कार्तिक १२, १३ र १४ गते तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ आयोजना हुने
भक्तपुर, १० कात्तिक : पुस्तक तथा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा यही कार्तिक १२, १३ र १४ गते तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ ।
रोटरी क्लब अफ भक्तपुरको आयोजना गर्ने पुस्तक प्रदर्शनीकोबारेमा जानकारी दिन आज रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले प्रदर्शनीमा साहित्य, कला, संस्कृति र बौद्धिक विमर्शसँग सम्बन्धित विभिन्न पुस्तक प्रर्दशनी गर्नुका साथै त्यसबारेमा गतिविधि सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा पुस्तक विमोचन तथा लेखक भेटघाट, जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता, ‘ख्वप गजल’ कार्यक्रम तथा ‘भक्तपुर हिजो, आज र भोलि’ विषयक प्यानल छलफल गर्ने, भक्तपुरको मौलिकता, सम्पदा, संस्कृति र विकासका सवालमा छलफल गर्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा संयोजक प्रभात राईले प्रदर्शनीलाई पुस्तकप्रेमी, विद्यार्थी, लेखक, साहित्यकार तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
पुस्तक विमोचन तथा लेखक भेटघाट कार्यक्रमले पाठक र सर्जकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने र यसबाट पाठकले लेखकका विचार, सिर्जना र लेखन यात्राबारे जानकारी लिन सक्ने उहाँले बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तक तथा पठन संस्कृतिको विकाससँगै कला, साहित्य र सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम समेटिएका छन्। पुस्तक, साहित्य, कला र विचारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रदर्शनीको अन्तिम दिन समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ।
यो पनि पढ्नुहोस  वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको निर्देशन लगत्तै भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नती सुरु, एक साता भित्र सञ्चालनमा ल्याईने
प्रकाशित मितिः