बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
हेटौँडा, २ असोजः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो ।

मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसक्नुभएको भए पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैँ मातहतमा राख्नुभएको थियो। मन्त्री आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले समेत नेतृत्व पाएको छ।

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा प्रदेश सरकार गठन भएको छ। प्रदेश सरकारमा हाल आठ वटा मन्त्रालय रहेका छन्।

Disqus comments are not configured yet.

फुटबल खेल्दै मुख्यमन्त्री, मुख्यमन्त्री र मुख्यसचिव नेतृत्व टिमद्धारा प्रतिस्पर्धा,

हेटौडा, १ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेशका ्मुख्यमन्त्री किरण थापा मगरको टिम र प्रमुखसचिवसहितको टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

संविधान दिवसलाई उत्साह, उमंग, आपसी सद्भाव र सहकार्यका साथ मनाउने उद्देश्यले आयोजना गरेको यस मैत्रीपूर्ण खेलले प्रदेश सरकारको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको आत्मीयता, सहकार्य, समन्वय र टीम भावना अझ सुदृढ बनाएको मुख्यमन्त्री थापाले बताउनु भयो ।

मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘खेलकुद केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, यसले अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आपसी विश्वास र एकताको भावना समेत अभिवृद्धि गर्दछ । सरकारको प्रभावकारी कार्यसम्पादनका लागि नेतृत्व र कर्मचारीबीचको सहकार्य र समन्वय अपरिहार्य हुन्छ ।’

संविधानले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सुशासन, विकास, सेवा प्रवाह र समृद्ध बागमती निर्माणका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासहित संविधान दिवसलाई थप उत्साहपूर्ण र स्मरणीय बनाइएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत, प्रदेशमातहतका कार्यालयको संख्या १८०, चार हजार ६८० बनाइयो

हेटौडा, १ असोज । बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत अघि बढाइएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत गरेको छ। प्रस्तावित संरचनाअनुसार प्रदेशमातहतका कार्यालयको संख्या १८० कायम प्रस्ताव गरिएको छ भने हाल कायम चार हजार ८१४ दरबन्दी घटाएर चार हजार ६८० बनाइएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकले ओएन्डएम सर्वेक्षणअन्तर्गत प्रस्तावित संरचनाको खाका स्वीकृत गरेको जानकारी दिए। ‘अहिले प्रदेशमा मौजुदा दरबन्दी चार हजार ८१४ छ। प्रस्तावित संरचनामा चार हजार ६८० कायम गरिएको छ,’ मन्त्री केसीले भने, ‘यसअनुसार १३४ दरबन्दी घट्नेछ। प्रदेशमातहतका कार्यालयको संख्या १८० कायम गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।’

प्रदेश सरकारको प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापनलाई पुनरवलोकन गर्ने क्रममा ओएन्डएम सर्वेक्षण अघि बढाइएको उनले जानकारी दिए। स्वीकृत खाकाअनुसार प्रदेशका कार्यालय तथा जनशक्तिको संरचनामा पुनर्संयोजन हुने मन्त्री केसीको भनाइ छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २४ अस्थायी दरबन्दी
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि २४ अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ। सदस्यसचिवदेखि कार्यालय सहयोगीसम्म गरी २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको प्रवक्ता केसीले जानकारी दिए।

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्यसचिवदेखि कार्यालय सहयोगीसम्म जम्मा २४ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ,’ उनले भने, ‘समितिको काम सकिएपछि ती पद स्वतः समाप्त हुने गरी व्यवस्था गरिएको छ।’

यस्तै, बैठकले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमातहतका विभिन्न खानेपानी तथा सरसफाइ डिभिजनमा ९० अस्थायी दरबन्दी स्वीकृत गरेको छ। खानेपानी सहायक, पम्प अपरेटर, सहायक पम्प अपरेटर, हलुका सवारीचालक, कार्यालय सहयोगी, महिला कार्यकर्ता तथा अन्य प्राविधिक र सहयोगी पद गरी ९० दरबन्दी स्वीकृत गरिएको प्रवक्ता केसीले जानकारी दिए।

उनका अनुसार ती पदमा विगतदेखि नै अस्थायी रूपमा कार्यरत जनशक्तिको व्यवस्थापनका लागि दरबन्दी स्वीकृत गरिएको हो। यसैगरी, बैठकले प्रदेश वन सेवा केन्द्रका प्रमुख निरञ्जन श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। ११औँ तहका श्रेष्ठले दिएको राजीनामा मन्त्रिपरिष

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय, प्रदेशमा १८० कार्यालय र ४६८० दरबन्दी राख्ने निर्णय, घट्यो दरबन्दी

हेटौँडा, १ असोजः बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार्यालयको सङ्ख्या १८० कायम गर्ने तथा हाल कायम चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै ओएनएम सर्वेक्षणका लागि आवश्यक खाका स्वीकृत गरिएको र त्यसअनुसार १३४ दरबन्दी घट्ने जानकारी दिनुभयो ।

बैठकले बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । समितिको काम सम्पन्न भएपछि ती अस्थायी दरबन्दी स्वतः समाप्त हुने व्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख एवं ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिनुभएको राजीनामा स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
(((

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने

हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न सक्ने व्यबस्था गरेको छ । वागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याउदै यस सेवा मार्फत प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यबस्था गरेको हो ।

नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पु¥याउन सक्ने व्यबस्था गरिएको छ ।  टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मातहत सञ्चालन हुने ‘हेलो सिएम’ मा आमनागरिकले सिधै फोन गरेर आफ्नो करा राख्ने व्यबस्था गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार गुनासो पेस गर्ने प्रमुख माध्यमहरू यस प्रकार रहेको छ ।
टोल फ्री नम्बरः १६६०५७५२८९८

WhatsApp नम्बरः ९८५५०९१४५६
इमेलः ocmcm@bagamati.gov.np

अनलाइन पोर्टलः httpsM/gunaso.bagamati.gov.np   र अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित विषयमा जिज्ञासा, गुनासो र सुझाब राख्न सकिने ब्यबस्था गरिएको छ ।

नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा

पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो ।

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘राणा शासनविरुद्ध लड्ने वा अरु कुनै आन्दोलन होस सबैमा मगर समुदायको विशेष भुमिका रहेको प्रष्ट छ । नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेकाले यो योगदानलाई बिसंन सकिन्न ।’

मुख्यमन्त्री थापाले नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाही बनेर आएका मगरहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुभयो ।

उपत्यकाका विभिन्न पालिकाहरूमा बसोबास गर्ने क्रममा मगर समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार हराउँदै गएकाले यसको संरक्षण, प्रवर्धन र पुनः उत्थानमा लाग्न उहाँले जोड दिनुभयो ।

उहाँले देश–विदेशका सेना, प्रहरी लगायतका सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति र इमानदारिताको उच्च कदर भएको भन्दै नीति निर्माण, राजनीति र उच्च निजामती सेवामा अझ उपस्थिति बढाउनुपर्ने बताउनुभयो । मगर समुदायले एकीकृत भई आफ्नो भाषा, संस्कृति, कला र पहिचान जोगाउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

संस्थागत वा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण, भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य राजिब पहारी लगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु 
भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्रा सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको चाँदीको मूर्तीलाई खटमा बिराजमान गराई स्थानीयले पुजा गरृका छन् ।
बिहानैबाट सुरु भएको जात्रामा स्थानीयको पुजा सकिए पछि वागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा रथारोहण गरि रथ बोकेर रथ जात्रा सुरु भएको छ । आज दिनभर सूयविनायक वडा नं. ६ र ८ को बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि गणेशको मूर्तिलाई खटबाट निकालेर प्रतिस्थापन गरे पछि जात्रा बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउन सुरु गरेका छौ ।” जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिएको छ । त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो ।
मनोहरा खोलामा राती आयो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
भक्तपुर, २९ भदौ : भक्तपुर र काठमाडौंको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेर पुलसम्म छोए पछि खोला किनारामा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाईटमा पुगेका छन् ।
चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौंको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराबाट बस्तीमा पानी पसेर टहराहरुमा पानी पसेपछि १०० भन्दा बढी स्थानीयले त्रासमा राती ९ बजे नै बस्ती छाडेर लोकन्थलीको हाईटमा पुगेर बसेको स्थानीय कमलनाथ प्रसाईले जानकारी दिनुभयो ।
राती ८ बजेपछि पानीको बहाब बढेको र ९ बजेपछि खोलाको बहाब बढेर साईरन बजाएर अलर्ट गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीको वितण्डाको कारण पनि मनोहरा खोलामा आएको बाढीले थप त्रास बनाएर सुरक्षित हुन लोकन्थलीको हाईटमा बच्चादेखि बुढासम्म पुगेको उहाँले बताउनुभयो ।
सरकारले मनोहरा सुकुम्वासी बस्ती हटाए पछि जडिबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाहरुको बस्ती भित्र बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राती नैे प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरे स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिनुभयो ।
उहाँले आवश्यक पर्दा उद्धारको लागि सुरक्षाकर्मी तयारी अबस्थामा रहेको भए पछि राती १० बजेपछि खोलामा पानीको बहाब घटेको बताउदै उहाँले प्रहरी मनोहरा किराना क्षेत्रमा खटिएको बताउनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाह, मुख्यमन्त्री किरण थापालगायत जनप्रतिनिधिहरुबीच पुर्ननिर्माणबारे छलफल
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।
विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफल कार्यक्रममा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको अवस्था, तत्कालीन राहत तथा आवश्यकता साथै पुर्नस्थापनाका विषयमा प्रधानमन्त्री शाह, मुख्य मन्त्री थापा र बाढी प्रभावित पालिकाका जनप्रतिनिधिहरुसंग महत्वपूर्ण छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण तथा स्थानीयवासीको पुर्नस्थापनाका लागि तीन तहकै सरकारको समन्वय र सहभागितामासंगै अगाडि बढ्नु पर्ने बताउनु भएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । प्रदेश सरकार संघीय सरकार र स्थानीय तहसँग हातेमालो गर्दै विपदबाट प्रभावित नागरिकको साथमा दृढतापूर्वक उभिने निर्णय भएको छ ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै सुरक्षित पुर्नस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको दीर्घकालीन पुर्नउत्थानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।”
विपद्को पीडामा रहेका नागरिकलाई सरकारको उपस्थिति र सहयोग प्रत्यक्ष रूपमा अनुभूति हुने गरी काम गर्नु नै अहिलेको हाम्रो प्रमुख दायित्व भएको मुख्यमन्त्री थापाले प्रधानमन्त्री शाहलाई बताउनु भएको थियो ।
भविष्यमा प्रभावित क्षेत्रका नागरिकहरूको पुनस्र्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउनेबारेमा पनि छलफल भएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । बाढी प्रभावित तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने उहाँले बताउनु भएका थियो ।
छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नुवाकोटका प्रतिनिधिसभासभा सदस्य अच्युतम लामिछाने,  नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ, धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलगायतको  सहभागी रहेको थियो ।
मुुख्यमन्त्री किरण थापा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता, भोटेकोशी बाढी प्रभाभितका लागि सहकार्य गर्ने सहमति
भक्तपुर, २८ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा भोटेकोशी बाढीको विपदमा परेका बालबालिकाका लागि शिक्षा, युवा रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुर्नजीवनका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
आज मुख्यमन्त्री थापा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता एवं छलफलमा विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको भन्दै बाढी प्रभावित क्षेत्रमा शिक्षा, रोजगारी र अर्थतन्त्रको विकासमा महासंघको सहकार्य र सहयोग आवश्यक रहेको बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न गर्न महासंघलाई प्रसताव राख्नुभयो ।
उहाँले भन्नुभयो, “बागमती प्रदेश सरकार प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।”
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । उहाँले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसंग जोडन महासंघको सहयोग आवश्यक रहने बताउनु भयो ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको अबस्थामा बाढीमा प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताउदै महासंघले स्थानीयस्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न सहयोग गर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताउनुभयो ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि   विकल्प खोज्नु पर्ने बताउनुभयो ।
छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवद्र्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।