कार्तिक १५ गते आइतबारको राशिफल २०८३ | कुन राशिलाई कस्तो दिन?
मेष राशि
आजको दिन सामान्य रहनेछ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठूला व्यक्तिहरूको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने सम्भावना भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। नसोची निर्णय लिने बानीले अप्ठ्यारो पार्न सक्छ। तत्कालको फाइदा हेर्दा पछि घाटा हुन सक्छ। काम बिग्रने डरले सताउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोस्। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्न सक्छ।
वृष राशि
दिन सामान्य छ तर हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लाग्नेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल मिल्नेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
मिथुन राशि
दिन राम्रो रहनेछ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ र सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट राशि
दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। आज ठूला योजना बन्नेछन्। स्वास्थ्यमा जोखिम बढ्ने सम्भावना छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
सिंह राशि
दिन राम्रो रहनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ तर खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कन्या राशि
दिन सामान्य छ। श्रम शोषण भएको महसुस हुनेछ। राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवारभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव बढ्नेछ।
तुला राशि
दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मन शान्त बन्नेछ। ठूला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुसी साट्ने अवसर प्राप्त होला। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
वृश्चिक राशि
पठनपाठनमा मन जानेछ। सामाजिक काममा दिन बित्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। आफ्नो कामप्रति सन्तुष्टि बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
धनु राशि
दिन सामान्य छ। यात्रामा जोखिम छ। समय र सम्पत्ति खर्च भए पनि सोचेको काम बन्नेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। चिताएका काममा नसोचेका समस्या देखिनेछन् र सहयोग गर्नेहरू कमै भेटिनेछन्। सामान्य काममा बढी धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुऱ्याउनुहोस्। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
मकर राशि
दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको विवादले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
कुम्भ राशि
स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा हुनेछ। सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले पनि उत्साह जाग्नेछ।
मीन राशि
दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ।



