गिरी समाज तथा संस्कृति कल्याण समितिको अध्यक्षमा पुनः नकुल गिरी सर्वसम्मत चयन

ललितपुर, १५ कात्तिक । ललितपुरको धापाखेलस्थित गिरी समाज तथा संस्कृति कल्याण समितिको अध्यक्षमा पुनः नकुल गिरी सर्वसम्मत चयन हुनु भएको छ । समितिको शनिवार सम्पन्न अधिवेशनले गिरीलाई पुनः अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसअघि दुई वर्ष कार्यकाल अध्यक्ष कै जिम्मेवारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुनः आगामी दुईवर्षका लागि गिरीलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमख चिरीबाबु महर्जनले साधारण सभाबाट सम्र्वसम्मत चयन हुनु भएका पदाधिकारीहरुलाई बधाई तथा शभकामना व्यक्त गर्नु भयो ।

उहाँले समाज विकासका लागि समाजले यसअघि योगदान पुर्याउँदै आएको र आगमी वर्षमा पनि विकास र उन्नतीका लागि महत्वपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य हरिकृष्ण महर्जनले सबै समाजका सबै पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस  बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता
प्रकाशित मितिः