शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो

भक्तपुर, १० असार : मुसुक्क मुस्कान, उज्यालो अनि हसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छँेको सुन्दर तस्विर अंकित प्ले कार्ड हातमा बोकेर अन्तिम बिदाईमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाई रहयो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडिनै हजारौ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जीवनसङ्गीनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागि हुन हजारौ महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

क्यान्सर रोगसँग परास्त भएपछि गत ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन हुनु भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै होइन, एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेतृ भएर पनि त्यहाँ हजारौ भक्तपुरवासी अन्तिम विदाई गर्न भेला भएका थिए । त्यो भीडमा कयौ पार्टी कार्यकर्ता, कयौ विद्यार्थी र शिक्षकहरुको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिंगो भक्तपुर रोइरहेको छ, सिंगो भक्तपुर शोकमा डुबेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले फूल, मालाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र हैन्, उहाँलाई चिन्नेहरु, उहाँले शिक्षा दिएका विद्यार्थीहरु, उहाँले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागि महिलाहरु शवयात्रामा सहभागि हजारौको आँखा रसाएका थिए, भाव व्हिल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउन भएको थियो ।

अन्तिम विदाई यात्रामा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उपस्थिति पार्टीका नेताहरुले उहाँको सम्मानमा शिर झु्काउँदा, पुष्प गुच्छा अर्पण गर्दा सहभागिहरु निक्कै भावुक बनेका थिए । अन्तिम विदाईमा आएकाहरु स्तब्ध थिए । कयौको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् ।

यो पनि पढ्नुहोस  भदौ २४ मा खराने ग्याङको घर मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भावव्हिल वातावरणमा भएको श्रद्धाञ्जलि सभा पछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न, उहाँको अन्तिम विदाई गर्न सिंगो भक्तपुर उल्टिएको थियो । हनुमानघाँट र त्यहाँ आसपासका क्षेत्र मानिसहरुको भीडले खचाखच भरिएको थियो ।

हनुमानघाँटमा प्रधानको अन्तिम विदाई गर्दाको क्षणमा मानवीय आँखा मात्रै होइन, प्रकृतिनै रोएको थियो । त्यहीँ बेलामा परेको पानीमा रुझ्दै हजारौ सहभागिहरु नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए ।

बिजुक्छेँका दुई छोराहरु सुवेग र सुवान बिजुक्छेंले दागबत्ती दिएर अन्तिम विदाई गर्दा सहभागिहरुको रुवाई देख्ने जोकोहीको खाँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघले उहाँप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा संघको झण्डा आधा झुकाइएको थियो ।

२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएका शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँ असार ८ गते दिनको ३ः४५ बजे निधन हुनुभएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  आगामी निर्वाचनमा एमालेको लडाई बिकास, समृद्धि, परिवारवादको बिरोधीसँग : एमाले नेता बस्नेत