वागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा प्रादेशिक अस्पताल, आर्युेवेदिक अस्पताल एवं जनस्वास्थ्य कार्याल्यको अनुगमन, काम नगर्नलाई कारबाही गर्न निर्देशन
रमेश गिरी
राष्ट्रिय समाचार समिति (रासस) ः
भक्तपुर, १२ चैत । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आर्युवेदिक अस्पतालको अनुगमन एवं निरक्षिण सुरु गरेको छ ।
आज स्वास्थ्य मन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झालगायतको टोलीद्धारा अनुगमन सुरु गरेको हो ।
आज ललितपुरको प्रादेशिक अस्पतालको रुपमा सञ्चालित बज्रबाराही चापागाउँ अस्पतालको सेवा सञ्चालन र प्रदेश मन्त्रालयको करिब १४ करोडको बजेटमा निर्माण भइरहेको अस्पतालको नवनिर्मित भवनको मन्त्रीको टोलीसहितले अनुगमन एवं निरीक्षण गर्नु भयो ।
मन्त्री थापामगरले नवनिर्मित भवनमा केही संरचना अपुग र अब्यबस्थित भएको भन्दै निर्माण सम्पन्न हुनु अगावै त्यस्ता संरचनालाई सच्याउन निर्देशन दिनुभयो । उहाँले ललितपुरको दुर्गम क्षेत्रका बासिन्दालाई समेत गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्कासहितको टोलीलाई निर्देशन दिनुभयो ।
मन्त्री थापामगरले भन्नुभयो, ‘बज्रबाराही अस्पताल २५ शय्याको स्वीकृत भएपनि सबै शय्या सञ्चालन हुन सकेको छैन, प्रदेश स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई छिट्टै ५० शय्यामा बिस्तार गर्दै छौं, यही अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थियएन डाक्टर समेत पठाउदाँ पनि सेवा सुरु हुन सकेको छैन, त्यसैले तत्काल सेवा सुधार्नस् ।’
सेवा सुधार्न, पूर्ण रुपमा सेवा सञ्चालन गर्न, शल्यक्रिया सेवाहरु सञ्चालन गर्न निर्देशन दिदै उहाँले अस्पताललाई पूर्ण रुपमा सबै सेवा सञ्चालन गर्न आवश्यक उपकरण मन्त्रालयले प्रदान गर्ने बताउनुभयो । अनुगमन निरीक्षणमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले अस्पतालमा शल्यक्रिया, ल्याबलगायतका बिभिन्न सेवामा मन्त्रालयमा गुनसो आएको बताउदै सेवा सुधान नगरे कारबाही गर्ने बताउनुभयो ।
अस्पतालका विभागीय प्रमखहरुलाई समेत निर्देशन दिदै उहाँले यो भएन, त्यो भएन भनेर बाहना गर्दै सेवा प्रवाहमा आलटाल गरे कारबाही गर्ने बताउदै उहाँले मन्त्रालयले पठाएको डाक्टरले काम नगर्ने, मन्त्रालयले पठाएको तर अस्पतालले थन्क्याएको उपकरण तत्काल सञ्चालन गरेर सेवा प्रवाहमा कमी नगर्न निर्देशन दिनुभयो ।
उहाँले अस्पतालमा कर्मचारीको हाजिरी निरीक्षण गर्दै अस्पतालमा समयमै नआउने र नियमित नगर्ने कर्मचारीलाई मन्त्रालयले स्पिष्टकरण सोध्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटण्डन्ट डा. खड्काले अस्पतालमा १०० कर्मचारी रहेको र दैनिक २०० विरामी आउने गरेको बताउदै अस्पतालको सेवाकाबारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले आजै जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको अनुगमन एवं निरीक्षण गर्नुभयो । उहाँले जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाललाई जिल्लाका दुर्गम गाउँपालिकाहरु र दुर्गम क्षेत्रहरुका बासन्दालाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न, स्वास्थ्यको सेवाको पहुँच गाउँ गाउँसम्म पुर्याउन निर्देशन दिनुभयो । उहाँले उपचार नपाएर कसैको ज्यान जाने अबस्था नआओस भन्दै आधारभूत स्वास्थ्य सवाको पुहँच यहाँका गाउँपालिकाहरुमा पुर्याउन निर्देशन दिनुभयो ।
त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले बज्रबाराहीमा प्रदेश सरकारको करिब १४ करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको जिल्ला आर्युेदिक अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभयो । उहाँले भवनको संरचनाकोबारेमा जानकारी दिदै ठेक्का सम्झौताको अबधी भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
मन्त्री थापामगरले प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गत रहेको १३ वटै जिल्लाको प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अबलोकन, निरीक्षण अभियान सुरु गरेको बताउदै प्रत्येक जिल्लाको गाउँ गाउँमा स्वास्थ्यको पहुँच पुर्याउन लागिरहेको बताउनुभयो ।–––
काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।
निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ ।
उत्पादकत्व वृद्धि र उद्यममैत्री वातावरण
आर्थिक उन्नयनको मूल आधारका रूपमा थितिसहितको आर्थिक समृद्धि तथा  उत्पादकत्वमा वृद्धि गर्ने रास्वपाको वाचापत्रमा उल्लेख गरेको छ । सीमित समय, पुँजी र साधनस्रोतको अधिकतम उपयोग गर्दै उच्च गुणस्तरीय, प्रतिस्पर्धी र दिगो उत्पादन हासिल गर्नुलाई दीर्घकालीन समृद्धिको मार्गका चित्रित गरिएको छ । यसका लागि जोखिम बहन गर्न तत्पर निजी लगानी र सक्षम, पारदर्शी तथा सहजीकरणमुखी सार्वजनिक भूमिकाको प्रभावकारी समन्वय आवश्यक रहेको वाचापत्रमा उल्लेख छ ।
चुनावी घोषणापत्रमा निजी क्षेत्रले रोजगारी सृजना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानीयोग्य पुँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने र सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ताको मात्र हुने स्पष्ट पारिएको छ ।
त्यस्तै, नीतिगत दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने सर्वाधिक उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको थियो ।
युवा–केन्द्रित जनसाङ्ख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्दै आगामी १०–१५ वर्षभित्र संरचनात्मक आर्थिक रूपान्तरण हासिल गर्न नसके दीर्घकालीन रूपमा न्यून आय जालमा फस्ने यथार्थप्रति पार्टी सजग रहेको जनाइएको थियो । त्यसैले उत्पादकत्व वृद्धि, सीप विकास, पुँजी निर्माण र प्रविधि–आधारित औद्योगिकीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने उल्लेख छ ।
नियामक सुधार र सामाजिक बजार अर्थतन्त्र
कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट–सिकिङ तथा नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गरिने पनि वाचापत्रमा उल्लेख छ । राजनीति र नियमनबीचको अनुचित साँठगाँठ अन्त्य गर्दै नवप्रवर्तन, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वलाई सन्तुलित रूपमा प्रवद्र्धन गर्ने सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थ अनुकूल, सन्तुलित र दिगो आर्थिक मोडल अवलम्बन गरिने पनि जनाइएको छ ।
निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणलाई सन्तुलित रूपमा संयोजन गरिने विषय वाचापत्रमा राखिएको छ । अबको लोककल्याणकारी राज्य लाभ वितरणमा मात्र सीमित नभई वृद्धिको स्वरूपलाई रूपान्तरण गर्दै दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय सन्तुलनको आधार निर्माण गर्ने लक्ष्य पनि राखिएको छ ।
वृद्धिको लक्ष्य र कानुनी सुधार
आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गरिने घोषणा गरिएको थियो । झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गरिने उल्लेख छ ।
पहिलो दल रास्वपाले नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत ९स्थिर मूल्यमा० कायम गरेर जग बसाल्ने लक्ष्य राखेको छ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य पनि लिइएको छ । कुन ऐन र नियमावली खारेज वा संशोधन गर्ने भन्ने निर्णयको आधार स्वतन्त्र विश्लेषण, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१, एवं नेपाल उद्योग परिसङ्घ र उद्योग वाणिज्य महासङ्घका सुझाव लिइने पनि उल्लेख छ ।
कर नीति र विनिमय दर पुनरावलोकन
सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकाले निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करको बोझ घटाइने बताइएको छ । कर कानुन तथा नियमहरू भूतप्रभावी ढङ्गले नलगाइने र नियोजित कर छली रोकिने उल्लेख छ । मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि ‘पारिवारिक भार’ का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गरिने जनाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिइने उल्लेख छ ।
त्यस्तै, भारतीय रूपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकामा विशिष्ट अन्तरराष्ट्रिय प्राज्ञहरूसमेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
लगानी, सार्वजनिक संस्थान र आयोजना व्यवस्थापन
स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित वान स्टप सेवा केन्द्रको कार्यान्वयन गरिने उल्लेख छ । डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराउने व्यवस्था मिलाइने जनाइएको छ । राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गरी भ्रष्टाचार नियन्त्रण गर्न चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेसागत इकाइ निर्माण गरिने पनि वाचापत्रमार्फत रास्वपाले आफ्नो नीति रहेको जनाएको छ ।
सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी–सार्वजनिक मोडलमा लैजाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने र अन्यलाई विकेन्द्रित गर्ने, र केहीको अचल सम्पत्तिको स्वामित्व सरकारका नाममा ल्याउने विकल्पमा अघि बढ्ने उल्लेख छ । सार्वजनिक आयोजनाहरूलाई स्पष्ट उद्देश्य, सुनिश्चित बजेट र समयसीमासहित लक्ष्य–केन्द्रित कार्यशैली ९मिसन मोड० मा कार्यान्वयन गरिने र आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गरिने जनाइएको छ ।
विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी दुई वर्षभित्र अनिवार्य सम्पन्न गर्नेगरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागू गरिने उल्लेख थियो भने अबको पाँच वर्षमा १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनाहरूलाई ‘राष्ट्रिय गौरव’ को सूचीमा समावेश गरी ‘फास्ट ट्र्याक’ मोडेलमा अगाडि बढाइने पनि वाचापत्रमा उल्लेख छ ।
वित्तीय क्षेत्र सुधार
सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर–बैङ्किङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष र शक्तिशाली सुपरीवेक्षण प्रणालीभित्र ल्याइने उल्लेख छ । त्यस्तै, रु ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैङ्कको कडा नियमनमा ल्याइने र साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि एक उच्चाधिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गरिने वाचापत्रमा जनाइएको छ ।
कर्जा प्रवाहमा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई ‘कर्जा सूचना केन्द्र’ सँग जोडी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह हुने सुनिश्चित गरिने नीति रास्वपाले लिने वाचापत्रमा राखिएको छ । ब्याजदरलाई आधारदरसँग जोडेर केही प्रतिशत मात्र प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा शुल्कको अन्त्य गरिने बताइएको छ ।
बचत सुरक्षा र मिटरब्याज अन्त्य
सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गरिने र बचतकर्ताहरूको कमाई सुरक्षित गर्न राज्यका तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने उल्लेख छ । ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीतिअनुरूप बचत फिर्ता गर्न तयार सञ्चालक वा व्यवस्थापन पक्षलाई मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिने पनि जनाइएको छ । मिटर ब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै आगामी पाँच वर्षभित्र यसका सबै जालोहरूलाई कानुनी र संरचनात्मक रूपमा ध्वस्त पारिने उल्लेख छ । विगतमा गरिएका सबै अवैध तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन गरी पीडितहरूको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकार सम्पन्न ‘द्रूत न्याय कार्यदल’ गठन गरिने पनि वाचापत्रमार्फत सार्वजनिक गरिएको थियो ।
पुँजी बजार र डिजिटल अर्थतन्त्र
पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाइने, इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिने उल्लेख छ । पेन्सन फन्ड, बीमा, म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्दै ऋण बजार र बन्ड बजारको विकास गरिने, गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति बनाइने र वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइने जनाइएको थियो ।
नेपालको विशिष्ट भूगोल र अवस्थालाई ध्यानमा राख्दै ‘सीमारहित अर्थतन्त्र’ को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने र श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई सेवा निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न डिजिटल रूपान्तरणलाई प्रमुख आधार बनाइने उल्लेख छ । यसका लागि परिमार्जित तथा विस्तारित बृहत् डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक–निजी लगानी अभिवृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख थियो ।
रास्वपाले गत निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने ‘रेमिट्यान्स’लाई उछिन्दै सूचना प्रविधि ९आइटी० क्षेत्रलाई देशको प्रमुख आर्थिक आधार बनाउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो । आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने उल्लेख गर्दै यसलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य क्षेत्र बनाउने लक्ष्य लिएको छ । सूचना प्रविधि क्षेत्रको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य रास्वपाले लिएको छ । यस लक्ष्यलाई साकार पार्न पार्टीले एक स्वायत्त ‘आइटी प्रवद्र्धन बोर्ड’ गठन गर्ने जनाएको छ । यस क्षेत्रको विकासका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा स्वदेश फिर्ता लैजान सरल नीति तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
सातै प्रदेशमा डिजिटल पार्क, पाँच लाख रोजगारी
नेपाललाई ‘ग्लोबल टेक हब’ का रूपमा विकास गर्न रास्वपाले सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । यसबाट प्रत्यक्ष रूपमा पाँच लाख युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । यसका लागि डिजिटल इकोसिस्टम निर्माणमा जोड दिँदै सञ्चार पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षामा ठूलो लगानी गरिने उल्लेख छ ।
‘क्यासलेस सोसाइटी’ र स्वदेशी स्टार्टअपलाई प्राथमिकता
रास्वपाले नेपाललाई ‘डिजिटल–फस्र्ट’ राष्ट्रका रूपमा चिनाउँदै सबै आर्थिक कारोबारलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी ‘क्यासलेस सोसाइटी’ निर्माण गर्ने योजना अघि सारेको छ । यसले भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रणमा मद्दत पुग्ने वाचापत्रमा उल्लेख छ । स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न ‘अन्तरराष्ट्रिय पेमेन्ट गेटवे’ का कानुनी र प्राविधिक अवरोधहरू तत्काल हटाउने प्रतिबद्धता पनि पार्टीले जनाएको छ ।
एआई र क्रिप्टोमा नेपालको सम्भावना
रास्वपाले नेपाललाई कच्चा विद्युत् मात्र निर्यात गर्ने देशबाट ‘कृत्रिम बौद्धिकता’ ९एआई० र ‘कम्प्युटेसन’ शक्ति निर्यात गर्ने देशमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । नेपालको स्वच्छ ऊर्जा, चिसो मौसम र भौगोलिक संरचनालाई डाटा सेन्टर सञ्चालनका लागि उपयुक्त मान्दै जलविद्युत् आयोजना नजिकै उच्च क्षमताका डाटा सेन्टर स्थापना गरिनेछ । यसबाट ‘ग्रिन जिपियु कम्प्युटिङ’ सेवा एसियालाई निर्यात गर्न सकिने रास्वपाको दाबी छ ।
यस्तै, एक वर्षभित्र विश्वव्यापी अध्ययनका आधारमा क्रिप्टोकरेन्सीको नियमन र उपभोक्ता संरक्षणबारे स्पष्ट राष्ट्रिय नीति ल्याइने र क्रिप्टो माइनिङको सम्भावनालाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने जनाइएको छ ।
डिजिटल रोजगारी र ‘रिमोट वर्क’
विश्वव्यापी श्रम बजारको परिवर्तनलाई आत्मसात् गर्दै रास्वपाले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने जनाएको छ । यसका लागि श्रम ऐन संशोधन गरी रिमोट वर्क र डिजिटल रोजगारीलाई वैधानिक मान्यता दिइनेछ । साथै, ‘डिजिटल नोम्याड’ ९घुमन्ते डिजिटल कर्मचारी० लाई आकर्षित गर्न विशेष भिसा र बसोबासको नीतिगत व्यवस्था गरिने वाचापत्रमा उल्लेख छ ।
(((
सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण : गृहमन्त्री अर्याल
काठमाडौँ, २३ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आज साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उहाँले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभयो ।
मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उहाँले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गर्नुभयो । पार्टीले तत्काल जुलुस वा ¥यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ ।
नेपाल कोरिया मैत्री अस्पतालमा थप ५० शैया सञ्चालनको अनुमति प्रदान गरि अस्पतालको अनुगमनमा स्वास्थ्य मन्त्री थापासहितको टोली पुगे अस्पताल
भक्तपुर, १८ माघ : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पताललाई थप ५० शैयाको अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको छ ।
मन्त्रालयको यहीँ माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको वागमति प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले बताउनुभयो ।
अस्पताल सञ्चालनको अनुमति प्रदान गरेलगत्तै आज मन्त्री थापा, वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमसहितको मन्त्रालयको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण गर्न भयो ।
अस्पतालको निरीक्षणका क्रममा अस्पतालको नयाँ भवन निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिदै शैया थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस अस्पतालले आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू थप प्रभावकारी हुने विश्वास लिएको छु, यसबाट भक्तपुरवासी मात्र नभई उपत्यकाका र बिभिन्न जिल्ला एवं पूर्वका नागरिकले समेत छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएको छु ।”
मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रौशन, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिदै आएको सेवा, सुविधा र आगामी योजनाबारे जानकारी गराउनु भएको थियो ।
सन् १९९९ मा ‘किङ्ग ह्वी नेपाल स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई  नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो ।
अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) को अनुदान सहयोगमा अस्पतालको १०१ शैयाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छभने नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशनले जानकारी दिनुभयो ।
एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत

एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत

बालबालिकाको दृष्टिकोणमा प्रहरीप्रति मित्रताको भावना जागृत हुन आवश्यक : परिषद्की सदस्य सचिव ढकाल

काठमाडौं, २९ मंसिर । विगत ३१ वर्षदेखि बालअधिकारको संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले एक मात्रै बालबालिका हिंसामा परे भने पनि सबै बालबालिका असुरक्षित छन् भन्ने सम्झनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा सोमबार राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको आयोजना तथा सिविसको सहकार्यमा आयोजना गरिएको बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बालअधिकारको सवालमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यबहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।”
बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानूनको कार्यान्वयन गर्ने निकायले निकासमा पुर्याएर पीडितलाई न्याय दिने मामिलामा शसक्त भएर उभनु पर्नेमा जोड दिदै उहाँले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको डर, पीडा र मनोभावनालाई बुझेर अनुसन्धानलाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बालअधिकारको क्षेत्रमा विगत ३१ वर्षदेखि कार्य गर्दै आएका सिविसले प्रहरीसंगका अनुसन्धानदेखि प्रभावकारी बनाउँन उजरी दिने न्याय प्रणालीमा जाने, लैजाने, कार्यमा सहजीकरण गर्दै आएको स्मरण गर्नुभयो । प्रहरीमा आउने बालहिंसाका घट्नामा उजुरी लिनेक्रममा व्यबहारमा पनि बालमैत्री र सहजता हुनुपर्ने औल्याउँदै उहाँले बालमनोपरापर्शको आवश्यकतासमेत प्रही कार्यालयमा पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले कानूनको विवादमा परेका विषयलाई प्रहरीले सहजता, फलदायी गोपनीयता र न्यायिक प्रक्रियालाई सहजता बनाउँन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

परिवार र आफन्तबाट हुने हिंसाका घट्नामा धेरै जसो मुद्धा चल्न नदिने र भित्रभित्रै मिलाउने समस्याहर रहेको बताउदै उहाँले नौ वर्षमा एक वटा बाल सुधार गृह नुवाकाटेमा थपिदा बल्ल नौ वटा पुगे पनि अझै सुधार गृह थप आवश्यक रहेकाले यसबारेमा पनि मन्त्रीसंग छलफल गरिने बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

उहाँले हिसा एवं पीडामा परेका बालबालिकादेखि किशोरी र महिलाहरुलाई उद्धार पछि राख्ने सुरक्षित आवास अत्यावश्यक रहेकाले मन्त्रालयसंग यसबारेमा कुरा गर्ने बताउनुभयो । एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास आवश्यक रहेको बताउदै नयाँ आएको मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताउनुभयो ।कार्यक्रममा सहभागि बालिका विपना बस्नेतले उजरी लिएर प्रहरीमा जानै बालबालिकालाई डर लाग्ने बताउदै बालबालिकासंग प्रहरीको सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकर परिषद्का सूचना अधिकृत रामबहादुर चन्दले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीले कानूनलाई कार्यान्वयनमा ल्याउन कुनै दबाबमा पर्न नहुने औल्याउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै कानूनमा अनुसन्धान, बालबालिका सम्बन्धी ऐन–२०७५, पीडित बालबालिकाको अधिकार, अनकूल न्यायको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो । नेपाल प्रहरी अपारध अनुसन्धान विद्यालयका प्रहरी निरीक्षक महेन्द्र अर्यालले कार्यपत्र प्रस्तुत गर्दै कानूनी अबस्था, प्रहरीको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रमुख प्रहरी नायब उपरिक्षक दिनेश घिमिरेले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक छ भन्दै यस्ता छलफलले व्यवहारिक सुधारमा सहयोग पर्याउनु पर्ने बताउनुभयो ।

प्रहरी निरीक्षक सरिता विश्वकर्मा, केन्द्रीय अनुसन्धान व्यूरोका राजेश घजु, वरिष्ट प्रहरी सही एकता न्यौपाने, लागू औषध कार्यादलयका लेखनाथ आचार्य, प्रहरी सहायक निरिक्षक वसन्त घिमिरेलगायत भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत महिला सेलका प्रहरीहरुले हिंसा पीडित बालबालिकाको अबस्था, उद्धारपछि राख्ने सुरक्षित आवासको अभाव र बिभिन्न समस्याहरुकोबारेमा छलफल गर्नु भएको थियो ।

उहाँले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक रहेको बताउदै बालबालिकाको उद्धारका लागि केन्द्रले सहजिकरण गर्न प्र्रहरीलाई कसरी सघाउदई आएको बताउनुभयो । बाल सल्लाहकार समिति सम्बन्ध बालबालिकाहरुले बालमैत्री अनुसन्धान प्रक्रियाको सुनिश्चिताअको लागि आग्रह गर्नभयो । कार्यक्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नीति र व्यवहारबीचको दूरी घटाउन यस्ता बहुपक्षीय छलफल प्रभावकारी माध्यम हुने बताउनुभयो ।

 

नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट-२०८२” सम्पन्न, बिभिन्न विद्याका खेलका विजेतालाई पुरस्कार वितरण

भक्तपुर, १८ मंसिर ; नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान ऋतम्भरा पाठशाला, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ! त्यसै गरी फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का भएका थिए ।

आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय स्थान मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गरेको थियो ! फेयर प्ले टिम जागृति विद्या सदनले साथै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले प्राप्त गर्न सफल भएका थिए भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जगं थापाले जितेका थिए ।

प्रतियोगिताको अर्को खेल माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्न सफल भएको थियो । ऋतम्भरा पाठशाला द्धितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान हासिल गरेका थिए । साथै भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ।

माध्यमिक तह छात्रा तर्फको व्याडमिन्टन प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्धितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानागं तृतीय भएका थिए ! त्यसैगरी माध्यमिक तहको नै छात्र व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान ऋतम्भराको आशिष लुईटेल, द्धितीय स्थान पाथिभरा एकेडेमीको कृष्टोफे थापामगर, तृतीय स्थान ग्लीटर फ्यूचरको सोहित तामागं र आरक्षण नेसनल स्कुलको कसम कोइरालाले जित्न सफल भएका थिए । व्याडमिन्टनमा ईडेन गार्डेनको दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राई दुवैले उदयमान खेलाडिको उपाधि प्राप्त गर्न सफल भएका थिए !

प्रतियोगिताको अर्को खेल माध्यमिक तह टेबुल टेनिसमा पनि ऋतम्भरा पाठशाला कै आशिष लुईटेल विजेता भएका थिए । उपविजेता भने मदरल्याण्ड स्कुलका रविन भट्ट भएका थिए । यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले तृतीय स्थान ओगट्न सफल भएका थिए । उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जितेका थिए !

नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले खेलकूद प्रतियोगितामा विद्यार्थी खेलाडिहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न भएकोमा खुशि व्यक्त गरेका थिए । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास व्यक्त गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता खेलाडि, सहभागि विद्यालय, खेल सम्पन्न गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।