अबैध जग्गा खण्डिकरणले भोलीको पुस्ताले सराप्ने छ : नगर प्रमुख खत्री

भक्तपुर, ६ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अबैध जग्गा खण्डिकरण एवं प्लटिङले भोलीका पुस्ताले सराप्ने बताउनु भएको छ ।

गैरसरकारी संस्था महासंघ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा सोमबार आयोजना गरेको ‘विपद व्यबस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, ‘हामीले हामी आफ्नै लागि विपत्ति निम्त्याउने कार्य गरिरहेका छौँ, अबैध रुपमा जग्गा खण्डिकरणले हाम्रो जिन्दगी त सहज कट्ला तर हाम्रा भोलीका पुस्ताले सराप्ने छन्, त्यसैले वस्ती विकासमा ऐन नियम, कानून बनाएर व्यबस्थित वस्ती विकास गर्नु आवश्यक छ, नागरिकलाई सचेत गर्नु आवश्यक छ ।’

चाँगुनारायण र सूर्यविनायक नगर नयाँ सहरको रुपमा विकास हुदैछ भन्दै उहाँले अहिले नै वस्ती व्यबस्थित गर्नु आवश्यक रहेको भन्दै उहाँले चाँगुनारायणले अबको ५० देखि १०० वर्ष पछाडिसम्मका लागि नगरपालिका कस्तो बनाउने भनेर सुरक्षित नगर, बस्न लागयक नगर र नमूनाको नगर बनाउने गरि दीर्घकालिन योजना ल्याउने बताउनु भयो ।

आफ्ना नगरवासीलाई बिपत्तिबाट कसरी जोगाउने र प्राकृतिक बिपत्ति आइ हाल्यो भने पनि त्यसबाट कसरी जनधनको क्षति हुन बाट रोक्ने तथा खोज तथा उद्धार र राहत वितरणको काम तत्काल गर्नेबारेमा चाँगुनारायण नगरपालिकाले पूर्ण रुपमा तयारी अबस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले विपद जोखिम न्यूनकिरण गर्न सबै नगरपालिकाले योजनाबद्ध रुपमा तयारीमा लाग्नु पर्ने औल्याउनु भयो । त्यस अवसरमा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री मनोज थापाले स्थानीय तहमा प्राृकतिक जोखिमको अबस्था, व्यबस्थापनको चुनौी, तयारी र सरकारले व्यबस्थापन गरेको नीतिलगायतका स्थानीय सरकारले चाल्नु पर्ने कदमकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहका एवं निवर्तमान् अध्यक्ष पुष्करराज बुढाथोकीले सबै स्थानीय तहले आफ्नो नगरमा कस्ता विपत्तिको जोखिममा रहेको छ, त्यसको पहिचान गरि आवश्यक पूर्वतयारीमा जुटेर जनधनको क्षति हुनबाट रोक्ने गरि तयारी गर्नु पर्नेमा जोड दिनु भयो ।

यो पनि पढ्नुहोस  डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई खादा लगाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । त्यसअवसरमा राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानका कार्यक्रम अधिकृत मदन अधिकारीले कार्यक्रमको उदेश्य र औचित्यतामाथि प्रकाश पार्नु भएको थियो दिपेश विसुङ्खेले सहजीकरण गर्नु भएको थियो ।

गैसस महासंघ भक्तपुरका उपाध्यक्ष अनिता पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, गैससका बिभिन्न तहका पदाधिकारी एवं सल्लाहकार, गैससका प्रतिनिधि, पत्रकार एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  खट बोकेर सिन्दुर खेल्दै टोल टोल घुमेर हर्षोल्लासका साथ सूर्यविनायकमा मनाईयो गणेश खट जात्रा