गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउँछ : मुख्यमन्त्री किरण थापा








भक्तपुर, २४ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा आफना् घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन्।
गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्याइएको बताएका छन्।
‘गत बर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सय भन्दा बढी नागरिकका घर सम्पत्ति खरानी बनाइए’ उनले लेखेका छन्।
घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको बस्नेतको भनाइ छ। ‘एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन् । अपराधीमाथि कारबाही भएन । यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु’ उनले भनेका छन्।
बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। ‘त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो’ उनले आरोप लगाएका छन्।
भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
‘अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन’ उनले भनेका छन्।
राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै बस्नेतले न्याय र जवाफदेहिताको माग गरेका छन्। न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नभएको उनले बताएका छन्।
भक्तपुर, २४ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने व्यक्ति नभएको बताउनुभएको छ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू विगतमा पनि नभागेको, अहिले पनि नभाग्ने र भविष्यमा समेत नभाग्ने बताउनुभएको हो।
उहाँले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरू कसैले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको दाबी गर्नुभयो।
ओलीले भन्नुभयो, “हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।”
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न ओली बुधबार बालकोट पुग्नुभएको थियो।
अवलोकनका क्रममा उहाँले आन्दोलनका क्रममा भएको घटनाप्रति धारणा राख्दै आफूहरू देश र जनताबाट नभाग्ने सन्देश दिनुभएको हो।
भक्तपुर, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते बालकोटस्थित आफ्नो घरमा भएको आगजनीको उद्देश्य सम्पत्ति जलाउनुमा मात्र सीमित नरहेको दाबी गर्नुभएको छ। उहाँले उक्त घटनामा केपी शर्मा ओलीलाई समेत निशाना बनाइएको दाबी गर्नुभएको हो।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त घर परिसरमा बुधबार आफ्नो अनुभूति समेटिएको पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूले भोगेको घटनालाई स्मरण गर्नुभएको हो। उहाँले गत वर्षको भदौ २४ आफूहरूको जीवनकै सबैभन्दा भयावह दिनमध्ये एक रहेको बताउनुभयो।
शाक्यले घटनाको उद्देश्य घर र सम्पत्ति नष्ट गर्नु मात्रै नभएको दाबी गर्दै भन्नुभयो, “खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई नै जलाउने योजना थियो।”
उहाँले त्यतिबेला आफूहरूलाई ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भए आजको दिन आफूहरूको पहिलो पुण्यतिथि हुने बताउनुभयो। “यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,” उहाँले भन्नुभयो।
शाक्यले पछिल्लो समय पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने क्रम नरोकिएको गुनासो गर्नुभयो। आफूहरू जीवनको अन्तिम समयसम्म देशको सेवा गर्ने भावनाका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक आरोप–प्रत्यारोपका बाबजुद आफूहरू कर्तव्यबाट विचलित नहुने बताउनुभयो। “एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाइरहेका छन्,” उहाँले भन्नुभयो।
शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने बताउँदै आफूहरूमाथि अन्याय गर्नेहरू नै अन्ततः पतन हुने दाबीसमेत गर्नुभयो। वर्तमान सरकार र आफूहरूमाथि भइरहेको व्यवहारबाट आफूहरू विचलित नहुने उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उहाँको भनाइ थियो।
उहाँले आफूहरूले भोगेको पीडा र घटनाक्रमलाई पुस्तकमा दस्तावेजीकरण गरेको जानकारी दिनुभयो। ‘सपनाको भग्नावशेष’ मा भदौ २३ गतेदेखि सुरु भएका घटनादेखि त्यसपछिका विभिन्न घटनाक्रम र आफूले भोगेका अनुभूतिहरू समेटिएको उहाँले बताउनुभयो।
पुस्तक विमोचनका क्रममा शाक्यले गत वर्षको घटनालाई केवल व्यक्तिगत क्षति र पारिवारिक पीडाका रूपमा मात्र नभई आफूहरूले भोगेको एउटा राजनीतिक तथा सामाजिक अनुभवका रूपमा समेत प्रस्तुत गर्नुभएको छ। उहाँले जनताको माया र सद्भावकै कारण आफूहरू आज जीवित रहेको बताउँदै कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो।
भक्तपुर, २३ भदौ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्ती भव्य रुपमा मनाउने भएको छ ।
आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दूर्लभ थापाले प्रेस विज्ञप्ती जारी गर्दै बुधबार ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने र त्यसको तयारी पुरा भएको बताउनुभयो ।
जिल्ला सभापति थापाले बी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श तथा वर्तमान राष्ट्रिय राजनीतिको समसामयिक अवस्थाका विषयमा गहन छलफल गर्न गोष्ठी आयोजना गरेको बताउनु भयो ।
जिल्ला सभापति दूर्लभ थापाले भन्नुभयो, “यो गोष्ठी नितान्त नेपाली काँग्रेसको कार्यक्रम हो, यने कुनै गुट वा समूहको भेला वा कार्यक्रम होईन, नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आधिकारिक कार्यक्रम भएकाले सबै काँगे्रसजनलाई कार्यक्रममा सहभागि आग्रह गर्दछौं ।”
यही भदौ २४ गते बुधबार दिउँसो १ बजे भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा आयोजना हुने विचार गोष्ठीमा लोकतन्त्रवादी विचारधारामा विश्वास राख्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि जिल्ला कार्यसमितिले आह्वान गरेको छ ।
उहाँले बी.पी. कोइरालाको राजनीतिक विचार र वर्तमान राष्ट्रिय राजनीतिको अवस्थामाथि छलफल गरी लोकतान्त्रिक तथा समाजवादी आदर्शलाई समसामयिक सन्दर्भमा अघि बढाउने उद्देश्य रहेको बताउनुभयो ।



विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए ।
घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको उनले बताए । यस्तै, अलपत्र परेका १५ सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकहरूलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
मुख्यमन्त्री थापामगरले यो अकल्पनीय दुर्घटना भएकाले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, तीन वटै सरकारले आ–आफ्नो जिम्मेवारी अनुसार पीडितको घाउमा मलहम लगाउनुपर्छ,’ उनले भने ।
Disqus comments are not configured yet.