स्पेनमा सिग्नल गडबडीले दुई द्रुत रेल ठोक्किएः ६८ को मृत्यु, ८० घाइते
काठमाडौं – स्पेनमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ भने ८० जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ।
कम्प्युटर सञ्चार प्रणालीमा आएको गडबडीका कारण रातो बत्ती बलेर रोकिएको रेनफे कम्पनीको रेललाई गलत निर्णयका आधारमा अगाडि बढ्न अनुमति दिएपछि यो दुर्घटना भएको हो। दुर्घटनामा इरियो ट्रेनका दुई डिब्बा ट्र्याकबाट बाहिरिएका थिए।
बिहान करिब ९ बजे भएको यस घटनामा इरियो रेलमा १४७ र रेनफे सेवामा ३९७ यात्रु सवार थिए। चालु वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो भने सन् २०१३ यता युरोपमै सबैभन्दा बढी मानवीय क्षति भएको रेल दुर्घटना हो। यसअघि जनवरीमा पनि सोही लाइनमा सोही कम्पनीका द्रुत गतिका रेलहरू ठोक्किँदा ४६ जनाको मृत्यु भएको थियो।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस भयानक टक्करपछि पूरा देश शोकमा डुबेको बताएका छन्।



