वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन : प्रदेशका सबै अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या, उपचार र औषधि उपलब्ध गराउ
भक्तपुर, २४ चैत :  वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत १३ जिल्लाका सम्पूर्ण निजी तथा गैरसरकारी सस्थाबाट सञ्चालित अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न विरामीलाई निःशुल्क उपलक्ध गराउन निर्देशन जारी गरेको छ ।
आज स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरमा राससलाई यसबारे जानकारी दिदै कानूनमै उल्लेख भए अनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीका निःशुल्क उपलब्ध गराउन कडा निर्देशन जारी गरेको बताउनुभयो ।
मन्त्री थापामगरले भन्नुभयो, “मन्त्रालयले हिजो सोमबार प्रदेशका १३ जिल्लामा भित्र सञ्चालनमा रहेका निजी तथा बिभिन्न गैरसरकारी ंस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थय संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको कानुनी व्यवस्था आजैबाट अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौं, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौं ।”
वागमति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या संख्याको कम्तीमा १० प्रतिशत शय्यामा उलपब्ध गराउन निर्देशन दिएको बताउनुभयो ।
उहाँले शय्यासंगै स्वास्थ्य उपचार तथा औषधिसमेत उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिदै यसमा हुने सबै खर्च सम्बन्धित अस्पतालले नै व्यहोर्नुपर्ने कानुनी प्रावधानलाई कडाईका साथ मन्त्रालयले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
बिभिन्न जिल्लामा सञ्चालित अस्पतालहरुले विरामीलाई ऐन अनुसार निःशुल्क सेवा नदिएको गुनासो आएपछि मन्त्रालयले कडाईका साथ निर्देशन दिदै त्यसको सम्पर्ण विवरण मासिक रुपमा मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ ।
अस्पतालहरुले १० प्रतिशत शय्या तथा उपचार सेवा दिए नदिएकोबारे मन्त्रालयले अस्पतालहरुमा छड्ने अनुगमन गर्ने र निर्देशनलाई अबज्ञा गरेको पाईएमा कारबाही गर्ने भएको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले ऐनमै व्यबस्था भएकोलाई कार्यान्वयन गर्दै वागमति प्रदेश भित्रका नागरिकले अब उपचार नपाएर, औषधि नपाएर ज्यान जाने अबस्थाको अन्त्य गर्न ऐनलाई कडाईका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
मन्त्रालयले प्रदेशको १३ वटै जिल्लाको ग्रामिण क्षेमा विशेषज्ञ चिकित्सक सहितको टोली लिएर गाउँ गाउँ जाने, स्वास्थ्य सेवाबाट बञ्चित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरि औषधि वितरण गर्ने, जटिल समस्या भएका विरामीलाई जिल्ला अस्पतालहरुमा रिफर गरेर निःशुल्क उपचारको व्यबस्था गर्ने अभियान समेत सुरु गरेको बताउनुभयो ।
१८ किलो लागू औषधसहित चार जनालई पक्राउ
भक्तपुर, २३ चैत : जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ गरेको छ ।
भक्तपुरको विभिन्न स्थानबाट प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गाजा १३ किलो ६८० ग्राम, चार किलो ५२५ ग्राम पोल्याण्ड, ३५ लिटर अबैध घरेलु मदिरा, थर्मोलोड हाइड्रोस्लिोरिड क्याप्सु (त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभि) १२० पिस र निट्राभेन्ट (ल्ष्तचबखभत) १० पिससहित तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत देश मोतीहारी जिल्ला घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घरभई काठमाडौं  नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ घरभई मध्यपुरथिमि नगरपालिका–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरि थप अनुसन्धान सुरु गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिनुभयो ।
गाई फार्ममा आगालागी हुँदा चार वटा गाईको मृत्यु
भक्तपुर, २३ चैत : भक्तपुर नगरपालिका वडा नं. १० स्थित एक गाई फार्ममा आज आगोलागी हुँदा चार वटा गाई मरेका छन् भने केही गाईहरु घाईते भएका छन् ।
कमलबिनायक पाईपलाईनस्थित सुकुना फार्टमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घरभई हाल कमलबिनायक पाईपलाईनमा गाई फार्म सञ्चालन गर्दै आउनु भएकी लक्ष्मी पुरी गिरीको गाई फार्ममा आगोलागी हुँदा चारवटा गाई जलेर मरेको, फार्म जलेर नष्ट भएको र केही गाई घाईते भएको जुद्ध बारुण यन्त्र भक्तपुरको प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
विद्युतको लाईन सर्ट भई आगालागी भएको जानकारी आएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकलले आगो निभाएको थियो । जस्ताको टहराको फार्ममा लागेको आगोले पराल, भुसालगायत जलेका छन् । प्रहरीका अनुसार आगोलागीबाट करिब आठ लाख भन्दा बढीको क्षति भएको छ ।
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिहीबारभित्र हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २३ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

“जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

भक्तपुर, २३ चैतः यहाँको सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बस्नुभएको आज आठौँ दिन बितेको छ ।

कृष्णबहादुर र उहाँकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग्रिनुभएको छैन । गत असोज १८ गते लाङटाङ घुम्न जाँदा बेपत्ता भएका छोरीहरु २६ वर्षीया सनिता, २४ वर्षीया संस्कृति र २० वर्षीय छोरा ‘किसन’ भन्ने चितलालको ६ महिनापछि यही चैत १६ गते कुशको शव बनाएर अन्त्येष्टी गरेसँगै बुवा कृष्णबहादुर किरियामा बस्नुभएको हो ।

रोट्र्याक क्लबको नेतृत्वमा गत असोज १६ गते दसैँको टीका लगाएर १७ गते बिहान पाँचदिने यात्रामा घुम्न हिँडेका छोराछोरी नफर्किएपछिको पीडा भनिसाध्य छैन । १६ जनाको टोली लाङटाङ निस्किएका उनीहरु १८ गते दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसँगैको लेदो पानीले बगाएर गहिरो खाँचमा बेपत्ता भएका थिए ।

घटनास्थल आसपासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले कैयौँ दिन लगाएर खोज्दा पनि शव नभेटिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारीले घटना विवरणसहित पठाएको पत्रका आधारमा उनीहरु जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् । उनीहरुसँगै बेपत्ता भएका भक्तपुर नगरपालिका–१० घर भइ काठमाडौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत अहिलेसम्म भेटिएका छैनन् ।

प्रत्यक्षदर्शीका अनुसार यात्राका क्रममा खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगैको लेदोमा पहिलोपटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन्, फेरि उनलाई बचाउन जाँदा भाइ कृष्ण समेतलाई बगायो । उनीहरुलाई बचाउन भनेर गएका साथी रविलाई समेत बगाएपछि चारै जना बेपत्ता भएका थिए ।

किरियामा बस्नुभएका बुवा कृष्णबहादुर भन्नुहुन्छ, “एकै पटक तीन सन्तान गुमाउनुको पीडा त छँदैछ तर, राज्यले दिने मृत्यु दर्ताको प्रमाणपत्रसमेत परिवारले नपाउँदा भने पीडामाथि पीडा थपिएको छ, सरकार हामीलाई तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाइ देऊ ।” उनीहरुको मृत्यु प्रमाणपत्र नपाउँदा बिमादेखि बैङ्क खातामा रहेको रकम बाबुआमाको खातामा सार्न पाएका छैनन् ।

उहाँ भन्नहुन्छ, “मृत्यु प्रमाणपत्र लिन वडा, नगरपालिका, भक्तपुर जिल्ला अदालतदेखि गृहमन्त्रालयसम्म धायौँ, तर अझै पाएनौँ, सन्तानको सद्गत गरिसक्यौँ, बेपत्ता भएको र बेपत्ता जीवित नहुने अवस्था सबैलाई थाहा छ, यो लुकेको घटना त होइन नि, त्यसैले कानुनको कुन धारा प्रयोग गरेर हुन्छ सरकार तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाई देऊ ।”

वडा कार्यालयले बेपत्ता भएको १२ वर्ष नभई मृत्यु प्रमाणपत्र दिन र सिफारिस गर्न नमिल्ने भनेर पन्छाइ दिएको, नगरपालिकाले पनि त्यही जवाफ दिएको बताउँदै काका केशव श्रेष्ठले जिल्ला अदालतमा समेत रसुवाको सबै पत्र र विवरण बुझाउँदा पनि मृत्यु दर्ताको प्रमाण पत्र नपाएको बताउनुहुन्छ ।

बिस्केट जात्रामा ३६ सिसि क्यामरा, तीन ड्रोनबाट निगरानी
भक्तपुर, २२ चैत : तान्त्रिक बिधि अनुसार भक्तपुरमा नौ दिन आठरात सम्म भव्य रुपमा मनाईने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चारन र सुरक्षा सम्बन्धी सुरक्षा निकाय एव सरोकारवाला निकायसंगको बैठकमा यस्तो निर्णय गरेको हो ।
बैठकले जात्रामा हुलदंगा गर्ने, ढुङ्गा हानाहान गर्ने, झैझगडा गर्नेलाई जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा चलाउने र कहिल्य विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा कालोसूचीँमा रेकर्ड राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
जात्रामा शान्ति सुरक्षा कायम गर्न र जात्रा बिथौलन खोज्नेको सहज पहिचान गर्ने उदेश्यले जात्रास्थल आसपास क्षेत्रमा ३६ वटा सिसि क्यामेरा जडान गरि सञ्चालन गरिने र तीन वटा ड्रोन क्यामेराले समेत जात्राको निगरानी गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो ।  सिसि क्यामरा प्रहरी कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिदै उहाँले गलत गतिबिधि गर्नेलाई तत्काल पक्राउ गरिने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरि जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्री वितरण एवं ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ । मादक पदार्थ बिक्री वितरण एवं ओसार पसार गर्ने, खुल्लमखुल्ला मदिरा सेवन गर्नेलाई समेत कारबाही गर्ने उहाँले बताउनुभयो ।
जात्रा अबधीभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, सादा पोशाकका प्रहरी परिचालन गर्ने, भक्तपुरका अस्पतालहरुलाई आपतकालिन उपचारका लागि तयारी अबस्थामा राखिने, जिल्लाका एम्बुलेन्सहरुलाई जात्रास्थल आसपसमा समेत तयारी अबस्थामा राखिने, दमकल तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।  यसवर्षको बिस्का जात्रा २७ चैतदेखि ५ वैशाखसम्म सञ्चालन हुनेछ । जात्रा सञ्चालनका लागि रथ निर्माणदेखि आवश्यक तयारीसमेत गुठी कार्यालयले गरिरहेको छ ।
अध्यक्ष ओली र नेता लेखकको रिट सोमबार सुनुवाइ हुने

काठमाडैं, २२ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ ।

भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना

भक्तपुर । नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा महोत्सव भक्तपुरस्थित सल्लाघारीमा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दिपक थापाले जानकारी दिए । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिनेछ ।

महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन् । ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनको व्यवस्था गरिनेछ । साथै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) आयोजना गरिने जनाइएको छ । महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी विशेष कन्सर्ट कार्यक्रम आयोजना हुने जनाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

एसईई परीक्षा बिहिबारबाट सुरु हुदै, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि
भक्तपुर, १८ चैत ः यसवर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोली १९ गते बिहिबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेबाट एकैसाथ सुरु गर्ने एसईई परीक्षाको सबै तयारी पुरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘परीक्षाको सबै तयारी पुरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरुसंग जुम बैठक सम्पन्न गर्यौ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रुपमा परीक्षा हुनेमा ढुक्क छौं, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागि हुन आव्हान गर्दर्छौ ।’
चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षार्थ रहेका छन् ।
उहाँका अनुसार परीक्षामा सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोली परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछन् ।
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरि प्रश्नपत्र  सबै जिल्लामा पुगेको जानकारी दिदै उहाँले परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको जानकारी दिनुभयो ।
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
उहाँले बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यबस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यबस्था गरिएको छ ।
प्रधानमन्त्रीको निर्देशनसंगै एक महिनामा नतिजा प्रकाशन गर्ने :
प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभए पछि बोर्डले एक महिनामै नतिजा सावजनिक गर्ने भएको छ ।
बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरुमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यस वर्ष एक महिना भित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो ।
यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यबसथा गरिएको छ ।
एमाले अध्यक्ष आली पक्राउ
भक्तपुर, १४ चैत : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलइ निवासबाटै पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनु भएका ओलीलाई आज बिहानै पक्राउ गरेको प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको कमाण्डको टोली बिहान ५ बजे पक्राउ गर्न गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरि काठमाडौं लगिएको उहाँले जानकारी दिनुभयो ।