पोषण कार्यक्रमलाई जनस्तरसम्म र्पुयाउन मुख्यमन्त्री राउतको निर्देशन

काठमाडौं १६ पुष ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारका रूपमा रहेको यस प्रदेशको बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषणसम्बन्धी जानकारीको अभाव प्रमुख कारण रहेको बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएका हुन् । पोषणसम्बन्धी प्रदेशमा सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारवालालाई निर्देशनसमेत दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा। किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितकाले पोषणको अवस्थाबारे प्रस्तुति गरेका थिए ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडका पाँच जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं १६ पुष ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशिक्षक सिमोनसहित फरवार्ड एन्टोनियो ग्रिजम्यान र जाओ फिलिक्स तथा मिडफिल्डर कोके र हेक्टर फेरेरालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना संक्रमण भए पनि उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको र सबै आइसोलेसनमा बसिसकेको क्लबले जानकारी दिएको छ । पछिल्लो समय ला लिगामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बार्सिलोनाले पनि आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । रियल मड्रिडले बिहीबार थिबाउट कोर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरको कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । सेभियाका पाँच खेलाडी पनि कोरोना संक्रमित बनेका छन् । एजेन्सी ।

पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं १६ पुष ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ७९ जना रहेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारे ४ हजार ६ सय ५१ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।