स्पेनिस क्लब एट्लेटिको मड्रिडका पाँच जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं १६ पुष ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशिक्षक सिमोनसहित फरवार्ड एन्टोनियो ग्रिजम्यान र जाओ फिलिक्स तथा मिडफिल्डर कोके र हेक्टर फेरेरालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना संक्रमण भए पनि उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको र सबै आइसोलेसनमा बसिसकेको क्लबले जानकारी दिएको छ । पछिल्लो समय ला लिगामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बार्सिलोनाले पनि आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । रियल मड्रिडले बिहीबार थिबाउट कोर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरको कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । सेभियाका पाँच खेलाडी पनि कोरोना संक्रमित बनेका छन् । एजेन्सी ।

पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं १६ पुष ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ७९ जना रहेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारे ४ हजार ६ सय ५१ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप

काठमाडौं १६ पुष ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे ।
प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप
काठमाडौं १६ पुष ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे ।

बाघको आक्रमणबाट नवलपुरमा महिलाको मृत्यु

काठमाडौं १६ पुष ।
नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।

विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिने प्रचण्डको भनाई

काठमाडौं १६ पुष ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताउनुभएका छन् । प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी समेत गर्नुभयो । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएका हुन् ।

सरकारद्धारा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौं १६ पुष ।
सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेको हो । मन्त्री कार्कीका अनुसार बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययनरप्रयोगात्मक अभ्यासरइन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले १८ पुसदेखि १२ दिनकालागि बलाधिकृत बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा।गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेण्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।

हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल
काठमाडौं १६ पुष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताउनुभएको छ । शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गर्नुभएको छ । जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उहाँले बताउनुभएको छ ।