एमालेको ११ औं महाधिवशनको उद्घाटन अध्यक्ष ओलीको सल्लाघारीमा ससद पुर्नस्थापना हुनु पर्ने माग

भक्तपुर, २७ मङ्सिर ः भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटनका उहाँले निकै लामो सन्देश सहितका भाषण गर्नु भयो उहाँले देशका लागि एमाले अपरिहार्य भ भएको बताउनु भयो । यस्तो थिया उहाँको भाषण :

मानक बनाएको दाबी

ओलीले पार्टीलाई मानक बनाएको दाबी गरे । ‘राष्ट्रियता, पहरेदार, आन्दोलनको नायक पार्टी एमाले भएको दाबी गरे । सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायोनियर’ भन्दै उभ्याए ।

‘नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकले जीवनमा एउटा सहारा पाउनुभएको छ,’ ओलीले भनेका छन्, ‘नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संवाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।

गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता, आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका लागि काम गरेको उनले दाबी गरे । उनले भने, ‘यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।’

चुनौती सामना गर्दा प्रहार

ओलीले सल्लाघारीमा निकै जोड दिएर उठाएको अर्को विषय पार्टीमाथि निरन्तर प्रहारको हो । यस्तो प्रहार स्वदेशदेखि विदेशबाट समेत भइरहेको उनको ठम्याइ छ ।

‘हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ताबराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? प्रहार हुन्छ,’ ओलीले भनेका छन्, ‘हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । प्रहार हुन्छ ।’

शान्ति, विविधता, बहुलता मात्रै होइन, संविधान बनाउने अधिकारमाथिसमेत प्रहार भएको बताउन भुलेनन् ओली । अघिपछिको भन्दा फरक प्रस्तुतिको शैली लिएर आएका उनले भनेका छन्, ‘हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’

ओलीले भनेका छन्, ‘हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौं । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौं । मुलुक बन्छ र बन्दै छ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन ।’

भारत र चीनको नाम नलिई ओलीले निरन्तर यस्तो प्रहार भोगिरहेको प्रस्ट्याए ।

‘भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन,’ ओलीले भनेका छन्, ‘सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले बारम्बार हाम्रो पार्टी प्रहारको निसानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटोछेउको आँपको बोटले त हो नि ।’

जेन–जीका नाममा राज्यको मेरुदण्ड भाँच्ने योजना

‘२३/२४ भदौको घटनालाई सम्झौँ न’ भन्दै ओलीले त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै नभएको, बरु राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? भन्दै प्रश्न गरे ।

‘भ्रममा पर्नै हुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर, यो त संविधान, संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो,’ ओलीले भनेका छन्, ‘तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ– सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्–जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयम्‌ले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।’

मृतकप्रति पहिलोपटक खुलेर श्रद्धाञ्जली

ओलीले पहिलोपटक जेन–जी आन्दोलनमा घुसपैठ भएको पहिलेजस्तै दोहोर्‍याए ।

उनले भने, ‘नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने वचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो । तर दुःखको कुरा, त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे,’ ओलीले भनेका छन्, ‘अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।’

ओलीले मारिएकाहरू प्रति खुलेर श्रद्धाञ्जली व्यक्त गरे, जुन जेन–जी आन्दोलको तीन महिनापछि पहिलोपटक थियो ।

‘२३ भदौमा गोली लागेर ज्यान गुमाएका युवा, २४ भदौमा अराजक भिडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ ओलीले भनेका छन् ।

राजीनामा दिएपछि सम्पदा जलेको दाबी

ओलीले आफूले राजीनामा दिएपछि राज्यका सम्पत्ति र सम्पदा जलेको बताए । २३ भदौको घटनापछि गृहमन्त्रीको राजीनामा र सरकारले छानबिन गर्न खोज्दासमेत नपुगेर देशमाथि आगो झोसिएको बताए ।

२४ भदौको भयानक आगजनी देशले भोग्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता तीनवटै निकायमाथि एकसाथ आक्रमण भएको उनको भनाइ थियो ।

‘जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी राष्ट्रपति भवनदेखि सिंहदरबारजस्ता राष्ट्रिय सम्पदाहरू, शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निसाना बने,’ ओलीले भनेका छन्, ‘यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्; ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खलबल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।’

राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ‘आन्दोलन’, ‘विद्रोह’ र ‘क्रान्ति’का रूपमा महिमामण्डित गरिएको भन्दै उनले रोष प्रकट गरे ।

महाविनाश नबिर्सन अपिल

ओलीले २४ भदौको आगजनीलाई महाभारतकालीन परिस्थितिसँग तुलना गरेका छन् ।

‘राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौँ ।  नेताहरू, समाजका अगुवाहरू मारिऊन्, समाप्त होऊन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ– हेलिकोप्टर चढेर भागे । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो । इतिहासले दोष कसलाई दियो– आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?’

महाविनाशलाई कुनै हालतमा नबिर्सन उनले आह्वान रेका छन् ।

‘प्रश्न त्यत्ति न हो ! त्यो महाविनाश– न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्‍याएरै भन्छु– नबिर्सौं !!! अहिलेलाई यत्ति मात्र.’ उनको भनाइ छ, ‘त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाऊन् !’

प्रतिनिधिसभा विघटन नमान्ने

अनधिकृत रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै ओलीले त्यसलाई नमान्ने बताएका छन् ।

‘काम चलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छोडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो,’ ओलीले भाषणमा भनेका छन्, ‘त्यसैले हामी भन्छौँ– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीतिबाहिर धकेल्नु हो ।’

यस्तो शैलीले लोकतन्त्र बलियो नहुने भन्दै उनले विघटन मान्य नभएको बताए ।

‘यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले प्रतिनिधिसभा विघटन मान्य छैन,’ ओलीले भनेका छन्, ‘हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।’

चुनावबाट नभाग्ने उद्घोष

ओलीले प्रतिनिधिसभा विघटन नै विकल्प भए पनि चुनावबाट भाग्ने पक्षमा नभएको पनि बताउन भुलेनन् । अर्थात् प्रतिनिधिसिभा पुनर्स्थापना गरेर राजनीतिक जित देखाउन खोजे पनि निर्वाचनको राजनीतिको भने उनले विरोध गरेनन् ।

‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?’ उनले भने ।

‘चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो । दलका गतिविधि प्रोत्साहित गर्थ्यो,’ ओलीले भनेका छन्, ‘चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो । तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद … निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?’

बहुमत ल्याउने दल चुनावबाट कसरी भाग्ने भन्न पनि उनी भुलेनन् ।

‘मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ– साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो,’ ओलीले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर, अहिले कहाँ चुनाव हुँदै छ र ? चुनावको कुरा मात्र भइरहेको छ । त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

जेन–जीविरोधी नभएको दाबी

ओलीले एमालेलाई जेन–जी विरोधी नभई मैत्री पार्टी भएको प्रस्ट्याए ।

उनले भने, ‘तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंसको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस् ।तपाईंहरूका जायज आवाजको आडमा देशका विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।’

उनले थप भने, ‘म युवापुस्तालाई भन्न चाहन्छु–असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस् । तर, एउटा कुरा नबिर्सनुस्– आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु– जहाँ सकिन्छ, त्यहाँ युवालाई अगाडि सारौँ; उनीहरूको कुरा ध्यान दिएर सुनौँ, उनीहरूका जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवापुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन ।’

ओलीको मिलेर काम गर्ने कुरा

सामान्यतया मिलेर काम गर्न अनुदार रहेका ओलीले लामो भाषणका क्रममा असहज परिस्थितिको मिलेर समाधान गर्न पनि आह्वा गरे ।

‘म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आमजनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु,’ उनले भने, ‘साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो संघर्ष– जेन–जी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबीचको पनि हुँदै होइन । संघर्षको केन्द्रविन्दु त देश बनाउने र देश जलाउनेबीचको हो ।’

मिल्ने कुरा गर्दा उनले जेन–जीलाई केन्द्रमा राखे ।

‘मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैँभरि देश बनाउने कित्तामा उभिनेछ । निश्चय नै, तपाईंहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमताबीचमा ग्याप छ । तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भिड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्,’ ओलीले भनेका छन्, ‘अवसरहरू सबैका लागि बराबर होऊन् ।आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा विल्कुल जायज छन् । यस दिशामा केही उपलब्धि पनि भएका छन् ।’

महाधिवेशनबारे औपचारिकता मात्रै

पार्टीको सबैभन्दा ठूलो कार्यक्रमको उद्घाटन गर्न आएका ओलीले यसबारे धेरै बोल्न आवश्यक ठानेनन् । लामो भाषणको अन्तिममा मात्रै महाधिवेशनकेन्द्रित भएर केही कुरा राखे । तर, पार्टी नीति, नेतृत्वका विवाद, अलमल र समीकरणबारे खुलेर बोलेनन् ।

‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ‘एघार’लाई एकछिन ध्यान दिएर हेरौँ– एघारमा दुईवटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् । त्यसैले, हामी प्रत्येक एक– एमालेले अर्को एक– एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ‘एघार’ बन्छौँ, बलियो शक्ति बन्छौँ,’ ओलीले भने, ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण ‘एक–एक, एक’ मात्र रहनेछौँ । तर, एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार’ बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ । सबैलाई शुभकामना !’

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड
भक्तपुर, २७ मङ्सिर : भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
बिभिन्न जिल्लाबाट बस रिर्जभ गरि रात्रीको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताहरुको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्ण रूपमा सम्पन्न भइसकेको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिदै उहाँले आज बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै रहेको बताउनुभयो । उद्घाटनस्थलाई व्यबस्थि तगर्न, सुरक्षा चेकजाँचलाई दुरुस्त राख्नका लागि बिहान १० ः३० सम्मका लागि गेट बन्द गरिए पनि ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ ।
आज दिउँसो १२ : ३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिएकोमा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ ।
औपचारिक रूपमा उद्घाटन गर्नु हुने महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिदै उहाँले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
दुईहजार पाँचसय सुरक्षाकर्मी तैनाथ :
महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली आज बिहान चेक गरेको जानकारी दिदै सुरक्षा व्यबस्थालाई कडा पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको जानकारी दिदै सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिनुभयो । सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेको जानकारी दिदै उहाँले सिसि क्यामराबाट निगरानी गर्ने टोली समेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताउनुभयो ।
सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङ्गस्थल लगायतको क्षेत्रमा समेत नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो ।  कार्यक्रमस्थलमा कहिकतै शंकास्पद गतिबिधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरि तयारी गरेको उहाँले जानकारी दिनभयो ।
५० भन्दा बढी सिसि क्यामरा :
उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० वटा भन्दा बढी सिसि क्यामरा जडान गरिएको छ । एमाले भक्तपुर अध्यक्ष बचन देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसके निगरानी एमालेको एक युवा टिम र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिनुभयो ।
गाउँगाउँबाट र्याली सुरु :
महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुर चारवटै पालिकाले गाउँगाउँबाट रेयाली सुरु गरेको छ । सूर्यविनायक नगरपालिका अन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं. ७ ले गुण्डुबाट, वडा नं. ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ ।
त्यस्तै चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं. ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं. ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर र्याली सुरु भएको छ ।
भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रम स्थलमा आउने गरि र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शंखधर चोकबाट र्याली सुरु गरेको छ । सबै र्यालीमा बिभिन्न जाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्यहरु प्रर्दशन गर्दै र्याली सुरु भएको छ । बिभिन्न जिल्लाबाट आउने सहभागिहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुदैछ ।
यस्तो रहनेछ उपस्थिति :
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिदै  महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुले शुभकामना दिने कार्यतालिका तय भएका जानकारी दिदै उहाँले उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिनुभयो ।
त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिएको जानकारी दिनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागिहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् ।
टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ ।
यस्तो छ पार्किङ्गको व्यबस्था :
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न
भक्तपुर, २६ मङ्सिर : यसवर्षको ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आज चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा चाँगुनारायण नगरपालिकाको कार्यालयमा सम्मेलनको आयोजना भएको हो ।
सम्मेलनको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्दै स्वच्छ वाला लिएर बाँच्ने मानिसको नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विकासका गतिबिधि भइरहने तर त्यसले पार्ने वातावरणीय असरलाई मध्यनजर गर्दै विकासलाई अगाडि बढाउनु पर्ने औल्याउँदै उहाँले वातारवण सुधारका लागि पालिकाहरुले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट छुट्टै विनियोजन गर्नु पर्ने बताउनुभयो ।
उहाँले प्रत्येक सडकको दायाँवायाँ रुख रोपेर हरियाली प्रबद्र्धन गर्न पर्ने, व्यक्तिले कुनै पनि भवन वा घरको नक्सा पास गर्दा अनिवार्य दुईवटा रुख घर कम्पाउण्डमा रोप्नै पर्ने अनिवार्य गरेको बताउनु भयो । उहाँले वातावरण संरक्षणका लागि ललितपुर महानगरका सम्पूर्ण विद्यालयहरुलाई प्रोजेक्टनै दिएको र राम्रो गर्नेलाई पुस २ गते पुरस्कार दिने नीति लिएको बताउनुभयो ।
फोरर्मका अध्यक्ष महर्जनले वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिएको बताउदै सडकमा रहेको रुख काट्नेदेखि मास्नेसम्मलाई सीसी क्यामरा हेरेर पहिचान गरि एक लाख ५० हजारसम्म महागरले जरिवाना लगाएको बताउदै यस्ता कडा नीति लिनु पर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाले पेट्रोल र डिजेल सवारी साधन खरिद नगर्ने नीति लिएर सबै विद्युतीय सवारी साधन खरिद गरेको बताउदै स्थानीय नागरिकले समेत विद्युतीय सवारी साधन खरिद गरेको प्रमाण ल्याएमा तिर्नु पर्ने बिभिन्न शिर्षकका राजस्वमा पाँच प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।
ललितपुर महानगरले सार्वजनिक, ऐलानी र पर्ती जग्गा कुनै पनि हालतमा कुनै पनि व्यक्तिलाई मिच्न वा भोगचलन गर्न दिदै नदिने नीति लिएर अतिक्रमित त्यस्ता साना जग्गालाई साना पार्क र ठूला जग्गालाई हरियालीसहितको पार्क निर्माण गरेको बताउनुभयो । महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘नेपाली सेनाले वर्षैदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।’
सार्वजनिक एवं पर्ति जग्गाहरु लिजमा दिने सरकारी निर्णय पनि ललितपुर महानगरले कुनै हालतमा कार्यान्वयन गर्न नदएको बताउदै महानगरभित्रका कुनै जग्गा लिनमा नदिने नीतिलाई सफल रुपमा कार्यान्वयन गरेको उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले वातावरण सुधारको कार्यबिधि बनाएर देशभरका पालिकाहरु मध्ये पहिलो पटक कार्याबिधि लागू गरेर उदाहरणीय कार्य गरेको भन्दै फोरर्मका अध्यक्ष महर्जनले यही कार्यबिधिको नमूना हरृर ललितपुरले पनि वातावरण संरक्षणको लागि कार्यबिधि बनाएर लागू गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष २०८३ को चौथो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ ललितपुर महानगरपालिकामा आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउदै नगरभित्रका ईटाभट्टा घट्दै गएको, सञ्चालनमा रहेकाहरुले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेका बताउनुभयो ।
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्न नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताउदै आउँदो पुस १३ गते नगरपालिकाले बुद्धिकृष्ण लामिछाने सांगीतिक साँझको आयोजना गर्न लागेको बताउनुभयो । उहाँले चाँगुनारायण मन्दिरमा विष्णु महापुराणको आयोजना गर्ने तयारी गरेको बताउदै नगरपालिकाले आवासीय, प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, वातावरणीय क्षेत्रमा नगरपालिकाले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, ‘मानवीय साझा हितकर काममा नगरपालिका पछि पर्दैनौ, मानवीय जीवनमा जोडिएका आमसरोकारको विषयमा भएका प्रतिबद्धता, जिम्मेवारी पालना गनए अग्रसर भएर लागिरहेका छौँ. । देशलाई अब्बल बनाउन स्थानीय तह जिम्मेवार हुनुपर्छ ।’ चाँगुनारायण नगरपालिका नगरवासीप्रति जवाफदेहिता, संवेदनशिल रुपमा नागरिकको सेवामा समर्पित भएर लागेको बताउदै उहाँले सम्मेलनमा उठेका प्रत्येक सवाल र सुझाबलाई नगरपालिकाले मार्ग दर्शनको रुपमा लिएर सम्बृद्ध चाँगुनारायणको विकासमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्मेलनका उद्देश्य र कार्ययोजना प्रस्तुत गर्दै सुरक्षित र स्वच्छ हावाका लागि तीनतहक सरकारको सक्रियता अत्यावश्यक रहेको औल्याउनुभयो ।
सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले देशैभरी स्वच्छ हावाको प्रबद्र्धन गर्ने लक्ष्यका साथ ायोग अगाडि बढेको बताउदै मानव अधिकार र विकास एकआपसमा बिरोधी नभई परिपुरक हो भन्ने उदेश्यले मानवकै लागि वातावरण संरक्षणका लागि लाग्नु पर्ने औल्याउनुभयो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा औधागिक विकास र वातावरणीय क्षयीकरण गर्न रोक्नु पर्नेमा जोड दिदै उहाँले सरकारले मात्रै नभई निजी क्षेत्रको पनि मानव अधिकारको संरक्षणको सवालमा उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
सम्मेलनमा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदुषण रोक्न तीन तहकै सरकारको जिम्मवारी रहेको औल्याउँदै देशमा स्वच्छ वातावरण कायम राख्न राष्ट्रिय कार्य नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रर्दुषण फैलाउने सवारी साधनलाई सुधारेर इन्धनको वचत गर्नुपर्नेमा जोड दिदै विद्युतीय गाडीको प्रयोग र विद्युतीय इन्धनको प्रयोगलाई बढावा दिन देशमा विद्युत उत्पादन पर्याप्त गरि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी चरण प्रसाईले मानव अधिकारको सुनिश्चितताका लागि व्यक्तिको शासन नभई कानूनी शासनको आवश्यकता रहेको चर्चा गर्दै देशले निर्माण गरेको नीति, नियम, ऐन र कानूनलाई कार्यान्वयन गर्न चुक्न नहुने बताउनुभयो ।
राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान)का सल्लाहकार भोला भट्टराईले मानव अधिकारको रक्षाका लागि प्राकृतिक श्रोत माथिको जथाभावी दोहन रोक्नु पर्नेमा जाड दिनुभयो ।
श्रमिक अधिकारकर्मी धु्रवचन्द्र गौतम, स्वच्छ हावा संञ्जालकी अध्यक्ष रबिता कार्कीले नगरभित्र सञ्चालत टनेल खेतीमा हुने अत्याधिक रासायनिक मल र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट हुने प्रदूषणले क्यान्सर जस्ता घातक रोगहरु बढ्दै गउका बताउनुभयो ।
कार्यक्रम सञ्चालन चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले सहजीकरण गर्न भएको कार्यक्रममा  सूचना प्रविधि अधिकृत रोशन शिवाकोटीले चाँगुनारायण नगरपालिकाको परिचय तथा गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गर्नुभयो ।
सम्मेलनको विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे प्रस्तुति दिनुभयो । सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे आफ्नो विचार राख्नुभयो ।
कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग सहसचिव नवराज सपकोटा, चाँगुनारायण नगरपालिका वातावरण विभागका प्रतिनिधिलगायतले वातावरण संरक्षणको सवालमा बिभिन्न सुझाबहरु राख्नु भएको थियो ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि  सार्वजनिक रुपमा अपिल

भक्तपुर, २६ मङ्सिर : नेकपा एमाले भक्तपुरले नेकपा एमालेको भाेली भक्तपुरमा उद्घाटन हुने ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि  सार्वजनिक रुपमा अपिल गरेकाे छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताकाे लागि एमालेले अपिल गरेकाे हाे । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेन–जी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ। विशेष गरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि जिल्लाको अपिलमा उल्लेख गरिएको छ। महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेकाे लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ।

अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभुसा र सम्पदालाई झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएकाे छ । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा गरिएको छ।

पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको छ।

नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा
भक्तपुर, २६ मङ्सिर  : नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पुरा भएको जानकारी दिदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालयमा च्यासलमा आज सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आउने प्रतिबद्धता जनाईसकेको जानकारी दिदै बिभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो ।
त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिने व्यबस्था गरेको बताउनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो ।  पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातीसम्ममा सम्पूर्ण कार्य पुरा हुने बताउनुभयो ।
एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्म एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको बताउनुभयो ।
टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको उहाँले बताउनुभयो । कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यबस्था गरिएको बताउनुभयो ।
महाधिवेशन उद्घाटनमा मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई  रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
एमाले महाधिवेशन उद्घाटन स्थल ऐतिहासिक चाँगुनारायण मन्दिरदेखि बिभिन्न सम्पदाको झल्को
भक्तपुर, २५ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुने बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिको आज दिनभर चहलपहल बढेको छ ।
बिभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुले दिनभर कार्यक्रमस्थल आउँने हेर्ने, फोटो लिने, टिकटक बनाउनेलगायतका कार्य गर्दा उद्घाटनस्थलमा प्रतिनिधिको भीड लाग्न थालेको हो ।
उद्घाटनस्थलमा विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कनेगरि मञ्च तयार भइरहदा कार्यकर्ताहरुको समेत भीड लागेको छ । मञ्चको दाँयाबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएको छ ।
आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत बिभिन्न संरचनाहरु निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिनु भएका नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो । आज दिनभर मञ्चको मुख्य स्वरुप बनिरहेको बताउदै उहाँले रातभरी पनि मञ्च निर्माण गरिने, मञ्चसंगै करिब ३० वटा अस्थायी शौचालय र अन्य संरचनाहरु निर्माण गरिने बताउनुभयो ।
आज दिनभर कर्णालीदेखि सुदुर पश्चिममा बिभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको उद्घाटनस्थलमा दिनभर भीड भएको जानकारी दिदै उहाँले रौनकता बढेको बताउनुभयो ।
उद्घाटनस्थलमा चाँगुनारायण मन्दिरको स्वरुप निर्माण कार्य भइरहेको जानकारी दिदै उपाध्यक्ष थापाले ऐतिहासिक साँस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरि मल्लकालिन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण भइरहेको बताउनुभयो । मञ्चको बाहिरबाट चाँगुनारायण मन्दिर निकै आकर्षक देखिने र मन्दिरको प्राङ्नमा बसेर मन्दिरको सिँढीमा उभिएर बोलेको झै देखिने गरि आकर्षक मञ्च निर्माण कार्य भइरहेको बताउनुभयो ।
उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्यहरु राखिने बताउदै उहाँले मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण हुने, उद्घाटनस्थलमा झाकी प्रर्दशन गर्ने गेट, प्रमुख अतिथि एवं अतिथिहरु प्रवेश गर्ने गेट र सर्वसाधारण प्रवेश गर्ने गेट छुट्टाछुट्टै निर्माण गरिने बताउनुभयो ।
उद्घाटनका दिन करिब तीन लाख मानिस अट्ने गरि व्यबस्पान गरिने २५ हजार कुर्सी अगाडि राखिने, एमाले पार्टीसंगै बिभिन्न दलका शीक्र्षस्थ नेताहरु विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागी हुने गरि मञ्चको तयारी भइरहेको उहाँले बताउनुभयो ।
मञ्च निर्माणस्थलमा पुग्नु भएका एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले उद्घाटनका दिन नेसनल भोलियन्टर र बिभिन्न जनसंगठनका तर्फबाट १० हजार स्वयंसेवक परिचालन गरिने, ५५० जना पोशाकसहितका स्वयंसेवक परिचालन गरि उद्घाटन सत्रलाई अनुशासित र भव्य रुपमा सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।
यहीँ मंसिर २७ गते मध्यान्हमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा हुने उद्घाटनमा जिल्लाका चारवटै पालिका र देशभरबाट आउनहरुलाई पूर्वको जगातीबाट र पश्चिमको गठ्ठाघरबाट र्यालीसहित गठ्ठाघर जाने गरि तयारी भएको बताउनुभयो ।
त्यसैगरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको निम्तो पत्र लिएर भक्तपुरको चारवटै नगरपालिकामा नेकपा एमाले भक्तपुर जिल्लाले घरदैलो सम्पन्न गरिएको एमाले भक्तपु जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
एमालेको चारवटै पालिकाको वडा वडामा निमन्त्रणा कार्ड बोकेर कार्यकर्ताहरु घरघरमा पुगेर निम्तो बाड्ने कार्य करिब सम्पन्न भएको जानकारी दिदै उहाँले आजै बिभिन्न ठाउँमा ब्यानर र पार्टीको झण्डा गाडेर प्रचार प्रसार गर्ने कार्य गरिएको र भोलीदेखि माईकिङ्ग गरिने बताउनुभयो ।
उद्घाटनका दिन भक्तपुरको चारवटै पालिकाको वडावडाबाट साँस्कृतिक झाकीसहितको र्याली प्रर्दशन गर्दै कार्यक्रमस्थलमा आउने गरि तयारी भएको जानकारी दिनुभयो । भक्तपुरबाट २५ हजार कार्यकर्ता सहभागि गराउने गरि २२ हजार निमन्त्रणा कार्ड घरघर पुगेर बाडेको उहाँले बताउनुभयो ।
बालुवाटारबाट भागेको होइन, ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली

काठमाडौँ, २५ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोप अस्वीकार गर्नुभएको छ। आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उहाँको भनाइ छ ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताउनुभएको हो।

अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग पनि सुनाउनुभयो। अध्यक्ष ओलीले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गर्नुभयो ।

भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्‍याएर भागेका हुन्।’

अध्यक्ष ओलीले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नु परेको तर्क गर्नुभयो। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’

विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उहाँको दाबी थियो। ‘मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’

विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गर्नुभयो। ‘भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या ! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भन्नुभयो, ‘म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’

अध्यक्ष ओलीले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गर्नुभयो।

‘किशोर किशोरी डिजिटल पार्क सञ्चालन’मा ल्याउदै वामगती प्रदेश स्वास्थ्य मन्त्रालय
भक्तपुर, २१ मङ्सिर : किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाको रुपमा ‘किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’ गर्ने भएको छ ।
वामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’मा ल्याउन लागेको बताउनुभयो ।
किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्द गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अबधारणा ल्याएर यसैवर्षदेखि नै स्थानीय पालिकासंगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्टहरूको निर्माण गर्ने, जिजिटल बोर्ड मार्फत किशोरकिशोरी एवं युवायुवती जमघट हुने पार्कमा त्यसलाई राखेर जनचतनामूलक सन्देशहरु प्रवाह गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागेका हौ, आगामीवर्षदेखि यसलाई प्रदेशका अन्य बिभिन्न पालिकाहरुमा सञ्चालनमा ल्याउने योजनामा छौं ।”
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरि देशभरमै पहिलो कार्यक्रमका रुपमा मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “किशार किशोरीमा हुनसक्ने दुव्र्यसनीसंगै परिवार नियोजनको अस्थायी साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोक्ने उपाय, यौन शिक्षा, किशारी शिक्षा, शारीरिक अंग र मानसिक परिवर्तनका अबस्थामा ध्यान दिनु पर्ने कुराहरु महिनावरी सुरक्षा, साथी शिक्षा, एचआईभी लगायत यौन रोगबाट बच्ने उपाय, लैङ्कि हिंसा, व्यक्तिगत सुरक्षा एवं व्यवसायीक अधिकारका सवालमा समेत सन्देश प्रवाह गर्ने गरि कार्यक्रम ल्याएको हो । एकवर्षमा एक लाख किशोर किशोरी यस कार्याक्रमबाट लाभान्वित हुने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं ।”
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको र कार्यक्रम लागू हुने सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यक्रम लागू हुने निर्देशनालयका निर्दक डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
उहाँले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरि सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताउनुभयो ।
प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्युआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने बताउनुभयो । निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौंको कनै एक पालिकामा सञ्चालन गर्ने गरि पालिका छनौट कार्य भइरहेको जानकारी दिनुभयो ।
नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट-२०८२” सम्पन्न, बिभिन्न विद्याका खेलका विजेतालाई पुरस्कार वितरण

भक्तपुर, १८ मंसिर ; नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान ऋतम्भरा पाठशाला, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ! त्यसै गरी फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का भएका थिए ।

आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय स्थान मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गरेको थियो ! फेयर प्ले टिम जागृति विद्या सदनले साथै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले प्राप्त गर्न सफल भएका थिए भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जगं थापाले जितेका थिए ।

प्रतियोगिताको अर्को खेल माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्न सफल भएको थियो । ऋतम्भरा पाठशाला द्धितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान हासिल गरेका थिए । साथै भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ।

माध्यमिक तह छात्रा तर्फको व्याडमिन्टन प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्धितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानागं तृतीय भएका थिए ! त्यसैगरी माध्यमिक तहको नै छात्र व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान ऋतम्भराको आशिष लुईटेल, द्धितीय स्थान पाथिभरा एकेडेमीको कृष्टोफे थापामगर, तृतीय स्थान ग्लीटर फ्यूचरको सोहित तामागं र आरक्षण नेसनल स्कुलको कसम कोइरालाले जित्न सफल भएका थिए । व्याडमिन्टनमा ईडेन गार्डेनको दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राई दुवैले उदयमान खेलाडिको उपाधि प्राप्त गर्न सफल भएका थिए !

प्रतियोगिताको अर्को खेल माध्यमिक तह टेबुल टेनिसमा पनि ऋतम्भरा पाठशाला कै आशिष लुईटेल विजेता भएका थिए । उपविजेता भने मदरल्याण्ड स्कुलका रविन भट्ट भएका थिए । यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले तृतीय स्थान ओगट्न सफल भएका थिए । उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जितेका थिए !

नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले खेलकूद प्रतियोगितामा विद्यार्थी खेलाडिहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न भएकोमा खुशि व्यक्त गरेका थिए । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास व्यक्त गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता खेलाडि, सहभागि विद्यालय, खेल सम्पन्न गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

निर्वाचनमा जान सरकारले वातावरण बनाउन सरकार असफल भयो : केपी ओली
भक्तपुर, १९ मङ्सिर : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने बताउनु भएको छ ।
आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले यहाँ आयोजना गरेको एमालेको ११ औ राष्ट्रिय महाधिवशनको सन्दर्भमा भक्तपुर जिल्ला भेलामा बाल्दै उहाँले निर्वाचनमा जान सरकारले वातावरण बनाउन सक्नु पर्ने बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, “चुनाबबाट एमाले भाग्दैन, भागेको पनि छैन । कसले चुनाब गराउँछ भन्ने सरकोर पनि एमाले राख्दैन तर चूरो कुरो के हो भने निर्भयतापूर्वक, निर्धक्क भएर भोट हाल्न जान सक्ने आधार र्सजना भएको खै ? नेताहरु भोट माग्न निर्धक्क भएर जनताको माझ जान सक्ने र जनता पनि निधक्क भएर चनावका दिन भोट हाल्न जान सक्नृ अबस्था त हुनु पर्यो नी ?”
जेलबाट फरार भएका ५७ सय कैदी अझै फरार रहेको, लुटेर लगेका हतियारहरु अझै बरामद नभएका अबस्थामा देशमा राजनीतिक अराजक समूहको हुलहुज्जतको अबस्थामा भाट हाल्न जान सक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो ।
जेनजी नामको रामनामी र खास्टो ओढेर ४० वर्षमाथि उमेरका व्यक्तिले देशमा उदण्ड मच्चाईरहेको बताउदै उहाँले संसद पुर्नस्थापना गरेर जेन्जीसहितको सर्वपक्षिय सरकार गठन गरि जेन्जीको भावना अनुसारको संविधान संशोधन गरेर चुनाबमा जानु उपयुक्त हुने बताउनुभयो ।
अहिले एमालेलाई चौतर्फी रुपमा हमला भइरहेको अबस्थामा पार्टीको महाधिवेशलाई देश, लोकतन्त्र, संविधान र राष्ट्रियतालाई सर्वोपरीमा राखेर एकताबद्ध भएर जानु पर्नेमा जोड दिदै सहमति नभए प्रजातान्त्रिक पद्धतिबाट जान सकिने बताउनुभयो ।
महाधिवेशन सकिए पछि पुस १ गतेबाट देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्वीकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगासड बढ्ने दाबी गर्नुभयो ।
उहाँले महाधिवेशको उद्घाटनका दिन सहभागि हुन पार्टी अध्यक्षका हस्ताक्षर रहेको निमन्त्रण कार्य प्रत्येक घरघरमा पुर्याउन निदैृशन दिनुभयो । उहाँले भक्तपुरको सल्लाघारीको चौरमा पूर्वमा जगातीाट र पश्चिममा जडिबुटीदेखि आएको र्याली सल्लाघारीमा जोडिने गरि डेढलाखभन्दा बढीको सहभागिता उद्घाटन सत्रमा हुने बताउनुभयो ।
  कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरु सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सभ्व रुपमा सम्पन्न गर्नेगरि लागिरहको बतउनुभयो ।