पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगको निर्देशन

काठमाडौं, १९ बैशाख ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।
सार्वजनिक स्थानमा आचार संहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको स्मरण आयोगले गराएको छ ।

नेकपा समाजवादीदेखि स्वतन्त्रका वडाध्यक्षसम्म एमालेमा प्रवेश, घरदैलो अभियानमै गठबन्धनका युवाहरु एमालेमा समाहित

भक्तपुर, १९ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गठबन्धन दलदेखि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार भएकादेखि बिभिन्न दलका युवाहरुको एमाले प्रवेश गर्ने लर्को चलेको छ ।

भक्तपुरमा एमालेले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु भएपछि पनि एमालेमा प्रवेश गर्नेको लर्को घटेको छैन । मध्यपुरथिमी नगरपालिका वडा न.१ मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला आज नेकपा एमाले प्रवेश गरेका छन् ।

कोइरालासँगै नेकपा समाजवादीबाट वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका नेकपा समाजवादीका उम्मेदवार कोइराला र श्रेष्ठलाई नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले टीका र खादा लगाएर पार्टी प्रवेश गराउदै स्वागत गर्नु भएको छ । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले उम्मेदवारी फिर्ता लिएका थिए ।

यसअघि सूर्यविनायक नगरपालिकामा एमालेको घर दैलो अभियान सुरु भएकै दिन बालकोटमा स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका थिए । एमालेका घरदैलो अभियानमा सूर्यविनायक–२ बालकोटमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामशरण रानाभाटले आफ्नो उम्मेदवारी त्याग्दै एमालेमा प्रवेश गर्नु भएको थियो ।रानाभाटलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य, युवा नेता महेश बस्नेतले खादा टीका लगाएर एमाले पार्टी प्रवेश गराउनु भएको थियो ।

त्यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलमा ५५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका पार्टी छाडेर एमालेमा प्रवेश गरेका उनीहरुलाई एमालेका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले पार्टी प्रवेश गर्नु गराउनु भएको थियो । एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ ।

गठबन्धन महिला बिरोधी हो, त्यसैले एमालेले महिलालाई प्रमुखमा उभ्यायो, यो सबै महिलाको प्रतिष्ठा हो : महेश बस्नेत

महेश बस्नेत भन्छन् :

  • नेकपा एमाले जहाँ आउँछ, त्यहाँ खुसीयाली आउँछ, त्यहाँ बिकास आउँछ, त्यहाँ शुद्धिकरण आउँछ, शुसासन आउँछ
  • पाँच वर्ष अगाडि आउँदा यहाँको बिग्रको बाटो, खानेपानी लिन आधा घण्टा जानु पर्नेहरु अहिले आउदा एमालेले गरेको बिकास, यहाँको बाटो, घरघरमा खानेपानी देखेर छक्क पर्छन
  • उपत्यकामै एक मात्र महिला प्रमुख चाँगुनारायण नगरपालिकामा उभ्याएर एमालेले समग्र महिलाको प्रतिनिधित्व र महिलाको प्रतिष्ठा बढाएको छ
  • कांग्रेस सहितको यो गठबन्धन महिलाहरुको होइन, पुरुषहरुको गठबन्धन हो, उनीहरुले कहि महिला प्रमुख उठाउन सकेनन्, उपप्रमुखमा समेत धेरै ठाउँमा पुरुषलाई उभ्याएर महिलाहरुको अधिकार खोसेको छ
  • भक्तपुरमा एमालेले सांसद जिते पछि, यहाँका नगरपालिकामा एमालेले जिते पछि बिकासको आधीबेहरी आयो, यो सबैले देखेकै छन् त
  • कांग्रेसहरु किर्ते कागज गर्न सिफालु छन् भनेर रबिन्द्रजीले बुझ्नु भएन, राप्रपाले बुझेन 
  • बढार्नु पर्ने फोहोरलाई हावाले उडायो, त्यसैले हामीलाई हाइसन्चो भएको छ

=========================================

भक्तपुर । नेकपा एमालेका युवा नेता, पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले एमालेले मात्रै जनताको मुहारमा खुसी ल्याउन सक्ने बताउनु भएको छ । चाँगुनारायण नगरपालिकाको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा रहेका अरु दलले आफ्ना परिवार, आफन्त र नातागोताका लागि मात्रै खुसी ल्याउने तर एमालेले सबै जनताको लागि खुसी लिएर आउने बताउनु भएको हो ।

पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “नेकपा एमाले जहाँ आउँछ, त्यहाँ खुसीयाली आउँछ, त्यहाँ बिकास आउँछ, त्यहाँ शुद्धिकरण आउँछ, शुसासन आउँछ, त्यहाँ भ्रष्टाचारी काप्छन्, तस्करी डराउछन्, माफियाहरु लुक्छन्, त्यसैले एमाले जनताको एमाले हो ।”

चाँगुनारायणमा पाँच वर्ष अगाडि आएको एमालेले चाँगुको मुहार फेरिएको बताउदै उहाँले पाँच वर्ष अगाडि आउँदा यहाँको बाटो, खानेपानी, बिकास देख्नेहरु अहिले आउँदा छक्क पर्ने गरेको बताउनु भयो । सरस्वतीखेदमा काँग्रेसले बिकासमा बाधा हाल्न खोज्दा त्यो त्यस्तो अबरोधलाई तोडेर यहाँका बाटोहरु पिच हुन थाले भन्दै उहाँले यहाँको बिकासले जनताले झलझली देखेको बताउनु भयो ।

उपत्यकामै एक मात्र महिला प्रमुख उभिएको चाँगुनारायण नगरपालिकामा समग्र महिलाको प्रतिनिधित्व र महिलाको प्रतिष्ठा बनेको भन्दै उहाँले यसअघि पाँच वर्ष चाँगुनारायणमा उपप्रमुख भएर अनुभव सम्हालिसक्नु भएकी बिना बास्तोलालाई एमालेले प्रमुखमा उभ्याएर चाँगुको थप बिकास सम्पन्न गर्न अगाडि सारेको बताउनु भयो ।

एमाले बिरुद्ध चुनावी मैदानमा आएको काँग्रेससहितको गठबन्धनलाई उहाँले पुरुषवादी गठबन्धनको संज्ञा दिदै भन्नुभयो, “कांग्रेस सहितको यो गठबन्धन महिलाहरुको होइन, पुरुषहरुको गठबन्धन हो, उनीहरुले कहि महिला प्रमुख उठाउन सकेनन्, उपप्रमुखमा समेत धेरै ठाउँमा पुरुषलाई उभ्याएर महिलाहरुको अधिकार खोसे, अब यहाँका महिलाले गठबन्धनलाई भोट हाले त पाप लाग्छ ।”

गठबन्धन दलहरुको झूण्ड महिलालाई हेप्ने, महिलालाई तल्लो दर्जामा व्यबहार गर्ने, शोषण, दमन र उत्पिडनमा राख्ने पाटीृ भएको भन्दै उहाँले एमालेले सबै महिलाहरुको साझा उम्मेदवारको रुपमा बिना बास्तोलालाई प्रमुखमा उभ्याएको बताउनु भयो ।

भक्तपुरमा एमालेले के गर्यो भनेर भक्तपुरका काँग्रेसले नदेखे जस्तो गरेपनि उपत्यका बाहिरका जिल्लाका काँग्रेसले भक्तपुरको बासिन्दा भन्दा महेश बस्नेतको जिल्ला भनेर गर्व गर्ने गरेको चर्चा गर्दै उहाँले काँग्रेसका कोही व्यक्ति यहाँका आफ्ना दिदी बहिनलाई भेट्न आउँदा पाँच वर्षमा भएको बिकास देखेर भोट त एमालेलाई नै दिनु पर्ने रहेछ भन्ने गरेको सुनाउनु भयो ।

उहाँले भक्तपुरको बिकास गर्न एमालेनै आउनु परेको बताउदै भन्नुभयो, “भक्तपुर १ नं. क्षेत्रमा २५ वर्षदेखि नेमकिपाले जित्दै आएको छ, यहाँको बिकासमा के गर्यो खै ?, २ नम्बर क्षेत्रमा नेमकिपा र काँग्रेसले २० वर्ष होल्ड गर्यो यहाँको बिकास के गरे खै ?, तर भक्तपुरमा एमालेले सांसद जिते पछि, यहाँका नगरपालिकामा एमालेले जिते पछि बिकासको आधीबेहरी आयो, यो सबैले देखेकै छन् त ।”

अहिलेको गठबन्धन सरकार आएपछि भक्तपुरको बिकासमा एक पैसा पनि ल्याउन नसकेको उल्टै एमालेको पालामा ल्याएको बजेट रोक्न गएर बिकास रोक्न खाजेको उहाँको भनाइ थियो । तोरी र कोदो एकै ठाउमा मिसाउँदा के हुन्छ भनेर चाँगुनारायणमा भएको प्रदेशको उपनिर्वाचनले देखाएको भन्दै उहाँले माओवादीका डिपी ढकाललाई उठाउँदा एमालेले आफ्नो ठाउँ गुमाउनु परेको बताउनु भयो ।

उपनिर्वाचनका काँग्रेस र राप्रपाबीच किन अप्राकृतिक गठबन्धन भयो भन्ने रहस्य बल्ल बाहिर आयो भन्दै उहाँले कृष्णलाल भँडेलले स्थानीय चुनाबमा रबिन्द्रलाई मेयर दिन्छौँ, मलाई जिताइदेउ भनेर लोभ देखाउदा कांग्रेसको किर्ते काममा राप्रपा फसेको टिप्पणी गर्नु भयो ।

“कांग्रेसहरु किर्ते कागज गर्न सिफालु छन् भनेर रबिन्द्रजीले बुझ्नु भएन, राप्रपाले बुझेन, त्यहीँ भएर आज रबिन्द्रजीलाई कांग्रेसले कान्लामुनी पुर्र्यादियो, अर्कालाई धोका दिएर आफ्नो लाभ र दूनो सोझ्याउनेहरु कुनै पनि ठाउँमा सफल हुदैनन्, त्यसैले यस पटक कांग्रेसलाई राप्रपाले हराउँछ, एमालेले जित्छ ।”

माओवादी केन्द्रलाई बालुवाको संज्ञा दिदै एमाले नेता बस्नेतले माओवादी जहाँ गयो त्यहीँ बिगार्छ, हिजो एमालेलाई बिगार्यो, अब काँग्रेसलाई बिगार्छ भन्नु भयो । उहाँले भन्नुभयो, “हिजो एमालेले हलुवा पकाएको थियो, माओवादीले ल्याएर बालुवा मिसाईदियो, हामीलाई तीन वर्ष निल्नु न आकेल्नु भयो, आज माओवादी कांग्रेसको हलुवामा बालुवा मिसिन गएको छ, बढार्नु पर्ने फोहोरलाई हावाले उडायो, त्यसैले हामीलाई हाइसन्चो भएको छ ।”

प्रचण्ड र माधन नेपाल, झलनाथ खनालले कम्युनिष्ट आन्दोलनमा गरेको गद्धारी र धोकाले कम्युनिष्ट सरकार ढाले, पार्टी कक्जा गर्न खोजे, सूर्य चिन्ह कब्जा गर्न खोजे, केपी ओलीलाई राजनीतिबाट हटाउन खोज्ने यस्ता तत्वहरुलाई हावाले उडाए पछि अब कम्युनिष्ट आन्दोलनलाई एमालेले शसक्त ढंगले अगाडि लैजान्छ भन्नुभयो ।

प्रचण्ड र माधन नेपाल कांग्रेसको पुच्छर लाग्दा अब घर न घाँटको हुन्छन् भन्दै उहाँले भन्नु भयो, “माधव नेपालको साढुभाई मन्त्री भए, ज्वाई राजदूत भए, झलनाथको ज्वाई राजदूत भए, प्रचण्डको भाइ नारायण दाहाल सांसद भए, छोरी भरतपुरकी मेयर, बुहारी मन्त्री, पम्फा भुसालको ज्वाई राजदूत भए भन्दै कांग्रेसको पुच्छर समातेर बैतर्णी तर्न खोजेका प्रचण्ड, माधवको हालत जनताले बुझिसकेका छन् ।”

उहाँले चाँगुनारायणका एमालेका नेता कार्यकर्तालाई प्रत्येक घरघरमा गएर भोट माग्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “तपाई त्यो कांग्रेसको घर, त्यो राप्रपाको घर, त्यो माओवादीको घर भनेर नअलमलिनुस्, प्रत्येकको घरघरमा जानुस्, ती घरहरुमा कतिका आवाज दबिएर बसेका छन्, कतिको भोट लुकेर बसेका छन्, ती भोटहरु सूर्यमा आउन सक्छ, एमालेलाई आउँन सक्छ, प्रत्येक घरघरमा गएर मत माग्नुस् ।”

आगामी निर्वाचनमा एमालेको लडाई बिकास, समृद्धि, परिवारवादको बिरोधीसँग : एमाले नेता बस्नेत : मध्यपुरथिमिमा एमालेको चुनावी अभियान

भक्तपुर । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेतले आउँदो ३० गतेको स्थानीय तहको निर्वाचनमा एमालेको लडाई बिकास र समृद्धिको बिरोधीहरुसँग रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरकमिटी स्थानीय निर्वाचन २०७९ मध्यपुरथिमि नगरपालिकाका सूर्य ध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा बोल्दै उहाँले हाम्रो लडाई समृद्धिका लागि, परिवर्तनका लागि, जनताको सेवाका लागि रहेको बताउनु भएको हो ।

एमाले पोलिटव्यूरो सदस्य, प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “यतिखेर एमाले एक्लै चुनावी मैदानमा छ, हाम्रो यात्रा देशको बिकास, समृद्धि, परिवर्तन र देशको जनताको सुखी जीवनका लागि हो, अर्को पक्ष जो गठबन्धन बनाएर आएको छ उसको यात्रा बिकास बिरोधका लागि, समृद्धिमा अबरोधका लागि, भ्रष्टाचारका लागि, नातागोताका लागि, परिवार र आफन्तका लागि, त्यसैले जनताको पक्षमा उभिएको एमालेलाई जनताको साथ छ, जीत सुनिश्चित छ ।”

नेकपा एमालेको सरकारको नेतृत्वमा भक्तपुरमा कति विबकास भए घाम जत्तिकै छर्लङ भएको बताउदै उहाँले विगत पाँच वर्षको एमाले बाहेक विकासमा अरु पार्टीको कुनै भूमिका नरहेको उहाँको भनाइ थियो । उहाँले भक्तपुरमा विगत चार वर्षमा जे जति सडक, मठ–मन्दिर र अन्य बिकास भएका छन् ती केपी शर्मा ओलीको सरकारको नेतृत्वमा भएको बताउनुभयो । अहिलेको गठबन्धन तोरी र कोदो जस्तो रहेको टिप्पणी गर्दै उहाँले हेर्दा उस्तै तर त्यसलाई पिस्दा त्यसबाट न तेल निस्कन्छ न त पिठो नै निस्कन्छ, मात्र खाली पिना निस्कन्छ भन्नु भयो । उहाँले यो गठबन्धनले बिकासको काम रोकेको समेत बताउनुभयो ।

उहाँले केपी ओलीको नेतृत्वको सरकारको पालामा कोभिडको समयमा आइसीयू र बिभिन्न सुबिधासहित चार अस्पतालका निमित्त २८ करोड बजेट ल्याउन सफल भएको, भूकम्पपछि ९२ विद्यालय बनाउन सफल भएको, क्यान्सर सेन्टरलाई २ अर्ब, मानव अंग प्रत्यारोपण केन्द्रलाई १ अर्ब र क्षयरोग अस्पताललाई ८० करोड बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाँले उम्मेदवारमा टिकट नपाएर चित्त, मन दुखाएर बस्नु सट्टा मैदानमा उत्रेर गठबन्धनको नाउँमा मुलुक बनाउने होइन नेकपा एमालेलाई कसरी समाप्त गर्ने भनेर लागि परेकाहरु बिरुद्ध लडेर जनताको मन जित्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले उम्मेदवारहरुले टिकट नपाउँदा मन दुखाउनु भन्दा हामीले हाम्रो पार्टीलाई अझ बलियो बनाउनु पर्छ भन्ने सोचेर अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले चुनाव जित्न एक्लै हिँडेर हुँदैन बलियो टिम हिँडेपछि मात्र बिपक्षको सामु एउटा बलियो चुनाबी माहोल हुने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख एवं मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठले आफू नगर प्रमुख हुँदा गरेको विकासमा कुनै पनि असन्तुष्टी नरहेको बताउनुभयो । उहाँले आफ्नो नगरबासीका लागि गरेको काम र नगरबासीको बिश्वासले गर्दा फेरी पनि मध्यपुरथिमि नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको र अब गर्न छुटेका बिकासका कार्यहरु सहज ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिमा मात्र नभई सबै जिल्लामा नेकपा एमाले आफ्नो पार्टीले दिएको निर्देशन बमोजिम चुनावी माहोलमा अगाडि बढेको बताउनुभयो ।

उहाँले आफ्नो उम्मेदवारी नगरबिकासका साथसाथै महिलाहरुको लागि पनि एउटा अवसरको रुपमा रहेको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका सूर्यध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको ९ वटै वडाको उम्मेदवार वडाअध्यक्षसहित ५ जना सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो ।

वडा नं १ का उम्मेदवार वडाअध्यक्षमा कृष्णगोपाल प्याठ, महिला सदस्यमा राधा हुमागाई, दलित सदस्यमा खुस्बु परियार, सदस्यमा श्यामकृष्ण प्रजापति र सुरेश बुढाथोकी रहेका छन्  । वडा नं.२ को अध्यक्षमा प्रकाश थापामगर, महिला सदस्यमा सरिता अर्याल, दलित सदस्यमा अम्बिका रजक, सदस्यमा रविन सिजापती र रामकृष्ण दाहाल रहेका छन् ।

वडा नं. ३ को अध्यक्षमा होमनाथ ढुङ्गेल, महिला सदस्यमा सिता अधिकारी उप्रेती, दलित सदस्यमा प्रमिला परियार, सदस्यमा इन्दु शर्मा र रविन्द्रनाथ न्यौपाने रहेका छन् । वडा नं. ४ को अध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला सदस्यमा राम केशरी श्रेष्ठ, सदस्यमा मदन ख्या श्रेष्ठ र शंकरमान श्रेष्ठ रहेका छन् ।

वडा नं. ५ को अध्यक्षमा राधेश्याम प्रजापति, महिला सदस्यमा कमला प्रजापति, सदस्यमा सुजन श्रेष्ठ र सुरेन्द्र भासिमा रहेका छन् । वडा नं. ६ को अध्यक्षमा दिलकृष्ण खाँस प्रजापति, महिला सदस्यमा रति थापा श्रेष्ठ, दलित सदस्यमा मन्जु नेपाली, सदस्यमा अमित चक्रधर र चन्द्रमान प्रजापति रहेको छन् ।

वडा नं. ७ को अध्यक्षमा कृष्ण कुमार प्रजापति, महिला सदस्यमा धन केशरी धुमन, दलित सदस्यमा चम्पा मिजार, सदस्यहरुमा भक्तराज खत्री र योगेन्द्र दुवाल रहेका छन् । वडा न.८ को अध्यक्षमा विक्रम बुढा, महिला सदस्यमा सुनकेशरी भासि, दलित सदस्यमा मन्दिरा थापा नेपाली, सदस्यमा लक्ष्मी नाथ था र श्याम होना रहेका छन् ।

वडा नं. ९ को अध्यक्षमा दिपेन्द्र थापा, महिला सदस्यमा सिता खड्का केसी, दलित सदस्यमा सुन्तली विश्वकर्मा, सदस्यमा केशव राजवाहक र जयकृष्ण अधिकारी रहेका छन् । कार्यक्रममा उम्मेदवारहरुले आजैदेखि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका थिए ।

महेश बस्नेतको गर्जन : मैदानमा कमजोरले बैशाखी खोज्छ, कांग्रेसको बैशाखी प्रचण्ड र माधव, बाँदरको पुच्छर लौरो न हतियार

भक्तपुर, १८ बैशाख । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले नेपालको राजनीति आज पनि एमाले र केपी शर्मा ओली वरिपरि घुमिरहेको बताउनु भएको छ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको चाँगुनारायण नगरपालिकाले आजबाट गरेको घरदैलो अभियान अन्तर्गत वडा नं. १ सरस्वती खेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीतिमा अहिले पनि एमाले बलियो शक्ति रहेको बताउनु भय

मैदानमा जो कमजोर छ, उसैले साथी खोज्छ भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद बस्नेतले भन्नुभयो, “मैदानमा जो कमजोर छ, त्यसले साथी खोज्छ, जो घाइते छ, त्यसले बैशाखी खोज्छ, एमाले बलिाये छ, त्यहीँ भएर एक्लै मैदानमा छ, कांग्रेस घाइते छ, त्यसैले प्रचण्ड र माधव नेपाल दुईतिर बैशाखी टेकेर आएको छ, तर बिचरा त्यो बैशाखी के काम, बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो ।”

उहाँले स्थानीय पालिकामा मात्रै होइन, प्रदेश र केन्द्रमा समेत एमालेको सरकार बन्ने ठोकुवा गर्दै भूमाफियाले कब्जा गरेको सबै सार्वजनिक जग्गा एमालेको सरकार फिर्ता गराउने सार्वजनिक जग्गाको संरक्षण गर्ने बताउनु भयो ।

“ सरस्वती खेलको बसपार्कमा १९ रोपनी जग्गा भूमाफियाले कब्जा गरे, त्यो हाम्रो कारणले रोकिएको छ, त्यसलाई सरकारीकरण गर्न हामी फेरी लाग्ने छौँ, हामीले अन्तिम चरणमा पुर्याएको थियौ, सरकारीकरण गर्न तर गठबन्धनको सरकार आएपछि त्यो काम रोकिएको छ । एमाले फेरी सरकारमा आउँछ, सार्वजनिक जग्गाको संरषण गर्छ, सार्वजनिक जग्गा खाने माफियालाई जेलमा लगेर कोच्छ ।”

उहाँले बेसीँमा ११ रोपनी, कमल पोखरीमा १५ रोपनी, दक्षिण नारायणीमा १७ रोपनी जग्गा, मनोहरामा ४४ रोपनी र हनुमन्तेमा ५४ रोपनी सार्वजनिक जग्गा पूर्व भुमि सुधार मन्त्री नेपाली कांग्रेसका पूर्व बरिष्ठ नेताले कान्छी श्रीमतिको नाममा गराएको भन्दै सार्वजनिक जग्गा दर्ता गरेर खाने पार्टीका साथीहरु आज ठुला–ठुला कुरा गर्ने भन्दै व्यङ्ग्य गर्नु भयो ।

नगरकोटमा २०५ रोपनी जग्गामा कब्जा गरेर बनाएको टहरा भत्काउने मेयर सोमप्रसाद मिश्र र उपमेयर बिना बास्तोलालाईू ‘स्यलुट’ गर्न चाहान्छु भन्दै उहाँले २२ ओटा टहराको त एउटा नेताले भाडा उठाएर खादो रैछ भन्नु भयो । त्यस्ता २०५ ओटा टहरा खाली कस्ले गरायो भने त्यो नेकपा एमालेले गरायो । त्यो भएर सार्वजनिक जग्गा हामी संरक्षण गछौं ।

कार्यक्रममा उहाँले वडा नं. १ मात्रै होइन सिंगो नगरपालिका एमालेलृ विजयी हासिल गर्ने र उपत्यकामै पहिलो महिला नेतृत्व पालिका चाँगुनारायण हुने उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस छाडेर आउने ५५ जनालाई टीका तथा खादा लगाएर एमालेमा प्रवेश गराउनु भयो ।

एमालेको घर दैलोमा जनलहर उर्लियो, स्वागत र आर्शिवादले विजयको यात्रालाई सुनिश्चित गर्यो

भक्तपुर, १८ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा एमालेले आफ्नो पार्टीको घर दैलो अभियानलाई तिब्र पारेको छ । सूर्यविनायक नगरपालिकामा शनिवार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र बालकोटबाट शुरु गरिएको घरदैलो अभियान आइतबार दधिकोटमा सम्पन्न भयो । निर्वाचन कार्यालयले दलका उम्मदवारको अन्तिम नामावाली प्रकाशन गरि आयोगले उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरेपछि घरदैलो अभियान तिब्र भएको हो ।

एमालेको घरदैलो अभियानको दोश्रो दिन आज सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । नेकपा एमालेको प्रभावशाली युवा नेता पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा वाग्मती प्रदेशका सांसद शशीजंग थापासहितको अग्रतामा भएको घरदैलो कार्यक्रममा घरघरबाट एमालेलाई स्वागत गरेका छन् ।

सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा, पम्फा परियार सहितको टोलीमा सयौ एमाले नेता ताथा कार्यकर्ता अभियानमा सहभागि हुदै सूर्यमा मतदान गर्न मतदातालाई आव्हान गर्नु भएको थियो ।

आज बिहान दधिकोटको गाम्चा चोकबाट शुरु गरिएको बिहाल र्यालीसहितको अभियानलाई सफल बनाउदै उत्साह थप्न टोल टोलबाट मतदाता सहभागि भएका थिए भने अबिर, फूल माला र दहिको सगुनले स्वागत गर्नु भएको थियो । पाँच वर्ष सूर्यविनायक नगरपालिकाको नेतृत्व गरेर विकासको लहर ल्याउन सफल पार्टी र व्यक्तिलाई नै फेरी नेतृत्वमा ल्याउनु पर्छ भन्दै घरघरबाट स्थानीयवासीले विजय कामना व्यक्त गरेका थिए ।

एमालेको नेतृत्व आएपछि फेरिएको भक्तपुरको मुहार, चम्किएको सूर्यविनायकको मुहार र यहाँको विकास र समृद्धि यात्रालाई पुरा गर्ने शक्ति एमाले मात्रै भएको भन्दै ठाउँ ठाउँमा मतदाताले ३० गतेको निर्वाचनमा पनि एमालेको विकल्प अरु कुनै पार्टी नभएको बताउदै शुभकामना दिएका थिए । घरदैलो अभियानका क्रममा स्थानीयवासी जेष्ठ नागरिकले भोट सूर्य चिन्हमा नै दिने बताउदै बुढेसकालको साहारा वा सारथी बनेको एमाले लाई जिाउने बताएका थिए ।

सूर्यविनायकमा विकासको लहर आएको, युवादेखि महिलासम्म, बुद्धिजिबीदेखि जेष्ठ नागरिकसम्मको भावना बुझेन पार्टी एमाले मात्रै भएको भन्दै स्थानीय युवा, बुद्धिजीवि, महिलाहरुले ‘आयो आयो एमाले आयो, सूर्यविनायकमा विकासको लहर ल्यायो ।’ भन्दै स्वागत गरेका थिए । सूर्यविनायक नगर क्षेत्रमा एमालेले गरेको बिकासदेखेर पनि अरु उम्मेदवारलाई रोज्नै नसकिने भन्दै मदाताले सूर्यविनायकको मुहार फेर्ने एमालेले मात्रै अब बिकासको बाँकी काम पुरा गर्न सक्ने बताएका थिए ।

घरदैलो अभियानमा ‘नेकपा एमाले जिन्दावाद, भोट के मा ? सूर्यमा, आयो आयो, सूर्य आयो, सूर्यविनायकका जनता के भन्छन्, एमलोलाई ले भन्छन्, नेकपा एमाले हाइ हाई, अरु दल वाई वाई’लगायतका नाराहरु लगाएका थिए । समृद्ध नगरपालिका, बिकाससिल नगरपालिका बनाउने सक्ने पार्टी एमाले मात्रै हो भन्दै मतदाताले ३० गतेको पर्खाइमा रहेको बताएका थिए