निर्वाचनका दिन सूचना विभागको परिचय पत्र देखाएर सवारी साधन चलाउन पाइने
काठमाडौँ २८ बैशाख : काठमाडौँ २८ बैशाख : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको छ।
यसअघि निर्वाचन आयोगले सम्बन्धित सञ्चार गृहको सिफारिसमा निश्चित संख्यामा पत्रकारलाई पास उपलब्ध गराउने र सोही आधारमा सवारी साधन चलाउन दिने बताएको थियो। अब भने सूचना विभागको परिचय पत्र भएकाले सवारी साधन चलाउन पास लिन नपर्ने भएको छ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1

Disqus comments are not configured yet.