हावादारी हल्लाको पछि नलाग्नुहोस्, म नगरको छोरा हुँ, नगरलाई समृद्ध बनाउँछु : बासुदेव थापा

आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

======================================================

भक्तपुर, २७ बैशाख । सूर्यविनायक नगरपालिकामा एमालेबाट नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भएको छ ।

मंगलबार सूर्यविनायकको कटुञ्जेमा आयोजना गरेको चुनाबी सभामा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको बताउनु भयो । उहाँले आफूले नगर प्रमुखको नेतृत्व गरेर पाँच वर्ष गरेको काम सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त बनाएको दाबी गर्नु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने ? म केही नभएको जोगी होइन, मेरो पुर्खाको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आज भन्दा ३५ वर्ष अगाडि नै काठमाडौंमा घर भएको मान्छे हो, मेरा बिरुद्ध भ्रम छरेका छन्, कुन प्लानिङमा मेरो नाममा जग्गा छ देखाइदिनुस् त, प्रमाण ल्याउँ, धन्यवाद भनौला, सजाय भोगौला, मेरो दुई जना परिवारलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मलाई पार्टी भए पुग्छ ।”

यो पनि पढ्नुहोस  चाँगुनारायणको मञ्जुश्री गुम्बा नजिक ट्रयाक्टर दुर्घटना दुई जनाको मृत्यु, नौ घाईते

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बटुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पाँच वर्ष अगाडिको निर्वाचनमा प्रतिबद्धता गरेको ३४ बुँदे घोषणा पत्रमा भएको भन्दा चौबर बढी काम इमान्दारीका साथ गरेको बताउदै उहाँले जनताले इमान्दारीका साथ सूर्य चिन्हमा भोट दिएर अहिले तीन चौथाई बढी मतले एमालेलाई बिजयी गराउने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ