कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उतीर्ण

भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको बोर्ड बैठकले साँझ ६ बजे नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५०.०९ प्रतिशत विद्यार्थीले ग्रेडेड अर्थात उतीर्ण भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन गरि बोर्डले गतवैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार ४५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यसवर्ष गतवर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनु भयो ।
नतिजामा ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गतवर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात अनुतीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

Disqus comments are not configured yet.

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बस्यो बोर्ड बैठक
भक्तपुर, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरि अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेको छ, प्राबिधिक समस्या आए मात्रै भोली सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले तयार पारेका तालिका अनुसार साउन महिना भित्रै नतिजा
सार्वजनिक गर्ने गरि तयारी गरेको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरि तालिका तयार पारेका थियौँ, त्यसैले नतिजा सार्वजनिक गर्ने गरि अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटी नहोस भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।”
देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागि भएका थिए । बोर्डका अनुसार यसवर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका छन् । बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
गतवर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
नतिजा सार्वजनिक गर्नका लागि आजै अपरान्ह ४ बजेदेखि बोर्डको बैठक सुरु भएको एक बोर्ड सदस्यले जानकारी दिएका छन् ।
यसरी हेर्न सकिन्छ नतिजा :  
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेभसाईड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यबस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट धधध।लभद।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।लभद।लतअ।लभत।लउ मा गएर हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन
भक्तपुर, ८ साउन । भक्तपुरका विद्यालयहरुले अब विद्यार्थीलाई पढाईसँगै बिभिन्न खेलका प्रशिक्षण दिदै खेलकुदको बिकास गर्ने भएको छ ।
प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रिया कार्यक्रममा प्याब्सन र समितिले स्कुलस्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।
खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरुको पढाई बिग्रिन्छ भन्ने अभिभावक र शिक्षक, प्रिन्सिपलको मान्यतालाई चिर्दै, विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोवाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागि खेल प्रशिक्षकहरुले बताएका छन् ।
विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागि गराउन प्रशिक्षण दिने भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल समेत नहुदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनु भयो ।
विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अबस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयोे ।
विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा समेत विद्यार्थीलाई सहभागि जनाउन स्कुलहरुलाई प्रशिक्षकहरुको व्यबस्था समितिले गर्ने बताउनुभयो ।
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास प्रशिक्षणका लागि बिभिन्न समस्याहरु भने रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्नेक्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसको लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैले सबै प्रशिक्षक एवं उपचारको व्यबस्थापन भने गर्न नसक्ने बताउन भयो ।
मध्यपुरथिमि नगरप्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरुलाई प्रशिक्षकको व्यबसथा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए ।
विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कवड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कवड््डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुले विद्यालयमा बिभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए ।
कक्षा १२ को परीक्षाको नतिजा यहीँ महिना सार्वजनिक गरिने

भक्तपुर, ३ साउन : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा यहीँ महिना अर्थात साउनमा सार्वजनिक गर्ने भएको छ । गत बैशाख २६ गतेदेखि सुरुभई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिना भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले साउन महिना भित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी भइरहेको बताउनु भयो । बोर्डले देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका थिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिएका थिए ।

दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने गरि बोर्डले लागू गरेको लेटर ग्रेडिङ सिस्टमअनुसार तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरेका विद्यार्थीले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेपछि विद्यार्थीले नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिएका थिए, जसले विद्यार्थीलाई सहज बनाएको थियो ।

विद्यार्थीहरुलाई पोशाक एवं स्टेशनरी वितरण : शिक्षाको बजेट लक्षित वर्गसम्म कहिले पुग्ला : राधिका शाक्य
भक्तपुर, २६ जेठ । भक्तपुर, २६ जेठ स् एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी समाजसेवी राधिका शाक्यले शिक्षाको पहिलो आँगनमा भविश्य बोकेर आएका राजधानीकै विद्यायका बालबालिकाको अनुहार देख्दा निकै दुःख लागेको बताउनु भएको छ ।
जगत भैरब प्रतिष्ठानले सिपाडोलको गणेश माध्यमिक विद्यालयमा बिहिबार अयोजना गरेको लक्षित विद्यार्थीहरुका लागि विद्यालय पोशाक एवं शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गर्दैै यस्तो बोल्नु भएको हो ।
उहाँले भन्नुभयो, “राजधानीकै विद्यार्थीको अवस्था यस्तो छ भने दुर दराजको बालबालिकाको अबस्था कस्तो होला रु, वजेटमा शिक्षा क्षेत्रलाई धेरै वजेट बिनियोजन गरेपनि लक्षित बर्गसम्म पुग्न नसक्दा कयौं बालबालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुन परेको देख्दा निकै दुःख लागेको छ ।” शिक्षिका बनेर पढाउने आफ्नो लक्ष्य भएपनि समय परिस्थितिले आफूलाई बैंकमा नोकरी गर्ने अबस्थामा पुर्याएको उहाँको भनाइ थियो ।
वाग्मति प्रदेश सभाका सांसद किरण थापाले यसअघि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष हुँदा पाएको पाँचवर्षको तलब भत्ता वापतको रु. १५ लाख रकमबाट गरिब, दलित एवं विपन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उदेश्यले स्थापना गर्नु भएको जगत भैरब प्रतिष्ठान शैक्षिक अक्षयकोषको रकमबाट पहिलो पटक दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाकदेखि स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको हो ।
अक्षयकोषमा बिभिन्न दाताहरुले २१ लाख रुपैयाँ थप गरि कूल रु. ३६ लाखको अक्षयकोण सञ्चालनमा आएपछि यसवर्षदेखि दई विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वाग्मति प्रदेश सभाका सांसद किरण थापाले आर्थिक अभावका कारण गरीव तथा जेहेन्दार छात्रछात्राले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर अक्षयकोष स्थापना गरि सहयोग गर्न सुरु गरेको बताउनु भयो ।
गणेश माविको नयाँ भवन निर्माण सुरु भएको बताउदै उहाँले भन्नुभयो, “अधिकांश गरिब, दलित, विपन्नलगायतका ४७५ जना बालबालिका अध्ययनरत यस विद्यालयको रु. ६ करोड ५० लाखको लागतमा २१ कोठे नयाँ भवन निर्माण भइरहेको छ, पछिल्लो समय नमुना स्कुलको रूपमा चिनिएको बिद्यालयमा प्लस टु सञ्चालन गर्ने तयारी थालेका छौँ, यहाँ आर्थिक अभावकै कारण कसैले पनि पढाइबाट बञ्चित हुन नपरोस भनेर लागिरहेका छौँ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले प्रतिष्ठानले उदाहरणीय काम गरेको बताउँदै तत्कालीन वडाध्यक्ष किरण थापाले आफुले पाउने पारिश्रमिकबाट यस विद्यालयलाई सहयोग गरेर पुण्य काम गरेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति द्वारिकाप्रसाद सत्याल, प्रतिष्ठानका सदस्य रामेश्वर थापा, वडा नं.८ का वडाअध्यक्ष पुष्पराज बस्नेत, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीलगायतले विद्यार्थीको अनुहारमा आएको खुसीले गणुस्तरीय शिक्षा आर्जन गर्न र विद्यालयलाई प्रदान गरिएको ल्यापटपले शिक्षक, शिक्षिकालाई प्राबिधिक शिक्षा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिद्यालयलाई सहयोग गर्दै आएका व्यवसायी रामबहादुर लामा, चित्रा केसी, यादब राईलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले कार्यक्रममा विद्यालयलाई एक ल्यापटप, देवी आधारभूत विद्यालयका ५० जनालाई स्कुल ब्याग, स्कुल पोशाक, टाई, जुत्ता, स्टेशनरी र गणेश माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई ब्याग, ट्रयाकसुट, जुत्ता, स्टेशनरीसामानलगायतको हस्तान्रण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रबिन्द्र थापाले बताउनुभयो ।
मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न

भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम–२०७९ मा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राखे ।

उनले भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको स्मरण गराउँदै ८०० भन्दा बढी विद्यार्थीहरु पढ्ने मदरल्याण्ड स्कूलले विद्यार्थीहरुको लागि जति मिहिनेत गरेको छ त्यो प्रशंसनीय रहेको धारणा राखे ।

कार्यक्रममा विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा गर्दै नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन अगाडि बढेको बताउनु भयो ।

अर्का विशिष्ट अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले भक्तपुर नेशनल प्याव्सनका अध्यक्ष समेत रहनु भएका संजय खड्काको नेतृत्वमा संचालित मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको हरेक क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेका हुनाले अभिभावकहरुले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गरी आफ्नो बच्चाहरु जिम्मा दिन सुझाव दिनु भयो ।

कार्यक्रममा अतिथि सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक, प्रवक्ता र वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले सिक्नु पर्ने बताउँदै नगरपालिका भित्र संचालित सबै विद्यालयहरुलाई नियमन गरी व्यवस्थित बनाउने कुरामा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रिय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा।कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कस्पाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो १ कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई मायाको चिनो दिइएको र युकेजीबाट अपग्रेड भई कक्षा १ मा पुग्न सफल विद्यार्थीहरु दिक्षित गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।

एसइईको नतिजा असार तेश्रो साता

भक्तपुर, २९ चैत । यसवर्षको एसइई परीक्षाको नतिजा असार तेश्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेश्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनु भयो । कुनै समस्या नआए असार दोश्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो ।

यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा छिटफुट घट्ना बाहेक देशका ७७ वटै जिल्ला र जापानमा गरि दुई हजार ३७ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागि रहेको उहाँले जानकारी दिनुभयो । नेपालबाट बिभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै एक परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागि भएका थिए ।

एसइई परीक्षाको तयारी कसरी गर्ने ?

काठमाडौं, १४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरेको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। त्यसो त यतिखेर विद्यार्थीहरू एसइई परीक्षाको तयारीमा छन्।

विद्यालय र शिक्षकहरूले पनि कक्षा समयभन्दा पनि अन्य समय दिएर परीक्षाका लागि विद्यार्थीहरूलाई तयारी गराइरहेका छन्। यता, सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर धमाधम एसइई परीक्षा प्रश्नपत्र पनि छापिरहेको छ। परीक्षा बोर्डका अनुसार यो वर्ष करिब ५ लाख विद्यार्थीले परीक्षा दिँदै छन्।

धेरै परीक्षार्थीले एसइईमा धेरै अंक ल्याउने सपना बोकेका हुन्छन्। यसका लागि कसरी परीक्षाको तयारी गर्ने भन्ने जानकारी कतिपय विद्यार्थीलाई नहुन पनि सक्छ। त्यसैले एसइई परीक्षाको लागि कसरी तयारी गर्ने भन्नेबारे विज्ञहरूको सुझाव यहाँ समेट्ने प्रयास गरिएको छ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला यो परीक्षाका लागि विद्यार्थीले बढी समय छुट्याएर पढ्नुपर्ने र मन लगाएर तयारी गरे सोचेअनुसार परिणाम हासिल गर्न सकिने बताउँछन्। परीक्षा तयारीबारे उनका सुझाव यस्ता छन् :

– पहिले यसअघि सोधिएका प्रश्नपत्रहरू जम्मा पार्ने र ती प्रश्नका उत्तर आफूले लेख्ने। लेखेको उत्तर साथीलाई देखाउने र साथी-साथीबाट पनि कुरा आउँछ, त्यसपछि ती लेखेको उत्तर शिक्षकलाई देखाउने। शिक्षकले यहाँ काट्नु यो थप्नु हटाउनु भनेर बताउँछन्। यसो गर्नु भनेको बढी नम्बर पाउने अर्थात् धेरै अंक ल्याउने उत्तम उपाय हो।

– शिक्षकहरूलाई आफूले नबुझेका प्रश्न सोध्न र यसका लागि शिक्षकहरूले पर्याप्त समय मिलाउनुपर्छ।

– पहिले नै म फेल हुन्छु होला कि भन्ने नकारात्मक सोच नबनाइ पढ्ने, यस्तो सोच्दा पढाइको रूचिमा असर पुग्छ र तयारी राम्रो हुँदैन।

– विद्यार्थीले म फेल भए मेरो जिन्दगी जान्छ भन्ने सोच्छन्, यस्तो बेला शिक्षकहरूले फेल भए जिन्दगी जान्छ भन्ने अनुभूत कहिल्यै नगराउने र राम्रो तयारीका लागि उत्प्रेरित गर्ने।

विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्ने 

शिक्षाविद् कोइराला एसइई परीक्षामा राम्रो अंक ल्याउन विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्नुपर्ने पनि सुझाव दिन्छन्।

उनी भन्छन्, ‘विषयवस्तुसँगमात्र होइन, अब अवधारणासँग पनि जोड्नुपर्छ। यो भनेको ती प्रश्नलाई मैले जिन्दगीमा कसरी उपयोग गर्छु वा गरेँ भन्ने हो, जस्तो विज्ञानमा पढ्दा विद्यार्थीले गुरुत्वाकर्षणबारे पढ्ला, अब त्यो परीक्षामा लेख्नु पर्ला।’ जिन्दगीमा गुरुत्वाकर्षणले कहाँ कसरी के काम गर्छ भनेर हेर्नुपर्ने उनी बताउँछन्।

‘रूख चढ्दा गुरुत्वाकर्षण कि रूखबाट ओर्लंदा हो यो उसले खोज्नुपर्छ,’ उनले भने, ‘यो किसिमले विद्यार्थीहरूले हेर्नुपर्‍यो।’ उनले सामाजिक विषयमा कसरी छिमेकीसँग कस्तो सम्बन्ध बनिरहेको छ, विवादका समस्या भए कसरी समाधान गर्ने त्यो पाटोमा पनि हेर्नुपर्ने बताए।

‘सामाजिक विषयमा छरछिमेकीदेखि अन्तरराष्ट्रिय क्षेत्रको अवस्था नि हेर्नुपर्छ,’ उनले भने, ‘छिमेकीको विवाद के हो? कसरी सल्टाउने, भारत र नेपालको सिमाना विवाद छ‚ यी समस्या सल्टाउने उपाय के होला? दुई देशको सम्बन्ध सुधारका उपाय के छन्, यो किसिमले विद्यार्थीले हेर्नुपर्छ। यो भनेको अवधारणामा सुधार हो, यस्ता काम गरे एसइईबाट जीवन उपयोगी पढाइ पाइन्छ, यसले नम्बर पनि बढाउँछ।’

यस्तो किसिमले विद्यार्थी जिज्ञासा राख्ने र समस्या समाधानका उपाय खोज्ने भनेको म अब्बल भए नभएको भन्ने अंकन (आँकलन) गर्ने तरिका पनि रहेको उनी बताउँछन्।

अर्का, शिक्षाविद् डा.प्रमोद भट्ट वार्षिक परीक्षाका बेला विद्यार्थीले नियमित पढ्नुपर्ने बताउँछन्। उनका अनुसार यसरी एसइई परीक्षाको तयारी गर्न सकिन्छ:

– नियमित पढ्ने, अभ्यास गर्ने

– स्वअध्ययनमा ध्यान दिने

– पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाउने

– आफूले नजानेका कुरा शिक्षकलाई प्रत्यक्ष भेटेर वा म्यासेन्जर,भाइबर, फोनजस्ता माध्यमबाट सोध्ने

– शिक्षक र विद्यार्थीबीच सञ्चार हुनुपर्ने

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ, २ चैत : सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्दू विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ ।” मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहनुभएको छ । समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

म्याथ पार्कको सुरुआत

काठमाडौँ, ३० फागुन  : विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो ।

बूढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गर्नुभयो ।

म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।

विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताउनुभयो । उहाँले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताउनुभयो । मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताउनुभयो । अङ्ग्रेजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताउनुभयो । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिनुभयो ।