इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न
भक्तपुर, : सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विभिन्न तहका विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी उक्त उत्सव चार दिनसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले हरेक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले जानकारी दिनुभयो।

चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई समेट्ने कोसिस गर्दै विद्यालयले विभिन्न खेलहरु खेलाएका थिए । उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर–सदन प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा “रेड हाउस” ले सबैभन्दा धेरै स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको थियो ।

समापन समारोह तथा मेडल वितरण कार्यक्रममा बोल्दै सह-प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुनुका साथै खेलकुदप्रतिको रुचि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा उहाँले विजेता विद्यार्थीहरूलाई मेडल वितरण गर्दै बधाई व्यक्त गर्नुभएको थियो। खेलकुद उत्सवलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ।

मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२

१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२,नेपाल पुलिस स्कूलको टिम बिजेता

बालबालिकाका समाचारलाई प्राथमिकता दिन सरोकारवालाको माग

“घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रम सम्पन्न

शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय
भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।
कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।
त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।
कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञमा मन्त्रीदेखि सांसदसम्म

शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काद्धारा नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आह्वान
काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पार्नुभयो । उहाँले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि बताउनुभयो । उहाँले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन समेत आह्वान गर्नुभयो ।
उहाँले महासङ्घलाई संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषय विधेयकमा मिलाउनका लागि सरकार तत्पर रहेको बताउनुभयो । उहाँले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइए आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताउनुभयो । महासङ्घले यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।
कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा काम भइरहेको अवगत गराउनुभयो । उहाँले सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकारबीच उचित समन्वय र सहकार्य जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकूल हुने नीति तर्जुमा गर्ने जानकारी गराउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मस्यौदा भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेकाले त्यसलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनरत शिक्षक महासङ्घलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएकामा महासङ्घले सहभागी नहुने जनाएकामा चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रसेवक र जिम्मेवार शिक्षक÷कर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने उहाँको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधिराज्य मन्त्री प्रमिला कुमारीले शिक्षा विधेयक पारित भएपछि शिक्षाको मौलिक हक कार्यान्वयनमा सहयोग मिल्ने जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट विद्यालय, कलेज, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।

Disqus comments are not configured yet.