राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज भक्तपुरमा भव्य स्वागत
भक्तपुर, १२ कात्तिक : नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवद्र्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज भक्तपुरमा आइपुगेको छ ।
मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले यही कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन पवित्र मुक्तिनाथधामबाट शुभारम्भ भएको रथयात्रा आज बाग्लुङ्ग, पोखरा हुदै आज भक्तपुर आईपुगेपछि मध्यपुरथिमिस्थित राधेराधे संगम कोलोनीमा भव्य स्वागत गरिएको हो ।
नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा भएको रथयात्रामा आज राधेराधेस्थित संगम कोलोनीमा स्थानीयवासीले भव्य स्वागत गरि पुजा तथा प्रसाद अर्पण गरेको कमेरोटार संयोजक समाजका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरू पुगेर आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने गरि यात्रा जारी रहेको छ ।
रथयात्राको समापन पछि नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञमा सुरु हुने बताईएको छ ।
यो पनि पढ्नुहोस  सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा
प्रकाशित मितिः