भाइटीकाको दिन हल्का वर्षाको सम्भावना, भोलिपल्टदेखि मौसम खुल्ने

काठमाडौं । यस वर्षको भाइटीकाका दिन देशका केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। कमजोर पश्चिमी वायुको प्रभावका कारण नेपालको पूर्वी आधा भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो।

मौसमविद् विनोद पोखरेलका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा समेत हल्का वर्षा हुन सक्छ। यद्यपि, हालको मौसम पूर्वानुमानमा ठूलो वर्षाको संकेत नदेखिएकाले टीका लगाउन तथा आवतजावत गर्न खासै समस्या नहुने उनको भनाइ छ।

भाइटीकाको दिन सामान्य बदलीसँगै छिटपुट वर्षा हुन सक्ने भए पनि त्यसको भोलिपल्टदेखि भने मौसम क्रमशः खुल्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

यससँगै तिहारको अन्तिम दिन भाइटीकामा मौसमले सामान्य प्रभाव पार्न सक्ने भए पनि त्यसपछिका दिनमा मौसम अनुकूल रहने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस  आज नयाँ दुई मन्त्रीले सपथ खादै
प्रकाशित मितिः