सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी

काठमाडौं, १७ पुष । मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १ ० को कठिन जित हात पारेको हो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ । पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो । खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

काठमाडौँ, पुस १७ ।
विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अमेरिकामा मात्रै ३ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । फ्रान्समा २ लाख ३२, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार जना थपिएका छन् । त्यसैगरी क्यानडामा ३७ हजार, जर्मनीमा ३३ हजार, पोर्चुगलमा ३० हजार, रुसमा २० हजार र ब्राजिलमा १० हजारमा संक्रमण देखिएको छ । यही अवधिमा ४ लाख ९१ हजार जना कोरोनामुक्त भएका छन् भने ५ हजार ३९७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९१२, अमेरिकामा ७११, जर्मनीमा २४४, बेलायतमा २०३, फ्रान्समा १८९ र टर्कीमा १६३ जना छन् । कोरोनामुक्त हुनेको संख्या फ्रान्समा ५३ हजार, जर्मनीमा ५० हजार, बेलायतमा ४३ हजार, रुसमा ४० हजार र अमेरिकामा ३० हजार छन् । यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ८३ लाख, २६ हजार ५६५ पुगेको छ । तीमध्ये २५ करोड ३६ लाख ५० हजार निको भएका छन् भने ५४ लाख ५१ हजार जना संक्रमितको मृत्यु भइसकेको छ । एजेन्सी ।

२०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ : डब्लुएचओ

काठमाडौँ, १७ पुष ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ । डब्लुएचओ प्रमुख डा। गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ । दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।एजेन्सी ।

माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, १७ पुष ।
भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएका छन् ।घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेका छन् भने उद्धारको कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी ।

‘हलिउडकी गोल्डन गर्ल’ बेट्टीको निधन
काठमाडौं, १७ पुष ।

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो । यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । एजेन्सी

बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य

काठमाडौं, १८ पुष ।
बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन् । क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ ।

ओमिक्रोनको प्रकोप पनि बढ्दै, बेलायतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित

काठमाडौँ १ पुस : बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो।

सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो। इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले सङ्क्रमितको त्यस्तो उच्चसङ्ख्या आउँदा केही सातामा कम हुने बताएको बीबीसीले उल्लेख गरेको छ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्क्रमण फैलिइरहेको समय क्रिसमस पनि परेको र यतिबेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए। उक्त अवसरमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको अतिरिक्त ९वुस्टर० मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए।

उनले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोब्बर भएको पाइएको बताए। कोभिड र यसको पछिल्लो संस्करण ओमिक्रोन सङ्क्रमण बढ्दै जाँदा राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिएको उनले बताए।

प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो। बेलायतमा विगत २८ दिनमा कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ।

एमसीसी बिरुद्ध काठमाडौंमा नेमकिपाको विशाल प्रर्दशन (फोटो फिचर)

भक्तपुर, १६ पुस । एमसीसी बिरुद्ध देशभरि प्रर्दशन गर्दै आएको नेपाल मजदुर किसान पार्टीले आज संघीय राजधानीको मुटु काठमाडौंमा विशाल जनप्रर्दशन गरेको छ । एमसीसी बिरुद्ध आम नेपाली जनतालाई सूसुचित गर्ने उदेश्यले देशभरका बिभिन्न जिल्लासहित काठमाडौं उपत्यकाका बिभिन्न सहरमा जनप्रर्दशन गर्दै आएको नेमकिपाले आज काठमाडौं चारवटै नाकाबाट विशाल जनप्रर्दशन गरेको हो ।

एमसीसी बिरुद्ध पहिलो आवाज उठाउने पार्टीको रुपमा रहेको नेमकिपाले यसअघि पनि संसद र सडकबाट एमसीसी बिरुद्ध खबरदारी गर्दै आएको छ । यसै क्रममा आजको प्रर्दशन गरेको हो । एमसीसी बिरुद्ध भएको बिभिन्न आन्दोलन भन्दा चर्को र ठूलो जनसागर प्रर्दशन गर्दै सरकारसहित एमसीसीको पक्षमा रहेका अन्य दललाई खबरदारी गरेको छ ।

नेमकिपाले शुरुदेखि नै एमसीसी सम्झौता राष्ट्रघाती भएको, नेपाली भूमिको प्रयोग गरि चीन बिरुद्ध अभियान चलाउने रणनीतिक योजना अमेरिकाको रहेको जस्ता विभिन्न बुँदामा नेपालमाथि नै घात हुन सक्ने भएकाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्न नहुने निस्कर्षमा नेमकिपा पुगेको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले कोटेश्वर, माइतीघर र पुरानो बानेश्वर हुँदै संसद भवन नयाँ बानेश्वर अगाडि अलग अलग प्रदर्शन गरेको हो ।

सभामा बोल्दै पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । योे सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिदै नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गर्नु भयो ।

नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनु भयो । देशघाती एमसीसी सम्झौता खारेज गरेलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।

पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । सभालाई नेमकिपाका नेता एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, पूर्व सांसद अनुराधा थापामगर लगायतले एमसीसी देशको लागि ठूलो खतरा रहेको भन्दै खारेज गर्न माग गर्नुभयो ।

एक करोड २५ लाख ९० हजारको गोल्डेन ह्यान्डसेक प्रदान गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक शिक्षिका

भक्तपुर, १६ पुस :  गोल्डेन ह्यान्डसेक दिएर चाँगुनारायण नगरपालिकाले आज शिक्षक शिक्षिकालाई बिदाई गरेको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा कूल एक करोड २५ लाख ९० हजार रुपैयाँ प्रदान गर्दै ३७ जना शिक्षक शिक्षिकालाई बिदा गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गोल्डेन ह्यान्डसेक कार्यविधि बनाएर सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान गर्दै बिदाई गरेको बताउनु भयो । नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्यांङ्न गर्दै प्रति शिक्षक ५० हजारदेखि ४ लाख रुपैयाँसम्मको चेक तथा सम्मान पत्र प्रदान गर्दै बिदाइ र सम्मान गरेको उहाँले बताउनु भयो ।

उहाँले शिक्षण पेशामै आफ्नो जीवन अर्पण गर्दै हजारौँ विद्यार्थीलाई देशको योग्य नागरिक बनाउन उहाँहरुले गरेको योगदानको नगरपालिकाले उच्च मूल्याङ्न गर्दै नगद सहित सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले नगरपालिकाले सामुदायीक विद्यालयको शैक्षिक पद्धतिमा सुधार ल्याएको बताउदै बिदा भएका शिक्षकको रिक्त दरबन्दीमा आउने नयाँ पुस्ताका शिक्षकले गुणस्तरीय शिक्षाको उदेश्य प्राप्तीमा थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बिदा भएर जाने बेलामा शिक्षकको मूल्याङ्न गर्दै गोल्डेन ह्यान्सेकको शुरुवात गरेर शिक्षकको मनोबल उच्च बनाउने कार्यको शुरुवात नगरपालिकाले गरेको बताउनु भयो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई चार लाख रुपैयाँ दिने गरि नगरपालिकाले कार्यविधि बनाएर गोल्डेन ह्यान्डसेक बितरण गरेको बताउनु भयो ।
विदाई कार्यक्रम पछि शिक्षक केशव सुवेदीले नगरपालिकाले गोल्डेन ह्यान्डसेक सहित सम्मान गरेर बिदाई गर्दा निकै खुसी लागेको बताउनु भयो ।

सिबर्डको २० औॅ बार्षिकोत्सब तथा बधाई कार्यक्रम सम्पन्न

भक्तपुर, ९ पुस । सिबर्ड ईन्टरनेशनल मा।बि को २० औॅ बार्षिकोत्सब तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सिबर्डको शैक्षिक गतिबिधि अलावा अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गर्दै गुणस्तरिय शिक्षाको साथसाथै अनुशासित र लगनशिल बिद्यार्थी निर्माणमा सिबर्डले अग्रणि भुमिका खेलिरहेको बताउनु भयो । उहाँले कक्षा १२ उतिर्ण बिद्यार्थीको आगामी दिनमा उज्वल भबिष्यको कामना समेत गर्नुभयो ।

कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्व सम्पन्न कार्यक्रममा साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा सिबर्ड आईडल सिजन ६ का बिजेता छनौट र सम्मान समेत गरिएको छ । कार्यक्रममा २०७८ मा कक्षा १२ उतीर्ण भई उत्कृस्ट नतिजा ल्याउने ब्यबस्थापन संकायका रिटिना श्रेष्ठ र बिज्ञान संकायका किर्ति अवाललाई सम्मान गरिएको छ । कार्यक्रममा १२ कक्षामा उतिर्ण बिद्यार्थिहरुलाई मायाको चिनोको साथमा सम्मान गरिएको कलेजका एकेडेमिक डाईरेक्टर बिजयचरण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले सिबर्डको शैक्षिक गतिबिधिबारे जानकारी गराउनु भएको थियो ।