सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सुरु
भक्तपुर, ८ मङ्सिर : सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित बनाचौर खेल मैदानमा मंगलबार आयोजना भएको उद्घाटन सत्र एवं मार्चपसको नगर प्रमुख वासेदेव थापाले झण्डोत्तोलन गरि प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उहाँले नगरपालिकाले शिक्षा र खेलकुदलाई संगै लैजाने गरि प्रशिक्षणदेखि प्रतियोगितासम्म गर्दै आएको बताउनु भयो ।
नगर प्रमख थापाले विद्यालयमा अध्ययनरत विद्यार्थी राष्ट्रको भोलीको कर्णाधार भएको बताउदै खेलकुद आफ्नो लागि मात्र नभई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा देशको नाम उच्च राख्दै देको झण्डालाई उचाईमा पुर्याउनका लागि पनि भएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको प्रत्येक वडामा एक वडा एक खेल मैदान बनाउने उदेश्यले नै नगरपालिकाले खेल मैदानको निर्माण गरिरहेको बताउदै सूर्यविनायकको खेलकुदको विकासका लागि यसवर्ष एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
उहाँले खेलकुदका लागि बजेट अपुग भए थप बजेटको ब्यबस्थ ागर्ने बताउदै विद्यालय र शिक्षकले पनि आफ्ना विद्यार्थीलाई पढाईसंगै खेलकुदलाई संगसंगै लैजानु पर्ने बताउनुभयो । नगर प्रमुख थापाले ११ गतेसम्म हुने सबै खेलमा निष्पक्ष र अनुशासित भएर खेल खल्न आग्रह गर्दै खेलमा जीत र हार स्वभाविक भए पनि प्रतियोगितामा सहभागि हुन पाउँनुलाई जितको संकेत मान्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले उत्सह पूर्वक खेल खेल्न आग्रह गर्दै स्थानीयस्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिताले ठूलो सफलता दिने बताउनुभयो । उहाँले नगरपालिकाले वडादेखि नगरस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको चर्चा गर्दै यस्ता खेलबाट नगरपालिका मात्रै नभई देशलाई नै विश्वमा चिनाउने गरि खेलाडी उत्पादन हुने बताउनुभयो ।
उहाँले युवा पुस्ता अब खेलबाट अलग हुन नसक्ने भन्दै हालै सम्पन्न एनसिएलमा युवाको उत्साह निकै बढेको बताउनुभयो । सूर्यविनायकका प्रत्येक स्कुलमा स्काउट ट्रुप गठन गरि सामाजिक सेवामा लाग्न विद्यार्थीलाई स्काउटबाटै अभिप्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं कार्यक्रमका सभापति रविन्द्र सापकोटाले चौथो पटकसम्म नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिरहदाँ नेपाल सरकारले पहिलो पटक एक लाख बजेट पठाए पनि त्यसपछि कुनै बजेट नपठाए पनि नगरपालिकाले आफ्नै बजेटले व्यबस्थापन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाले शिक्षा र खेलकुदलाई संगै लगेर उर्जाशिल र कर्मठ जनशक्ति उत्पादन गर्न नगरपालिका लागिरहेको बताउदै विद्यालयमा खेलकद सञ्चालन गरि विद्यार्थीहरुमा खेलप्रति भावना जगाउँन विद्यालय जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।
नगरपालिकाले स्काउट नगर आयुक्त नै नियुक्ती गरि प्रत्येक विद्यायमा नेपाल स्काउट ट्रुप गठन गर्ने अभियान सञ्चालन गरेको स्मरण गर्दै उहाँले सामुदायिक र संस्थागत गरि ८० वटा विद्यालय रहको यस नगरपालिकामा ३० वटा भन्दा बढी विद्यालयमा स्काउट ट्रुप गठन गरेको बताउनुभयो ।
तर प्रतियोगिताको उद्घाटन कार्यक्रममा आयोजना गरिएको प्रतियोगितात्मक स्काउटको मार्सपासमा भने १४ वटा विद्यालय मात्रै सहभागि हुन दुख लाग्दो भएको भन्दै विद्यालयहरुले सहभागिता बढाउनु पर्न बताउनुभयो ।कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष इश्वर खड्काले नगरपालिकाले खेलकुदको विकासका लागि हरेक वर्ष बजेटको व्यबस्था गरेको बताउदै यहाँ रहेको खेल मैदान भव्य रुपमा निर्माण गरेको बताउनु भयो ।
नगरपिताका रुपमा रहनु भएका नगर प्रमुखले यहाँ खेल मैदान निर्मााका लागि बजेटको ब्यबस्थापन गरेको बताउदै यही खेल मैदानको दक्षिण तर्फ रहेको भिरालो चौरलाई नगरपालिकाले दर्शक दिर्घा बस्ने प्यारापिट निर्माण गर्न बजेटको व्यबस्था गरिसकेको बताउनु भयो । 

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्री, खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापा, शिक्षा शाखाकी सरस्वती कोइराला, समितिका सदस्यहरुलायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख रत्न कटुवालले प्रतियोगिताकोबारेमा जानकारी गराउनु भएको थियो ।
मार्चपासमा प्रथम भयो मनोरम स्कुल :
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८३ को उद्घाटन सत्रमा आयाजना गरेको स्काउट मार्चपासमा मनोरम इङ्गलिस स्कुल प्रथम भएको छ । प्रतियोगितामा मोर्डन बोडिङ्ग इङ्गलिस स्कुल दोश्रो र सुवर्णेश्वर आधारभूत विद्यालय तृतिय भएको छ ।

कुल १४ वटा विद्यालय सहभागिता भएको मार्चपास प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई आगामी ११ गते हुने समापन कार्यक्रममा क्रमश आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।




