गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो : सुशासन भएकाले यसपटकको निर्वाचन सम्भव भयो

काठमाडौँ, २४ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताउनुभएको छ ।

निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षा  उहाँले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताउनुभयो । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले दिनुभयो ।

“हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो”, उहाँले भन्नुभयो ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  उपप्रमुख बुढाथोकीद्धारा नगर अस्पताललाई सुबिधाको गाडी हस्तान्तरण, कुनै सुबिधा नलिने घोषणा

यो पनि पढ्नुहोस  “घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रम सम्पन्न