हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने
भक्तपुर, २२ बैशाख : जिल्ला हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता साम्बाले समझदारी पत्रमा हस्ताक्षर गरेसंगै “जनताको घरदैलो सेवा” सञ्चालनमा आएको हो । भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याइने भएको छ ।

प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत “जनताको घरदैलो सेवा” अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्याउने व्यबस्था गरिएको बताउनुभयो । उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन र सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनु पर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
आज सम्झौता भएसंगै यो सेवा कार्यान्वयनमा आएको बताउदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारी मार्फत सुरक्षित रुपमा घरघरमा पुर्याइने बताउनुभयो ।
जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउदै भोली बुधबारबाट हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्याउनका लागि भने हुलाक ऐन अनुसार दस्तुर भने तिर्नुपर्नेछ ।’

राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाईने र त्यसको एकसाता भित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्याउने उहाँले जानकारी दिनुभयो । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुर वापत रु. ५५ शुल्क भने सेवाग्राहीले आफैं व्यहोर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।


वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्वासीहरुको स्वास्थ्य परीक्षण एवं उपचार गर्न निर्देशन दिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उहाँले भन्नुभयो, ‘प्रदेशको स्वास्थ्य मन्त्रालबाट मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले तत्काल सरकारले राखेको सेल्टरमा गएर सुकुम्वासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पछि आज यहाँ रहेका सबै सुकुम्वासी बस्तीबाट सारिएकाहरु २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका छौ ।’
स्वास्थ्य मन्त्री किरण थापाले संघीय स्वास्थ्य मन्त्रालयसंगसमेत यसबारेमा छलफल भइरहेको जानकारी दिदै प्रदेश सरकारले सेल्टरमा रहेसम्म यहाँका विरामीको सेवामा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारको जिम्मेवारी लिने बताउनुभयो ।
यहाँ रहेका २६ जना बालबालिकालाई आजबाट मानिटर मार्फत शिक्षा सम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र मंगलबारबाट अस्थायी रुपमा नियमित पठ्न पाठन समेत सुरु गर्ने भएको छ । जनस्वास्थ्य अधिकृत खड्काले सरकारले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका २६ जना सुकुम्वासी, गर्भवती, सुत्केरी, अन्य विरामी र सबैको स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिनुभयो ।





नगरपालिकाका उप–प्रमुख, सरिता तिमिल्सिना भटटराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने बताउनुभयो ।








