क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ८ भदौ : क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई आज पक्राउ गरेको हो ।

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट आज पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले रु एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई रु दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो । पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न पाएनन् : एमाले युुवा नेता महेब बस्नेत

भक्तपुर, ८ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, भक्तपुर क्षेत्र नं. २ का युवा नेता, प्रतिनिधी सभाको सांसद एवं पूर्व मन्त्री महेश बस्नेत निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुर र काठमाडौंको सिमानामा रहेको मनोहरा खोलाको पुलबाट सुरु गरि भक्तपुरको गठ्ठाघरसम्मको अरनिको राजमार्गको सफाई अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

युवा संघका इन्चार्ज समेत रहनु भएका सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन भएको चार महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरु सुतेर बसेका छन् कि के गरेर बसेका छन् भन्ने अनुभूति जनताले गर्न नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्यो तर हामीले त्यो अनुभूति गरेका छैनौ, शहरमा फोहोरको थुप्रो देख्दा, काठमाडौंको फोहोरको बिजोक भएको अबस्थालाई ध्यानमा दिएर युवा संघले दबाब मूलक फोहोर उठाउने काम सुरु गर्यो र त्यसको आज १० औ दिन पार गरेको छ ।”

तीजको अवसर भएकाले सफाई अभियानमा महिलाको सहभागिता बढी गराएको भन्दै उहाँले सडकमा यातायातका साधनलाई कुनै समस्या नपर्ने गरि दुबै तर्फको सडकमा सफाई गर्न चार वटा समूह भएर लाग्न निर्देशन दिनु भएको थियो ।

उहाँले सफाई अभियान फोटो खिचेर फेसबुकमा राख्नका लागि मात्रै हाइन भन्दै साच्चिकै सफाई गर्ने उदेश्यले आयोजना भएकाले त्यही अनुरुप सडक सफाई गर्न सहभागि सबैलाई निर्देशन दिनु भएको थियो । सफाई अभियानमा १० टन फोहोर संकलन भएको थियो । अभियान गठ्ठाघरमा पुगेर तीज बिशेष कार्यक्रममा परिणत भएको थियो ।

जडीवुटी पुलबाट गठ्ठाघरसम्मको अरनीको राजमार्गमा सरसफार्ई तीज विशेष कार्यक्रम गरेको थियो । सफाई अभियानमासंकलित फोहोरलाई नेप्सेम्याक, फुलवारीलगायतका संस्थाहरुले व्यवस्थापन गरेका थिए ।

संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा युवा संघकधा पदाधिकारीहरु, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायत एमालेका बिभिन्न भातृसंगठाका पदाधिकारी, एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

काठमाडौं उपत्यका फोहोरको डंगुरले सरकारलाई गिज्याई रहेको थियो । फोहोर उठाउन सरकारले चासो दिएर समस्या मसाधानमा नलागे पछि युवा संघले सुरु गरेको फोहोर उठाउन सफाई अभियानको आज १० औँ दिन भक्तपुरमा सफाई अभियान सञ्चालन गरेको हो ।
यही सहरमा थुप्रिएको फोहोरले गठबन्धन सरकारलाई गिज्याए पनि खासै असर परेन । बरु प्रमुख प्रतिपक्ष दल एमालेलाई फोहोरको डंगुरले असह्य बनायो ।  त्यसपछि देशको राजनीतिलाई सफाई गर्न लागिपरेका एमालेका युवाहरुले राजधानीको फोहोर पनि सफाई गर्ने अभियान सुरु गरे । बानेश्वरबाट सुरु भएको त्यो अभियान आज भक्तपुरमा सम्म आइपुगेको छ ।

जब जब देशमा संकट आएँछ, जबदेशमा विपत्ति आउँछ, जब जब देशमा परिवर्तनको आवश्यकता पर्छ तब तब देशका युवाहरु एक भएर अगाडि बढ्छन् भन्ने यथाथएता देख्दै र भोग्दै आएको हो । अहिले फोहोर थप्रिएर राधधानीवासीलाई कठिन भइरहदा सत्ताधारी दल र तिनका नेता कार्यकर्ताहरु सेल्फी खिच्न तल्लिन रहदाँ एमालेको युवा जमातको रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालले राजधानीको फोहोर सफाई अभियान सुरु गरेको छ ।

कृष्ण जन्माष्टमी महोत्सवमा ईजि वे ट्रायलको दिनभर सहयोग

भक्तपुर, ३ भदौ । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामा धाम राधे राधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सवमा मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि ईजि वे ट्रायल सेन्टर, भक्तपुरले भक्तजनहरुलाई सहयोग गरेको छ ।

सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा श्यामा श्यामा धाम राधे राधेमा आउने भक्तजनको सवारी पार्किङ्, जुत्ता चप्पलको सुरक्षा गर्नदेखि भक्तजनलाई खानेपानी र जुसको व्यबस्थापनदेखि स्वयंसेवक परिचालन गरेको इजि वे ट्रायल सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाईले जानकारी दिनु भयो ।

उहाँले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन ईजि वे ट्रायल सेन्टरले सहयोग गर्दै आएको र यस वर्ष पनि बिहानैदेखि रातीसम्म त्यसैलाई निरन्तरता दिएको बताउनु भयो । भक्तजनलाई मन्दिर प्रवेशका लागि जुत्ता खोल्ने ठाउँदेखिनै रातो कार्पेट बिछ्याएर प्रवेश गराईएको थियो ।
श्यामा श्यामा धाम राधे रोधका आजिवन सदस्य, साधिका एवं जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य बिनु केसीले आज दिनभर भक्तजनको आगमन भएको बताउदै इजि वे ट्रायल सेन्टरको सहयोगले धेरै भक्तजनलाई धेरै सजिलो भएको बताउनु भयो ।

श्री राधा माधव समितिका केन्द्रीय सदस्य एवं सञ्चार प्रतिनिधि राजेन्द्र सिग्देलले यसवर्ष बिहानैदेखि मेला भर्न सरत्संगी एवं अन्य भक्तजनहरु लामबद्ध भएर पूजा गर्नु भएको बताउदै आज राती १२ बजेसम्म नै श्यामा श्यामा धाममा बिभिन्न पूजन कार्यक्रमहरु हुने बताउनु भयो ।

विगतका वर्षहरुमा एकैदिन १० हजार भन्दा बढीले दर्शन गरेपनि यसवर्ष भने त्यो संख्या बढ्ने उहाँले बताउनु भयो । समितिले सत्संगीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ पाँच बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराती १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गर्ने बताउनु भयो ।

विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन आज देशभर मनाउने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

श्यामा श्यामा धाममा कृष्ण जन्माष्टमी महोत्सव

भक्तपुर, ३ भदौ : श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामा धाम राधे राधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखिनै दर्शनार्थीको लागि खुल्ला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लामबद्ध भएर राधा कृष्णको पूजा एवं दर्शन गर्नु भएको छ ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणको लागि खुल्ला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीको लागि मन्दिर खुल्ला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य एवं सञ्चार प्रतिनिधि राजेन्द्र सिग्देलले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण विगत दुई वर्ष मेला नलागे पनि यसवर्ष बिहानैदेखि मेला भर्न सरत्संगी एवं अन्य भक्तजनहरु लामबद्ध भएर पूजा गर्नु भएको छ । आज राती १२ बजेसम्म नै श्यामा श्यामा धाममा बिभिन्न पूजनका ार्यक्रमहरु भइरहन्छन् ।”

विगतका वर्षहरुमा एकैदिन १० हजार भन्दा बढीले दर्शन गरेपनि यसवर्ष भने त्यो संख्या बढ्ने उहाँले बताउनु भयो । समितिले सत्संगीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ पाँच बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराती १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गर्ने बताउनु भयो ।

जन्माष्टमी महोत्सवमा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, सचिव लगायत कर्मचारीहरु, जनप्रतिनिधिहरु, सत्संगीहरु र अन्य भक्तजनहरुको आगमन भइरहेको उहाँले बताउनु भयो । महोत्सवलाई व्यबस्थित गर्न राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ ।

मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि ईजि वे ट्रायल सेन्टर, भक्तपुरले सवारी अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सवारी पार्किङ्, जुत्ता चप्पलको सुरक्षा, भक्तजनलाई खानेपानीको व्यबस्थापन एवं स्वर्यसेवक परिचालन गरेको सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाईले जानकारी दिनु भयो ।

विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन आज देशभर मनाउने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

मोटरसाइकल चोरी एवं बलात्कार अभियोगमा पाण्डे र थापा पक्राउ

भक्तपुर, २ भदौ : एक २५ वर्षीया महिलालाई बलात्कार गरि फरार रहेका सूर्यविनायक नगरपालिका–८ का ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २५ गते बलात्कार गरि फरार भएका थापालाई महानगरीय प्रहरी बृत्त थिमिको टोलीले मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । आजै प्रहरीले पक्राउ परेका थापा बिरुद्ध कानूनी प्रक्रिया अगाडि बढाउदै थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनु भयो ।

त्यसैगरि भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रानीपोखरीबाट प्रदेश ३–०२–०१३ प. २६९५ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले मोटरसाइकलसहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१३ घरभई मध्यपुरथिमि –४ नयाँ थिमि बस्ने २२ वर्षीय अनिष पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाण्डेलाई आजै जिल्ला अदालत भक्तपुरमा चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान सुरु भएको प्रनाउ पाण्डेले जानकार िदिनु भयो ।

नागरिकता विधेयक जस्ताको त्यस्तै पारित, अब के हुन्छ ?

काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।

यसअघि, उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै आठ बुँदासहित साउन २९ गते संसद्मा फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाबाट पुनः पारित उक्त विधेयक अब राष्ट्रियसभामा पठाइने छ ।

राष्ट्रियसभाको यही भदौ ६ गते बस्ने पहिलो बैठकमा राष्ट्रपतिको विधेयकमाथि पुनःविचार गरियोस् भन्ने सन्देश टेबल हुने सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । त्यसपछिको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश टेबल गरिन्छ र सो विधेयकमाथिको छलफल प्रक्रिया प्रारम्भ हुने उहाँले बताउनुभयो ।

राष्ट्रियसभामा छलफल भई विधेयक पारित भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

वरिष्ठ अविधक्ता तथा संविधानविद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएपछि प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । “नेपालको संविधानमा एकपटक राष्ट्रपतिले कुनै विधेयक संशोधन गर्नुपर्ने भएमा पुनःविचार गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अब राष्ट्रपतिलाई न्यायपालिकाबाट राय लिने वा अन्य कुनै पनि प्रावधान छैन, प्रमाणीकरण गर्नैपर्ने कानूनी व्यवस्था छ ।”

नेपालको संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको तस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आस्थाको धरोहर बन्दै संगमेश्वर महादेव

-रमेश गिरी

भक्तपुर, २ भदौ :मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी, कमेरोटार, वडा नं. ९ मा पर्ने राधेराधे, निकोसेरा लगायतका बस्तीको बासिन्दाका लागि संगमेश्वर महादेव मन्दिर आस्थाको धरोहर बनेको छ ।

नेपालका ७७ वटै जिल्लाका मानिसको बसोबास रहदै आएको यस क्षेत्रका बासिन्दालाई महाशिवरात्री, तीज, एकादशी, अक्षय तृतिया, साउनको सोमबारमा मात्रै होइन हिन्दू धर्मावलम्बीहरुका लागि दैनिक महादेवको पूजा एवं दर्शन गर्नु पर्दा टाढा शिव मन्दिर धाउनु पर्ने अबस्थाको अन्त्य भएको छ ।

केही वर्ष अगाडिसम्म पातलो बस्ती, मानिसको चहलपहल निकै कम हुँदा यहीँ मन्दिर पनि थिएन । यहाँका बासिन्दाले शिवको पूजा गर्नु परे भीड छिचोल्दै पशुपति नै जाने गर्दथे । तर अहिले समय बदलिएको छ । राधे राधे, भाटभटेनी क्षेत्रले दोश्रो ठमेलको पहिचान बनाउदै बाक्लो घना बस्ती बिकास भएसँगै संगमेश्वर महादेव मन्दिर यहाँका सबैको धार्मिक गन्तव्य बन्न थालेको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना भित्रै सडकमै जोडिएको खाली सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती एडम्स थिमिले पहल गरेपछि मन्दिर निर्माण कार्य अगाडि बढ्यो । एडम्स थिमिका नारायण घिमिरेको नेतृत्वमा मन्दिर स्थापना कार्य अगाडि बढेको संगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनबीर सिंह प्रधान बताउनु हुन्छ ।

अध्यक्ष प्रधान भन्नुहुन्छ, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ मा महायज्ञ लगायौँ, २ नं. क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु. पाँच लाख हालिदिनु भयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु. १८ लाख दियो, महायज्ञबाट करिब रु. ४१ लाख रुपैया जोगायौँ, स्थानीय दाताहरुबाट धेरै रकम संकलन भयो, यसपछि मन्दिर सत्तललगायतका संरचना निर्माणलाई पूर्णता दिने कार्य सुरु भयो ।”

पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल बनाईयो, सुरुमा एक तलाको बनाउने भनिए पनि आवश्यकता अनुसार अहिले तीन तला बनेको छ । शिवको आकर्षक मन्दिर निर्माण भएको छ । अध्यक्ष प्रधानले भन्नुभयो, “कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै संगम कोलोनीमा संगमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर निर्माणको क्रममा रु. एक करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।”

मन्दिरमा तामा र पित्तलको छानो हालियो, परम्परागत शैलीमा निर्माण भएको सत्तलमा काठको आकर्षक झ्याल हालियो । मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिर भित्र अन्य साना संरचनाहरु निर्माण गरियो । मन्दिर निर्माणका अझै केही योजनाहरु सम्पन्न गर्न बाँकी छ । स्थानीय दाताहरु, निर्माण समिति, संस्थाका सदस्यहरुलगायत स्थानीयबाट संकलन भएको रकमबाट मन्दिर निर्माण काम अगाडि बढाउदै मन्दिर निर्माणको अधिकांश संरचनालाई पूर्णता दिएको उहाँ बताउनु हुन्छ ।

गरे के हुदैन र ? भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेको बताउनु हुन्छ, संगम कोलोनीका स्थानीयवासी परशुराम कार्की । यो मन्दिर निर्माण भएसँगै अहिले यहाँका बासिन्दालाई धार्मिक कार्य गर्न निकै सहज भएको बताउनु हुन्छ । कार्की भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरु यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरु गर्ने, साउनको सोमबार, महाशिवरात्री, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशी लगायतका विभिन्न तिथि एवं पर्वहरुमा अचेल मेलानै लाग्ने गरेको छ ।”

यस मन्दिरमा संगम कोलोनीका मात्रै हैन सडक पारी, राधे राधेका बस्ती, निकोसेरा, चाँगुनारायण नपा दुवाकोटसम्मका बासिन्दाहरु यहाँ पूजा, दर्शन तथा धार्मिक कार्य गर्न आउने भएपछि सबैको आस्थाको धरोहर बनेको उहाँ बताउनु हुन्छ । संस्थाले मन्दिरमा मूल गुरु लोकप्रसाद भण्डारीलाई राखेको छ भने मन्दिरको रेखदेख गर्ने, सरसफाई गर्ने र दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी टीकाराम घिमिरेलाई राखेको छ ।

संस्थाका अध्यक्ष प्रधानले संगमेश्वर महादेव मन्दिरमा अचेल हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताउनु हुन्छ । सोमबारको बिशेष आरतीको चाहना राख्ने धेरै भएपछि आरतीका लागि पालो कुर्नु पर्ने उहाँको भनाइ छ । मन्दिरको आयोजनामा सामुहिक ब्रतबन्ध, सामुहिक गुन्यू चोलो, ईही (बेलबिवाह) को आयोजना गर्ने, मन्दिरका बाँकी संरचनाहरु पुरा गर्ने तयारीमा संस्था लागेको उहाँ बताउनु हुन्छ ।

मन्दिरमा मात्रै होईन देशका बिभिन्न जिल्लाबाट बसाई सरेर आएका संगम कोलोनीका बासिन्दाबीच एकता र ममता पनि उत्तिकै छ । तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता छ । यहाँका बासिन्दाहरुबीचको एकताले एकलाई केही पर्दा सबै कोलोनीका बासिन्दाले सहयोग गर्छन् । एकको जातलाई अर्कोले, एकको धर्म, संस्कृतिलाई अर्कोले सम्मान गर्दै एकताको पहिचानलाई उचो रुपमा कायम राख्न संगम कोलोनी सफल भएको छ ।

मनोहरा खोला पसे पछि सुकुम्वासी बस्तीको बिजोग

भक्तपुर, २५ साउन : गएराती परेको अविरल बर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छभने जिल्लाका बिभिन्न क्षेत्रमा पशु चौपायाहरु बगाएर क्षति पुर्याएको छ ।

मध्यराती १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको रातीदेखिनै उद्धारमा खटिनु भएका वाग्मति प्रदेश खेलकुद विकास परिषदका सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विसका समितिका पूर्व अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “राती १२ बजे वाग्मति प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिए पछि उहाँ सहित हाम्रो टोली रातीदेखिनै बस्तीमा पसेर उद्धारमा खटियौ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौ ।”

चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका कासिछ्वाले मध्यराती बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताउनु भयो । राती नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उहाँले जानकारी दिनु भयो ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घर भित्रका लत्ता कपडा, खाद्यान्न र अन्य सामानहरु नष्ट भएको, यहाँका कुखुरा र बंगुरहरु बगाएको तथा अहिले बिहान खानेकुरा समेत नभएकाले राहतको व्यबस्था गर्नु जरुरी रहेको उहाँले बताउनु भयो । बस्ती भित्रका बालबालिका र जेष्ठ नागरिक बढी मारमा परेको बताउदै उहाँले भन्नुभयो, “यहाँको अबस्था बिजोग छ, पानी पर्ने बित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नु पर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने अत्यावश्यक देखियो ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले मध्यपुरथिमि नगरपालिका वडा नं. १ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताउनु भयो । उहाँले बस्तीमा लत्ता कपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपायाहरु बगाएको तर मानवीय क्षति भने नभएको बताउनु भयो ।

उहाँले मनोहरा नदी किनारामा दिब्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बंगुर फर्मबाट प्रहरीले ५०० वटा हाँ, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको जानकारी दिनु भयो । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० वटा घर टहरामा पानी पसेको जानकारी दिनु भयो ।

सानोठिमी तर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराको ४५ वटा चल्ला बगाएको जानकारी दिनु भयो । सुकुम्पासी बस्तीको क्षतिको बिवरण संकलन कार्य प्रहरीले गरिरहेको उहाँले बताउनु भयो ।

यता चाँगुनारायण नगरपालिका –४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घरभई सोही स्थानमाा बंगुर फर्म सञ्चालन गरेका हरि राईको बंगुर फर्मबाट चार वटा बंगुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । चांगुनारायण–१ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनु भयो । बाढी र पहिरोको जोखिम बढेकोले सचेत रहनु उहाँले आग्रह गर्नु भयो ।

 

 

एसईईमा चाँगुनारायणको गोल्डेन सुनगाभा बन्यो पहिलो

भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका भित्रका संस्थागत विद्यालयहरु मध्ये चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल नगरपालिकामै उत्कृष्ट भएको छ ।

चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७८ को नतिजा अनुसार एसईई उत्तीर्ण विद्यार्थी एवं उनीहरुले प्राप्त गरेको अंकका आधारमा यो विद्यालय पहिलो र उत्कृष्ट भएको हो ।

चाँगुनारायण नगरपालिका भित्र माध्यमिक तहको पढाई हुने १४ वटासंस्थागत विद्यालयहरुको क्रम निर्धारण गर्ने क्रममा गोल्डेन सुनगाभाले ३.३६ जिपिए पाएर पहिलो भएको हो । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार नगरपालिका भित्र रहेका माध्यमिक तहका संस्थागत विद्यालयहरुले प्राप्त एसईईको नतिजा अनुसारको जिपिए यसप्रकार रहेको छ ।

गोल्डेन सुनगाभा इङलिस बोर्डिङ स्कुल, दुवाकोट जिपिए ३.३६, प्रज्ञा इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२९, फुलब्राइट स्कुल, दुवाकोट : जिपिए ३.२८, नवीन इंग्लिस स्कुल,  दुवाकोट जिपिए ३.२०, मित्रश्री पाठशाला, दुवाकोट जिपिए ३.१९, युनाइटेड प्रिप्यारोटरी इं स्कुल, झौखेल जिपिए ३.१६, आरक्षण नेशनल एकेडेमी जिपिए ३.११, नर्थइष्ट इंग्लिस स्कुल जिपिए ३.१०, साइनिङ इंग्लिस स्कुल जिपिए ३.०, एसएस सदन सेकेण्डरी स्कुल जिपिए २.९९, क्वालिटी इंग्लिस स्कुल जिपिए २.९५, द कन्ट्रिसाइड इंग्लिस स्कुल जिपिए २.८५, दीप सरस्वती इंग्लिस स्कुल जिपिए २.६४ र गणेश बोर्डिङ स्कुल, झौखेल जिपिए २.५५ रहेका छन् ।

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर, २३ साउन : साउनको चौथो सोमबार आजे सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीय सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा. ३ ख. ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिदै उहाँले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिदाँ सामान्य क्षति भएको उहाँले जानकारी दिनु भयो । बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरि अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

साँझ ६ बजे घाइतेको अबस्था बुझ्न डा. इवामुरा मेमोरियल अस्पताल पुग्नु भएका सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना, वडाध्यक्ष बस्नेतले घाइतेको अबस्थाकाबारेमा जानकारी लिनु भएको थियो । घाइते १४ जना मध्ये एक जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा, चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो ।

उहाँले घाइते मध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचार पछि घर पठाइएको जानकारी दिनु भयो । उपचाररत घाइतेहरुको अबस्था गम्भिर भने नरहेको चिकित्सकले जानकारी दिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।