शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे मन्त्री पौडेल र मेयर खत्रीबीच भेटवार्ता

भक्तपुर, ३० भदौ : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्नेे बताउनु भएको छ ।

आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको हो ।

उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु हुदै चाँगुनारायण इन्जिनियरिङ् कलेजकाबारेमा चासो राख्दै छलफल गर्नु भएको थियो ।

मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो ।

नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौँ, २९ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो ।

राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर, २९ भदौ : नेपालको चारदिने भ्रमणमा रहनु भएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।

आज बिहान ९ बजेर २० मिनेटमा ऐतिहासिक विश्व सम्पदा सूचीँमा सुचिकृत भक्तपुर दरबारस्क्वायर पुग्नु भएका अध्यक्ष ली चान्सुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत, नगर कार्यपालिकाका सदस्यहरुले दरबारस्क्वाय गेटमा स्वागत गर्नु भएको थियो ।

अध्यक्ष चान्सुको टोलीले नगरपालिकाले उहाँको स्वागतमा दरबारस्क्वायरको डबलीमा प्रर्दशन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नु भएको थियो । उहाँले यो नाचले चिनियाँ संस्कृतिको सम्झाएको भन्दै चीन र नेपालको सस्कृति मिल्दो जुल्दो रहेको बताउनु भएको थियो ।

उहाँले भक्तपुर दरबारक्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्धार, सुनधाराको अवलोकन गर्नु भएको थियो । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिको बारेमा जानकारी दिनु भएको थियो ।

भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभयो ।

प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।उहाँलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिकोबारेमा जानकारी गराउनु भएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।

अध्यक्ष चान्सुले यहाँको पुर्ननिर्माणमा विदेशी दातृ निकायको सहयोगकोबारेमा जिज्ञासा राख्नु भएको जानकारी दिदै लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुर्ननिर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुर्ननिर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

टोलीले नगरपालिकाले हालै पुर्ननिर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नु भएको थियो । अध्यक्ष चान्सुले पाँच तले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरि बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासा राख्नु भएको लासिवाले जानकारी दिनुभयो ।

पाँच तले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना आर्किटेक्चरको योजना अनुसार निर्माण भएकाले क्षति नपुगेको जानकारी गराउनु भएको थियो ।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्विरहरु प्रर्दशन गरेको थियो । तस्विरहरुको अवलोकनको क्रममा अध्यक्ष चान्सुलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यहीँ ठाउँ रथ, जात्राको सञ्चालनकोबारेमा जानकारी गराउनु भएको थियो । यहाँका बिभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राकोबारेमा समेत जानकारी गराउनु भएको थियो ।

जात्रा, पर्व, नाचहरुकोबारेमा जानकारी लिए पछि अध्यक्ष चान्सुले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दो जुल्दो रहेको बताउदै विश्वका बिभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको बताउनु भएको थियो ।

पाँच तले मन्दिरको अवलोकन पछि विदाइको क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष चान्सुले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नु भएको थियो । विदाईको क्रममा अध्यक्ष चान्सुसहितको टोलीलाई नगरपालिकाको तर्फबाट मयूर झ्याल, नगरपालिकाका बिभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । स्वास्थ्यलाई ध्यानमा दिदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एक मुष्ट प्रदान गर्नु भएको थियो ।

अध्यक्ष चान्सुले नगर प्रमुख प्रजापति, संघीय सांसद सुवाललगायतलाई उपहार प्रदान गर्नु भएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर १० बजेर २० मिनेटमा फर्किएको थियो ।

टोलीले आजै अपरान्ह चार बजे शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेको थियो ।

राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएको टोलीले सोही दिन सभामुख सापकोटासँग भेट गरेको थियो भने आज पनि राष्ट्रपति भण्डारीसँगको भेटपछि सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु नेतृत्वको प्रतिनिधिमण्डल भोली बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्ने बताइएको छ ।

 

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति

काठमाडौँ, २८ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । “यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो । “यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।

“यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो ।

उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ । उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ ।

सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ । ‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । –––

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

“यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो ।

“यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।

“यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ ।

उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ । सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ ।

‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । –––

निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान

काठमाडौँ, २८ भदौ  : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचाँै दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताउनुभयो ।

“केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वअनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीच आपसमा मतभेद गर्ने काम भयो”, उहाँले भन्नुभयो, “संसद् विघटनको फैसलाको विषयलाई लिएर महाअभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।” उहाँले बयानका क्रममा पटक पटक आफूलाई बिना आधार महाअभियोगको प्रस्ताव दर्ता गरेको अभिव्यक्ति दिनुभएको छ । राणामाथि पहिलो चरणको बयान लिने काम सकिएको छ ।

उक्त विषयमा समितिले अब कसरी अघि बढ्छ भन्ने विषयमा सिफारिस समितिमा सचिव लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, “समितिको भोलि बिहान ९ बजे बैठक छ, पूरक प्रश्न तयार गर्ने, बुभ्mनुपर्ने प्रमाणहरु बुझ्ने, बयानका लागि बुझ्नुपर्र्ने व्यक्तिहरुका समितिमा अनुसन्धानका क्रममा बोलाउने तयारी छ ।” निलम्बित प्रधानन्यायाधीशलाई बयान लिने काम सकिए पनि संसद्को कार्यकाल जम्मा तीन दिनमात्र बाँकी छ । यो अवधिमा के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

समितिका सदस्य मीनबहादुर विश्वकर्माले बयानपछि भन्नुभयो, “संसद्को समय सकिन लाग्यो, भदौ मसान्तभित्र सकेर बुझाउनुपर्ने छ, हामी अलमलिँदैनाँै, त्यो अवधिभित्र निष्कर्षमा पु¥याउँछाँै ।” सोही विषयमा उक्त समितिका अर्का सदस्य विष्णु पौडेलले जतिसक्दो छिटो उक्त विषयलाई निष्कर्षमा पु¥याउने तरिकाले काम गरिरहेको बताउनुभयो । “प्रश्न सोध्ने क्रम सकिएको छ, पूरक प्रश्न र बयानका क्रममा आरोप लागेका व्यक्तिलाई पनि बोलाएर छलफल गर्नेछौँ, दिनरात नसुती काम गरेर समयमै प्रतिवेदन पठाउने गरी काम गरिरहेका छौँ ।” राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरुको विषयमा थप छलफल गरेर मात्र प्रतिवेदन बनाउने तयारी गरेको सचिव गौतमको भनाइ छ । –––

चाँगुनारायण उज्यालो अभियान सफल पार्न प्राधिकरणका प्रमुख घिसिङसँग नगर प्रमुख खत्रीको भेट

भक्तपुर, २६ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

आज प्राधिकरणका प्रमुख घिसिङ र नगर प्रमुख खत्रीबीच भएको भेटवार्तामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगर भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तिको व्यबस्था गरि नगरपालिकाको अभियानलाई सघाउन आग्रह गर्नु भएको हो ।

उहाँले सडकमा जथाभावी लत्रिएका र अब्यवस्थित तारहरुले दुर्घटना निम्त्याई रहेको भन्दै त्यस्ता तारलाई ब्यबस्थित गर्न र तारलाई जमिनमुनि राख्ने अर्थात अण्डरग्राउण्ड गर्ने कार्य अगाडि बढाउन माग गर्नु भयो ।

नगर प्रमुख खत्रीले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको भन्दै त्यसलाई सफल बनाउन पनि बिद्युत सम्बन्धी सबै व्यबस्थापनमा सहयोग गरिदिन आग्रह गर्नु भएको हो ।

भेटमा प्राधिकरणका प्रमुख घिसिङले नगर प्रमुख खत्रीलाई नगरपालिकाको अभियानलाई आवश्यक सहयोग र तारको व्यबस्थापनका लागि निर्देशन दिने बताउनु भएको प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनु भयो ।

बालेन साहदेखि पूर्व अमेरिकन राजदूतसमेत भक्तपुरको सम्पदा भ्रमणमा

भक्तपुर, २५ भदौ : काठमाडौं महानगरपालिकालगायत देशका बिभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साह, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ र प्रशासकीय अधिकृतहरुसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले आफ्नै नगरपालिका कार्यालयको सभाकक्षमा नगर प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको बताउदै प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुनेमा जोड दिनु भयो ।

निर्वाचनका समयमा जनतासँग गरेको बाचा पुरा गर्दै जनतासँग नजिकमा रहेर काम गर्ने स्थानीय सरकारहरुले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको पुनःनिर्माण एवं जीर्णोद्धार गरिरहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका लागि रहेको बताउनु भयो ।

त्यसअवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको भन्दै ठेक्का पट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने बताउनु भयो । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरि जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यले लिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा र नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै मूर्त, अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको तर भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो ।

उपप्रमुखको तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाहरुबीचको सम्बन्ध र उपलब्धी एकअर्कामा परिचित गराउनु पर्नेमा जोड दिनु भयो । सम्पदाको अवलोकन पश्चात नगर प्रमुख प्रजापतिले उहाँहरुलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

 

हतियारधारी अज्ञात समूहद्धारा नेकपा एसका अध्यक्ष श्याम बस्नेतको घर तोडफोड, अपहरणको प्रयास

कि अपहरण गर्ने, कि मलाई सिध्याउने उदेश्यले नै आएको हुन सक्नछन् भन्ने आशंका गर्दै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।”

=============================================================

भक्तपुर, २५ भदौ । नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरि तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् ।

आज बिहान ३ बजे हतियारधारी समूहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार पाँच जना व्यक्तिहरु प्रवेश गरि ढोकाहरु तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको जानकारी दिदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले घट्ना फरक प्रकृतिको रहेकाले गम्भिर रुपमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घट्नाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरिक्षण गरेको जानकारी दिदै उहाँले प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घट्नास्थलमा रहेर बिभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताउनु भयो । हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर नभेटे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने परिवारले बताएका छन् ।

घट्नाबारे जानकारी दिदै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।”

अपराधी समूहले घर कम्पाउण्डको गेट फुटाएर भित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाईएको उहाँले बताउनु भयो । घट्नाबारे जानकारी दिदै अध्यक्ष बस्नेतकी श्रीमति उषा कार्कीले अज्ञात समूह घरमा प्रवेश गरेपछि तेश्रो तल्लामा बस्नेत सुत्ने कोठामा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “करिब आठ जनाको समूह आएका थिए तर घर भित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै सुतेको थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधै हामी सुत्ने कोठामा ढोका फोडेर आएर पेस्तोल मेरो कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा समेत खोजी गरे । तर मेरो श्रीमान्लाई देखेनन्, मेरो जेठो छोरा आदेशसंँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाएर लैजान खोज्यो, अर्कोले त्यो होइन, यति मोटो छैन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।”

मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने आशंका उहाँको छ ।

उनीहरुले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईवटा थाल मात्रै लगेको जानकारी दिदै बस्नेतले चोरी गर्ने उदेश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुन सक्ने बताउनु भयो । हतियारधारी समूहले लगेको मोवाइल र लगाएको आएको जुत्ता छाडेर अर्को जुत्ता लगाएकाले प्रहरीले अनुसन्धानका लागि जुत्ता बरामद गरेको बताएको छ ।

घट्नास्थलमा रहनु भएका प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घट्ना अपराधिक मानसिकताबाट भएको हो वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घट्नास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिनु भएको छ । उहाँले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको ब्यबस्था गर्न माग गर्नु भएको छ ।

काँग्रेस सभापति थापा र नगर प्रमुख खत्रीद्धारा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन

भक्तपुर, २५ भदौ । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रुपमा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन गर्नु भएको छ । मध्यपुरथिमिमा आजबाट सञ्चालनमा आएको शो रुमको आज सभापति थापा र प्रमुख खत्रीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा कांग्रेस सभापति थापाले विश्व बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य बृद्धिले नेपाल पनि अछूतो नरहेको अबस्थामा उपभोक्ताले मंहगोमा इन्धनको खरिद गर्नु पर्ने अबस्थामा भित्रिएको इलेक्ट्रिक सवारी साधनले नेपालीहरुको मन जित्न सफल भएको बताउनु भयो ।
उहाँले इलेक्ट्रिक सवारी साधनको आयातको क्रममा सुरुमा उपभोक्ताको रोजाईमा पर्न गाह्रो भए पनि पछिल्लो समयमा इलेक्ट्रिक सवारी साधनको रुची र आकर्षण नेपाली बजारमा बढिरहेको उहाँले बताउनु भयो ।

इलेक्ट्रिक स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्न थालेको चर्चा गर्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको मारबाट जोगिन र वातावरणलाई स्वच्छ राख्न पनि यसको प्रयोग उपयुक्त रहेको बताउनु भयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अहिलेको आधुनिक युगमा सहज, सुलभ, वातावरण प्रदुषण रहित र खर्च कम लाग्ने साधनको उपयोग अत्यावश्यक र बुद्धिमानी रहने अबस्थामा इलेक्ट्रिक स्कुटरले उपभोक्ताको मन जित्न सक्ने बताउनु भयो ।

इलेक्ट्रिक स्कुटर र गाडीको माग पछिल्लो समयमा बढ्दै गइरहेको बताउदै उहाँले यसको आयतामा सरकारले भन्सार दरमा सहुलियत प्रदान गरेर सबैको पहुँचमा पुर्याउन सके नेपालबाट इन्धनका लागि वर्षेणी बाहिरिने करोडौ रुपैयाँ बच्ने चर्चा गर्नु भयो ।

उहाँले इलेक्ट्रिक सवारी साधनको चार्जिङ स्टेशन ठाउँ ठाउँमा व्यबस्था गर्न सके र यसको महत्व र उपयोगिताको बारेमा व्यापारीहरुले जनमानसमा सकारात्मक सन्देश लान सके धेरैको मन जित्न सफल हुने भनाइ राख्नु भयो । देशको विदेशिने रकम जोगाउन, पेट्रोलियम पदार्थको खपत कम गर्न, बिद्युतीय सवारी साधनको प्रयोग बढाउन राज्यले ठोस कदम चाल्न सके यसको प्रभावकारिता र उपयोगिता बढ्ने बताउनु भयो ।