नेकपा समाजवादीदेखि स्वतन्त्रका वडाध्यक्षसम्म एमालेमा प्रवेश, घरदैलो अभियानमै गठबन्धनका युवाहरु एमालेमा समाहित

भक्तपुर, १९ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गठबन्धन दलदेखि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार भएकादेखि बिभिन्न दलका युवाहरुको एमाले प्रवेश गर्ने लर्को चलेको छ ।

भक्तपुरमा एमालेले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु भएपछि पनि एमालेमा प्रवेश गर्नेको लर्को घटेको छैन । मध्यपुरथिमी नगरपालिका वडा न.१ मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला आज नेकपा एमाले प्रवेश गरेका छन् ।

कोइरालासँगै नेकपा समाजवादीबाट वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका नेकपा समाजवादीका उम्मेदवार कोइराला र श्रेष्ठलाई नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले टीका र खादा लगाएर पार्टी प्रवेश गराउदै स्वागत गर्नु भएको छ । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले उम्मेदवारी फिर्ता लिएका थिए ।

यसअघि सूर्यविनायक नगरपालिकामा एमालेको घर दैलो अभियान सुरु भएकै दिन बालकोटमा स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका थिए । एमालेका घरदैलो अभियानमा सूर्यविनायक–२ बालकोटमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामशरण रानाभाटले आफ्नो उम्मेदवारी त्याग्दै एमालेमा प्रवेश गर्नु भएको थियो ।रानाभाटलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य, युवा नेता महेश बस्नेतले खादा टीका लगाएर एमाले पार्टी प्रवेश गराउनु भएको थियो ।

त्यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलमा ५५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका पार्टी छाडेर एमालेमा प्रवेश गरेका उनीहरुलाई एमालेका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले पार्टी प्रवेश गर्नु गराउनु भएको थियो । एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा