एक महिनादेखि फोहोर नउठ्दा मध्यपुरथिमिमा दुर्गन्ध, चोकचोकमा फोहोर

भक्तपुर, १९ साउन : मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको त्यस क्षेत्रमा केही महिना अगाडि मात्रै त्यस क्षेत्रलाई सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।

नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थाले पछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी बिहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डंगेर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्को तर्फ भुस्याहा कुकुरहरुले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट छरिदाँ पैदल हिड्नेलाई समेत सास्ती भोग्नु परेको छ ।

नजिकै बसाई सरेर आएका श्यामलाल बस्याल फोहोरको दुर्गन्धले बस्ने नसकिने भएको बताउनु हुन्छ । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डंगुरको व्यबस्थापन नगर्नु र ठेक्कामा प्रति घर मासिक रु. ३५० मा फोहोर संकलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नु परेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिका भित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर संकलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर संकलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक अर्को दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?”

मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर संकलन गरेको छैन । सातामा दुई दिन फोहोर संकलन गर्दै आएपछि विगत दुई महिनादेखि सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर संकलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् ।

यो पनि पढ्नुहोस  मानव अधिकार रक्षकहरुको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न

पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर संकलननै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् ।

संगम कोलोनीका बिष्णुप्रसाद पराजुलीले नेप्से म्यकले लापर्वाही गरेको बताउनु हुन्छ । हरेक महिना पैसा लाने तर फोहोर नलाने गलत भएको भन्दै फोहोर संकलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर संकलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यबस्था गर्नु पर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर संकलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लादैनौ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेहरुले कहाँ राख्ने फोहोर, फोहोरको व्यबस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुबै निकायले गैरजिम्मेवारीपन देखाए ।”

कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौषमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा. रामदास श्रेष्ठ बताउनु हुन्छ । फोहोरको उचित व्यबस्थापन चाडै गररे यसले मानवीय स्वास्थ्यमा प्रतिकुल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.