मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुने : महामन्त्री प्रदीप पौडेल
काठमाडौं, ३० कात्तिक : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित यहीँ  मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको बताउनु भएको छ ।
आज यसबारे सञ्चारकर्मीसंग बोल्द्रै उहाँले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो । मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उहाँले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताउनुभयो ।
यो पनि पढ्नुहोस  भक्तपुर उद्योग वाणिज्य संघका महासचिवबाहेक सबै पद सर्वसम्मत चयन, महासचिवमा प्रजापति र रंजितको भिडन्त
प्रकाशित मितिः