सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, गृहका अध्यक्षसहित पाँच पक्राउ

भक्तपुर, २३ साउन। भक्तपुरको बिरुवास्थित उत्साहित सुधार गृहमा रहेका एकजनाको शंकास्पद मृत्यु भए पछि आज दिनभर सुधार गृह क्षेत्र तनाब ग्रस्त बनेको छ । सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भए पछि स्थानीयले सुधार गृह भित्र हत्या भएको आरोप लगाउँदै सुधार गृह अगाडि तोडफाड गरि नाराबाजी गरेका हुन् ।

स्थानीय तहसंग स्वीकृति समेत नलिई सञ्चालनमा रहेको उक्त सुधार गृहमा मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको तीन दिनपछि आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ ।

सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।

घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो ।

भक्तपुरमा एकै दिन छुट्टछुटै स्थानमा खसेर तीन जनाको मृत्यु, एक घट्नामा २७ जना पक्राउ

भक्तपुर, ३ साउन । भक्तपुरमा आज एकैदिन दुई होटल र एक घरमा गरि तीन जनाको खसेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका १ स्थित सिरुटार उपयोगी चोकमा ७० वर्षिया चिकित्सक डा. सरिना जोशीको आफ्नै चार तल्ले घरको छतवाट खसेर मृत्यु छ ।

बिहान छिमेकीले थाहा पाएपछि कौशलीटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा पचारका लागि लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

नाक, कान, घाँटीको वरिष्ट चिकित्सक जोशीको काठमाडौं मेडकल कलेज दुवाकोटमा शव परीक्षण पछि आजै परिवारले पशुपतिमा दाहसंस्कार गरेका छन् ।
त्यसैगरि भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित घ्याम्पेडाँडाको एक होटलवाट खसेर वर्दीया घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षिय राज कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जन्मदिन मनाउन एकै ठाउँ जम्मा भएका उनीहरु बीच झगडा समेत भएको प्रारम्भिक अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । घटना पछि कार्कीका साथीहरू र झगडा छुट्टाउन जानेहरू समेत गरि २७ जनालाई प्रहरीले पक्रउा गरि सोधपुछ र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो।

यस्तै भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ।

दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी श्रेष्ठको आज बिहान करिब ३ बजे गेष्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई नजकैको भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी गराएका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले सलिनासँगै गेष्ट हाउसमा बसेका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

गोकर्णेश्वरमा आयोजित ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतबार अन्तिम दिन भव्य समारोह

काठमाडौँ १७ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ अन्तिम दिन आइतबार चर्चित गायकगायिकाको बेजोड एव भव्य सांगीतिक प्रस्तुती रहने भएको छ ।
यहीँ वैशाख २४ गतेदेखि जेठ १७ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना भएको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ मा चर्चित गायकगायिकाको प्रसतूती भइसकेको र आईतबार अन्तिम दिन भव्य प्रस्तुती रहने भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा भएको महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको उहाँले बताउनुभयो ।

महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिएको जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयोजनमा प्रतियोगिता गरिएको बताउनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिएको र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण भएको बताउनुभयो ।
कुल १२० वटा स्टल रहेको महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिएर राखिएको बताउनुभयो ।

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिएको बताउनुभयो ।
अन्तिम दिनको सांगीतिक कार्यक्रममा कमल विसी माल्दाई? समिना लो, विश्व नेपाली, चर्चित लोक गायक सानु केसी, अञ्जु सुनार, रमेश श्रेष्ठ मेलोडी, रमश श्रेष्ठ शिशिर, विनोद लामा, रेणु श्रेष्ठलगायतका गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको छ ।

वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ

काठमाडौ.२७ चैत : वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट हिरासतमा लिएको हो ।

अनाधिकृतरुपमा मेनपावर व्यवसायी, पीडित र एजेण्टहरुलाई प्रभावमा पारी पैसा असुलेको भन्ने साथै कार्यालयमा पाखुरावालहरु जम्मा पारी मेनपावरसँग चन्दा आतंक चलाएको आरोप लागेको छ ।

वितग केही वर्षदेखि यही पेशामा लागेका गोलेले काठमाडौंमा घर गाडि समेत जोडेको पाइएको छ ।

केश अनुशन्धानमै रहेकाले थप विवरण आउन बाँकी छ ।

१८ किलो लागू औषधसहित चार जनालई पक्राउ
भक्तपुर, २३ चैत : जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ गरेको छ ।
भक्तपुरको विभिन्न स्थानबाट प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गाजा १३ किलो ६८० ग्राम, चार किलो ५२५ ग्राम पोल्याण्ड, ३५ लिटर अबैध घरेलु मदिरा, थर्मोलोड हाइड्रोस्लिोरिड क्याप्सु (त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभि) १२० पिस र निट्राभेन्ट (ल्ष्तचबखभत) १० पिससहित तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत देश मोतीहारी जिल्ला घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घरभई काठमाडौं  नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ घरभई मध्यपुरथिमि नगरपालिका–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरि थप अनुसन्धान सुरु गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिनुभयो ।
एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ
भक्तपुर, १९ फागुन : निर्वाचन नजिकिदै गर्दा आज प्रहरीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियार, चार राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको बिशेष टोलीले आज गोरखा पालुङटार नगरपालिका–९ घरभई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय  आयन सेढाईलाई प्रहरीले बस्दै आएको घरबाट पक्राउ गरेको हो ।
सेढाईको कोठा साथबाट प्रहरीले ‘ए ८८९६’ नम्बरको एस.एल.आर. इन्सास राईफल एक थान, राईफलको ४ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
प्रहरीले सेढाईको कोठामा छापामारी प्लास्टिक एक राउण्ड, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान, खुकुरीको दाप दुई थान, बञ्चरो एक थान र लागू औषधमा प्रयोग गर्ने सिरिन्ज पाँच थान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरीले केही महिनादेखि सेढाईको गतिबिधि प्रति निगरानी गरेको, सेढाईले स्थानीयलाई पटक पटक धम्की दिदै आएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगाती भक्तपुरबाट लुटेको हतियार भएको पाईएको ।  प्रहरी बृत्त जगातीको हिरासतमा राखी सेढाईमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरिसकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरिसकिएको उहाँले बताउनुभयो । गृह मन्त्रालयले भनेको छ, “अतः स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।” साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ ।

यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । उक्त ऐनमा व्यवस्था भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय पनि भएको गृह प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

१० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ
भक्तपुर, २ असोज । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जुवातास खेलिरहेको अवस्थामा भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने १० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–७ इनाचोस्थित हर्करत्न शाक्यको चारतले घरको दोस्रो तल्लामा आज राती जुवातास खेलिरहेको अवस्थामा १२ जना भारतीय नागरिक जुवातास र नगद ७३ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमका भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने २८ वर्षीय देव परमणि, ३३ वर्षीय कमल शेख, २५ वर्षीय देव चुत, ३६ वर्षीय पूर्ण व्रतदले, ४९ वर्षीय मनजित माकि, ३५ वर्षीय सुसिल दलै, ४४ वर्षीय दिवस हजारा, ४५ वर्षीय चन्दन कुदेल, ३० वर्षीय सोरोजित मैती र ३५ वर्षीय अनुप दोलही  रहेका छन् ।
पक्राउ परेका सबै भारतीय नागरिकहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।
संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी

काठमाडौँ, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

राती जगातीमा दुर्घटना एकको मृत्यु, दुई घाइते

भक्तपुर, २२ भदौ । अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८, जगातीको आदर्श बसस्टप नजिकै अहिले राती ८ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छभने दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नबिना काफ्ले घिमिरेको घट्नास्थलमै मृत्यु भएको छ ।
आज राती जगातीबाट सूर्यविनायक तर्फ जादै गरेको बागमती प्रदेश–०२–०२३ प. २८५९ नं को मोटरसाइकल र सूर्यीवनायकबाट जगातीतर्फ जादै गरेकोे प्रदेश नं ३–०२–००२ प. ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर प्रदेश नं ३–०२–००२ प. ६९३ न को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जागाती तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २४११ नं को मालबाहक टेलर गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

घट्नामा मोटरसाइकल पछाडि सवार घिमिरेको मृत्यु भएको र मृतकको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा लगिएइको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेप

लाञ्चोक बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे र अकौ मोटरसाइकल चालक ओखलढुङ्गा.सुनकोशी गाउँपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका नलिन्चोक बस्ने प्रहरी जवान ३२ वर्षीय हिरा बडालको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको तीनवटै सवारी साधन र मालबाहक टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज महानगरपालिका–२ बस्ने २५ वर्षीय हासिब हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।