बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्ने काँग्रेसलाई जनताले कसरी भोट दिनु : एमालेका युवा नेता महेश बस्नेत : एमाले सूर्यविनायक नगरको प्रतिबद्धता पत्र सार्वजनिक

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भन्नु भयो, “हामीले भक्तपुरमा १६ अर्बको बजेट ल्याएर बिकास गर्यौ, सूर्यविनायक नगरपालिकाको बिकासमा फड्को मार्यौ, तर काँग्रेसले हामीले ल्याएको बिकासको बिरोध गर्दै आयो, केपी ओलीको नेतृत्वको सरकारको पालामा ल्याएको बजेट काट्न यहाँका कांग्रेसका नेता मन्त्रालय धाए, आएको बिकासको बिरोध गर्ने, आएको बजेट काट्न जाने कांग्रेसले चुनाबमा यहीँका जनतासँग फेरी बिकास गर्छौ भनेर कुन नैतिकताले जनताको घर दैलोमा गएको छ ?”

============================================================

भक्तपुर, २२ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं युवा नेता महेश बस्नेतले आफ्नै गाउँमा आएको बिकासको बिरोध गर्ने काँग्रेसलाई जनताले पत्याउने आधार नभएको बताउनु भएको छ ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीद्वारा आयोजित नेकपा (एमाले) सूर्यविनायक नगरपालिका स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आफ्नै नगर र वडामा आएको बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्न जाने काँग्रेस जनताको घरदैलोमा भोट माग्न जाने आधार गुमाएको बताउनु भयो।

नौ महिनाको गठबन्धन सरकारमा सूर्यविनायक क्षेत्रमा बिकासका लागि ९ हजार रुपैया पनि ल्याउन नसक्ने कांग्रेसका नेताले हामीले जिते बिकास गर्छौ भन्नु हाँस्यासपद रहेको बताए । एमालेको पालामा भएको बिकासलाई जनताले देखिरहेको बताउदै बस्नेतले एमालेले जितेका वडामा बिकास हुने कांग्रेसले जितेको वडामा बिकास हुन नसक्नुले पनि कांग्रेसको बिकासको गतिलाई जनताले बुझ्नु पर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  रसुवाका बाढीपहिरोबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा प्रदेश सरकारले एक्लो महसुस हुन दिदैन : मुख्यमन्त्री किरण थापा

“हामीले सूर्यविनायक नगरपालिकामा बिकास गर्न संघीय सरकार, प्रदेश सरकारबाट बजेट ल्यायौ? नगरपालिकाबाट बिनियोजित बजेट बिना भेदभाव प्रत्येक वडाको पठाइएको छ, तर एमालेले जितेको वडामा विकास हुने कांग्रेसले जितेको वडामा बिकास नहुने किन, जनताले त्यसलाई बुझेर बिकास गर्ने, जनताको भावना बुझ्ने पार्टी एमालेलाई मतदान गर्नु पर्छ, नत्र नगरपालिकाको बिकासले पूर्णता पाउदैन ।” बस्नेतले भन्नु भयो ।

जनताले नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको आफ्नो अनुहारमा आफै मखुण्डो लगाएर हिड्नु जस्तै हो भन्दै युवा नेता बस्नेतले कांग्रेस भन्ने पार्टीनै विकास विरोधी पार्टी भएको यथार्थ जनताले अब बुझ्नु पर्ने औल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन, जगन्नाथ आचार्यको पालादेखि गुण्डुलाई कांग्रेसले हेप्दै आएको थियो, कांग्रेसले गुण्डुलाई अपमान गरेको, गुण्डुलाई हेपेको, गुण्डुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यबहार गरेको, कुनै नैतिकता र इमान्दारिता नभएको कांग्रेसले जनतासँग भोट माग्ने आधार गुमाइसकेको छ ।”

जनताले यो पाँच वर्षको बिकासलाई हेरेर मूल्यांकन गरेको बताउदै नेता बस्नेतले एमालेप्रतिको उत्साह देखेर सूर्यविनायक नगरपालिकामा निर्वाचन लड्न नभई जित्न गइरहेका बताउनु भयो । भक्तपुर क्षेत्र नं. २ मा १५ वर्ष कांग्रेसले १० वर्ष नेपाल मजदुर किसान पार्टीले गरि २५ वर्ष शासन गर्दा यहाँको विकासमा अध्यारो युगमा सिमित बनेको भन्दै एमालेका युवा नेता बस्नेतले भर्खर पाँच वर्ष नेकपा एमालेले शासन गरिरहँदा विकास र समृद्धिको युग आएको बताउनु भयो ।

एमालेका नेता, कार्यकर्ता भोट माग्ने बेलामा मात्रै नभई हरेक दिन बिकासका काम लिएर जनताको घर दैलोमा पुगेको, जनताको सुखदुखको सारथी भएको र यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, विद्युत, पार्क, सडक बत्ति, उज्यालो नगरपालिका, पुललगायतका क्षेत्रहरुमा अघिल्लो निर्वाचनमा घोषणा पत्रमा लेखेको भन्दा १० औं गुणा बढी काम गरेर जनतालाई देखाएकाले जनताले फेरी पनि एमालेलाई विश्वास गर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  सात राजदूतको सपथ

सूर्यविनायक नगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा सांसद बस्नेतसँगै, वाग्मति प्रदेश सभा सदस्य शशीजंग थापा, एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, एमाले वाग्मती प्रदेश सदस्य एवं एमालेका पूर्व जिल्ला अध्यक्ष राजेन्द राजथला, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराई, वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटा, वडा सदस्यका उम्मेदवारहरु, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर तथा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमालेको घरदैलो अभियानमा जनलहरले उत्साह थपेको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  अपराध अनुसन्धानलाई विधि, विज्ञान, परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ : मुख्यमन्त्री किरण थापा

“हामीले सूर्यविनायक नगरपालिकामा बिकास गर्न संघीय सरकार, प्रदेश सरकारबाट बजेट ल्यायौ? नगरपालिकाबाट बिनियोजित बजेट बिना भेदभाव प्रत्येक वडाको पठाइएको छ, तर एमालेले जितेको वडामा विकास हुने कांग्रेसले जितेको वडामा बिकास नहुने किन, जनताले त्यसलाई बुझेर बिकास गर्ने, जनताको भावना बुझ्ने पार्टी एमालेलाई मतदान गर्नु पर्छ, नत्र नगरपालिकाको बिकासले पूर्णता पाउदैन ।” बस्नेतले भन्नु भयो ।

जनताले नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको आफ्नो अनुहारमा आफै मखुण्डो लगाएर हिड्नु जस्तै हो भन्दै युवा नेता बस्नेतले कांग्रेस भन्ने पार्टीनै विकास विरोधी पार्टी भएको यथार्थ जनताले अब बुझ्नु पर्ने औल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन, जगन्नाथ आचार्यको पालादेखि गुण्डुलाई कांग्रेसले हेप्दै आएको थियो, कांग्रेसले गुण्डुलाई अपमान गरेको, गुण्डुलाई हेपेको, गुण्डुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यबहार गरेको, कुनै नैतिकता र इमान्दारिता नभएको कांग्रेसले जनतासँग भोट माग्ने आधार गुमाइसकेको छ ।”

जनताले यो पाँच वर्षको बिकासलाई हेरेर मूल्यांकन गरेको बताउदै नेता बस्नेतले एमालेप्रतिको उत्साह देखेर सूर्यविनायक नगरपालिकामा निर्वाचन लड्न नभई जित्न गइरहेका बताउनु भयो । भक्तपुर क्षेत्र नं. २ मा १५ वर्ष कांग्रेसले १० वर्ष नेपाल मजदुर किसान पार्टीले गरि २५ वर्ष शासन गर्दा यहाँको विकासमा अध्यारो युगमा सिमित बनेको भन्दै एमालेका युवा नेता बस्नेतले भर्खर पाँच वर्ष नेकपा एमालेले शासन गरिरहँदा विकास र समृद्धिको युग आएको बताउनु भयो ।

एमालेका नेता, कार्यकर्ता भोट माग्ने बेलामा मात्रै नभई हरेक दिन बिकासका काम लिएर जनताको घर दैलोमा पुगेको, जनताको सुखदुखको सारथी भएको र यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, विद्युत, पार्क, सडक बत्ति, उज्यालो नगरपालिका, पुललगायतका क्षेत्रहरुमा अघिल्लो निर्वाचनमा घोषणा पत्रमा लेखेको भन्दा १० औं गुणा बढी काम गरेर जनतालाई देखाएकाले जनताले फेरी पनि एमालेलाई विश्वास गर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप –२०८३’ सुरु, नगर प्रवक्ता सापकोटाद्धारा उद्घाटन