पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ ।

साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस  भक्तपुर अदालतको फैसला सदर गर्दै बिक्री भएको कमल पोखरी सार्वजनिकनै हुने उच्च अदालतको फैसला, खुसीयालाी मनाउदै बोडेवासीले गरे बाजागाजासहित पोखरी परिक्रमा
प्रकाशित मितिः