वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिदै

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभामा विश्वासको मत लिने हुनु भएको छ । आज अपरान्ह ४ बजे आव्हन गरेको प्रदेश सभामा उहाँले विश्वासको मत लिने निश्चित भएको हो ।

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि सत्ता साझेदारी दल नेकपाका केही प्रदेश सभा सदस्यहरु सम्र्पकमा नआउँदा प्रदेश सभा बैठक बस्न सकेको थिएन । तसर्थ आज अपरान्ह ४ बजेका लागि प्रदेश सभा आव्हान गरेको थियो । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई आज विश्वासको मत दिने निश्चित भएको छ ।

आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग को भेटघाट र छलफल पछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमती भएको नेकपाका एक प्रदेश सदस्यले जानकारी दिए ।

नेकपामा असन्तुष्ट रहेका नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले विश्वासको मत दिने भएका छन् । यसमध्ये पार्टी एकीकरणका क्रममा नेकपा समाजवादीमा रहेका कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ रहेको छन् ।

 

Disqus comments are not configured yet.

डोलेश्वरमा ३८ दिने साउने मेला नगर प्रमुख वासुदेव थापाद्धारा समापन, एक करोड भेटी संकलन 
भक्तपुर, ६ भदौ ः केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला आज साँझबाट सम्पन्न भएको छ । साउन १ गतेबाट सुरु भएको मेला आज साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापाले समापन गर्नु भएको हो ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई डोलेश्वर महादेव मन्दिरलाई वि.सं. २०६६ भदौ ६ मा केदारनाथको शिर घोषणा गरिएको थियो । घोषणा भएको दिन भएकाले आजको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मेलाको ३८ दिने अबधीमा करिब एक करोड रुपैयाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेला अबधीभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिदै उहाँले यस अबधीमा ४० हजार भन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताउनुभयो ।
मेला
अबधीभर मन्दिरमा सन्ध्याकालिन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको भीड लगाउने गरेको बताउदै संकलन भएको भेटीलाई यहाँको समग्र विकासमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष , वडा नं. ७ का वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर सूर्यविनायकको मात्रै नभई विश्वभरका हिन्दुहरुको शान र पहिचान भएको बताउदै यसको विकासमा नगरपालिका निरन्तर लाग्ने बताउनुभयो ।
मुख्यमन्त्री किरण थापाद्धारा डोलेश्वरको पुजा, वागमती प्रदेशलाई पर्यटकको हव बनाउँछौ : मुख्यमन्त्री थापा
भक्तपुर, ६ भदौ : वागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले शनिवार बिहान आफ्नै गाउँको प्रसिद्ध डालेश्वर महादेव मन्दिरमा पुजा एवं दर्शन गर्नु भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पूर्व कार्यकाहब अध्यक्ष, उपाध्यक्ष रहेर मन्दिरमा महायज्ञ आयोजना गर्न, केदारनाथको शीर भाग घोषणा गर्नदेखि मन्दिरको चौतर्फी विकासमा ठूलो योगदान पुर्याउनु भएको उहाँले मुख्यमन्त्री भएपछि आज पहिलो पटक डोश्वरको पुजा गर आर्शिवाद लिनु भएको हो ।

उहाँले डोलेश्वरको आर्शवादबाट वागमती प्रदेशको सम्बद्धिको यात्रा सुरु भएको बताउनुभयो । शनिवार आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजित स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले सिंगो वागमती प्रदेश पर्यटकीय गन्तव्यको हव बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ, विश्वभरका पर्यटक र विषेशगरि हरेक वर्ष हजारौ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरि सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।”
उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, संस्कृति र जनेिवाका संकल्पसंगै वागमती प्रदेशको सम्बृद्धिको यात्रा सुरु भएको बताउदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको सम्बृद्धीमा अगाडि बढ्ने संकल्प गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजका अबस्थासम्म पुर्याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

वडाध्यक्षदेखि स्वास्थ्यमन्त्री हुदै मुख्यमन्त्रीसम्मको यात्रामा माननीय किरण थापा
माननीय किरण थापा मगर वागमति प्रदेशका लागि मात्रै होईन राजनीतिक क्षेत्रमा नौलो नाम भने होईन । सामाजिक क्षेत्रदेखि राजनीतिसम्म चर्चामा रहेका वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापामगर नेकपा एमाले भित्र उदाउँदो र जिम्मेवार नेताको रुपमा परिचित हुदै आउनु भएको छ । सामाजिक सेवाको क्षेत्रदेखि निरन्तर अगाडि बढ्दै आउनु भएका उहाँले वडाअध्यक्षबाट सुरु गर्नु भएको जनप्रतिनिधिको यात्रा सफल हुदै वागमती प्रदेशको स्वास्थ्य मन्त्रीसम्मको यात्रा वेदाग रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभयो ।  त्यतिमात्रै होईन, उहाँले भदौ ४ गते बिहिबार ४ बजेबाट वागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मुख्यमन्त्रीको अभिभारा पनि उहाँले वेदाग र सफलतापूर्वक सम्पन्न हुने विश्वास रहेको छ ।
वडाध्यक्ष, स्वास्थ्यमन्त्रीमा सफल किरण थापाको मुख्यमन्त्रीका जिम्मेवारीको परीक्षा :
स्वास्थ्य मन्त्रीका रूपमा काम गर्नु र मुख्यमन्त्रीका रूपमा सम्पूर्ण प्रदेश सरकार सञ्चालन गर्नु फरक जिम्मेवारी हो । अब थापाको अगाडि एउटा मन्त्रालय होइन, सम्पूर्ण वाग्मती प्रदेश छ। स्वास्थ्यसँगै शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, रोजगारी, वातावरण, सुशासन र प्रदेश–स्थानीय तहबीचको समन्वय उहाँको जिम्मेवारीभित्र पर्नेछ ।
त्यसमाथि उहाँले लामो कार्यकाल पाउने अवस्था छैन । राजनीतिक समीकरणका कारण छोटो समयका लागि सरकारको नेतृत्व गर्ने परिस्थितिमा उहाँका अगाडि समयसँगै परिणाम देखाउने दबाब हुनेछ। ढिलोमा पनि आउने बैशाख महिनामा प्रदेश सभाको निर्वाचन हुन्छ । त्यर अगाडि उहाँले आफ्नो कार्यदक्षता देखाउनु पर्ने छ ।
अझ महत्वपूर्ण कुरा, पछिल्लो समय प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण तहका रूपमा प्रदेश सरकारले जनताको दैनिक जीवनमा के परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्न निरन्तर उठिरहेको छ । यस्तो अवस्थामा थापाका लागि मुख्यमन्त्रीको जिम्मेवारी केवल सरकार चलाउने अवसर होइन, प्रदेश सरकारको आवश्यकता र क्षमतालाई व्यवहारबाट प्रमाणित गर्ने अवसर पनि हो ।
सामाजिक क्षेत्रमा किरण थापाको योगदान :
सामाजिक अभियन्ताको रुपमा समेत धेरै वर्षदेखि समाजमा परिचित किरण थापा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुदैँ कार्यबाहक अध्यक्षसम्मका भूमिकामा निर्वाह गर्नुभयो । त्यस अबधीमा उहाँले मन्दिरको भौतिक संरचना विकासदेखि केदारनाथको शिर घोषणा, मन्दिरमा महायज्ञको आयोजना, मन्दिरको चौतर्फीमा विकाससंगै विश्वमाझ यस मन्दिरको महत्वलाई चिनाउन उहाँको योगदानलाई कसैले बिर्सन सक्दैन । उहाँले १० वर्ष डोलेश्वरको विकासमा अनवरत रुपमा लाग्दै मन्दिरको विकास, संरक्षण, देश तथा विदेशमा यहाँको धार्मिक मान्यतालाई पुर्याउन ठूलो भूमिका निर्वाह गर्नुभयो ।
सामाजिक क्षेत्रमा सक्रिय रहने क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीको एसस्कर सदस्य, नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखा तीन कार्यकाल सभापति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति गर्दै २० वर्ष रेडक्रसमा सक्रिय रहेर सामाजिक सेवामा निरन्तर लाग्नु भएको उहाँले रोटरी क्लब अफ भक्तपुर डिस्ट्रिक मेम्बर भएर सामाजिक कार्यलाई निरन्तरता दिदै आउनु भयो ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेश कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको संरक्षक, आफ्नो घर आश्रम सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको बिशेष संरक्षक र विभिन्न खेलकुद तथा युवा क्लबहरूको संरक्षकलगायत बिभिन्न सामाजिक क्षेत्रमा रहेर नागरिको सेवामा निरिन्तर लागिरहने व्यक्तित्वको रुपमा उहाँलृ आफ्नो पहिचान बनाउन सफल हुनुभयो ।
महाभूकम्पदेखि कोरोना महामारीसम्म उहाँको योगदान :
पूर्वमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा समेत सहयोग र आफ्ना परिकल्पनालाई साकार पार्दै आएका धेरै उदाहरणहरु छन् । स्थानीयस्तरदेखि जिल्ला र बिभिन्न निकायमा स्वास्थ्य समस्यामा पर्दै आएका व्यक्तिहरुलाई बिभिन्न रुपमा सहयोग गर्दै आउनु भएका उहाँले २०७२ सालको भूकम्पमा धेरै पीडितहरुलाई राहत, पुर्नस्थापनादेखि २०७७ सालको कोरोना महामारीको रुपमा फैलिएको कोरोना महामारीमा समेत धेरै पीडितहरुलाई निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री हस्तान्तरण, अक्सिजनको व्यबस्थापन, स्वास्थ्य जोखिमको पर्वाह नगरी संक्रमितलाई अस्पताल पुर्याउने, कतिपय संक्रमितको शव व्यबस्थापनसम्ममा सहयोग पुर्याएको स्मरण अहिले पनि ताजै छन् ।
कोरोना महामारीमा पैदलै हिडेर काठमाडौं उपत्यका छाडेर घर फर्कनेहरुका लागि जगातीदेखि बिभिन्न ठाउँमा निःशुल्क खाना र पानीको व्यबस्था, रातीको समयमा जगातीबाट सवारी साधनको व्यबस्था गरि निःशुल्क बिभिन्न जिल्लामा पठाउने कार्यमा समेत निरन्तर सहयोग पर्याउनु भयो ।
कोरोना महामारीमा खाडी मुलुकदेखि बिभिन्न देशबाट फर्कने ने्पालीहरुका लागि राख्न जगातीस्थित भातेढिकुरमा १०० शैयाको होल्डिङ्ग सेन्टरको स्थापना गर्नुभयो । विदेशबाट फर्किएका दुई हजार भन्दा बढीलाई निःशुल्क खाना, बस्न र फर्किने बेलामा स्वास्थ्य परीक्षणको व्यबस्था उहाँकै नेतृत्वमा सम्पन्न भयो ।   सूर्यविनायक नगरपालिका वडा नं. ८ को तत्कालिन वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास संयोजकको जिम्मेवारी सम्हाल्नु भएको उहाँको यो परिकल्पनालाई नेकपा एमालेको युवा नेता महेश बस्नेतदेखि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतको सहयोग र साथ पनि उत्तिकै रहयो ।
कोरोनामा महामारीले जन्माएको सूर्यविनायक नगर अस्पताल :
कोरोना महामारीमा आफ्नै नगरवासीले कारोना परीक्षणदेखि उपचारसम्ममा सास्ती ब्यहोर्नु परेपछि उहाँकै परिकल्पनामा जन्मियो जगाती चोकमा सूर्यविनायक नगर अस्पताल । त्यसो नगरपालिकाले दधिकोटमा नगर अस्पताल स्थापना गरेपनि बृहत सेवा सञ्चालन हुन सकिरहेको थिएन । कोरोना महामारी जस्तो भयावह अबस्थार्ला थेग्न सक्ने अस्पतालको आवश्यकता महसुस गर्दै किरण थापाको नगर जगातीस्थित इएटा तथा टायल कारखाना रहेको खाली जग्गामा नजर ठोक्कियो र सोही जग्गामा सूर्यविनायक नगर अस्पतालक निर्माणको परिकल्पना उहाँले गर्नुभयो ।
त्यही परिकल्पनालाई साकार पार्न नेता महेश बस्नेतदेखि नगर प्रमुख वासुदेव थापासंगको सरसल्लाहमा उहाँहरुको साथ पाएपछि नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनका निर्णय पछि अस्पताल निर्माणको प्रक्रिया सुरु भयो ।  जग्गा प्राप्तिदेखि इँटा टायल काराखानाको एउटा ब्लक भवन लिने, जग्गा मिलाउने, नयाँ भवन बनाउनेलगायतका प्रारिम्भक चरणमा उहाँकै अग्रसरतामा काम सम्पन्न हुदै गए । महेश बस्नेतकै पहलमा आएको संघीय सरकारदेखि नगरपालिकाले विनियोजित बजेट समेतले २५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरि एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा उद्घाटन भयो ।
नगरपालिकाका प्रमख अध्यक्ष रहने गरि सञ्चालन भइरहेको सूर्यविनायक नगर अस्पतालमा अहिले विरामीको चाप मात्रै बढेको छैन, वागमति प्रदेशको स्वास्थ्य मन्त्री हुँदा गत असारको बजेटमा यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिस्तार गरि अस्पतालको शैया बृद्धि गरि ५० शैयाको स्वीकृत गर्ने कार्य उहाँले नै गर्नु भयो भने बजेट ब्यबस्थान, बिभिन्न उपकरण हस्तान्नरणसमेत गर्नु भयो । दधिकोटमा नगर अस्पतालको शाखा सञ्चालन गर्ने गरि नयाँ भवन निर्माणका लागि समेत उहाँले बजेटको ब्यबस्थापन गर्नुभयो ।
युवा रोजगारीमा प्रोत्साहन :
युवा स्वरोजगारका लागि तालिम, सहजीकरण र लगानी प्रवर्धनमा सक्रिय रहदै आउनु भएका माननीय किरण थापामगर राजनीतिमा आउनु अगाडि देखि नै एक सफल व्यवसायी पनि हो । काठमाडौं, भक्तपुरदेखि सिन्धुपाल्चोकसम्म उहाँको व्यवसायले सफलता हासिल गरेको थियो । व्यवसायीक जीवनलाई निरन्तरता दिदै राजनीतिमा प्रवेश गर्नु भएको उहाँले अहिले पनि ५०० भन्दा युवाहरुलाई प्रतक्ष्य एवं अप्रतक्ष्य रुपमा रोजगारी प्रदान गरिरहनु भएको छ ।
जनप्रतिनिधि हुदाँ प्राप्त पारिश्रमिक समाजसेवामा :
माननीय किरण थापाको सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि हुँदाको अर्को प्रशंसनीय कदम भनेको आफ्नो पारिश्रमिकबाट अक्षय कोषको स्थापना गरि छात्रबृत्तिको व्यबस्थाले धेरै विद्यार्थीले अध्ययनको अवसर पा्राप्त गरेका छन् । उहाँ वडाध्यक्ष हुँदा कुनै पनि सरकारी भत्ता, पेट्रोल, फोन सेवा लगायत सेवा सुबिधा नलिएको र वडाबाट प्राप्त पारिश्रमिक भने बचत गरेर एकमुष्ठ रुं १५ लाख बराबरको जगतबहादुर स्मृति अक्षय कोष स्थापना गर्नु भयो ।  त्यही अक्षय कोषलाई हाल ४० लाख रुपैयाँ भन्दा बढी पुर्याएर सोही कोषबाट गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यबस्था गरि हरेक वर्ष गरिब, निमुखाबालबालिकालाई छात्रबृत्ति, पोशाक, स्टेशनरी सामानहरु वितरण गरि सेवा प्रवाह गर्दै आएको छ ।
वडा अध्यक्षदेखि स्वास्थ्य मन्त्रीसम्म विवादरहित र सफल यात्रा :
सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षको पाँच वर्षे कार्यकालमा कुनै विवादमा नपरेको थापा २०७९ मंसिर ४ मा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उहाँले राजनीतिसंगै सामाजिक सेवालाई पनि निरन्तरता दिद आउँनु भयो ।
त्यसै क्रममा वागमति प्रदेशमा सरकार गठन गर्ने क्रममा २०८१ साउन ९ गते उहाँ पहिलो पटक वागमति प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभयो । स्वास्थ्य प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो, प्रदेशका ग्रामिण एवं विकट क्षेत्रका गरिब विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने परिकल्पनालाई साकार पार्दै उहाँले गाउँ गाउँमा स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य राख्दै मन्त्री भएको पहिलो दिनमा नै महत्वपूर्ण निर्णय गर्नुभयो ।
देशका धेरै कुना काप्चामा अझै नागरिकले सहज स्वास्थ्य औषधि उपचार पाउन नसक्दा अनाहकमा ज्यान जाने धेरै नेपाली नागरिकको पीडा अन्त्य गर्ने र पार्टीले दिएको जिम्मेवारी विना दाग पुरा गर्ने अठोटका साथ मन्त्रीको सपथ ग्रहण गरेर पदभार सम्हाल्ने बित्तिकै जनताको पक्षमा पहिलो निर्णय गर्नुभयो । उहाँले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने पहिलो निर्णयले क्यान्सर रोगको उपचार गराईरहेका विरामीका लागि ठूलो राहत मिल्यो ।
त्यस्तै २०८२ साउन १९ गतेसम्म स्वास्थ्य मन्त्रीको जिम्मेवरी सम्हालेर स्वास्थ्य क्षेत्रमा रहेका बेथितिको अन्त्य गर्दै दूर दराजमा रहेका आमनागरिकलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउन तल्लिन रहने क्रममा सरकार परिवर्तनसंगै २०८२ साउन २० गतेबाट पुनः स्वास्थ्य मन्त्रीको रुपमा दोश्रो पटक नियुक्त भएसंगै उहाँको बाँकी रहेको जनमुखी योजनाहरुलाई कार्यान्वयनमा ठूलो टेवा पुग्यो ।
स्वास्थ्य मन्त्रालय सम्हाल्दा के के भए महत्वपूर्ण काम :
दुई वर्ष स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो दिनको पहिलो निर्णय नै वागमति प्रदेश भित्रका विपन्न परिवारका क्यान्सर रोगीका लागि रु. एक लाख अनुदान दिने निर्णय गर्नुभयो । त्यस लगत्तै स्वास्थ्य क्षेत्रमा गाँजिएर बसेका माफियाको अन्त्य भयो । स्वास्थ्य क्षेत्रका सबै बेतिथिको अन्त्य र कानून भन्दा बाहिर कुनै काम नगर्ने मन्त्रीको अडानका कारण तिरमिराएका माफियाले धेरै प्रयास गरेपनि नसके पछि स्वास्थ्य क्षेत्रको बेतिथिको अन्त्य भयो । गाउँ गाउँमा स्वास्थ्य सेवा र औषधि एवं उपकरण पुर्याउने र उपचार नपाएर कोही पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मूल उदेश्यले दूर दराजसम्म स्वास्थ्यका कार्यक्रमहरु पुग्न थाले ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान :
मानसिक एवम् नसर्ने रोगहरु धेरै नै बढ्दै गएको पाईयो । अस्पतालमा नसर्ने रोगका विरामीहरुको चाप निकै बढ्दै गइरहेको देखेपछि त्यसलाई रोक्नु जरुरी ठानेर त्यसका लागि अभियान सञ्चालन गर्ने उहाँको परिकल्पनालाई साकार बनाउँन नसर्ने रोग रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरियो ।
वागमती प्रदेशका १३ वटै जिल्लामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेर बागमती प्रदेशका सबै पालिका तहमा नसर्ने रोगबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने कार्य गरियो ।
‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा :
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । हामीले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरियो । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका अभिमुखीकरण गरि घोषणाको तयारीलाई अगाडि बढाईयो । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गर्दै मन्त्रालयले कार्यान्वयनलाई अगाडि बढायो ।
ऐन संशोधन एवं नियमावली जारी :
उहाँ स्वास्थ्य मन्त्री भएपछि विगतमा झण्डै दुई वर्षदेखि निस्क्रिय रहेको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न उहाँको निरन्तरको प्रयास सफल भयो र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गरी प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ जारी गरियो । जसले स्वास्थ्य मन्त्रालयलाई काम गर्न निकै सहज भयो ।
लामो समयदेखि स्वास्थ्य संस्थाहरु दर्ता हुन र नविकरण हुन सकिरहेका थिएनन् । किरण थापा स्वास्थ्य मन्त्री भएपछि प्रदेश स्वास्थ्य सेवा नियमावली, २०८१, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड, २०८१ जारी जारी गर्न सफल भयो ।   त्यसैगरि मन्त्रालयले २०८१ साल श्रावण २४ गते प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनका लागि बायोमेडिकल वर्कसप सहितको सुबिधा सम्पन्न भवन भण्डारण कक्ष सञ्चालनमा ल्याएका छौं ।
सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८१ सार्वजनिकीकरण गरेका छौं । स्वास्थ्यका दृष्टिकोणले संवेदनशिल भई सबै किसिमका नीति तथा योजना तर्जुमा र कार्यान्वयन गर्ने विषयतगत मन्त्रालय  निकाय र स्थानीय तहहरूसँग पैरवी गरेका छौ ।
लामो समय रोकिएको स्वास्थ्य संस्था दर्ता र नविकरण सुरु :
ऐन तथा विनियमावली जारीसंगै लामो समयदेखि रोकिएको बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली (ज्च्च्क्) को डिजिटल पैणाली शुभारम्भ गरियो । लामो समयदेखि सञ्चालनमा रहेका तर दर्ता र नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई अनिवार्य रुपमा दर्ता र नविकरण गर्न सूचना जारी गरियो । अब दर्ता र नविकरणका लागि फाईल बोकेर मन्त्रालय र कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै  ऐन, नियमावली र मापदण्ड बमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति लगायतका कार्यहरू विद्युतीय माध्यम (स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली  ज्यकउष्तब िच्भनष्कतचबतष्यल बलम च्भलभधब िक्थकतझ(ज्च्च्क् को पहिलो सुरुवात गरेको मन्त्री किरण थापा बताउनुहुन्छ ।
स्वास्थ्य क्षेत्रका अनियमिततालाई पूर्ण रुपमा हटाएर अनलाइन सिस्टमको सुरुवात गरि  मापदण्ड नपुगेकालाई समय तोकेर मापदण्ड पुर्याउन निर्देशन दिने, दर्ता नकिवरण गर्न समय यौ । अटेर गर्नेलाई कारबाही गर्ने र राम्रा गर्नेहरुलाई सहयोग गर्ने नीति लिएपछि अहिले वागमती प्रदेशका स्वास्थ्य संस्थाहरुको दर्ता तथा नविकरण धमाधम भईरहेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान :
उहाँ मन्त्री भएपछि लामो समय रोकिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७५ संसोधन गर्न सफल भयो । उहाँका अनुसार प्रतिष्ठान ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भयो । त्यसपछि शैक्षिक शत्र २०८१÷०८२ का लागि एम.डी.÷एमएसका ७ वटा कार्यक्रमहरू ब्लभकतजभकष्ययिनथ,   ःम्न्ए,  न्भलभचब िक्गचनभचथ, क्ष्लतभचलब िःभमष्अष्लभ,  इदक बलम न्थलबभ, इचतजय, एभमष्बतचष्अक मा आठ जनालाई भर्ना गरी पहिलो वर्ष अध्ययन अध्यापन शुरुवात गर्यो ।
त्यसपछि ०८२/०८३ मा एमबिबिएस (ःद्यद्यक्) ५० वटा सिट निर्धारण गरि अध्ययन शुरुवात गरेको बताउदै उहाँले चिकित्सा विद्याका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिंङ र फार्मेसी) स्नातक तहको अध्यापन भैरहेको र प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत ३५८ विद्यार्थीलाई तलबसहित दुई वर्ष सेवा गराएर एमडी तहको पढाइ सुरु गर्ने गरि कार्य भयो ।
प्रदेश जनसंख्या नीति स्वीकृति :
बागमती प्रदेशको प्रदेश जनसंख्या नीति स्वीकृति भयो । त्यसले दीर्घकालिन रुपमा कार्यक्रमहरु ल्याउन सहयोग पुग्नेछ । त्यस्तै प्रादेशिक अस्पतालहरूमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी गरिएको छ । यसले प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा नर्सिङ तहको अध्ययन गर्ने र त्यहाँ आवश्यक जनशक्ति सोही स्थानमा परिपूर्ति गर्ने लक्ष्य प्राप्तिका लागि प्रक्रियामा अगाडि बढेको छ ।
जिल्लादेखि स्थानीय अस्पतालहरुको विकासका फड्को :
मन्त्री थापाकै नेतृत्वमा प्रत्येक जिल्ला अस्पतालहरुको सवलीकरण, गुणस्तरीय सेवा बिस्तार, उपकरण मैत्री बनाउनेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो । आधारभूत स्वास्थ्य सेवाको सबलीकरणको लागि स्थानीय तहका आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आबश्यक भौतिक संरचना निर्माणका कार्य, औजार उपकरण तथा जनशक्ति व्यबस्थापनको लागि स्थानीय तहमा प्रदेश सरकारबाट आबश्यक बजेटको विनियोजन गरियो ।
सिटी स्क्यानदेखि एमआरआई सेवा बिस्तार :
जिल्लाका अस्पतालहरुलाई उपकरण र प्रबिधि मैत्री बनाएर नागरिकको स्वास्थ्य उपचारका लागि सकेसम्म जिल्लान्तर जान नपर्ने गरि सेवा बिस्तार गर्नेे लक्ष्यको शुभारम्भ भयो । सोही अनुरुप मन्त्री थापाले भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा मेशिन सञ्चालनमा ल्याउनुका साथै एमआरआई मेशिन सञ्चालनका लागि पनि तयारी गर्नुभयो । भक्तपुरको ख्वप अस्पतालमा पनि सिटी स्क्यान सञ्चालनमा ल्याउनुका साथै एमआरआई सञ्चालनको लागि चालू आर्थिक वर्षमा १५ करोड बजेटको ब्यबस्थापन गर्न सफल हुनुभयो । प्रदेशका १३ वटै जिल्लामा आवश्यकताका आधारमा प्रबिधि र उपकरणहरु हस्तन्तरण गर्ने र सेवा बिस्तार गर्ने कार्यलाई उहाँको कार्यकालमा तिब्रता पायो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास : 
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास र गुणस्तरीय सेवा बिस्तारका लागि स्वास्थ्य मन्त्रालय मार्फत उहाँको प्रयास जारी रहयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन र नुवाकोटको नवनिर्मित भवनबाट २५ शैयाको अन्तरंग सेवाको शुभारम्म गरिया । उहाँले नै उद्घाटन गर्नु भएको ती सेवामा विरामीहरु भर्ना भएरै उपचार सेवा लन थालेका छन् ।
त्यहाँबाट स्वास्थ्य परीक्षण, विरामी भर्ना र निःशुल्क औषधि वितरणले आर्युवेदप्रतिको विश्वासमा बढ्दै गएको छ । चितवनको चिकितसालयमा विरामी भर्ना गरेरै उपचार सेवा सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरको भवन निर्माण सम्पन्न भएको छ भने ललितपुरको भवन निर्माण शुरुवात भएको छ ।
आयुर्वेद औषधि उत्पादन सुरु : 
स्वास्थ्य मन्त्री भएपछि थापाले अब प्रदश सरकारले नै आयुर्वेद औषधि उत्पादन गर्नु पर्छ भन्ने परिकल्पना र अठोटले सार्थकता पायो । आमनागरिकलाई निःशुल्क औषधि वितरण गरियो । चितवनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनबाट सेवा बिस्तार गरेसंगै त्यहीको पुरानो भवनबाट आयुर्वेद औषधि उत्पादन केन्द्र्र सञ्चालन गरि त्यहाँबाट आयुर्वेदका ‘अश्वगन्धा, सेतोपलादि, आमलवक, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुर्दशन, पुष्यानुग’ गरी १० प्रकारक चूर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरियो । स्वास्थ्य मन्त्रालयले अन्य थप ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लागि अनुमति प्रदान गरेसंगै थप औषधि उत्पादन सुरु गरि निःशुल्क वितरणको कार्य अगाडि बढेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ (स्त्री प्रसूति, शालक्य, शल्य, कौमारवृत्य, मानसिक स्वास्थ्य) आयुर्वेद सेवा उपलब्ध गराईएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यावस्थापन, योग, ध्यान तथा शिरोधारा, पूर्व कर्म पञ्चकर्म सेवा प्रवाह गरिरहेको उहाँ बताउनुहुन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रममार्फत सेवा दिइरहेको, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू भान्साघर औषधालय कार्यक्रम र पथ्य आहार कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ ।
अस्पतालहरुमा इएमआर लागू : 
स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक अस्पतालहरुमा इएमआर (भ्ःच) लागू गर्न आवश्यक हार्डवेयरलगायतको संरचना तयारी गरेर नै त्रिशुली अस्पताल, धादिंङ्ग अस्पताल, सिन्धुली अस्पताल तथा पशुपति चौैलागाई अस्पतालमा पूर्ण रुपमा एचइआर÷ईएमआर (ज्भचरभ्ःच) लागु गरिएको छ, उहाँकै पहलमा सबै अस्पतालमा लागू गर्ने तयारीमा गरिएको थियो ।
दूर चिकित्सा सेवादेखि तालिम सञ्चालन :
२०८२ श्रावण १६ गते तत्कालीन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा तत्कालिन माननीय मुख्यमन्त्री बहादुरंिसंह लामाको विशेष आतिथ्तामा बागमती डिजिटल हेल्थ (द्यबनबmबतष् म्ष्नष्तब िज्भबतिज० को शुभारम्भ गरियो । त्यसैदिनबाट भक्तपुर अस्पताललाई दूर चिकित्सा सेवा ९त्भ्ीभ्ःभ्म्क्ष्ऋक्ष्ल्भ्० को हब अस्पतालका रूपमा विकास गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्खपाल गाउँपालिकाको आधारभूत अस्पताललाई भक्तपुर अस्पतालको स्पोक अस्पतालका रूपमा जोडेर सेवा प्रदान गर्ने कार्य शुभारम्भ भयो । यसलाई विस्तार गर्नु आवश्यक छ ।
त्यति मात्रै होईन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र प्रवाह गरिएको छ ।  त्यस्तै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग २०८१ कात्तिक २ गते सम्झौता गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, रसुवा र नुवाकोट जिल्ला तथा प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पाँच ब्याचमा ९२ जनालाई तालिम प्रदान गरिएको छ ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बिस्तार : 
गर्भवती महिलाको स्वास्थ्यको लागि ग्रामिण क्षेत्रमा तालिमसहित  पोटेबल अल्ट्रासाउण्ड मेशिन बिभिन्न पालिकामा उपलब्ध गराइएको छ । थापाको कार्यकालमा उपचार भन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरियो । भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट विनियोजन गरियो ।
गाउँ गाउँ पुग्यो स्वास्थ्य शिविर र उपकरण :
किरण थापा स्वास्थ्य मन्त्री भएपछि गाउँ गाउँमा स्वास्थ्य शिविर, औषधि वितरणदेखि बिभिन्न उपकरणहरु हस्तान्तरण गरेर गाउँमै सामान्य उपचारसम्मको व्यबस्था गर्ने योजना अनुसार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन हस्तान्रण गरियो । जसका कारण त्यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याको अन्त्य भयो । त्यहीँ मन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितका स्वास्थ्यकर्मीको टिम नै पुगेर बृहत स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, औषधि वितरण र थप पचारको व्यबस्था गरियो ।
प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन निरन्तर लाग्दै महाभारतदेखि चितवनको ठोरी, रामेछाप, मकवानपुरको राक्सिराङ गाउँपालिका, धादिङ्गको गंगाजमुना गाउँपालिकालगायत बिभिन्न जिल्लाका दूरदराजमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबद्वन अभियान–सञ्चालन गर्दाे सरकार गाउँमै पुगेको अनुभूति दिलायो ।
सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरका बासिन्दालाई अब भिडियो एक्सरे गर्न लामो बाटो हिडेर सदरमुकामसम्म जानु पर्ने बाध्याताको अन्त्य गर्न एक्सरे र अल्ट्रासाउन्ड मेशिन पुर्याएर सेवा बिस्तार गरियो । वागमति प्रदेशका कोही पनि नागरिक औषधि उपचार नपाएर ज्यान गमाउनु पर्ने अबस्था नआओस भनेर जनमुखी कार्यक्रम अगाडि सारेको उहाँले बताउनुभयो । ९८ प्रकारका निःशुल्क औषधि आम नागरिकको पहुँचमा कसरी पुर्याउन सकिन्छ भनेर उहाँ लागिरहनु भयो ।
टेलिमेडिसिन हवको सुरुवात :
उहाँ मन्त्री भएपछि र्ओ उपलब्धीमूलक कार्य भनेको टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा सुरु गर्नु पनि हो । भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवाको सुरुवात गरिएको छ । क्यामरा जोडेर स्क्रिनको माध्यमबाट डाक्टरको अगाडि स्क्रिन राखी सम्बन्धित अस्पतालको विरामीको अबस्था र रोगकाबारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिन मार्फत नै निर्देश गर्दै उपचार गराउने यो सेवाको बिस्तार गर्ने गरि अगाडि बढाईयो ।
डिजिटल हेल्थ सेवा शुभारम्भ : 
विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने डिजिटल हेल्थ सेवाको उहाँले शुभारम्भ गर्नुभयो । मोवाइल एप्स निर्माण गरि आमनागरिकले आफ्नो घरमै बसेर कुन अस्पतालमा शैया कति खाली छन्, वा छैन, आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति विरामी छन्, टिकट छ कि छैन भन्ने जानकारी लिन सक्ने गरि वागमती डिजिटल हेल्थ शुभारम्भ गरियो ।
वागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम संंकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न गरि मन्त्रालयमा थप सेवा बिस्तार गरेको छ ।
ल्याबको रिपोर्ट लिन सहजीकरण : 
ल्याबका रिपोर्ट लिन अस्पतालसम्म आउन नपर्ने गरि व्यबस्थापनको सुरुवात गरेका छ । उहाँले विरामीलाई ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने व्यबस्थाको सुरुवात गर्नुभयो । ल्याबको रसिद काट्दा नै रसिदमै क्यूआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था भएको छ । मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरि इगुनासो (भनगलबकय) एप्स् पनि सार्वजनिक गर्ने र सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि कार्य अगाडि बढाएको छ । प्रदेशस्तरीय अस्पतालहरुमा फास्टट्रयाक ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मन्त्रालयले वागमती प्रदेश भरिका पत्रकारहरुलाई स्वास्थ्य बिमामा समेट्ने गरि कार्यक्रम अगाडि सारेका छ ।
प्रदेशस्तरीय ल्याब भक्तपुरमा स्थापना :
धुलिखेलमा निस्क्रिय अबस्थामा रहेको वागमति प्रदेशस्तरीय ल्याबलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका पुरानो भवनमा सारेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । धुलिखेलमा राखिएको ल्याब पूर्ण रुपमा सञ्चाना आउन नसक्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त उपकरणहरु जडान गरेर प्रदेशभरीका स्वास्थ्य संस्थाहरुको ल्याबका सम्पूर्ण परीक्षण यहीबाट सञ्चालन गरिएको छ । ल्याबको दर्ता, नविकरण पनि सूचारु गरिएको छ । ल्याबको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर चार रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण कार्य सुरु गरेका छौं ।
बिभिन्न अस्पतालमा डायलासिस सेवा सञ्चालन :
किरण थापा स्वास्थ्य मन्त्री भए लगत्तै वागमती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन बिभिन्न अस्पतालहरुमा जडान गरेर सेवा सूचारु गरिएको छ । बाँकी रहेका रसुवा, काठमाडौंको टोखा अस्पतालमा पनि डायलासिस मेशिन जडान गर्ने गरि तयारी गरिएको छ ।
एक जिल्ला, एक स्वस्थ सहर अभियान सुरु :
नसर्ने रोग विकराल बन्दै छ, त्यसबाट आमनागरिकलाई जोगाउन मन्त्रालयले यस वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान सञ्चालनमा ल्याएका छ । त्यस्तै “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने कार्यको सुरुवात गरिएको छं । नसर्ने रोग रोकथाम र न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय तथा जिल्लास्तरीय समन्वय समन्वय समितिहरु गठन गरि क्रियाशील बनाइएको छ ।
एक विद्यालय एक नर्स :
  
‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रदेशका सबै विद्यालयमा पुर्याउने लक्ष्यका साथ हामी किरण थापा आफै सक्रिय हुनुभयो । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विभिन्न माध्यमिक विद्यालयमा करार सेवामा नर्सहरुलाई लिएको छ । अहिलेसम्म करिब ९०० सामुदायिक विद्यालयमा नर्स पठाउनुको साथै यसलाई बिस्तार गरेर सबै विद्यालयमा नर्स पुर्याउने लक्ष्य लिएको छ । विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाई उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको पाईएको छ ।
किरण थापाको कार्यकालमा मन्त्रालयले गरेका अन्य काम : 
किरण थापा स्वास्थ्य मन्त्री भएर आए पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा जेष्ठ नागररक वार्ड सञ्चालन ल्याईयो । काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । चाौतारा अस्पताल, सिन्धुपाल्चोक, हेटौँडा अस्पताल, मकवानपुरमा मानसिक वार्ड स्थापना भई अन्तरङ्ग सेवा समेत सञ्चालन ल्याएको थियो । भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरु हुनुको साथै भक्तपुर अस्पतालमा नयाँ अपरेटिङ ब्लकको सुरुवात भई अस्पतालको क्षमता ७५ बाट १८६ बेडमा विस्तार गरेका छौं ।
भक्तपुर, त्रिशुली र सिन्धुली अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरी सेवा सञ्चालन गरेका छौं । हेटौँडा, सिन्धुली, त्रिशुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी गरियो । गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराईयो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन :
 
मन्त्रालयले स्वयंसेविकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा प्रत्येक स्वयंसविकाहरुलाई नगद पाँच हजार र सञ्चारको लागि थप एक हजार गरि ६ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरियो ।
प्रादेशिक अस्पतालहरुमा थप सेवा बिस्तार : 
थापा मन्त्री भएर आएपछि धेरै सेवाहरु बिस्तार भए । धेरै सेवाकाबारेमा माथि उल्लेख भइसके । बागमती प्रदेश सरकारले प्रतिबद्धता गरेको क्यान्सर रोगको उपचारमा थप ५० हजार रुपैयासम्म सहुलियतका लागि प्रदेशभर रहेका बिभिन्न १८ वटा अस्पतालहरूसँग सम्झौता गरी उपचारमा सहुलियत प्रदान गरिएको छ । हृदयघात रोगको उपचारका लागि सहुलियत प्रदान गरिएको छ ।
त्यस्तै गरि चितवनको बकुलहर रत्ननगर अस्पताल, धादिङ अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल र त्रिशुली अस्पतालमा म्ष्नष्तब िःबmmयनचबउजथ : बअजष्लभ बाट स्तन क्यान्सरको स्क्रिनिङ्ग सेवा सुुरुवात भएको छ । महिलाको स्तन क्यान्सरको पहिचानमा धेरै सहज भएको छ ।  त्यसैगरि मेथिनकोट अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरुवात भएको छ । त्यस्तै त्रिशुली अस्पताल, नुवाकोटमा सिटी स्क्यान सेवा प्रवाह गरिएको छ । नुवाकोट, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली, धादिङ र सिन्धुपाल्चोक जिल्लामा विशेषज्ञ आँखा शिविरबाट सेवा प्रवाह गरिएको छ ।
त्यस्तै भक्तपुर अस्पतालमा क्तचयपभ ःबलबनझभलत सहित न्यूरोलोजी सेवा आरम्भ भएको छ । भक्तपुर अस्पतालबाट अल्जैमर्श सम्बन्धी सेवा प्रवाह भएको छ । भक्तपुर अस्पतालमा दुई सेट, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बकुलहर रत्ननगर अस्पताल, चौतारा अस्पताल, पशुपति चौलागाइ स्मृति अस्पताल र धादिङ अस्पतालमा आठ सेट एनेस्थेसिया वर्क स्टेशन व्यवस्थापन गरेका छौं ।
अस्पतालहरुमा डायालासिस सेवा विस्तार :
भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा जम्मा १६ वटा डायालासिस मेसिन थप गरी सेवा विस्तार गरिएका छौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गरेका छौं । भक्तपुर अस्पतालमा मुटु सेवा बिस्तार गरेका छौ । मुटुको स्पेशल सेवा प्रवाह गर्ने कार्यक्रम ल्याएका छौं ।
ट्राफिकलाई लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण : 
सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न वागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन समितिलाई १ हजार ३४० थान र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत जिल्ला ट्राफिक कार्यालय, मकवानपुरलाई ५०० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेका छौं । आगामी आर्थिक बर्षमा दुर्घटनाका घाइतेको आकस्मिक उपचारको लागि धादिंङ्गको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेबल पाँचको ट्रमा सेन्टर स्थापनाको लागि बजेट व्यबस्थापन गरेका छौं ।
शैक्षिक कार्यक्रम सञ्चालन ः
एकदमै  छ, चिकित्सा विद्याका स्नातक तहका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिङ र फार्मेसी) सञ्चालन भई ३५८ जना विद्यार्थी अध्ययरनत छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आठ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विपद जोखिम न्यूनिकरणका लागि कार्य सुरु :
विपद जोखिम न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको सक्रियतामा ५९ वटा स्थानीय तहको द्रत प्रतिकार्य समिति (च्ऋऋ) र द्रुत प्रतिकार्य समितिका समूह (च्च्त्) लाई अभिमुखिकरण गरेका छौं । क्त्ब्च् ९क्तचबतभनष्अ त्ययपिष्त ायच ब्ककभककष्लन च्ष्कप० को प्रयोग मार्फत बहुप्रकोपीय स्वास्थ्य विपद् जोखिम मूल्यांकन कार्यशाला गरी प्रतिवेदन तयार गरेका छौं । साथै आकस्मिक चिकित्सकीय समूह ९भ्ःत्० परिचालन गरिएको छ ।
त्यस्तै अस्पतालहरूमा अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ९ज्म्एच्ए० र जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास तथा अद्यावधिक गरेका छौं । अस्पतालहरूमा आपतकालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप ड्रिल (म्चष्िि) अभ्यास गरेका छौं ।  प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र ९एज्भ्इऋ० बाट महामारिजन्य रोगहरू (डेङ्गी, कोभिड, हैजा) को दैनिक प्रतिवेदन तथा मिडिया मनिटरिङ गरेका छौं । २०८१ असोजको बाढी पहिरो पश्चात् ज्भबतिज च्भकयगचअभक बलम क्भचखष्अभक ब्खबष्बिदष्ष्तिथ ःयलष्तयचष्लन को प्रयोग गरी स्वास्थ्य संस्थाहरूका क्षति लेखाजोखा गरिएको छ ।
विपन्न वर्गका लागि थप कार्यक्रम :
मन्त्रालयले सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (ख) वर्गका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वय ंसेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गरी प्रिमियम बापत स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गर्ने कार्यको शुभारम्भ गरियो । त्यस्तै प्रदेशका स्थायी बासिन्दाको उपचारमा लाग्ने रक्त सञ्चार प्रयोग हुने ब्लड व्याग बापतको रकम मन्त्रालयले भुक्तानी गरेर जनतालाई निःशुल्क सेवा प्रवाह गर्ने कार्य गर्यो ।  सामाजिक सेवा इकाइ मार्फत विपन्न र असहाय र बेवारिसे, विपदका घाइते लगायतका लक्षित वर्गलाई निःशुल्क उपचार व्यवस्थापन भइरहेको छ ।
अस्पतालहरुमा जनशक्ति थप :
प्रदेशका १३ वटै अस्पतालहरूमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यक जनशक्ति थपेर सेवा बिस्तार गर्दै सवालाई गुणस्तरीय र सहज बनाईएको छ । अस्पतालहरूमा विशेषीकृत सेवा, आवश्यक उपकरण र संरचना विस्तारका कार्य अगाडि बढाएको छ । स्वीकृत गरी दरबन्दी थप्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको दोहोरो चाप कम गर्दै सेवाको गुणस्तरमा सुधार ल्याउने कार्य गरिएको छ । भक्तपुर अस्पतालको नयाँ भवनका लागि प्रदेश सरकारले बजेटको व्यबस्था गरेका छ । भक्तपुर र सिन्धुली अस्पतालमार्फत आवश्यक जनशक्ति उत्पादनका लागि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिएको छ ।
नसर्ने रोगका न्यनिकरणका कार्य : 
प्रदेशमा मृत्यु हुनेमध्ये ७१ प्रतिशत नसर्ने रोग र २९ प्रतिशत संक्रमणजन्य रोगका कारण हुने तथ्याङ्क रहेको छ । त्यसैले यसतर्फ सचेत नीतिहरू अपनाउदै नसर्ने रोग न्यूनिकरणका कार्यक्रमहरु अगाडि बढाएको छ । डिजिटल हेल्थ, टेलिमेडिसिन तथा नसर्ने रोगको निःशुल्क औषधोपचार सेवा सञ्चालन गरि भौतिक पूर्वाधार निर्माणमा अगाडि बढेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्ला स्तरीय समन्वय समिति गठन गरि काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरेका छौं ।
ग्रामिण क्षेत्रमा स्वाथ्य सेवा :
वागमती प्रदेशका १३ जिल्लाका दुर्गम स्थानहरूमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबर्धन अभियान तथा विशेषज्ञ शिविर सञ्चालन गरी करिब सात हजार भन्दा बढिलाई सेवा प्रदान गरेका छौं । चितवन जिल्लाको माडी खैरहनी र रत्ननगर नगरपालिकामा सिकलसेल एनिमिया र थालेसेमियाको १६०२ जनाको निःशुल्क परीक्षण गगरेको छ ।
नेपाल सरकार र स्थानीय तहहरूसँगको सहकार्यमा किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्ध ज्गmबल एबउष्िियmब ख्ष्चगक  खोप अभियान सञ्चालन गरी प्रदेशका करिब २ लाख ६० हजार जना किशोरीहरुलाई खोप लगाईएको छ । सहरमा मात्रै होईन, गाउँ गाउँ र दूर दरजका नागरिकले औषधि र उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिहरेको किरण थापा बताउनु हुन्छ ।

मुख्यमन्त्रीका यात्रा सुरु :

स्वास्थ्य मन्त्रीका रूपमा काम गर्नु र मुख्यमन्त्रीका रूपमा सम्पूर्ण प्रदेश सरकार सञ्चालन गर्नु फरक जिम्मेवारी हो। अब थापाको अगाडि एउटा मन्त्रालय होइन, सम्पूर्ण वाग्मती प्रदेश छ। स्वास्थ्यसँगै शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, रोजगारी, वातावरण, सुशासन र प्रदेश–स्थानीय तहबीचको समन्वय उहाँको जिम्मेवारीभित्र पर्नेछ।

त्यसमाथि उहाँले लामो कार्यकाल पाउने अवस्था छैन। राजनीतिक समीकरणका कारण छोटो समयका लागि सरकारको नेतृत्व गर्ने परिस्थितिमा उहाँका अगाडि समयसँगै परिणाम देखाउने दबाब हुनेछ। ढिलोमा पनि आउने बैशाख महिनामा प्रदेश सभाको निर्वाचन हुन्छ । त्यर अगाडि उहाँले आफ्नो कार्यदक्षता देखाउनु पर्ने छ ।

अझ महत्वपूर्ण कुरा, पछिल्लो समय प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण तहका रूपमा प्रदेश सरकारले जनताको दैनिक जीवनमा के परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्न निरन्तर उठिरहेको छ। यस्तो अवस्थामा थापाका लागि मुख्यमन्त्रीको जिम्मेवारी केवल सरकार चलाउने अवसर होइन, प्रदेश सरकारको आवश्यकता र क्षमतालाई व्यवहारबाट प्रमाणित गर्ने अवसर पनि हो।

सूर्यविनायकका महिला सहकारीहरुलाई प्रबिधि मैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तर्गत एक एक थान कम्प्युटर एवं फोटोकपी मेशिन हस्तान्तरण गरेको छ ।

नगरपालिकामा बुधबार सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिले आयोजना गरेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रममा यहाँ सञ्चालनमा रहेको १० वटा सहकारी संस्थाहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।

कार्यक्रममा सूनपा–२ मा सञ्चालित मनकामना महिला बहुउदेश्यीय सहकारी संस्था लि., वडा नं. ४ का दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि., वडा न. १ को जन चेतना महिला वचत तथा ऋण सहकारी संस्था लि., वडा नं. २ को महिला अभियान वचन तथा ऋण सहकारी संस्था लि., वडा नं. ९ को श्री शान्ति भैरब महिला विकास बहुउदेश्यीय सहकारी संस्था, लिमिटेड, वडा नं. ७ को स्वावलम्ब महिला बचत तथा ऋण सहकारी संस्था, सूनपा वडा नं. ७ कै अनन्त महिला वचत तथ ऋण सहकारी संस्था लि., वडा नं. ८ का आशापुरी महिला बहुउदेश्यीय सहकारी संस्था लि. वडा नं. १० को मुक्ति महिला वचत तथा ऋण सहकारी संस्था ल., वडा नं. १ को वनदेवी माई महिला विकास वचत सहकारी संस्था लि. र वडा नं. ५ को वासुकी महिला विकास सहकारी संस्था लि.लाई प्रबिधि हस्तान्तरण अन्तर्गत एक एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं नगरपालिकका प्रवक्ता रविन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सभापति बस्नेतले संयुक्त रुपमा प्रबिधि हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा प्रवक्ता रविन्द्र सापकोटाले आजको युग प्रविधिको युग भएकाले सहकारी संस्थाहरूको दैनिक प्रशासनिक काम, लेखा व्यवस्थापन, सदस्यहरूको अभिलेख, सूचना प्रवाह तथा सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन कम्प्युटर तथा फोटोकपी मेसिनजस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसबाट सहकारीको कार्यक्षमता बढ्नुका साथै सदस्यहरूले छिटो, सरल र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो ।

सापकोटाले भन्नुभयो, “विशेषगरी महिला सहकारीलाई प्रविधिमैत्री बनाउने यो कार्यक्रम महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम हो । महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरूलाई प्रविधि, सीप र स्रोतसाधनसँग जोड्न सकेमा स्थानीय आर्थिक विकासमा अझ ठूलो योगदान पुग्न भन्ने हाम्रो विश्वास हो ।”
कर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले ७०÷३० को लागत साझेदारीको अवधारणाले सहयोगसँगै जिम्मेवारी र स्वामित्वको भावना पनि विकास गर्ने बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको प्रविधिको सही सदुपयोग गर्दै सहकारीहरूले आफ्नो सेवा विस्तार, पारदर्शिता र संस्थागत सुशासनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति एवं आर्थिक समितिका संयोजक पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको महत्वपूर्ण कामको सहकारीले उच्चतम उपयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका उपकरणहरूको अधिकतम सदुपयोग गर्दै महिला सहकारीहरू अझ सक्षम, प्रविधिमैत्री र आत्मनिर्भर बन्न सफल हुनेमा सिंगो नगरपालिकाले विश्वास लिएको बताउनुभयो । कार्यक्रम सहकारी शाखा प्रमुख सल बहादुर पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्धारा उद्घाटन, नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६०० वर्ष पुरानो लिच्ववीकालिन र पशुपति नाथको मन्दिर जस्तै पञ्चमुख रहेको ऐतिहासिक मन्दिर नन्किेश्वर महादेव मन्दिरले स्वरुप फेरेको छ ।

केही वर्ष अगाडिसम्म जीर्ण मन्दिर आज कलात्मक शैलीमा पुर्न निर्माण सम्पन्न भएको छ । मन्दिरको प्राङ्गनमा चार तले सामुदायिक भवन ठडिएको छ । प्रवेश परिषर प्रवेश गर्ने कलात्मक प्रवेशद्धार निर्माण भएको छ । त्योसंगै हालै निर्माण सम्पन्न भएको कलात्मक फल्चाको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले साउनको अन्तिम सोमबार भव्य समारोहबीच उद्घाटन गर्नु भएको छ ।

श्री नन्दिकेश्वर महादेवमा श्रावणी मेला भक्ति संगीत अनुष्ठान समापन कार्यक्रम तथा कलात्मक फल्चा उद्घाटन समारोहमा फल्चाको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव थापाले नगर प्रमुखमा आफ्नो दोश्रो कार्यकालको अन्तिम नौ महिना १४ दिन बाँकी रहदाँ यो समयमा सूर्यविनायक नगरपालिका क्षेत्रमा बाँकी भएको विकासका सम्पूर्ण काम पुरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो नगर प्रमुखमा आएको दोश्रो कार्यकालको नौ महिना १४ दिन बाँकी छ, यो अबधीमा म सूर्यविनायक नगरपालिका भित्र बाँकी भएको विकासका कामहरु पुरा गर्नेछु, यस नगरपालिकामा विकासको अझै फड्को मार्नका लागि सरकारको बिभिन्न अंगबाट बजेट ल्याउने र नगरवासीले तिरेको करको सही ठाउँमा सदुपयोग गर्नेछु ।”

पहिलाको सूर्यविनायक नगरपालिका र अहिलेको सूर्यविनायक नगरपालिका कति फरक छ, पहिलो कस्तो थियो र अहिले कस्तो भन्नेबारेमा आमजनताले आँखाले देखेर र मनले मूल्यांकन गरेको बताउदै उहाँले दोश्रो पटक मेयर हुनका लागि सूर्यविनायक नगरवासीले अपार माया र मतदान गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, “पहिला सूर्यविनायक नगरपालिका कस्तो थियो र आज कस्तो छ, आँखा अगाडि स्पष्ट देखिएको छ, राजनीतिक दल सामाजिक क्षेत्र, नागरिक समाज सबैको सहयोग र साथ लिएर सूर्यविनायकको विकासका साथसाथै अस्पताल निर्माण, शिक्षाको विकास, रोजगारी, लोक संस्कृति एवं मठ मन्दिर जिर्णोद्धारका लागि बजेट व्यबस्था गरेर आईरहेको छु, बाँकी अबधीमा पनि जनताले तिरको करलाई सही ठाउँमा सदुपयोग गर्नेछु ।”

सूर्यविनायक नगरपालिका दुई पटक ागर प्रमुख, वडा अध्यक्ष चार पटक जिल्ला सदस्य भएको , बाल्यकालदेख नै सही शिक्षा प्राप्त गर्दै आएको कारण
सूर्यीवनायक नगरपालिका क्षेत्रलाई १४ वटा शिवालय रहेको र यसलाई समेटेर नगरपालिकाले शिव सर्किट निर्माण गरेर धार्मिक पर्यटनको विकासमा लागेको बताउदै शिवपार्वतीको छोरा गणेश बिराजमान भई नामाकरण भएको नगरपालिकाको सम्पदालाई किताबमा उतार्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पाँच वर्षको गुरुयोजना पुरा भएको बताउनुभयो । नगर प्रमुखको परिकल्पनामा धेरै विकास भएको बताउदै उहाँले मन्दिर परिसर भित्र रहेको कलात्मक गेट, कलात्मक फल्चा, सामुदायिक भवन, ढुड्गा छपाई यहाँका सबै संरचना नगर प्रमखकै साथ र सहयोगबाट सम्भव भएको बताउनुभयो ।

विगत १० वर्षे कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा यस नगरपालिका भित्र रहेको १४ वटा शिव मन्दिरहरुको संयोजन एवं परिकल्पनाका रुपमा नगर प्रमुख थापाले पुर्याएको योगदान र सार्थकताले शिव सर्किट निर्माण भएको भन्दै यहाँको दस्तावेजीकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले नगरपालिकाको हाम्रो सूर्यविनायक नामको स्थानीय पाठ्यक्रममा समेटिएका शिवालयमा नगरपालिका यहाँका शिक्षक शिक्षिकालाई भ्रमण गराएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीलागतय बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा ईतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले मन्दिरको ऐतिहासिक पक्ष र यसको महत्वकाबारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापालाई भव्य रुपमा अभिनन्दन गरिएको थियो भने विभिन्न सांस्कृतिक नृत्य, भजन–कीर्तन तथा पूजा–आराधना एवं साँझको आरती गर्दै श्रावणी मेलाको समापन गरिएको थियो । श्री नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष ईन्द्रप्रसाद ब्याञ्जुले सत्तल निर्माणमा १५ लाख नगरपालिकाबाट प्राप्त भएको र बाँकी सात लाख रुपौको जनश्रमदानबाट जुटाईएको बताउनुभयो ।

समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रीराम ब्यान्जुले नन्दिकेश्वर महादेव मन्दिर परिसरमा बनेका अधिकांश धार्मिक सम्पदाको संरक्षणमा नगर प्रमुख थापाको ठूलो योगदान रहेको बताउदै नगरपालिकाले यहाँका सबै संरचना पुर्ननिर्माण एवं निर्माणका लागि पाँच करोड भन्दा बढी सहयोग गरेको बताउनुभयो ।कार्यक्रममा नगर प्रमखु थापाले मन्दिरमा पुजा आरधाना गर्नु भएको थियो ।

अन्नन्त कुण्डमा दिव्य गंगा आरती सुरु गर्दै एमाले नेता महेश बस्नेतले भने : वागमती प्रदेशमा किरण थापा मुख्य मन्त्री बन्नु भयो यहाँका बाँकी विकासका कामले पूर्णता पाउँछ

=====================================

नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”

==================================

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु भएको छ । श्री अनन्तलिङ्गेश्वर  महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले आजबाट सुरु गरेको दिव्य गंगा आरतीको आज साँझ नेकपा एमालेका सचिव महेश बस्नेतले उद्घाटन गर्नुभयो । हरेक महिनाको अन्तिम सोमबार अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने गरि आजबाट सुरु भएको गंगा आरतीमा स्थानीय सयौको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेता महेश बस्नेतले स्थानीय राजकुमार बस्नेतको नेतृत्वमा सुरु भएको दिव्य गंगा आरतीमा अरबिन्द गुरुसंगै वडा नं. ४ का वडाध्यक्ष र वडा नं. ७ को वडा अध्यक्षको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले मानिसको पद अस्थायी रहन्छ, त्यो आज छ, भोली हुदैन, भन्दै मानिसको योगदान भने सधै स्थायी रहने बताउनुभयो ।

उहाँले मन्दिरको स्थापनाको चर्चा गर्दै भन्नुभयो, “अनन्तलिङ्गेश्वर महादेव मन्दिरको शिलापत्रमा उल्लेख भए अनुसार यो मन्दिर १३०० वर्ष पुरानो हो, कोलम्बसले अमेरिका १४९२ मो पत्ता लगाए, त्यसलाई हेर्ने हो भने अमेरिका पत्ता लागेकोे करिब ५३२ वर्ष भयो तर यो मन्दिर १३०० अगाडि मन्दिर हो, त्यसबेला यो ठाउँमा एउटा हंसपुर भन्ने बस्ती थियो, त्यहाँ ठूलो प्रलय पछि सबै ध्वस्त भयो, तर त्यसैको एउटा प्रतिकको रुपमा रहेको र अनन्तलिङ्गेश्वर एउटा गुरुको रुपमा स्थापित भएको पाईएको छ ।”

मन्दिरमा जान आउँन बाटो र पुल नहुँदा स्थानीयले निकै सास्ती भाग्नु परेको स्मरण गर्दै उहाँले आफू मन्त्री र सासद भए पछि सांसद कोष, संघ र प्रदेशको बजेट ल्याएर अनन्तलिङ्गेश्वर आउने बाटो र पुल बनाएको, यहाँ आउने सबै बाटो पिच भएको, पुल बनेको बताउनुभयो । यहाँका बासिन्दाले झोलुड्गे पुल हेर्न रहर गरेपछि र नयाँ पुस्तालाई झोलुङगे पुल पनि चाहिन्छ भने पछि स्थानीय नवराज जंगम, शम्भु जंगमले जग्गा दिएपछि बाटो बनाएर २७ लाखको बजेटमा झेलुड्गे पुल बनाएको बताउनुभयो ।

मानिसको योगदान र ईतिहास कहिले नमेटिने बताउँदै उहाँले भन्नुभये, “महेश बस्नेतले उद्घाटन भएको भनेर लेखिएको झोलुङेगे पुलको शिलापत्रमा महेश बस्नेत भन्ने नाममा चाँही ढुङगाले हानेर मेट्ने काम भएको छ, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माण गर्न केपी ओली प्रधानमन्त्री र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा एक करोड ६५ लाखको बजेट ल्यायौं, मन्दिर अगाडिको शिलापत्रमा पनि महेश बस्नेतको नाममा ढुड्गाले हानेर पोतिएको छ, अहिले त गर्नेको नाम किच्चाउने जमाना हो यो, गर्नेहरुलाई भगाउने जमाना हो यो र गर्नेहरुलाई हराउने जमाना हो यो तर पनि ईतिहास मेटाएर मेटिन्न ।”

रातोपाटीबाट लाकुरी भञ्याडसम्म फुट ट्रायल बनाउने हाम्रो कन्सेप्ट ल्याएर संघ र प्रदेशबाट बजेट ल्यएर बनायौं, देवी स्थान बनाइयो, गणेश मन्दिर बनायौ, महादेव मन्दिरमा सामुदायिक भवन बनायौ, त्यहाँ ब्रतबन्ध र विवाह गर्न सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको अस्थायी चौकी भवन बनाउने भनेर मैले सांसद कोषबाट ल्याएको बजेट र पछि नगरपालिकाबाट थपेर बनाएको हो, कतिपयले स्वीमङ पुल अलपत्र पर्यो भने, भ्यू टावरको बिरोध गरे, त्यो भ्यू टावर होईन, मल्टिकम्लेक्स बिल्डिङ हो, त्यहाँ यहाँ उत्पादन भएको बिभिन्न उपहारका सामानहरु बिक्री गर्ने थलो बनाउने उदेश्य पनि हो । त्यहाँ पनि महेश बस्नेतको नाम भएका कारण शिलापत्र उखालेर फाल्ने काम भएको छ ।”

आफू अहिले पदमा नभए पनि जनताको भावना, हौस्ला र जाँगरलाई बुझेर का मगर्ने बताउदै अब बन्ने वागमति प्रदेश सरकारमा एमालेको नेतृत्वमा गठन हुन सके यहाँको सबै विकासले पूर्णता पाउने बताउनुभयो ।

नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”

चुनाबमा आफूले हालेको मतले पछि आफैलाई नपोलोस भन्दै उहाँले भन्नुभयो, “मतदान गोप्य हुन्छ, भोट हाल्न पनि पाईन्छ, नहाल्न पनि पाईन्छ, तर आफूले हालको मतले आफैलाई नपोलोस्, छातीमा हात राखेर सबैले यो कुरा मनन् गरौ ।”

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले हाम्रो सनातन धर्ममा नदि केवल पानीको प्रवाह मात्र होडन जीवन, आस्था, पवित्रता र सभ्यताको आथार हो भनेर जललाई देवस्वरूप मानी पूजा गर्ने हाम्रो प्राचीन परम्परालाई निरन्तरता दिएको बताउनुभयो ।
उहाँले महादेव खोलाको पवित्र तटमा आरम्भ भएको अनन्त गंगा आरतीले हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदालाई अझ जीवन्त बनाउने विश्वास लिएको बताउदै उहाँले लिच्छविकालीन इतिहास बोकेको अनन्तलिङ्Þगेश्वर महादेवको चरणमा बग्ने यस पवित्र खोलाको तटमा दीप प्रज्वलित गर्दैं गरिने आरती केवल धार्मिक अनुष्ठान मात्र नभई भगवान शिवप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान, जल संरक्षणप्रतिको चेतना र हाम्रो मौलिक संस्कृतको सरक्षणको र्पावंत्र संकल्प भएको चर्चा गर्नुभयो ।

अध्यक्ष सापकोटाले भन्नुभयो, “आरतीको प्रत्येक दीपले अन्धकार हटाएर ज्ञान. शान्ति र सदुभावको ज्योति फैलाओस, आरतीको प्रत्येक मन्त्रले हाम्रो मनमा भक्ति, करुणा र सकारात्मक ऊर्जा जागत गराओस महादेव खोलाको निर्मल जलझैं हाम्रो समाज पनि स्वच्छ, पवित्र र सद्भावपूर्ण बनोस भन्ने कामना व्यक्त गर्नुभयो । अनन्तलिङगेश्वर क्षेत्र धार्मिक पर्यटनको महत्वपर्ण गन्तव्यका रूपमा विकसित भएको बताउदै यहॉको ऐतिहासिक, धार्मिक तथा प्राकतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताले समेत यस गौरवपूर्ण परम्परालाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लछुराम नेउपानेले यस क्षेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिका र वडाको सहयोग रहने बताउनुभयो । गुरु अरबिन्द शास्त्री, पुजारीलगायत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको आरतीलाई निरन्तरता दिदै लैजाने प्रतिवद्धता व्यक्त भएको छ ।

यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो । दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको स्थानीय पाठ्यक्रममा आधारित शिव सर्किट अध्ययन–अवलोकन भ्रमण उत्साहजनक रुपमा सम्पन्न

भक्तपुर, २४ साउन । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमण आज सम्पन्न भएको छ ।

नगरपालिकाको सामाजिक विकास समितिले आज ६ वटा बसमा सूर्यविनायक नगरपालिकाको कार्यालयमा भेला भएर सुरु भएको शिव सर्किटको अध्ययन भ्रमणमा सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाकार्यालयसंगै रहेको धर्मेश्वर महादेव मन्दिरबाट धार्मिक एवं अध्ययन–अवलोकन भ्रमण सुरु भएको थियो ।

सूर्यविनायकमा रहेको करिब ९८ वटा सामुदायीक तथा संस्थागत विद्यालयका ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने शिक्षक शिक्षिका, नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी र पत्रकार गरिक करिब १५० जनाको भ्रमणमा सहभागिता रहेको थियो ।

वडा नं. २ को धर्मेश्वर मन्दिरमा वडा अध्यक्ष प्रदीप कार्कीले नगरपालिकाको उपप्रमुख सरिता तिमसिना (भट्टराई), प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, शिक्षा शाखा प्रमुख रत्न बहादर कटुवाल, सूचना अधिकारी राजेन्द्र प्रसाद नेपाल, वरिष्ट इन्जिनियर जनक न्यौपानेलगायत नगरपालिकाका शिक्षा शाखाका कर्मचारी, बिभिन्न विद्यालयबाट सहभागि शिक्षक शिक्षिकाहरुलाई टीका र रामनामी खादा लगाएर स्वासग गर्दै भ्रमणको शुभारम्भ भएको थियो ।

त्यस पछिको यात्रा वडा नं. १ र २ को संगमस्थलको गुप्तेश्वर महादेव मन्दिरमा वडाध्यक्ष कार्कीले पुन ः स्वागत गरेसंगै वडा नं. १ सिरुटारस्थित सोमलिङ्गेश्वर महादेव मन्दिर र चरखण्डीश्वर महादेव मन्दिरमा वडा अध्यक्ष रानुकाजी कायस्थले भ्रमण टोलीलाई स्वागत गर्नु भएको थियो ।

अध्ययन–अवलोकन भ्रमण टोली शिव सर्किटको रुट अनुसार नै दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, गुण्डुको पाथीभरा मन्दिर, मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, घ्याम्पे डाँडाको पाईलट बाबा आश्रम, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, लटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा पुगेर दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा सम्पन्न भएको थियो ।

सूर्यविनायक वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमणमा प्रत्येक शिवालय एवं मन्दिरमा स्थानीय जनप्रतिनिधि एवं वडाध्यक्षले टोलीलाई स्वागत गर्नु भएको थियो ।

स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उपप्रमुख उपप्रमुख सरिता तिमसिना (भट्टराई) ले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा सहभागी गराएको संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे शिक्षकको ज्ञान अभिवृद्धि गरी ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने उदेश्यले गरिएको अध्ययन भ्रमणले स्थानीय पठन पाठनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

स्थानीय इतिहास, संस्कृति र सम्पदासँग जोडिएको शिक्षालाई थप जीवन्त बनाउन नगरपालिकाले निर्माण गरेको शिव सर्किटमा रहेको शिवालयहरुको अध्ययन भ्रमणले शिक्षिक शिक्षिकालाई स्थानीय पाठ्यक्रममा अध्ययन गराउन सहज हुने बताउदै यो भ्रमणले प्रचार प्रसारमा समेत टेवा पुग्ने बताउनुभयो ।

अध्ययन–अध्यापन भ्रमणमा सहभागि शिक्षक रत्न राईले नगरपालिकाले सञ्चालन गरेको स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनमा यो भ्रमणले ठूलो टेवा पुग्ने बताउनुभयो ।
अर्का शिक्षक शिक्षिकाहरुले यस अध्ययन भ्रमणले स्थानीय पाठ्यक्रम अध्ययन अध्यापनमा सहज हुने बताउदै सुनेको र देखेकोमा फरक पर्ने भएकाले सुनेको भरमा नभई शिक्षक शिक्षिकाले देखेकै आधारमा पनि अध्ययन गराउन सक्ने बताउनुभयो ।

डोलेश्वर महादेव मन्दिरमा भएको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले स्थानीय पाठ्यक्रममा शिव सर्किटको उल्लेख गरिएको र शिव सर्किटमा रहेको १४ वटा शिवालयलगायतका यहाँका मन्दिरको बारेमा अध्ययन अध्यापन गराउन भ्रमणले ठूलो टेवा दिने विश्वास लिएको बताउनुभयो । शिव सर्किटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गर्ने उहाँले बताउनुभयो ।

क्रियासिल पत्रकार मञ्चद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम मध्यपुरथिमिका नगर प्रमुखद्धारा उद्घाटन
भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ ।
आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया
कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको बताउदै अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले बृद्धि गरेको बताउनुभयो ।
उहाँले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अथात ३०.७४ प्रतिशतले बृद्धि, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात २४.३९ प्रतिशत राजस्व संकलन गरेको बताउनुभयो ।
आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउदै उहाँले वर्षौदेखि कर नतिरि बसेका ठूला व्यवसायीहरुसंग कर संकलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरुलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै कराको नीतिमा सुधार ल्याउँदा फड्का मारेको उहाँले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वषएमा पूर्वाधार विकास तर्फ जम्मा ५५ लाख रुपैयाँको बजट मात्रै पठाएको बताउदै नगरपालिकासंग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण सरु भएको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं, सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिएका छौं, ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छौं । जनताको गुनासो नआउने गरि सामवेशी रुपमा आवश्इकता अनुसार काम गरिरहेका छौं ।”
सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्म ४ हजार ८१४ जनालाई र कक्षा ११ र १२ तफ २०४ जनालाई छात्रवृत्ति वितरण गरएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको यै वर्षदेखि कक्षा ८ सम्मलाई दिवा खाजाको व्यबस्था गरिने बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै उहाँले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार र्दै दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको बतानुभो ।
पूर्वाधार विकासतर्फ सडक पक्कि गर्ने कार्य, घरघरमा खानेपानीको पुर्याउने कार्य, विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य संस्था, पार्क, मठ मन्दिर पुर्ननिर्माण, मूर्त, अमूर्त सम्पदाको संरक्षण गर्ने, मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र बिभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरि सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले नीलबाराही क्षेत्र संरक्षणकाको कार्य भइरहेको, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि वचत तथा ऋण सहकारी संस्थाका ५१२ जना वचत कर्तालाई कुल ५२ लाख ४० हजार रुपैंया फिर्ता गरिएको, शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउदै आएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याईसकेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताउनुभयो । नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दनिक १२ सय विरामीलाई सेवा दिइरहेको र निर्माण सम्पन्न हुन लागेको सुबिधा सम्पन्न नयाँ भवनमा बिशिष्टिकृत सेवा सञ्चालन गरिने, बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासंग जोडेर लैजानु पर्ने बताउदै सञ्चार माध्यमसंग स्थानीय तह एकाकार भएर जानु पर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औल्याउँदै जनताको सहज पहुँच र स्थानीइ आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि ९ नम्बरसम्मका वडा अध्यक्षहरु, नगरपालिकाका विभागीय प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, पत्रकारहरु, कर्मचारीहरु र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा अब हरेक महिना दिव्य गंगा आरती सञ्चालन हुने भएको छ ।

श्री अनन्तलिङ्गेश्वर महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले हरेक महिनाको अन्तिम सोमबार अब अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने भएको हो ।

यही साउनको २५ गते सोमबार बेलुका ५ बजेबाट शुभारम्भ हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो ।

दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

समितिले शुभारम्भ गर्ने दिव्य गंगा आरतीमा सहभागि हुन उहाँले सम्पूर्ण भक्तजन एवं स्थानीयवासीमा आग्रह गर्नु भएको छ ।