सर्बदलिय बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत बितरण तिब्र बनाउने निर्णय : मुख्यमन्त्री किरण थापा


नगरपालिका प्रमुख वासुदेव थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।



लक्ष्मण अवालबाट प्राप्त सनफ्लावर तेल २० कार्टुन, काठमाडौं फन भ्याली प्रालिबाट २२ बोरा र भेरिएबल सोलुसन्स प्रालिबाट २२ बोरा गरि ४४ बोरा जिरा मसिनो चामल, जीवन कावाङ र युवराज थापाबाट ५ ५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सबाट २ बोरा जिरा मसिनो चामल सहयोग प्राप्त भएको छ ।
त्यस्तै हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराउनुभयो भने रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ। राहत अभियानका लागि भक्तपुरका सहयोगीहरूबाट ३४ हजार रुपैयाँ नगद संकलन गरी पठाइएको छ ।
भक्तपुर इँटा तथा टायल कारखानाबाट पनि रसुवाका बाढी प्रभावित नागरिकका लागि ठूलो सहयोग प्राप्त भएको छ । कारखानाबाट जिरा मसिनो चामल ८० बोरा, सनफ्लावर तेल १५ कार्टुन, ज्ञान चक्की आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, भिटामिन मिल्क बिस्कुट ७० प्याकेट, रियल जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, बाई–बाई ४० कार्टुन र भुजिया १५ बोरा प्राप्त भएको छ।

यी सामग्री आजै रसुवाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । ती सामान आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको छ। राहत सामग्री रसुवा पुर्याउन आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। त्यस्तै भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो।
बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको जनाएको छ।
मुख्यमन्त्री थापा मगरले प्रदेशका सबै संयन्त्रलाई परिचालन गरेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक क्षतिग्रस्त भएका स्थानमा तत्काल मर्मत गर्दै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने प्रयास भइरहेको छ।
बाढीले सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक मार्ग खोल्दै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्याउन थालिएपछि प्रभावित नागरिकसम्म राहत पुर्याउने बाटो सहज भएको प्रदेश सरकारको भनाइ छ।

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो ।
यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली) जम्मा भएको छ । यो जम्मा दुई दिनमा प्राप्त भएको सहयोग हो । बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ६ घण्टा अवधिमै २७ करोड ३३ लाख नगद सहयोग बुझिलिनु भएको थियोे ।
आज शुक्रबार २७ फरक संस्था एवम् व्यक्तिहरुले ३८ करोड ५५ लाख रुपैयाँ नगद अर्थमन्त्रीमार्फत सरकारलाई बुझाउनु भएको छ । स्वदेश वा परदेशबाट मन फुकाएर सहयोगहरु आइरहेको देखिन्छ । प्रतिदिन झण्डै सवा दुई अर्वको दरले नगद सरकारको खातामा प्राप्त भइरहेको छ ।
काठमाडौं, १२ भदौ । हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।
हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प अघि सार्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउ लागिएकाे हो। प्रदेश सरकारको यो पहलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई घर फर्किन सहज हुने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणलाई प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याइनेछ। महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याइने व्यवस्था मिलाइएको छ।
यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। बसको व्यवस्था भएपछि रसुवामा अलपत्र परेका सर्वसाधारणले वैकल्पिक मार्ग हुँदै एकै दिनमा काठमाडौं आइपुग्न सक्ने अवस्था बन्ने भएकाे छ ।

धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।
यसैबीच, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग सफाइ गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत बागमती प्रदेश सरकारले अघि बढाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्नेछन्।
प्राकृतिक विपत्तिका कारण यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई तत्काल गन्तव्यसम्म पुर्याउन प्रदेश सरकारले अघि सारेको वैकल्पिक व्यवस्थाले उनीहरूको कठिन यात्रा केही सहज हुने देखिएको छ। उद्धारसँगै खाना, यातायात र सडक सञ्चालनलाई प्राथमिकता दिइएकाले विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत पुग्ने भएकाे छ ।
काठमाडौं, भदौ १२ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र व्यवस्थापनको अवस्था बुझ्न रसुवा पुग्नुभएका मुख्यमन्त्री थापाले विपद्को यस कठिन अवस्थामा नागरिकको जीवनरक्षा र तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको हो।
मुख्यमन्त्री थापले प्रभावित नागरिकका लागि तत्काल आवश्यक पर्ने खाना, सुरक्षित आवास, औषधि, इन्धन तथा यातायातको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। उद्धार तथा राहत कार्यमा स्रोतसाधनको अभाव हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभएको छ।
रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको र नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेको जानकारी आएपछि प्रदेश सरकारले उद्धार कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ।
फसेका नागरिक तथा पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्था मिलाउने, प्रभावित क्षेत्रमा खाना तथा खानेपानी पुर्याउने, विद्युत् सेवा अवरुद्ध भएका स्थानमा जेनेरेटर तथा इन्धनको व्यवस्था गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको मुख्यमन्त्री थापले बताउनुभएको छ।
उहाँका अनुसार धुन्चे जाने मुख्य सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएकाले सडक सञ्चालनका लागि काम भइरहेको छ। सडक खुलेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थप सहज हुनेछ।
नुवाकोटको ढिकुरे, बाहुनबेसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटिखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पर्च्याङ, भोर्ले, अम्बास, बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सञ्चालनयोग्य बनाउन आवश्यक काम अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ।
मुख्यमन्त्री थापले सडक सम्पर्क तत्काल जोडिन नसकेका स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्ने तथा आवश्यक परे पैदलै भए पनि प्रभावित नागरिकलाई यातायात सञ्चालन भइरहेको स्थानसम्म पुर्याउने व्यवस्था मिलाइने बताउनुभएको छ।
रसुवा पुगेपछि मुख्यमन्त्री थापले सुरक्षा निकाय, स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी उद्धार, उपचार तथा राहतको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको छ।
मुख्यमन्त्री थापामगरले विपद्को अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको जीवनरक्षा भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि सुरक्षित पुनःस्थापनासम्म प्रदेश सरकार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले विपद्का कारण घरबारविहीन तथा विस्थापित भएका नागरिकलाई सुरक्षित आवासको व्यवस्था, घाइतेको उपचार, खाद्यान्न तथा खानेपानीको आपूर्ति र अत्यावश्यक इन्धन तथा यातायातको व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभएको छ।




नुवाकोट, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र साह र वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगर भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमन गरि उद्धार र घाईतेको अबस्था बुझ्नु भएको छ । यस क्रममा मुख्य मन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रमा आफू निरन्तर उद्धार, उपचार र पीडितको खानेबस्ने व्यबस्थापनमा निरन्तर खटिरहेको जानकारी दिनुभयो ।
रसुवामा आएको बाढीले पुर्याएको पीडामा प्रदेश सरकार जनताको साथमा रहेको बताउदै अहिलेको कठिन समयमा धैर्य र हिम्मत गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले जनताको दुःखमा साथ, संकटमा अग्रसरता र समाधानका लागि निरन्तर प्रयासमा, रसुवा फेरि उठ्नेछ, हामी मिलेर उठाउनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
