने सरकारले तयारी गरेको बताउनु भएको छ । आज भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटनमा बोल्दै उहाँले महासंघको मागलाई सरकारले सकारात्मक रुपमा लिएर घोषणाको तयारी गरेको बताउनु भएको हो ।
महासंघ ढकालले भन्नुभयो, “स्कुललाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गनै सरकारसंग माग गरका थियौ, मन्त्री परिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।”
अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेहरू माथि कानूनी कारबाही गर्नुपर्नेमा उहाँले माग गर्नुभयो ।  उहाँले निजी क्षेत्रको मनोबल खस्किएको र लगानी मैत्री वातावरणका छैन भन्ने भाष्यलाई चिर्दै महासंघको पहलमा निजी क्षेत्रका व्यवसायीहरु जुटर १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापनाको कार्य भएको बताउनुभयो ।
कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताउदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन एवं लगानीमैत्री वातावरणको लागि विभिन्न कानून संशोधनमा महासंघले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।  महासंघ अध्यक्ष ढकालले निजी लगानी गरिरहेका व्यवसायी एवं महासंघलाई सरकारले प्रतिपक्षको रुपमा व्यबहार गर्न नहुने बताउदै राज्यको आर्थिक सम्बृद्धिको मेरुदण्डको रुपमा रहेकाले राज्यले समाज व्यबहार गर्नु पर्ने औल्यानुभयो ।
भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  कार्यक्रममा संघका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताउनुभयो ।

Disqus comments are not configured yet.

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0