कोरोनाले दुई वर्ष रोकिएको सापारु अर्थात गाईजात्रा यस वर्ष भव्य रुपमा मनाइने

भक्तपुर, ५ साउन : कोभिड–१९ का कारण दुई वर्षदेखि मनाउन नपाइएको सापारु अर्थात गाईजात्रा यसवर्ष भव्य र सभ्य रुपमा मनाइने भएको छ ।

भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदर्शन गर्नेबारे आज संस्कृतिकर्मीको भेला गरेर कोरोनाका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै मनाएको गाइजात्रा पर्वलाई यसवर्ष भने टोल टोलमा भव्य र सभ्य रुपमा मनाउने भएको हो ।

नगरका दाफा, भजन, साँस्कृतिक टोलीलगायतको सहभागितामा भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरे पनि यस पटकको गाईजात्रा भने सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिने बताउनु भयो ।

यस वर्षको सापारुमा बढीभन्दा बढी साँस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गरिने बताउदै उहाँले गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लैजाने बताउनु भयो । भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले गाठामंग र सापारुमा पर्वमा भित्रिन थालेका विकृति हटाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहभागि संस्कृतिकर्मीहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्नु पर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको गर्नु पर्ने, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल र तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो

यो पनि पढ्नुहोस  बागमती प्रदेशको मुख्यमन्त्री किरण थापाद्वारा रत्ननगर बकुलहर अस्पताल अनुगमन एवम् सम्मान