आगामी निर्वाचनमा एमालेको लडाई बिकास, समृद्धि, परिवारवादको बिरोधीसँग : एमाले नेता बस्नेत : मध्यपुरथिमिमा एमालेको चुनावी अभियान

भक्तपुर । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेतले आउँदो ३० गतेको स्थानीय तहको निर्वाचनमा एमालेको लडाई बिकास र समृद्धिको बिरोधीहरुसँग रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरकमिटी स्थानीय निर्वाचन २०७९ मध्यपुरथिमि नगरपालिकाका सूर्य ध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा बोल्दै उहाँले हाम्रो लडाई समृद्धिका लागि, परिवर्तनका लागि, जनताको सेवाका लागि रहेको बताउनु भएको हो ।

एमाले पोलिटव्यूरो सदस्य, प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “यतिखेर एमाले एक्लै चुनावी मैदानमा छ, हाम्रो यात्रा देशको बिकास, समृद्धि, परिवर्तन र देशको जनताको सुखी जीवनका लागि हो, अर्को पक्ष जो गठबन्धन बनाएर आएको छ उसको यात्रा बिकास बिरोधका लागि, समृद्धिमा अबरोधका लागि, भ्रष्टाचारका लागि, नातागोताका लागि, परिवार र आफन्तका लागि, त्यसैले जनताको पक्षमा उभिएको एमालेलाई जनताको साथ छ, जीत सुनिश्चित छ ।”

नेकपा एमालेको सरकारको नेतृत्वमा भक्तपुरमा कति विबकास भए घाम जत्तिकै छर्लङ भएको बताउदै उहाँले विगत पाँच वर्षको एमाले बाहेक विकासमा अरु पार्टीको कुनै भूमिका नरहेको उहाँको भनाइ थियो । उहाँले भक्तपुरमा विगत चार वर्षमा जे जति सडक, मठ–मन्दिर र अन्य बिकास भएका छन् ती केपी शर्मा ओलीको सरकारको नेतृत्वमा भएको बताउनुभयो । अहिलेको गठबन्धन तोरी र कोदो जस्तो रहेको टिप्पणी गर्दै उहाँले हेर्दा उस्तै तर त्यसलाई पिस्दा त्यसबाट न तेल निस्कन्छ न त पिठो नै निस्कन्छ, मात्र खाली पिना निस्कन्छ भन्नु भयो । उहाँले यो गठबन्धनले बिकासको काम रोकेको समेत बताउनुभयो ।

उहाँले केपी ओलीको नेतृत्वको सरकारको पालामा कोभिडको समयमा आइसीयू र बिभिन्न सुबिधासहित चार अस्पतालका निमित्त २८ करोड बजेट ल्याउन सफल भएको, भूकम्पपछि ९२ विद्यालय बनाउन सफल भएको, क्यान्सर सेन्टरलाई २ अर्ब, मानव अंग प्रत्यारोपण केन्द्रलाई १ अर्ब र क्षयरोग अस्पताललाई ८० करोड बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाँले उम्मेदवारमा टिकट नपाएर चित्त, मन दुखाएर बस्नु सट्टा मैदानमा उत्रेर गठबन्धनको नाउँमा मुलुक बनाउने होइन नेकपा एमालेलाई कसरी समाप्त गर्ने भनेर लागि परेकाहरु बिरुद्ध लडेर जनताको मन जित्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस  संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले उम्मेदवारहरुले टिकट नपाउँदा मन दुखाउनु भन्दा हामीले हाम्रो पार्टीलाई अझ बलियो बनाउनु पर्छ भन्ने सोचेर अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले चुनाव जित्न एक्लै हिँडेर हुँदैन बलियो टिम हिँडेपछि मात्र बिपक्षको सामु एउटा बलियो चुनाबी माहोल हुने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख एवं मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठले आफू नगर प्रमुख हुँदा गरेको विकासमा कुनै पनि असन्तुष्टी नरहेको बताउनुभयो । उहाँले आफ्नो नगरबासीका लागि गरेको काम र नगरबासीको बिश्वासले गर्दा फेरी पनि मध्यपुरथिमि नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको र अब गर्न छुटेका बिकासका कार्यहरु सहज ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिमा मात्र नभई सबै जिल्लामा नेकपा एमाले आफ्नो पार्टीले दिएको निर्देशन बमोजिम चुनावी माहोलमा अगाडि बढेको बताउनुभयो ।

उहाँले आफ्नो उम्मेदवारी नगरबिकासका साथसाथै महिलाहरुको लागि पनि एउटा अवसरको रुपमा रहेको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका सूर्यध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको ९ वटै वडाको उम्मेदवार वडाअध्यक्षसहित ५ जना सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो ।

वडा नं १ का उम्मेदवार वडाअध्यक्षमा कृष्णगोपाल प्याठ, महिला सदस्यमा राधा हुमागाई, दलित सदस्यमा खुस्बु परियार, सदस्यमा श्यामकृष्ण प्रजापति र सुरेश बुढाथोकी रहेका छन्  । वडा नं.२ को अध्यक्षमा प्रकाश थापामगर, महिला सदस्यमा सरिता अर्याल, दलित सदस्यमा अम्बिका रजक, सदस्यमा रविन सिजापती र रामकृष्ण दाहाल रहेका छन् ।

वडा नं. ३ को अध्यक्षमा होमनाथ ढुङ्गेल, महिला सदस्यमा सिता अधिकारी उप्रेती, दलित सदस्यमा प्रमिला परियार, सदस्यमा इन्दु शर्मा र रविन्द्रनाथ न्यौपाने रहेका छन् । वडा नं. ४ को अध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला सदस्यमा राम केशरी श्रेष्ठ, सदस्यमा मदन ख्या श्रेष्ठ र शंकरमान श्रेष्ठ रहेका छन् ।

यो पनि पढ्नुहोस  भक्तपुरमा स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन एवं प्रर्दशनी सम्पन्न

वडा नं. ५ को अध्यक्षमा राधेश्याम प्रजापति, महिला सदस्यमा कमला प्रजापति, सदस्यमा सुजन श्रेष्ठ र सुरेन्द्र भासिमा रहेका छन् । वडा नं. ६ को अध्यक्षमा दिलकृष्ण खाँस प्रजापति, महिला सदस्यमा रति थापा श्रेष्ठ, दलित सदस्यमा मन्जु नेपाली, सदस्यमा अमित चक्रधर र चन्द्रमान प्रजापति रहेको छन् ।

वडा नं. ७ को अध्यक्षमा कृष्ण कुमार प्रजापति, महिला सदस्यमा धन केशरी धुमन, दलित सदस्यमा चम्पा मिजार, सदस्यहरुमा भक्तराज खत्री र योगेन्द्र दुवाल रहेका छन् । वडा न.८ को अध्यक्षमा विक्रम बुढा, महिला सदस्यमा सुनकेशरी भासि, दलित सदस्यमा मन्दिरा थापा नेपाली, सदस्यमा लक्ष्मी नाथ था र श्याम होना रहेका छन् ।

वडा नं. ९ को अध्यक्षमा दिपेन्द्र थापा, महिला सदस्यमा सिता खड्का केसी, दलित सदस्यमा सुन्तली विश्वकर्मा, सदस्यमा केशव राजवाहक र जयकृष्ण अधिकारी रहेका छन् । कार्यक्रममा उम्मेदवारहरुले आजैदेखि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका थिए ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  मुख्यमन्त्री किरण थापाद्धारा बुढीगण्डकी नदीमा आएको बाढीबाट सुरक्षित रहन नागरिकमा आव्हान