पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगको निर्देशन

काठमाडौं, १९ बैशाख ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।
सार्वजनिक स्थानमा आचार संहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको स्मरण आयोगले गराएको छ ।

अन्नु चौधरीको ‘बाँध मायाले’ सार्बजनिक

काठमाडौं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।

‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रदेश नम्बर १ मा किरातीहरूको हकदाबी लाग्छ : मुख्यमन्त्री राई

काठमाडौं : प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १ नं. प्रदेशमा किरातीहरूको हकदाबी लाग्ने बताएका छन् । प्रदेशमा किरातीहरूले पहिलोपटक बस्ती बसालेर मानव सभ्यताको विकास गरेको भन्दै उनले त्यसमा उनीहरूको हकदाबी लाग्ने बताएका हुन् ।

 

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित साकेला शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्दा किरातीहरूले हकदाबी प्रस्तुत गर्न पाउने बताएका हुन् । उनले प्रदेशको नामाङ्कन गर्दा आफू किरातसहित बहुपहिचानको पक्षमा रहेको समेत बताए ।

‘एक नम्बर प्रदेशमा किरातीहरूको हकदाबी लाग्छ’, उनले भने, ‘त्यहाँ सबभन्दा पहिला किरातीहरू बसेर एउटा समृद्ध सभ्यता निर्माण गरेका छन् । उनीहरूको सभ्यता त्यहीँ विकसित भएको प्रमाणित छ ।’ प्रदेशका वनजङ्गल, खोलानालालगायतका ठाउँको नाम किराती भाषाबाट रहेको स्मरण गर्दै ती नामले त्यहाँ किरातीले नै सबभन्दा पहिले मानव वस्ती बसालेको प्रमाणित हुने दाबी गरे ।

जहाँ जसको बाहुल्यता हुन्छ, त्यहाँ सोअनुसार स्थानको नामाङ्कन गर्ने प्रचलन रहेको बताउँदै उनले बाहुल्यताका आधारमा पनि १ नम्बर प्रदेशलाई किरात नामाङ्कन गर्नुपर्ने बताए । ‘कुनै ठाउँमा वस्नेत गाउँ, कार्की गाउँ भनेर नाम राख्ने चलन छ । त्यो ठाउँमा उनीहरूको बाहुल्यता वा सबभन्दा पहिले उनीहरू आएर बसेकाले त्यसरी नाम राखिन्छ’, उनले भने, ‘प्रदेश १ का क्षेत्रमा मानव वस्ती बस्न थालेदेखि सबभन्दा पहिले किरातीहरू बसे । अहिले विभिन्न जातिहरूको बसोबास रहेपनि किरातीहरूको बाहुल्यता छ ।’

प्रदेश १ को नामाङ्कन गर्ने विषय पेचिलो बनेको छ । पहिचानसहितको नामाङ्कनमा राजनीतिक दलहरूको मत नमिलेपछि प्रदेशको नाम संसदमा प्रस्ताव समेत हुन सकेको छैन ।

परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका विद्यार्थी आन्दोलित

मलङ्वा : स्‍नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।

विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्।

पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए। आन्दोलनमा सबै विद्यार्थी संगठनको सहभागीता रहेको छ।

कोलोराडो सहरमा डढेलोबाट करिब १ हजार घर जले, ३० हजार मानिस विस्थापित

कोलोराडो: अमेरिकी राज्य कोलोराडोनजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् ।

डढेलोबाट शनिबारसम्म ३  जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका हुन् ।

डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिबार अधिकारीहरुले बताएका छन् ।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो । प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीब्ररुपमा फैलिएको थियो ।

डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । तीब्ररुपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन् ।

विज्ञहरुले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुर । विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा चिकं अप्पा, फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुहुँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभएको छ ।

हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।

३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।

संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन

काठमाडौं । अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने जनाएका छन्।

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ।

उनको परिवारले भने उनी सन्१८८४ मा जन्मिएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो।

नाति जेरेले गिनिज बुक अफ वल्र्ड रेकड्र्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताए।

तपाईको आजको राशिफल यस्तो रहेको छ
मेष राशिफल 
पिउँदा र खाँदा होसियार हुनुहोस्। बेवास्ताले तपाईंलाई बिरामी बनाउन सक्छ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। तपाईंले आफ्नो घरको वातावरणमा अनुकूल परिवर्तन ल्याउनुहुनेछ। तपाईंको प्रेम बहुमूल्य कुराहरू जस्तै ताजा राख्नुहोस्। आज अनुकूल ग्रहहरूले खुसी महसुस गर्ने प्रशस्त कारणहरू ल्याउनेछन्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्।
Lucky Number :- 6
Lucky Color :- Transparent and Pink
वृष राशिफल
तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। आज तपाईंको धडकन आफ्नो साथीको प्रेमको संगीत तालमा लीन हुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। असहमतिको श्रृङ्खला धेरै बढ्नेछ र तपाईंको जोडीसित झगडा मिलाउन धेरै गाह्रो हुनेछ।
Lucky Number :- 5
Lucky Color :- Green and Turquoise
मिथुन राशिफल 
तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। एउटा पुरानो सम्पर्कले तपाईंलाई केही समस्यामा पार्न सक्छ। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ।
Lucky Number :- 3
Lucky Color :- Saffron and Yellow
कर्कट राशिफल
अरूको आलोचना गर्नमा आफ्नो समय बर्बाद नगर्नुहोस् किनकि यसले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। तपाईंले भिन्नै प्रकारको रोमान्स अनुभव गर्न सक्नु हुनेछ। तपाईंको हावी मनोवृत्तिले आफ्ना सहकर्मीबाट आलोचना हुनेछ। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ।
Lucky Number :- 6
Lucky Color :- Transparent and Pink
सिंह राशिफल 
तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस्। तपाईंको कार्य प्रेम र सकारात्मक दृष्टिद्वारा गरिएको हुनुपर्छ, तर लोभद्वारा होइन। धार्मिक र शुद्ध प्रेमको अनुभव गर्नुहोस्। तपाईंले वरिपरिका महत्वपूर्ण निर्णय गर्ने मानिसहरूलाई आफ्नो विचार प्रकट गर्नु भयो भने फाइदा हुनेछ – तपाईंलाई आफ्नो समर्पण र निष्कपटताका लागि सराहना गरिने सम्भावना छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
Lucky Number :- 5
Lucky Color :- Green and Turquoise
कन्या राशिफल
आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूको आनन्द लिने सम्भावना छ। घरको श्रृंगार बाहेक बच्चाहरुको आवश्यकता पनि हेर्नुहोस्। व्यवस्थित भए तापनि छोराछोरी बिनाको घर प्राणहीन हुन्छ। बच्चाहरुले घरमा इनाम र आनन्द थप्दछन्। तपाईं प्रेम प्रस्ताव राखेर धेरै खुशी हुनुहुनेछ किनकि यसले तपाईंको भारी हलुँगो पार्नेछ। आज आफ्नो जीवनसाथीले तपाईंलाई एउटी परीले झै अतिरिक्त हेरचाह गर्नेछन्।
Lucky Number :- 3
Lucky Color :- Saffron and Yellow
वृश्चिक राशिफल 
आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। गुनासो गर्ने कुनै पनि मौका नदिनुहोस्। प्रेममा आफ्नो अशिष्ट व्यवहारको लागि क्षमा याचना गर्नुहोस्। तपाईंमा धेरै हासिल गर्ने क्षमता छ – त्यसैले तपाईंको बाटोमा आएका अवसर नछोड्नुहोस्। तपाईंको कार्य व्यस्तताको कारणले तपाईंको जोडीले तपाईंको इमानदारी प्रति शङ्का गर्न सक्छ, तर दिनको अन्त्यमा उनले कुरा बुझेर तपाईंले अंगाल्ने छन्।
Lucky Number :- 7
Lucky Color :- Cream and White
धनु राशिफल
स्वास्थ्यमा ध्यान दिनुहोस र वस्तुहरू क्रमबद्द राख्नुहोस्। आफन्त / मित्रहरू अद्भुत साँझको लागि आउन सक्छन्। तपाईंका जोडीको मूड धेरै राम्रो नभए झैं लाग्दैछ, यसैले कुराहरू सही तरीकाले संचालन गर्नुहोस्। कठिन चरण पछि, आज तपाईंको काममा केहि राम्रो कुरा हुनाले आश्चर्य हुनेछ। आफ्नो जोडीको अशिष्ट व्यवहारले आज तपाईंलाई केही कष्ट हुन सक्छ।
Lucky Number :- 4
Lucky Color :- Brown and Grey
मकर राशिफल (Friday, November 19, 2021)
तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ।
Lucky Number :- 4
Lucky Color :- Brown and Grey
मकर राशिफल 
तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ।
Lucky Number :- 4
Lucky Color :- Brown and Grey
कुम्भ राशिफल 
तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। तपाईंले आज आफ्नो काममा प्रगति देख्न सक्नु हुनेछ। गफ र अफवाहहरुबाट टाढा रहनुहोस्। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन्।
Lucky Number :- 2
Lucky Color :- Silver and White
मीन राशिफल 
धार्मिक र आध्यात्मिक चासोको पालना गर्ने आज पनि एउटा राम्रो दिन हो। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् – आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। तपाईं एउटा टोली सँगै राखेर सामूहिक लक्ष्यमा काम गर्ने बलियो स्थितिमा हुनुहुनेछ। विवाह दैवले मिलाउँछ; आफ्नो जोडीले आज तपाईंलाई यो साबित गर्नेछन्।
Lucky Number :- 9
Lucky Color :- Red and Maroon
मंसिर ४, २०७८ को राशिफल यस्तो रहेको छ
मेष Aries
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

वृष Taurus
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

मिथुन Gemini
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

कर्कट Cancer
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

सिंह Leo
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

कन्या Virgo
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

तुला Libra
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

वृश्चिक Scorpio
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

धनु Sagittarius
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

मकर Capricorn
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

कुम्भ Aquarius
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

मीन Pisces
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।