अध्यक्ष ओली र नेता लेखकको रिट सोमबार सुनुवाइ हुने

काठमाडैं, २२ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ ।

एसईई परीक्षा बिहिबारबाट सुरु हुदै, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि
भक्तपुर, १८ चैत ः यसवर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोली १९ गते बिहिबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेबाट एकैसाथ सुरु गर्ने एसईई परीक्षाको सबै तयारी पुरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘परीक्षाको सबै तयारी पुरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरुसंग जुम बैठक सम्पन्न गर्यौ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रुपमा परीक्षा हुनेमा ढुक्क छौं, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागि हुन आव्हान गर्दर्छौ ।’
चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षार्थ रहेका छन् ।
उहाँका अनुसार परीक्षामा सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोली परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछन् ।
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरि प्रश्नपत्र  सबै जिल्लामा पुगेको जानकारी दिदै उहाँले परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको जानकारी दिनुभयो ।
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
उहाँले बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यबस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यबस्था गरिएको छ ।
प्रधानमन्त्रीको निर्देशनसंगै एक महिनामा नतिजा प्रकाशन गर्ने :
प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभए पछि बोर्डले एक महिनामै नतिजा सावजनिक गर्ने भएको छ ।
बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरुमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यस वर्ष एक महिना भित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो ।
यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यबसथा गरिएको छ ।
एमाले अध्यक्ष आली पक्राउ
भक्तपुर, १४ चैत : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलइ निवासबाटै पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनु भएका ओलीलाई आज बिहानै पक्राउ गरेको प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको कमाण्डको टोली बिहान ५ बजे पक्राउ गर्न गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरि काठमाडौं लगिएको उहाँले जानकारी दिनुभयो ।
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौँ, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा  नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको थियो ।
यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हाल्नुभएको छ । राष्ट्रपति पौडेलले आजै बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ
काठमाडौँ, १३ चैत ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का संसदीय दलका नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले  आजै बिहान उहाँलाई नेपालको संविधानको धारा, ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
–––
माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा
भक्तपुर, १३ चैत : राष्ट्रिय परीक्षा बोर्डले यहीँ चैत १९ देखिदेखि देशभरका सबै परीक्षा केन्द्रबाट एकै समयमा सुरु गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा गरेको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
परीक्षा दिनेमा छात्राको संख्या बढी :
जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी रहेको छ ।
यसवर्ष दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षामा सहभागि हुने भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिदैछन् ।
सबभन्दा बढी विद्यार्थी वागमती, कम कर्णाली :
यसवर्ष सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छभने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
यस्तो छ परीक्षा तालिका :
चैत १९ गते विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
परीक्षा अनुगमनमा रोक : 
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो व्यापक आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले जानकारी दिनुभया ।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।  परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ ।
जिल्ला जिल्ला पुग्यो प्रश्नपत्र :
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाई सम्पन्न गरेको प्रश्नपत्र ढुवानी  गरि सुरक्षा नियकाको सहयोगमा सब जिल्लामा पुर्याई सकेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरिएको छ । उहाँका अनुसार परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको छ ।
यस्तो छ सुरक्षा व्यबस्था :
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
ताथली–नाला सडकमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सिडिओको नेतृत्वमा सडकको अनुगमन
भक्तपुर, ११ चैत । पूर्वजाने अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि भक्तपुरको सुरक्षा निकायको टोली दुर्घटना न्युनिकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ । भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक बिस्तार सम्पन्न गर्न ढिलाई भएसंगै बनेपा चोकबाट नाला ताथली हुँदै च्यामासिंह निस्कने सडकमा अत्याधिक सवारी चाप बढेसंगै दैनिक दुर्घटना बढेपछि स्थानीयलाई चिन्ताको विषय बनेको छ ।
दैनिक दुर्घटनाको गुनासो आएपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, जगाती प्रहरी बृत्तकी प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार, चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतका टोलीले उक्त सडकमा दुर्घटना हुने मुख्य क्षेत्रहरुको अनुगमन गरेको हो । सडकमा अत्याधिक सवारी चाप हुने र मोटरसाईकलदेखि साना सवारी साधनको तिब्र गतिका कारण दैनिक दुर्घटना बढेको सुरक्षा निकायदेखि जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् ।
स्थानीय दत्तात्रय खाद्य उद्योग सञ्चालक सन्जिव मधिकर्मीले यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडी तीनवटासम्म दुर्घटनामा भएको बताउँदै दैनिक दुर्घटनाले निकै चिन्ता बढाएके बताउनुहुन्छ । दुर्घटना बढेपछि उद्योगको गेटमा सडक तर्फ फर्काएर तीनवटा सिसि क्यामरा जडान गरेपछि दुर्घटना हुँदा फरार हुने सवारी साधन पत्ता लगाउन प्रहरीलाई सहज भएको बताउदै दुर्घटना न्यूनिकरणको उपाय अबलम्बन गर्न आवश्यक रहेको सुझाब टोलीलाई दिनुभयो ।
चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसी क्यामेरा जडान गरेपनि मालबाहक ठूला सवारी सधानले तार चुडालिदिएपछि अहिले एउटा पनि सञ्चालनमा नरहेको बताउनुभयो । उहाँले सिसि क्यामरासंगै सडक बत्तिको आवश्यकता रहेको बताउनुभयो ।
सिसी क्यामेरासमेत नहुंदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारवाही गर्न समेत समस्या भएको बताउदै प्रहरी बृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसी क्यामेरा जडान र सचेतना मुलक बोर्ड राख्न सके दुर्घट्ना न्युनिकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने बताउनुभयो ।
साँगुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमि र दु्रत गतीमा सवारी हुइक्याउँने प्रबृत्तिले दुर्घटना बढेको भन्दै बढी जोखिम हुने सडकमा ट्राफिक प्रहरीको उपस्थिति, र कारबाही बढाउनु पर्ने स्थानीयको भनाई छ । यस क्षेत्रमा सञ्चालनमा रहेका ईँटा भट्टा, बिभिन्न उद्योगहरुले सडकतर्फ सिसि क्यामरा जडान गर्ने र रातीका लागि सडक बत्तिको व्यबस्था गराईदिनसमेत स्थानीयले माग गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सोनारले डमी ट्राफिक माग गरिरहेको, जनशक्ति कम भएकाले समस्या भएको, यस क्षेत्रमा तत्कालै एक प्रहरी पोष्ट स्थापना गर्न आवश्यक भएको, जनचेतनामूलक पोष्टर राख्न, सिसि क्यामरा, सडक बत्तिको व्यबस्था गरिदिन सके दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
अनुगमनका प्रजिअ ढकालले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउँने, कारबाही प्रक्रिया अगाडि बढाउने, फ्लेक्स बोर्ड, सिसी क्यामेरा राख्न पहल गर्ने बताउनुभयो । उहाँले वडा अध्यक्ष त्यातलाई तत्कालै यस क्षेत्रका व्यवसायीहरुसहित सरोकारवालाहरुको बैठक बोलाएरु यहाँको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो ।
प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले बनेपा जगातेको सडकमा घण्टौ जाम हुने भएपछि यस सडकमा सवारी चाप बढेको बताउदै सडक डिभिजन कार्यालयसंग पनि यसबारेमा छलफल आवश्यक रहेको बताउनुभयो ।
विपददेखि दुर्घटनासम्मका घट्नामा घट्नास्थलमा उद्धारदेखि अस्पतालको उपचारसम्मको अभ्यासमा दुर्घटनाको झल्को……………….
भक्तपुर, । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा मंगलबार दुई सार्वजनिक यातायात एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनामा दुई यात्रुको घट्नास्थलमै मृत्यु भयो, नौ जना यात्रु गम्भिर घाईते भए, आठ जना जटिल घाईते र तीन जना सामान्य घाईते भए ।
घाईतेको सल्लाघारी सडकमै नेपाल रेडक्रस सोसाईटीको टोलीले प्राथमिक उपचार गर्न थाले । भक्तपुरमा विपदको उद्धारमा सक्रिय रहने संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलीले घाईतको उद्धार गर्यो ।  जिल्लाका चार वटा एम्बेलेन्समा घाईतेहरुलाई भक्तपुर जिल्ला अस्पताल पुर्याईयो । अस्पतालमा आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।
भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय भक्तपुर, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण दुवाकोट भक्तपुरको सहकार्यमा आयोजना गरेको आकस्मिक हुने दुर्घटना र विपदमा उद्धार र उपचारमा गरिने तयारीबारे गरिएको अभ्यास (ड्रिल)को दृश्य हो ।
घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाईतेको उद्धार, भीड नियन्त्रणदेखि उपचारसम्ममा गरिने तयारीलाई पूर्ण रुपमा गरिएको सडक विपद आपतकालिन अभ्यासले आगामी दिनमा आउन सक्ने विपदका अबस्थालाई सहज रुपमा सेवा दिन सक्ने बनाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपदमा पनि उपचारका लागि तयारी अबस्थामा रहने गरि जनशक्ति तयार गरेको बताउदै यस प्रकारको अभ्यासले सडक विपद आपतकालिन अबस्थामा आउने सक्ने धेरै भन्दा धेरै घाईतेको उपचारलाई सहज बनाउन प्रेरणा मिल्ने बताउनुभयो ।
पाटन बिज्ञान स्वास्थ्य प्रतिष्ठानकी डा. कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलश्धीमूलक रहेको र आगामी दिनमा आउन सक्ने विपदका चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताउनुभयो ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीसमेतलाई विपदमा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा सीप सिकाएको बताउनुभयो । भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु लामा, आरएनएका अरुण सैजुलगायत बिभिन्न निकायको सहभागिता रहेको थियो ।  कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
दुवाकोटवासीलाई केएमसीद्धारा उपचारमा २५ प्रतिशत छुट, वडा अध्यक्ष सिजन कार्कीद्धारा हस्ताक्षर
भक्तपुर, ३ चैत : चाँगुनारायण नगरपालिका दुवाकोटका स्थानीयवासीलाई काठमांडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले स्वास्थ्य उपचारमा २५ प्रतिशत शुल्कमा छुट दिने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ र २ को क्षेत्रभित्र सञ्चालित यस अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि छुटको व्यबस्था गरेको हो ।  अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ्ग, डेण्टललगायतको शैक्षिक कोर्षहरु सञ्चालन गर्दै आईरहेको छभने स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आइरहेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष सिजन कार्की, वडा नं. २ का वडाध्यक्ष सोम प्रधान र अस्पताल प्रशासनका तर्फबाट नारायणप्रसाद दाहालले लिखित सम्झौता पत्रमा हस्तक्षर गर्दै यो सेवालाई तत्काल लागू गर्ने निर्णय गरेको छ ।
सम्झौता अनुसार अस्पतालले बहिरंग (ओपिडी) सेवा, सामान्य शैया (जनरल बेड), आईसियू, एचडियु,  सिसियू, शल्यक्रिया सेवा शुल्क, ल्याब, सिटी स्क्यान, एमआरआई, एक्सरे, यूएसजी, ओपिजी, ईसिजी, ईन्डोस्कोपी, कोलोनोस्कोपी, एनपिएल,  ईको, मुटु रोग सम्बन्धी परीक्षणहरु (ईको, टिएमर्टी, होल्टर, एबिपिएम, ईसिजी, एनसिटी, एनएसटी), फिजियोथेरापी, दन्त सेवा सम्बन्धी सबै उपचार, ईआरसिपी, एमआरसिपी, क्याथ ल्याब सेवामा २५ प्रतिशत छुट दिने भएको छ । विरामीले जनरल शैयाबाहेक क्याबिनको शुल्कमा भने १० प्रतिशत मात्रै छुट दिने सम्झौमा भनिएको छ ।
अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचय पत्र लिएर अस्पताल आउँदा अस्पतालमा सञ्चालित सेवाहरुमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको वडा नं. १ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्झौता लागू भइसक्यो, छुट सेवा लिएर उपचार गर्न अब टाढा जानु पर्दैन, दुवाकोटवासीले २५ प्रतिशत छुटमा आजैबाट  उपचारको सेवा पाउँनेछन्, यसबाट यहाँका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौं ।’
अस्पतालले नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुबिधाहरु मध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, जेष्ठ नागरिक र औषधि उपचार कोषमा आबद्ध भएकाहरुको हकमा सरकारले उपलब्ध गराएको सुबिधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाईने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यबस्था गरिने सम्झौतामा उल्लेख छ ।

के के सेवामा पाईन्छ, छुट, यस्तो छ सम्झौता हेर्नुहोस :

सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू
भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ ।
सूर्यविनायक नरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै जेष्ठ नागरिकहरुको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।
परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनौट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको पाँचदिने व्यबहार परिवर्तन सम्बन्धी तालिमको शनिवार समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
यसअघि पनि यस नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिका भित्र बस्ने कोही पनि जेष्ठ नागरिकले कुनै पनि अधिकारबाट बञ्चित हुन नदिने गरि व्यबस्था गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “नगरवासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौ, यस नगरलाई बालमैत्री र जेष्ठ नागरिक मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौं, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौं, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौं ।”
उहाँले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यबस्थापन गरेर जाने बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएके बतउदै उहाँले नौ वर्ष नगरपालिकाको सम्पूर्ण विकासमा लागेको र अबको १४ महिना पनि नगरपालिकाको समग्र विकासलाई ध्यान दिएर कार्य गर्ने बताउनुभयो ।
नगर प्रमुख थापाले आफ्नो कार्यकालमा सबै बैठक सर्वसम्मत रुपमा निर्णय गरेको, कुनै पनि बिवाद नगपालिकामा नआएको, जनप्रतिनिधिहरु एक ढिक्का भएर नगरको विकासमा लागेको, जनप्रतिनिधि र कर्मचारी एकआपसमा हातमालो गरेर अगाडि बढेको र ऐन, नियम विपरित कहिल्य नगएको बताउदै अबको बाँकी १४ महिना पनि जस्तोसुकै दबाब आए पनि ऐन र नियमभन्दा बाहिर गएर काम नगर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संया्जक रबिन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तिब्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउदै स्वयंसेवकहरुले यसलाई चिर्नु पर्ने बताउनुभयो ।
उहाँले परियोजनाका लागि वडा वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुबिधासंगै जेष्ठ नागरिकहरुको सबै अधिकार सुनिश्चितताका लागि लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरिकहरु प्रति समाजले गर्ने ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले सहारा परियोजना लागू गरेको बताउनुभयो । उहाँले स्वीस रेडक्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।