दुवाकोट केएसी चोकमा ढल निकाक व्यवस्थापन कार्यको शिलान्यास
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १,२,३ र ४ जोड्ने मुल सडक सल्लाघारी चाँगु सडक एक वर्ष भित्र कालोपत्रे गर्न आफूहरु लागि पर्ने चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले बताउनुभएको छ । दुवाकोट केएसी चोकमा ढल निकाकस व्यवस्थापन कार्यको शिलान्यास गर्दै उहाँले एक वर्ष भित्र सडक कालोपत्रे सम्पन्न गर्न आफूहरु लागि पर्ने बताउनुभएको हो ।
बाटो पहिला नै सम्पन्न हुनु पर्ने हो तर विभिन्न प्राविधिक कारणले सम्पन्न हुन सकेको छैन यसलाई निरन्तरता दिँदै बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आफूहरु अहोरात्र खट्ने उहाँले बताउनुभएको थियो । शिलान्यास कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले गर्नुभएको विस्वासलाई हामी निरासा दिने छैनौं भन्नुभयो ।
दैनिक जिवनलाई सहज बनाउन नै जनप्रतिनिधिको आवश्यकता हो यसैका लागि हामी जनताको सेवामा छौं यो दाहित्व र कर्तव्य बाट हामी पन्छने छैनौं उहाँले भन्नुभयो । उहाँले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।
नगरमा समस्याको रुपमा रहेको डुुवान र सडकक कटानको समस्याबाट क्षतीको न्यूनिकरण गर्न पहिरो नियन्त्रण आदी सबै मिलेर निकास निकाल्नु पर्ने खत्रीले बताउनुभयो । स्थानीय क्लव टोल कमिटि आदीको सक्रिय सहभागितामा आफ्नो घर नजिकको कुलो खोल्सा बाटोबाट बग्ने पानी नियन्त्रण गर्न सहयोग गर्नुहुन मेयर खत्रीले आग्रह गर्नुभयो ।
सचेत नागरिकको सहयोगले नगरपालिका बन्ने भन्दै उहाँले सबैलाई हातमा हात मिलाउन आग्रह गर्नुभयो । बाटो यातायाता र खानेपानीलाई प्राथमिकताका साथ आफूहरु काममा जुटेको समेत उहाँले बताउनुभएको थियो ।





कार्यक्रममा नगर प्रमुख थापाले विगतमा बाँकी भएका बिकासका कामहरु सम्पन्न गर्दै नयाँ कामको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरि उपप्रमुख भट्टराई, सबै वडाका वडाध्यक्षले नगरको विकासमा एक भएर लाग्ने बताउनु भयो ।
त्यसअवसरमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा उक्त क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतल पछिल्लो पाँच वर्ष विकासको हिसावले मुलुककै सर्वोत्कृष्ट रहेको दावी गर्दै अब पाँच वर्ष जुनसुकै दलमा आस्था राख्ने जनप्रतिनिधि भए पनि बिकासका लागि एक्यबद्ध भएर काम गर्नु पर्ने बताउनु भयो ।
वाग्मति प्रदेश सभाका सदस्य शशीजंग थापाले तीन तहकै सरकारबाट आएको बजेटले यहाँको बिकास भएको भन्दै अब पनि समन्वय र सहकार्य गरेर अगाडि जानु पर्ने बताउनु भयो ।







