भक्तपुरमै पहिलो पटक ‘फिस टनेल एक्स्पो २०८२’ सुरु
भक्तपुर, ६ असार. । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो ।
एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।”
दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो ।
समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार,  गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।
कार्यक्रमको उद्घाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो ।  स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।
विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ सम्पन्न
भक्तपुर, ५ असार ।
‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’
साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो ।
त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिकलगायतको समन्वयमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले १० वटा गजल वाचन गर्नु भएको थियो ।
‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु,
निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’
गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर १० वटा गजल गाउदा सहभागिहरु नतमस्तक भएका थिए ।
प्रहरले गजल वाचन र सागरले सुमधुर स्वरमा गुञ्जिएको गजलले साङ्गीतिक माहोललाई अझै तताएको थियो भने बाहिर दर्किएको पानीको आवाज मधुरो बन्नुका साथै छिप्पदो रातलाई भुलाउन सफल भएको थियो ।
राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।
‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी, फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’
राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो ।
‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’
सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ लगायतले रात्रीकालिन माहौललाई निकै तताउन सफल भएको थिया् । कार्यक्रमको भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भएको थियो ।  बेवारिसे शव व्यबस्थापन गर्दै आएका समाजसेवी विनय महतलाई कार्यक्रममा प्रहरले बेवारिसे शव व्यबथापनमा टेवा पुर्याउन नगद रु. ५० हजारसहित सम्मान गर्नु भएको थियो ।
देशमा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्वदेखि सचेत रहनु पर्छ : एमाले अध्यक्ष ओली (फोटो फिचर)
भक्तपुर, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामुहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनु भएको छ ।
आज अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषि, धर्म, संस्कृति, पर्व, चाँडबाँडका नाममा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो ।
“यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”
सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेह एकता बिरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनु पर्छ, अरुसँग खुसी सापटी खाजेर पाइदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउदैन, हामी सबैले चाह्यौ भने हाम्रो खुसी आफै ल्याउन सक्छौँ ।”
मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहालले महिलाहरुले मनाउदै आएको तीजको इतिहास र महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठलगायतका जिल्ला तथा बिभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो ।
काठमाडौं फन भ्यालीमा गायक अरुण थापाको २४ औं स्मृति दिवस
भक्तपुर, ३ साउन :
‘चोट के हो, व्यथा के हो,
म जस्तो घाइतेलाई सोध,
मिलन के हो खुसी के हो,
मसँग कहिल्यै सोध्दै नसोध…….।’
अजर अमर कालजयी गीत गाउँने बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवस भक्तपुरमा भव्य रुपमा मनाइने भएको छ ।
भक्तपुरलाई गीत, संगीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेण्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४ औँ स्मृति दिवसको अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौं फन भ्यालीमा ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने भएको छ ।
प्रालीले काठमाडौं फन भ्यालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्वर्गीय बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिन पारेर यहीँ साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने बताउनु भयो ।
जिल्लामा केहीवर्षयता भक्तपुर सांगीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँंझ गर्दै आएकोमा यसवर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेण्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्ष समेत रहनु भएका प्रा.ली.का कार्यकारी निर्देशक कसपालले बताउनु भयो ।
उहाँले भन्नुभयो, “अरुण थापा देशकै गहणा हुन्, देशकै सम्पत्ति हुन्, त्यसमाथि पनि अरुण थापा हामी गीत, संगीतको क्षेत्रमा लाग्नेहरुको मनमनमा रहनु हुन्छ, म भक्तपुर साँस्कृतिक समाजको उपाध्यक्ष पनि हुँ, यो वर्ष समाज र प्रा.ली.ले संयुक्त रुपमा कार्यक्रम गरौँ भनेर प्रस्ताव पनि राखेको हो, तर समाजले नगर्ने भएपछि प्रा.ली. कार्यक्रम गर्ने भएको हो ।”
कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं नायक भुबन केसीले गर्ने बताउदै उहाँले कार्यक्रम संयोजक समेत रहनु भएका कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई सहभागिता रहने बताउनु भयो ।
उहाँले कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायकगायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थीलगायतले स्वर्गीय अरुण थापाका गीतहरु गाउँने भएका छन् । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उहाँँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा काठमाडौं फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले साँगीतिक कार्यक्रममा सहभागि हुन आउने दर्शकहरुलाई निःशुल्क पासको व्यबस्था गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “अरुण थापा साँझ हेर्न आउनेहरुका लागि कुनै शुल्क लाग्दैन, निःशुल्क पासको व्यबस्था गरेका छौँ, तर फन भ्यालीको स्वीमिङ्ग पुल र अन्य गेम खेल्नेहरुका लागि त्यसदिन प्रवेश शुल्कमा २० प्रतिशत छुट गरेका छौँ ।”
कार्यक्रममा फन भ्यालीका कार्यकारी निर्देशक सुजन थापाले फन भ्यालीमा रहेको कर्णाली म्युयिमको अवलोकन गर्न पनि कुनै शुल्क नलाग्ने बताउनु भयो । कर्णाली जिल्लाको एतिहासिक, सम्पदा, रहनसहनलगायत १०० वर्ष पुराना ऐतिहासिकताको दस्ताबेज रहेको कर्णाली म्युजियको अवलोकन गर्न शुल्न नलाग्ने बताउनु भएको हो ।
त्यस्तै फन भ्यालीमा ६५ वर्षमाथिका बृद्धबृद्धा र चार वषसम्मका बालबालिकालाई भने फन भ्यालीमा प्रवेश गर्न सधै निःशुल्क गरिएको बताउनु भयो । उहाँले पाँच वर्षदेखि १३ वर्षसम्मका बालबालिकाहरुका लागि प्रतिव्यक्ति ४५० रुपैयाँं शुल्कको व्यबस्था गरेको बताउनुभयो ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ शुभारम्भ
भक्तपुर, ३० असार : भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा आज बिहान ६ बजे १०० किलोमिटर लामो ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ को बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा वागमति प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले रिबन काटेर उद्घाटन गरि शुभारम्भ गर्नु भएको हो ।
उहाँले विगत तीनवर्षदेखि सफलतापूर्वक निरन्तर रुपमा सञ्चालन हुदै आएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्धत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने बताउनु भयो । यो च्यालेन्जले साईकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामिण पर्यटकीय प्रबद्र्धनमा समेत टेवा पुर्याएको चर्चा गर्नुभयो ।
साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष ६०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताउनु भयो । उहाँले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरि यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै २१०० मिटर उचाईसम्म १०० किलोमिटरको यात्रा आज एकैदिनमा सक्ने उहाँले बताउनुभयो । साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ ।
यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारीहुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेतको आयोजना गरिने संयोजक बालाले बताउनु भयो ।
कार्यक्रममा कोरा मास्टर सुनिल ख्याजुले भक्तपुर कोरा २०२३ नाम दिइएको यस कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूटमा यात्रा हुने जानकारी बताउनु भयो । च्यालेन्जमा महिला ५० जनासहित करिब ६०० जना भनदा बढीको सहभागिता रहेको उहाँले बताउनुभयो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, बिरगञ्ज, चितवन, नवलरासी, बुटवललगायतका शहरहरूबाट साइकलयात्रामा सहभागी रहने भएको बताउनु भयो ।
विदेशबाट अमेरिका र यूरोपियन राष्ट्रका विदेशी सुाइकल यात्रीहरुको समेत सहभागिता रहेको बताउदै उहाँले आज साँझ कार्यक्रमको समापनमा ५०, ७५ र १०० किलोमिटरको च्यालेन्ज पुरा गर्ने सहभागिलाई मेडल वितरण गरिने बताउनु भयो । उत्साहजनक सहभागिका साथ च्यालेन्ज सुरु भएको बताउदै उहाँले बिहानको पौने आठ बजे साइकल यात्रा चाँगुनारायण पुगिसकेको र १० बजे नगरकोट पुग्ने बताउनुभयो ।
नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई

भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग हुनु पर्ने बताउनु भएको छ । आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको स्थानीय मिडियालाई सबैले मेरो मिडिया भनेर स्वीकार्नु पर्ने बताउनु भएको हो ।

रासस अध्यक्ष झाले भन्नुभयो, “मिडिया जहिले राष्ट्रिय हुनु पर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नु पर्छ । नेपालको स्थानीय मिडिया बाँच्नु पर्छ र बचाउनु पर्छ ।” जनतालाई सूसुचित गराउने कुरामा मिडियाको भूमिका हुने बताउदै उहाँले बिभिन्न मिडिया मार्फत आएका समाचार आफ्नैमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने उहाँको भनाइ थियो ।

“मिडियाकोलाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरो बिरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ,” रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैमा नेगेटिभ र पोजेटिभ भन्ने हुदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महतव हो ।”

मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने भन्दै उहाँले मिडियाको अबधारणा र गलत बझाईलाई बदल्नु आवश्यक रहेको उहाँको भनाई थियो । नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउदै उहाँले आफैसंग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिडे जस्तो भक्तपुरले पहिचान खोज्दै हिड्नु आवश्यक नरहेको बताउनु भयो ।

भक्तपुरका चार वटा नगरपालिका आफैमा साँस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृत रुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा बिकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष झाले मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका बिभिनन व्यक्तित्वहरुलाई सम्मान गर्नु भयो ।

त्यसअवसरमा वाग्मति प्रदेश सभाका सा.सद किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख श्रेष्ठ, नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सोही टेलिभिजनका कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठलगायत बिभिन्न व्यक्तित्वहरुले नमस्ते ख्वप टेलिभिजनले शिक्षा, स्वास्थ्य, कला, संस्कृति लगायतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा बिभिन्न नृत्य, गीत र फेसन शोहरु प्रस्तुत गरिएको थियो ।

त्यस्तै अध्यक्ष झाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रर्दशनीको अवलोकन गर्नु भएको छ । सोही कार्यक्रममा राससकर्मी श्रेष्ठले बिस्केट जात्राको बारेमा यसअघिका जात्रामा लिएका ९० वटा तस्विरको प्रर्दशनी गएिको थियो । उक्त प्रर्दशनीको अध्यक्ष झा लगायत अन्य अतिथि र सहभागिहरुले अवलोकन गर्नु भएको थियो ।

अध्यक्ष झाले फोटो प्रर्दशनीले राससको शान बढाएको बताउदे यसले भक्तपुरका जात्राको सिंगो इतिहास प्रस्तुत गरेको बताउनुभयो । प्रर्दशनीकाबारेमा फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राकाबारेमा जानकारी दिने उदेश्यले आफूले जात्रामा खिचेका महतवपूर्ण ९० वटा तस्विरलाई प्रर्दशनीमा राखिएको बताउनु भयो ।

 

बिस्केट जात्रा : मध्यराती ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ, आज विहान पुर्याइयो रथलाई गःहिटी

भक्तपुर, २८ चैत : आज बिहान दत्तात्रय नजिक बिस्केटको भैरबको रथ उभिरहेको । दत्तात्रयदेखि इनाचोसम्म सडक भरि फुटेका छरपष्ट इँटा र ढुङ्गा । बिहान यही बाटो भएर ओहोर दोहोर गर्नेहरुले सहजै अनुमान लगाउन सके, बिस्केट जात्रामा मध्यराती यसवर्ष पनि ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालभरी यसको फोटो र भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेट्न खोज्नेलाई कारबाही गर्न माग गरे ।

भक्तपुरमा हिजोबाट सुरु भएको बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराती दत्तात्रयमा पुगेपछि राती करिब १ बजे पछि ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले घाइते मध्ये सबैको उपचार सकेर हिजै घर फर्काएको बताउदै घाइते कसैको पनि अबस्था गम्भिर नरहेको बताउनु भयो ।

ढुङ्गा हानाहान गर्ने १० जनालाई प्रहरीले रातीनै पक्राउ गरेको छ । उहाँले भन्नुभयो, “जात्रामा ढुङ्गा हानाहान गर्नेहरुलाई प्रहरीले रातीनै ढुङ्गा हान्दै गर्दा १० जनालाई पक्राउ गरेको छ, सिसि क्यामरा र अरु माध्यमबाट ढुङ्गा हान्नेहरुको थप पहिचान गर्दै पक्राउ गर्नेछौँ, पक्राउ परेकालाई प्रचलित कानून बमोजिक कारबाही गर्छौ ।”

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिए पछि प्रहरीले पक्राउ गरेको बताउनु भयो । उहाँले मानवीय क्षति नभएको जानकारी दिदै जात्रा अबधी भर शान्ति सुव्यबस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने बताउनु भयो ।

आठ रात नौ दिनसम्म भव्य रुपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने ढुङ्गा हानाहान भएको हो ।

तौमढी राखिएको प्यागोडा शैलीमा निर्माण भएको तीनतले रथमा बिहानदेखि दिउँसोको सबै पूजा सम्पन्न गरेर रथ भित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार दिउँसो ४ बजेबाट रथ तान्न सुरु भएको थियो ।

रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुदै मधयराती १ ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याइएको थियो ।

रथलाई रातीनै गःहिटी ल्याउनु पर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएको जात्राका कारण रथलाई दत्तात्रयमै राख्नु परेको थियो । रथलाई आज बिहान स्थानीयको सहायतामा रथलाई तानेर बिहान नौ बजे गःहिटी ल्याएर राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राती ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयलाई आग्रह गरेर उनीहरुले नै रथ तानेर गःहिटी पुर्याइएको छ ।”

भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्ट मात्रिका गणका रुपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनुहुन्छ ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबारस्क्वायर नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्व जात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुन पुगेको श्रेष्ठको भनाइ छ ।

बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनु हुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ ।

 

‘केपी ओलीसँग मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका ५२ देशबाट छानिएर नेपालीभाषी नवप्रतिभा अन्तरक्रिया

भक्तपुर, २८ चैत :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

उहाँले भन्नुभयो, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि । ती नृत्यको इतिहास कति पुरानो छ ? यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ ।”

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।
त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्य ओमराज गुरुङले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

घटस्थापनाको दिन गठ्ठाघरमा भव्य रुपमा ‘ओपन रोडशो कन्सर्ट’ को आयोजना हुँदै, तयारी पुरा

भक्तपुर, ७ असोज । ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा यस वर्ष पनि भव्य श्रपमा ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ । कन्सर्टको आवश्यक तयारी पुरा गरेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विजयादशमी तथा दिपावलीको अवसर पारेर कलाकार तथा गायक स्वर्गीय जयनन्द लामाको सम्झनामा आयोजना हुने कन्सर्ट आउँदो १० गते घटस्थापनाको दिन स्व. लामाप्रति समर्पित गर्दै आयोजना गर्न इभेन्टले आज गठ्ठाघर वर्गर हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो ।

गठ्ठाघरमा विगत १९ वर्षदेखि हुदै आएको ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्दै आएको इभेन्टले यस वर्ष पनि अपरान्ह ४ः३० बजेदेखि सुरु गरि राती ८: ३० बजे सम्पन्न गर्ने गरि कन्सर्टको आयोजना गर्ने भएको उहाँले जानकारी दिनु भयो । कोरोना भाइरस महामारीको कारण दुई वर्ष रोकिएको कन्सर्ट यस वर्ष भव्य रुपमा मनाउने भएको हो ।

कन्सर्टमा चर्चित युवा गायक राजु लामाको मुख्य आकर्षण हुनेछ भने युवापुस्ताको ढुकढुकी बनिसकेका छेवाङ लामा, रोज मोक्तान, ब्रम्हास्त्र र मध्यपुर ब्वाइज ब्याण्डका सुनिल बज्राचार्य कन्सर्टमा बिशेष प्रस्तुती रहने भएको छ । स्व.जयनन्दका दुई छोराहरुले बाबुका चर्चित गीतको प्रस्तुति पनि कन्सर्टमा रहने छ ।

अत्याधिक दर्शकले सहभागिता जनाउने यस ‘रोड शो कन्सर्ट’मा भक्तपुरबाट मात्र नभइ काठमाडौं उपत्यकाभरीबाटै दर्शकको सहभागिता हुने गरेको छ ।