चाँडो शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, ७ असोज : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया चाँडो टुङ्ग्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफलमा उहाँले शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै सार्वजनिक भएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले दुई महिनादेखि नियमावलीको एघारौँ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आउनुभएको छ । शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेलले सबै सरोकारवालासँग मन्त्रालयमा चरणबद्ध छलफल गर्नुभएको थियो । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझावई लिइएको थियो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो । शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।

शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायत विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्रालयलाई भनिएको थियो । मन्त्री पोखरेलले मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावली समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ स्वीकृत गरेको थियो । त्यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो । दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

Disqus comments are not configured yet.

शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं, ७ असोज । शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार दुईदिन विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको हो ।

बुधबार साँझ मन्त्रालयले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै असोज ११ सम्मका परीक्षा समेत स्थगित गर्न भनको छ । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न भन्दै चार बुँदे निर्देशन दिएको छ ।

चार बुँदे निर्देशनमा सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन र अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनु मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मौसमको पूर्वानुमान भईरहेको छ ।

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटन र व्यवसायको हव बनाउँछौं : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने बताउनु भएको छ । आज भक्तपुरको वागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाँले भक्तपुरलाई स्वास्थ्य शिक्षादेखि पर्यटनको हव बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताउनु भएको हो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरवासीलाई अब कुनै पनि रोगको उपचार गर्न काठमाडौं वा धुलिखेल जानु नपरोस भनेर लागेको छु, यसको लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, नेपाल कोरिया मैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पतालहरु लगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पताललसंग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने गराउने छौं र सबै उपचार भक्तपुरमै हुने गरि स्वासथ्यको हव बनाउँने छौं ।”

मुख्यमन्त्री थापाले भक्तपुर सानो जिल्ला, तर सबै भन्दा बढी जनघनत्व भएका जिल्ला भएकाले भक्तपुरमा गएपछि सबै रोगको उपचार हुन्छ भन्ने सन्देश दिन भक्तपुरलाई स्वास्थ्यको हव बनाउन कन्द्रीत भएको बताउनुभयो ।

उहाँले भक्तपुरमा उपचार गर्न ७७ वटा जिल्लाका नागरिक आउँने भएपछि यहाँका स्थानीयको आर्थिक अबस्था र आन्तरिक पर्यटनका विकास र रोजगारीमा बृद्धि हुन्छ, तीन महिना भित्र सरकारी र निजी अस्पतालसंग समन्वय गरेर यो पुरा गर्ने सबै उपचार जिल्ला मै गर्ने गरि सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो ।

भक्तपुरमा गुणस्तरयि शिक्षा र कलेजहरुमा बिभिन्न संकायका विषय सञ्चालन गर्ने, गराउने र भक्तपुर आए पछि सबै संकायको पढाई यहीँ हुन्छ भन्ने सन्देश दिएर शैक्षिक हव समेत बनाउने गरि योजना अगाडि बढाएको बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरको विकास र सम्बृद्धिमा कसरी जोड्ने, भक्तपुरलाई व्यवसायीक हव कसरी बनाउने, व्यवसायीहरुका समस्या कसरी सम्बोधन गर्ने, यहाँ कुनै कमीकमजोरीहरु छन् भने कसरी सुधारेर लैजाने भने म लागिरहेको छु, म यसमा केन्द्रीत हुन्छु ।”

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरमा होटल व्यबसायी धेरै छन् तर विदेशी पर्यटक भक्तपुर नगर घुमेर काठमाडौं फर्कन्छन्, भक्तपुरमा यति राम्रा र धेरै होटल छन् भन्ने कति पर्यटकलाई थाहा छैन, त्यसैले यहाँका युवालाई लक्षित गरि टुरिष्ट गाईड तालिम दिएर राजेगारी बृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउँन म लागिरहेको छु, यहाँको पर्यटकीय क्षेत्रको विकास पनि गर्ने गरि अगाडि बढेका छौ ।”

यहाँको व्यवसायको विकास लागि व्यवसायीहरुसंगै समन्वय गर्दै अगाडि बढ्ने बताउदै अधूरो विकासका योजनाहरु पुरा गर्न केन्द्रीत रहने उहाँले बताउनुभयो । वागमती प्रदेशले के के गर्नपर्छ, निर्धक्क भएर भन्न व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले भक्तपुरलाई पर्यटन, व्यवसाय, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको विकासमा लाग्ने बताउनुभयो ।

 

विकास निर्माणका काममा कुनै पनि ढिलासुस्ती सह्य हुदैन : मुख्यमन्त्री किरण थापा

दोलखा ६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा कुनै पनि बाहनामा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति दोलखाद्वारा मंगलबार दोलखामा आयोजित बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले विकास निर्माणका काममा ढिलाईसुस्ती गर्ने कसैलाई छुट नभएको बताउनु भएको हो ।

उपभोक्ता समिति वा निर्माण ब्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको भुक्तानी दिने र मूल्याङ्कन गर्ने प्राविधिक तथा कर्मचारीहरू स्वयं कारबाहीको भागीदार हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अनियमितता र कमजोरीहरूलाई सार्वजनिक गरी पारदर्शी बनाउन सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह समेत गर्नुभयो ।

मुख्यमन्त्री थापाले स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेको बताउदै प्रदेश सरकारद्वारा विनियोजित बजेट सडक सञ्जालका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा कृषिजस्ता क्षेत्रमा विशेष गरि बजेट बिनियिजन भइरहेको बताउनुभयो ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा पशुपति चौलागाईं अस्पतालको स्तरोन्नति गर्दै डायलासिस तथा अन्य विशेषज्ञ सेवा सुरु गरिएको र बाँकी आवश्यकताहरूलाई पनि क्रमशः पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । गत भदौ १० गते बागमती प्रदेशको रसुवाको भोटेकोसीमा आएको बाढीले विभिन्न जिल्लाहरूमा गएको बाढी–पहिरो र विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री थापाले उद्धार र राहतको पहिलो चरणको कार्य सकिएकाले अब पुनर्निर्माणमा लाग्ने बताउनुभयो ।

त्यस बाढीबाट अरर्बौँको क्षति भएकाले प्रदेशको सीमित साधन–स्रोतले मात्र नपुग्ने हुँदा दोलखाका नौ वटै पालिका तथा अन्य प्रदेश सरकारहरूलाई पनि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्नुभयो । सहयोग गर्ने पालिकाहरू र प्रदेशको नाम पुनर्निर्माण गरिने संरचना र शिलालेखमा समावेश गरिनेसमेत उहाले घोषणा गर्नुभयो । राजनीतिक वाद–विवाद र आरोप–प्रत्यारोपभ न्दा माथि उठेर सबै जनप्रतिनिधिहरूले इमानदार भई काम गरेमा मात्र दोलखासहित समग्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई थियो ।

म्ंगलबार र बुधबार सञ्चालन हुने दुई दिने समीक्षा गोष्ठीबाट प्राप्त ठोस निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीतिमा समावेश गरिने उहाँले बताउनु भयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदीश खरेल, वागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भरत केसी, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश सभा सदस्य ठुला थामी लगायतको सहभागिता रहेको थियो ।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सूर्यविनायक नगरपालिकाद्धारा स्वागत तथा बधाई ज्ञापन
भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सोमबार स्वागत तथा बधाई दिएको छ ।  नगरपालिकामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्नु भएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले पाँच वषए अगाडिसम्म आफू यही नगरपालिकाको वडा अध्यक्षको रुपमा रहेको र अहिले मुख्यमन्त्रीको रुपमा नगरपालिका प्रवेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीले निकै ठूलो बिनास गरेको बताउदै वागमती प्रदेश सरकारले भदौ १० गतेबाट नै उद्धार, खोजी र राहत वितरणदेखि सडक खुलाउने कार्यमा लागेको बताउनुभयो ।  उहाँले बाढी पीडितका लागि बस्ती बिस्तारदेखि अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने कार्यमा प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले भक्तपुर जिल्लालाई स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्दै सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ ।  अरनिको राजमार्गमा हुने दुर्घटनाका घाईतको छिटो उपचार गर्ने उदेश्यले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउदै मुख्यमन्त्री थापाले भक्तपुरलाई बागमती प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार र विशेषज्ञ सेवा विस्तार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा विशेषज्ञ सेवा सुरु भइसकेको छ, मुटुरोग (कार्डियोलोजी) सेवा सञ्चालन सुरु भएको छ, अरु सेवा विस्तार गर्दै गएको छ । ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।” सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पनि बजेट छुट्याइएको जानकारी दिँदै प्रदेशका सबै अस्पतालहरूलाई क्रमशः विशेषज्ञ सेवा दिने संस्थाका रूपमा रूपान्तरण गरिँदै गएको बताउनुभयो ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले यसअघिको नगरपालिकाको कार्यकालमा जनप्रतिनिधिको रुपमा संगै काम गरेको व्यक्ति अहिले सूर्यविनायकबाट बागमती प्रदेशकै मुख्यमन्त्री बन्न सफल भएको भन्दै मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सूर्यविनायकबाट प्रदेशको मुख्यमन्त्री पाउँनु नगरवासीसँगै समग्र भक्तपुरवासीका लागि गौरवको विषय भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरवासीलाई मुख्यमन्त्रीको रुपमा पाउँदा खुसी लागेको भन्दै थापा मगरको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  मुख्यमन्त्री थापा मगर २०७४ सालमा सूर्यविनायक–८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै स्वास्थ्य मन्त्री बन्नुभएको थापा मगर भदौमा उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा प्रभावित
भक्तपुर, ४ असोज : भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ । साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ ।
अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि शय्या अभावले बिरामीको उपचार गर्न नसकिएको बताउनुभयो ।
“हामीसँग क्यान्सरको उपचारको सेवा सबै उपलब्ध छ”, निर्देशक डा चालिसेले भन्नुभयो, “तर बिरामी राख्ने ठाउँ नभएर उपचार दिन सकेका छैनाँै ।” उहाँका अनुसार अस्पतालले दैनिक ३० क्यान्सरका बिरामीलाई उपचार सेवा दिनुपर्ने भए पनि शय्या अभावले समस्या भएको छ । तीमध्ये भर्ना गरेर क्यान्सरको उपचार गर्नुपर्ने १५ जना र १५ जना डे–केयरमा क्यान्सरको बिरामी रहेका छन् ।
शल्यक्रिया र रेडियसन गर्न दुई हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । बिरामी उपचारका लागि कुर्नुपरेपछि महँगो उपचार गर्न निजी अस्पताल तथा भारत जान बाध्य भएका छन् । “सेवा प्रभाव गर्ने क्षमता भए पनि हामीसँग पूर्वाधार छैन”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो, “पूर्वाधार अभावले हामीले गरिबी विपन्न बिरामीको उपचार गर्न नपाएर फर्काइरहेका छौँ । ती बिरामीले ऋण खोजेर निजी तथा भारतका अस्पतालमा उपचार गर्न जान बाध्य छन् ।”
अस्पतालमा क्यान्सर उपचारका लागि ९० प्रतिशत सुविधा भए पनि बिरामीलाई शय्या अभावले अयन्त्र पठाउनुपर्ने बाध्यता छ । नेपाल अर्बुद रोग निवारण सङ्घले सञ्चालन गर्दै आएको उक्त अस्पताल २०७७ सालमा सरकारले विकास समितिअन्तर्गत ल्याएर सरकारी बनाएको हो । अहिले भक्तपुर अस्पतालको जग्गामा सङ्घ बनाएको भौतिक पूर्वाधारमा अस्पतालले सञ्चालन भइरहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा चालिसले सरकारसँग पटकपटक आग्रह गरेर अन्यत्र सारेर अस्पतालको क्षमता बढाउन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो । “सरकारले हामीलाई उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराएर भवन बनाइदिएपछि दैनिक विरामीलाई हामीले फिर्ता गर्नुपर्ने अवस्था आउने थिएन”, उहाँले भन्नुभयो, “हामी उपचार गर्नसक्ने सक्षम भए पनि ठाउँ अभावले बिरामीको उपचार दिन नसकेकामा दुःख लाग्छ ।”
निर्देशक डा चालिसेका अनुसार क्यान्सर अस्पतालका लागि भक्तपुरमा तीन ठाउँमा जग्गा हेरिएको छ । चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा गरी तीन ठाउँ हेरे पनि जग्गा प्राप्त प्रक्रियाले अहिलेसममा जग्गा प्राप्ति भएको छैन । एक सय ६५ शय्याको अस्पतालमा दैनिक ७०० भन्दाबढी बिरामी उपचार लागि आउने गर्दछन् । यो सङ्ख्या गत वर्षभन्दा दोब्बर हो ।
“अस्पतालको प्रदान गर्ने सेवा गुणस्तरीय भएर होला अहिले अस्पतालमा गत वर्षभन्दा दोब्बर बिरामी आउने गरेका छन्”, निर्देशक डा चालिसेले भन्नुभयो, “दोब्बर बिरामीलाई उपचार गर्न सक्षम भए पनि पूर्वाधारको कमी छ ।”
उपचारमा आएकामध्ये ८० प्रतिशत क्यान्सरका बिरामी हुन् । अस्पतालमा दैनिक आठदेखि १० जनासम्म शल्यक्रिया, ७० जना किमो चढाउनुपर्ने र १५० जनाको रेडियसन गर्नुपर्ने हुन्छ । अस्पताल साँघुरो ठाउँमा सञ्चालन गर्नुपरेकाले बिरामीलाई पनि सहज रुपमा उपचार दिन सकिएको छैन ।
“यति सानो ठाउँमा क्यान्सरका बिरामीको उपचार गर्न मिल्दैन तर पनि हामीले बाध्य भएर साँघुरो ठाउँमा गुणस्तरीय सेवा दिएका छौ”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो ।
भक्तपुरमा एक महिनामा बिभिन्न अपराध सम्बन्धी १७९ वटा घट्नाका मुद्दा दर्ता, जघन्य अपराध १० वटा
भक्तपुर, ४ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा बिभिन्न अपराध सम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिषरले आज एक महिनामा भएका अपराधका घट्नाबारे जानकारी दिदै दर्ता भएका मुद्दा मध्ये ५७ वटा फछ्र्योट भएको परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
एक महिनाको अबधीमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबरजस्ती करणी पाँच, लागू औषधका तीन र हातहतियार खरखजनातर्फ एक गरि कूल १० वटा मुद्धा दर्ता भई कारबाहीका लागि गएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो ।
त्यसैगरि अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादीहरू पक्राउ गरिएको र कुल ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिनुभयो । यसक्रममा   एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिनुभयो ।
त्यसैगरि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटना मध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, २ हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुको साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कुमार कार्कीले जानकारी दिनुभयो ।
देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता छ : बिजक्छेँ : भक्तपुरमा जेष्ठ नागरिक राख्न आदर निकेतन सञ्चालन
भक्तपुर, ४ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता रहेको बताउनु भएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको आज उद्घाटन गर्दै उहाँले देशभक्त युवाहरुको देशलाई खाँचो रहेको बताउनुभयो ।
निर्वाचित जनप्रतिनिधिहरूले जनताका सबै समस्या सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिदै उहाँले भक्तपुरका संरचनाहरू जनताकै सहभागितामा निर्माण गर्नुपर्ने बताउनुभयो ।
स्थानीय विकास र सामाजिक संरचना संरक्षणमा जनताको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले युवाहरुमा राजनीतिक चेतना नहुँदा भदौ २३ र २४ गतेको आन्दोलन सृजना भएको बताउनुभयो ।
बिजुक्छेंले भन्नुभयो, “भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भक्तपुरमा भएको आगजनीमा भक्तपुरकै युवाहरूको संलग्नता रहेको छ, राजनीतिक चेतनाको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो । युवाहरूलाई राजनीतिक रूपमा सचेत बनाउनुपर्ने आजको आवश्यकता छ ।”
अध्यक्ष बिजुक्छेले ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै जाने भएकाले ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने बताउनुभयो । उहाँले उचित हेरचाह र सामाजिक वातावरण प्रदान गर्न सके उनीहरूको आयु तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकहरुलाई राख्न सञ्चालनमा ल्याएको आदर निकेतनमा सबै सेवा, सुविधा उपलब्ध गराउने बताउनुभयो । उहाँले आदर निकेतनमा बस्नका लागि २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेको बताउनुभयो ।
मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौडामा तेक्वान्दो प्रतियोगिताको उद्घाटन

हेटौडा, ३ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा आजबाट सुरु भएको नगरस्तरिय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

उहाँले खेलको उद्घाटन गर्दै बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुद प्रवद्र्धनको यस्ता सकारात्मक प्रयास सबै तिर सञ्चालन हुने सके युवाहरु खेलकुदप्रति आकर्षित हुने र देशले नयाँ नयाँ खेलाडीहरु पाउने बताउनुभयो ।

तल्लो तहदेखि नै खेलाडीहरूको पहिचान र विकास गर्न यस्ता स्थानीय स्तरका प्रतियोगिताहरू कोशेढुङ्गा सावित हुने बताउदै उहाँले खेलाडी राष्ट्रका गौरव र गहना भएको चर्चा गर्नुभयो ।

उदीयमान खेलाडीहरूलाई खेल भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै उहाँले खेलकुदले अनुशासन र स्वस्थ शरीरका लागि महत्वपूर्ण हुने बताउदै खेलकुदलाई विद्यालय र स्थानीय तहले चासो दिएर अगाडि बढाउनु पर्ने बताउनुभयो ।

संविधान दिवसका अवसरमाा मुख्यमन्त्री किरण थापाद्धारा शुभकामना प्रदान

हेटौँडा, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र विविधताबीचको एकतालाई राज्य सञ्चालनको मुख्य आधार बनाएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

संविधानले प्रदान गरेका अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकार संविधानको भावना र मर्मअनुसार काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।

संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउँदै न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभएको छ ।