प्रदेश सरकार खारेज गर्दै समानुपातिक निर्वाचन प्रणाली लागू गरौँ–राप्रपा अध्यक्ष लिङ्देनद्धारा माग

भक्तपुर, ३१ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्री अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना खारेज गर्नु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशनको आज जडिबुटीमा उद्घाटन गर्दै उहाँले देशलाई आर्थिक भार पार्ने तर उपलब्धी नहुने संघीय संरचना र प्रदेश सरकार आवश्यक नभएको भन्दै खारेज गर्नु पर्ने बताउनु भएको हो ।

गणतन्त्र सघीयता र धर्मनिरपेक्षताले यो देशको भलाई गर्दैन भन्दै उहाँले पछिल्लो समयमा यो प्रमाणित हुदै गएको दाबी गर्नु भयो । देशको राष्ट्र राजसंस्था, धर्म निरपेक्षको सट्टा सापेक्ष हिन्दु राष्ट्र पुर्नस्थापना गर्दै प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्ने बताउनु भयो ।

संघीयता एवं प्रदेश कामै नभएको भन्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्छ, संघ र स्थानीय सरकालाई थप अधिकार सम्पन्न गर्नु पर्छ, देश भरि नै एउटा निर्वाचन क्षेत्र बनाएर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्छ, प्रतक्ष्य जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्ययबस्था हुनु पर्छ ।”

अहिलेको व्यबस्था सांसद बन्न जनताको भोट किन्नु पर्ने र सांसद किनेर प्रधानमन्त्री बनाउनु पर्ने अबस्था आएको आरोप लगाउदै यो व्यबस्था असफल भएको बताउनु भयो ।

कार्यक्रममा राप्रपा वाग्मति प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री बिक्रम थापा, प्रवक्ता गोपाद दाहाल, सहायक महामन्त्री वियज खड्का, सहायक प्रवक्ता प्रविणकुमार ठोकर तामाङ, मोनिका श्रेष्ठ, पार्टीका दोलखा अध्यक्ष राजन बहादुर शिवाकोटी लगायतले कार्यकर्तालाई संगठन मजबुद बनाएर अगाडि बढ्न निर्देशन दिनु भयो । अध्यक्ष होमबहादुर केसी आपागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजको अधिवेशनले आपागाईको नेतृत्व :

त्यसै गरि समाजको अधिवेशनको बन्द सत्रले पुनः होमबहादुर केसी आपागाई अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको पार्टीका सहायक प्रवक्ता ठोकरले जानकारी दिनु भयो ।

समाजको वरिष्ट उपाध्यक्षमा निरज कोइराला, उपाध्यक्षमा यादव कार्की, उपाध्यक्षमा गंगाबहादुर बस्नेत (रामहरि), सचिवमा रुपक आचार्य, प्रवक्तामा राजेन्द्र खड्का, कोषाध्यक्षमा सपना घतानी, सह–कोषाध्यक्षमा सुभराज कार्की, सह–कोषाध्यक्षमा माधव थापा, सह सचिवमा पुष्पा कार्की निर्वाचित हुनु भएको छ ।

यो पनि पढ्नुहोस  भक्तपुरका शक्ति पिठहरुमा (राती लाग्ने) नौराते अर्थात नवरात्री मेला सुरु 

त्यसैगरि सदस्यहरुमा राजेन्द्र भन्डारी, सुरेन्द्रप्रसाद भन्डारी, सोभित्रा खड्का, रामशरण खड्का, राजकुमार थोकर, दिपेश खड्का, कृष्णबहादुर तामाङ, दिनेश विक, शिबहरी फुयाँल, रामचन्द्र घतानी, अँसु थापा, कृष्ण घतानी, हरि घतानी, श्रीमद कार्की, अजय थापा, दिपक कार्की, राजन बुढाथोकी, मनोज योन्जन, भोला शिवाकोटी, पुष्पा कार्की, राजेन्द्र बस्नेत, तारा खड्का, वीरबहादुर फुयाँल, भक्तबहादुर श्रेष्ठ, हरि न्यौपाने, अनिल रिजाल, अभिनाश खड्का, रामबहादुर खड्का, सुन्दर बस्नेत, उदय बस्नेत, सौरब कार्की, रामशरण केसी, राजेन्द्र बस्नेत, सागर दाहाल, केदार शाही, दिनेश कार्की, सुन्दर घिमिरे, सुजन पक्कुवाल, अम्बरबहादुर दर्जी, एल वि कार्की, शिबहरी पक्कुवाल चयन हुनु भएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  नेकपा समाजवादीदेखि स्वतन्त्रका वडाध्यक्षसम्म एमालेमा प्रवेश, घरदैलो अभियानमै गठबन्धनका युवाहरु एमालेमा समाहित