मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

काठमाडौँ, २८ वैशाख : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ तर मादकपदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानूनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आयोग हार्दिक अपिल गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर, २७ बैशाख : गहुँ भित्रयाउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवा युवती ३० गतेको स्थानीय तहको निर्वाचनमा हाम्रालाई नभई राम्रालाई भोट दिने बताउन थालेका छन् । गहुँ काट्दै गरेको खेतमा होस कि, चिया पसलमा, कलेज गएर फर्कदै गरेका विद्यार्थीलाई होस कि, घरमा काम गर्ने महिला, जेष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन राम्रालाई भोट ।’

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । उहाँ उत्साहित हुदै भन्नुहुन्छ, “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको बिकास गर्न सक्ने, क्षमतावान र पुरा गर्न सक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त दिने हाम्रानै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।”

कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको भन्दै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन सुझाब दिएको बताउदै भोटको सवालमा कसैले दबाब नदिएको बताउनु हुन्छ । सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँको बिसका गर्न सक्छ भन्ने सही आँकलन गरेर राम्रा नेतालाई भोट दिने बताउनु हुन्छ ।

आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताहरुको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको बिकासलाई पनि मूल्यांकन गर्ने बताउनु हुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे ।

उहाँले भन्नुभयो, “मतदातालाई यस पटक मत दिन सजिलो छ, विगतमा जितेर जाने नेताले कति बिकास गरे, बिकासका सवालमा हार्ने दलहरुले पहल गरे कि गरेनन्, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनाब पछि जितेका र हारेका पार्टीका नेताहरु आफ्नो गाउँमा आए कि आएनन्, जनताको सुख दुखमा नेताहरु साथ दिन आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्यांकन गरेर मतदान गर्ने बिचार गरेको छु ।”

सबै दलका घोषणा पत्रमा आर्दशता कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनु हुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुभयो, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको बिकास गर्न सक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोली हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।”

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले जेष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, बृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यबस्था गरिदिने, भजन किर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवाहरुलाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यबस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर संकल्प गर्ने नेतालाई भोट दिने बताउनु हुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सृजना गर्न सक्ने मतदाताहरु बताउँछन् ।

स्थानीय तहमा अहिलेसम्म नेमकिपाले एकछत्र राज गर्दै आएको भक्तपुर नगरपालिकाका बासिन्दा गरिब जनताको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यबस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरीका किसानले सधै मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यबस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति ।

भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको शहर भक्तपुरमा कोर क्षेत्र भन्दा बाहिर पनि बिकासको योजना नेताहरुले बनाउनु पर्ने बताउनु हुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिंगो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा बिकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनु हुन्छ ।

मध्यपुरथिमिका बासिन्दा सम्पदाको बिकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा बिकास भएर हामी खुसी छौँ, कौशी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती बिकासको योजना ल्याएर जनतासँग प्रतक्ष्य रुपमा सधै हुलमिल हुने, चुनाबमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनु हुन्छ । उहाँ हाम्रालाई होइन राम्रालाई रोजौँ भन्ने भावना सबैमा हुनु पर्ने बताउनु हुन्छ ।

दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

काठमाडौँ, २७ वैशाख  : जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।

मध्यरातिदेखि मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा

काठमाडौँ, २७ वैशाख : तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि सुरु हुने मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ ।

निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आज आह्वान गरेको छ ।

सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडिअर्थात् आज वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि सुरु हुँदैछ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन प्रमुख निर्वाचन आयुक्तसहित पाँचै जना आयुक्तहरु र आयोगका सचिवको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन् । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदातालाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह गर्नुभयो । आँकडामा स्थानीय तह निर्वाचन यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ । आचारसंहिता उल्लङ्घनमा कारबाही जारी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिताविपरीत भएका कार्य हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्य भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्नसक्ने अधिकार समेत नेपाल सरकारका सहसचिवको नेतृत्वमा १९ वटा उच्चस्तरीय टोली तुलनात्मकरूपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन गरेको छ । यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकताअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्नसक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए–नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ ।

आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ, जसअन्तरगत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ ।

सीमा नाका बन्द मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ । निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ ।

मौनअवधिका लागि कल ब्याक टोन अहिले निर्वाचनको मौनअवधि सुरु भइसकेको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत नमाग्न, निर्वाचन प्रचारप्रसार नगर्न, छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट वा शेयर नगर्न नगराउन आयोग सबैमा अनुरोध गर्दछ ।

चाँगुनारायणमा एमालेबाट मेयरका प्रत्यासी बिना वास्तोला भन्नु हुन्छ : यसकारण एमालेलाई भोट, (यस्तो छ, एमालेको आगामी पाँच वर्षे योजना)

भक्तपुर, २७ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले विजयी हुने दाबी गरेका छन् । एमालेको आज सम्पन्न अन्तिम चुनावी सभामा यस्तो दाबी गरिएको हो । नेकपा एमालेले शान्त, शालिन महिला उम्मेदवारलाई नगर प्रमुखको रुपमा चुनाबमा अगाडि सारेको बताउदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज सोम प्रसाद मिश्रले एमालेको विगत पाँच वर्षको बिकासको योजना र आगामी पाँच वर्षमा सम्पन्न गर्ने योजनाले जनताको मनमनमा छोएको भन्दै एमालेको जितलाई गठबन्धनले भत्काउन नसक्ने बताउनु भयो ।

उहाँले एमालेले आगामी पाँच वर्षमा नगरपालिकामा बाँकी रहेको अधूरा योजनाहरु पुरा गर्ने र विकास एवं समृद्धीको यात्रालाई पुरा गर्ने लक्ष्यका साथ जनता माझ संकल्प प्रस्तुत गरेको बताउनु भयो ।

आगामी पाँच वर्षका लागि यस्तो छ एमालेको बिकासका योजना :

एमालेले चाँगुनारायण नगरपालिकामा विजयी भए पछि प्राविधिक विद्यालयको विस्तार तथा क्षमता अभिवृद्धि गर्दै बहु प्राविधिक विद्यालय निर्माण गर्ने, पाँच माध्यामिक र पाँच आधारभूत विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयहरुमा डिजिटल माध्यमबाट शिक्षण सिकाई गर्न आवश्यक प्रविधिको व्यवस्था गर्ने, सूचना प्रविधि लगायत सम्बन्धित विषय उच्च शिक्षा हासिल गर्न चाहने निम्नस्तर भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यबस्था गर्ने, स्थानीय शिक्षक दरबन्दीको व्यवस्था गरिने नीति लिइने भएको छ ।

त्यस्तै स्वास्थ्य तर्फ दलित तथा अल्पसंख्या समुदायहरुलाई स्वास्थ्य बिमा कार्यक्रम पूर्ण सहायता गर्ने, चाँगुनारायण अस्पतालमा विशेषज्ञ सेवा सहित एमआरआई, सिटि स्क्यान मेशिनको व्यबस्था गर्ने, सुत्केरी महिलालाई सुत्केरी स्याहार खर्च स्वरुप रु .३५ सय वितरण गर्ने, ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको घरमै निशुल्क स्वास्थ परीक्षणको व्यबस्था गर्ने, स्वास्थ्य परिक्षणको लागि ल्याबहरुको स्थापना गर्ने, बीर अस्पताल र मानव अङ्ग प्रत्यारोपण अस्पतालको निर्माण गर्ने तथा दम एवं स्वास प्रश्वासा बिरामीहरुलाई मेडिकल अक्सिजन उपलब्ध गराईनेछ घोषणा गरेको चाँगुनारायणमा एमालेबाट मेयरका उम्मेदवार बिना बास्तोलाले जानकार दिनु भयो ।

त्यस्तै एमालेले कृषि तथा पशुपालनतर्फ कृषक सूचिकरणको कार्य सम्पन्न गर्ने, सूचिकरणका आधारमा विउ विजन एवं कृषि औजारमा अनुदान दिने, बिउ बिजन मलखादको सुविधायुक्त सुपथ पसलको व्यवस्था गर्ने, नगर एक कृषि उत्पादन कार्यक्रम लागु गरिने, माटो परिक्षण केन्द्रको स्थापना गर्ने, प्राङ्गारिक एवं जैविक मल उत्पादनामा अनुदानको व्यवस्था गरि अर्गानिक कृषि खेतीलाई सहुलियत प्रदान गर्ने, तरकारी तथा फलफुल बजार एवं कोल्ड स्टोरहरुको स्थापना गर्ने, एक घर दुई फलफुल विरुवा वितरण गर्ने कार्यक्रम अगाडि सारेको एमालेबाट मेयरका उम्मेदवार बास्तोलाले जानकारी दिनु भयो ।

मेयर सोम प्रसाद मिश्रको नेतृत्वमा नगरपालिकाका १४ हजार घरधुरी मध्ये हालसम्म १२ हजार घरमा धारा पुर्याएको र अब बाँकी २ हजार घरमा धारा पुर्याएर चाँगुनारायणका सतप्रतिशत घरमा धारा पुग्ने ब्यबस्था गरिने बताउनु भयो ।

चाँगुनारायण नगरपालिका खानेपानी व्यवस्थापन बोर्ड गठन गरि नगरको सम्पूर्ण खानेपानी योजना एकरुपताका साथ संचालन एवं व्यवस्थापन गरिनेछ, परम्परागत ढुंगेधारा, मुहान पँधेरा कुवाको मौलिक पहिचान झल्कने गरि मर्मत सम्भार गरिनेछ, आकाशेपानी संकलन गरि होटेल संघसंस्था र कृषिमा सिँचाईको लागि प्रयोग गर्न सकिने योजना निर्माण गर्ने, प्रत्येक वडामा ढल निकास सहितको सडक योजना लागु गरिनेछ उहाँले बताउनु भयो ।

त्यस्तै मुहान पोखरी, बोजिनी ड्याम, पातले वन मुहान, तेलकोट मुहान, मझुवा लगायत प्राकृतिक पानीका श्रोतहरुलाई संरक्षण गरी दीर्घकालिन योजना बनाउने, नगरपालिकाको फोहोरमैला व्यवस्थापन र सरसफाई गुरुयोजनालाई कार्यान्वयन गरिन, घरघरबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने गरि छुट्टाछुट्टै राखेर जैविक मलको रुपमा प्रयोग गर्न प्रोत्साहन गरिने भएको छ ।

सफा र स्वच्छ कार्यालय, विद्यालय र संघसंस्थामा हरियाली बगैँचा निर्माण गरिनेछ योजनाका साथै महत्वपूर्ण पर्यटकीय तथा सार्वजनिक स्थलमा सार्वजानिक शौचालय निर्माण गरिने, एक विद्यालय एक बाल बगैँचाको बनाइने, दुई वर्ष भित्र पूर्ण सरसफाई युक्त नगर घोषणा गरिने, दिसाजन्य लेदो व्यवस्थापनको लागि आवश्यक गाडी खरिद गरि नागरिकको घरमा सुविधा प्रदान गरिने एमालेको योजना रहेको छ ।

त्यस्तै पर्यटन सूचना केन्द्रको स्थापना गरिने, पर्यटकीय क्षेत्रमा पर्यटन प्रहरीको व्यवस्थापन गरिने, चाँगुनारायण मन्दिर क्षेत्रको भू धरातललाई जोखिम मुक्त बनाउन आवश्यक पहल गरिने, चाँगुनारायण, मूलकोट गढी, नगरकोट, बोजिनी ड्याम लगायतका क्षेत्रमा पर्यटन प्रर्वद्धनको लागि आवश्यक पूर्वाधार निर्माण गरिने, पर्यटनकीय क्षेत्रको मौलिक पहिचान झल्काउने स्थानीय उत्पादनलाई अध्ययन अनुसन्धान गरी उत्पादनमा जोड दिइनेछ योजना अगाडि सारेको छ ।

चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको सामाजिक सांस्कृतिक पहिचान झल्कने संग्राहलय निर्माण गरिने, निजी क्षेत्रको साझेदारीमा पर्यटन आर्कषित गर्नको लागि जिपलाईन, मूलपानी मनोहरा फाँटमा बहुउद्धेश्यीय जलाशय निर्माण गरि बोटिङ्ग जस्ता मनोरञ्जन संरचना निर्माण गरिने, मुहानपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने, प्रस्तावित मुहानपोखरी बहुउद्धेश्यीय परियोजना (ड्याम) लाई सार्वजानिक र निजी साझेदारीमा कार्यान्वयनमा ल्याईने योजना अगाडि सारेको छ ।

त्यस्तै यस नगरपालिका भित्र वि सं २०७४ भन्दा अधि २३ कि मि सडक कालोपत्रे भएकोमा हाल ५९ कि मि सडक कालोपत्रे गरेको, र बाँकी सडकहरुलाई आगामी पाँच वर्षमा न्यूनत्तम १०६ कि मि पुरा गरिने, सबै सडकहरुमा पैदल हिड्ने पेटी निर्माण गरिने, साथै अपाङ्गतामैत्री पैदल मार्ग निर्माण गरिनेछ, चाँगुनारायण द्रुतमार्ग दुवाकोट  ताथली जोड्ने सडक निर्माण कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरिनेछ योजना एमालेले अगाडि सारेको छ ।

त्यस्तै प्रत्येक वडामा कम्तिमा ३ वटा मुख्य मुख्य सडक कालोपत्रे गरिने, उज्यालो, सुरक्षित, हरित सडकको निर्माण गरिने, बसपार्क, बस टर्मिनल पार्किङ्ग क्षेत्र यातायात दुवानी सेवा र यात्रु प्रतिक्षालय यकिन गरि पूर्वाधार निर्माण गरिने, चाँगुनारायण नगरपालिकको Lifeline सडकको रुपमा रहेको कमलविनायक नगरकोट सडकको लागि पहिलो नगर सभाबाट आवश्यक बजेट नगरपालिकाबाटै विनियोजन गरि १० वटा खण्डमा आगामी चैत्र मसान्त भित्र पूर्णरुपमा अस्पाल्ट पिच गर्ने व्यवस्था मिलाइने घोषणा एमालेले गरेको मेयरका प्रत्यासी वास्तोलाले बताउनु भयो ।

उज्यालो नगरपालिका बनाउन बार्षिक ५०० विद्युतीय सडक बत्ति थप गर्दै ५ वर्षभित्र २५०० सडक बत्ति जडान गर्ने कार्यलाई निरन्तरता दिईने भएको छभने युवा तथा खेलकुद महोत्सवको थालनी गरिने, बौद्धिक प्रतिभा प्रस्फुटनका क्रियाकलाप जस्तै वैज्ञानिक गतिविधि, नयाँ प्रविधि, नयाँ व्यावसाय, अनुसन्धानात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल ईन्जिनियरिङ्ग कलेज समेत आबद्ध गराई चाँगुनारायण आविष्कार केन्द्र स्थापना गरि संचालन गरिने, नगरक्षेत्रमा कम्तिमा १० युवा क्लब गठन गरि नगरमा हरेक कार्यक्रम तथा योजनामा सोही क्लब मार्फत युवा सहभागितालाई सुनिश्चित गरिने योजना अगाडि सारेको एमालेबाट उपमेयरका प्रत्यासी रमेश बुढाथोकीले बताउनु भयो ।

एमालेले विपद् जोखिम न्युनीकरण, महामारी, विकास निर्माण, वातावरण तथा सरसफाइ कार्य र मनोरञ्नात्मक कार्यमा नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट जस्ता स्वयंसेवक संस्थाहरुको सहकार्यमा युवा स्वयम्सेवक एवं सहभागित कार्यक्रम ल्याईने, एक वटा वडा, एक खेल पहिचान कार्यक्रम संचालन गर्ने, कर्भड हल÷रंगशाला निर्माण कार्यक्रमलाई निरन्तरता दिईने, क्रिकेट तथा फुटसल खेललाई विशेष प्राथमिकता दिईने, युवाहरुको बहु प्रतिभा पहिचान तथा नगरपालिका भित्रका मेधावी युवाहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम ल्याईने योजना अघि सारेको छ ।

त्यस्तै महिला स्वरोजगार कार्यलाई विशेष प्रोत्साहन गर्दै मेयर उद्यमशीलता कार्यक्रममा न्यूनतम २० प्रतिशत आरक्षण व्यवस्था गरिने, महिला आयआर्जन सम्बन्धी सीप प्रर्वद्धन गरी उद्यमी महिलाको लागि प्रविधि सहयोग तथा अनुदानको व्यवस्था गरिने, महिलालाई सीपयुक्त तालिम जस्तैः ब्युटिशियन, घरेलु उद्योग, मन्टेश्वरी तथा स्थानीय सामग्रीबाट सामान उत्पादन कार्यलाई निरन्तरता दिईने, महिलाहरुलाई अध्ययन÷अवलोकन भ्रमण गराई रोजगारीप्रति आकर्षित गरिने, ५० वर्ष उमेर पुगेकाका अविवाहित महिलाको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने, स्त्री रोग परीक्षणको व्यवस्था चाँगुनारायण अस्पालमा निःशुल्क गरिने व्यवस्था मिलाईने, महिला सशक्तिकरण गर्नको लागि प्रत्येक वर्ष न्यूनत्तम १०० छात्राहरुलाई नि शूल्क लोकसेवा, शिक्षक सेवा, बैँङ्किङ्ग सेवा जस्ता अन्य स्थायी एवं सरकारी सेवामा प्रवेश गर्नेको लागि आवश्यक तयारी कक्षाहरु निशुल्क रुपमा संचालन गरिने योजना एमालेले अगाडि सारेको छ ।

नगरपालिकाले हालसम्म ९ वटा जेष्ठ नागरिक मिलन चौतारी संचालन गरेकोमा ५ वर्ष भित्र साविकका गाउँ विकास समितिका वडा अनुसार संख्या बढाउने, आमाबाबु नभएका, अपाङ्गता भएका, दलित जातिहरुको विद्यार्थीहरुका लागि विद्यालयमा भर्ना र पढाइ शुल्क लिन नपाईने व्यवस्था गरिने, प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुलाई आन्तरिक रुपमा धार्मिक पर्यटनको व्यवस्था मिलाईने, एक वडा एक बाल उद्यान बनाईने, दलित जातिको पेसा र पहिचान संरक्षण गर्ने कार्यको लागि सिप विकास कार्यक्रम ल्याईने भएको छ ।

एमालेले युवा रोजगार सिर्जनालाई मेयर उद्यमशीलता कार्यक्रम मार्फत हाल १७८ जना लाभान्वित भएकोमा यस संख्यालाई वृद्धि गरि पाँच वर्ष भित्र १००० जना उद्धमशिल युवा उत्पादन गरिने, युवा वर्गलाई सीपमूलक तालिममा सहभागी बनाई २००० युवाहरुलाई रोजगारी प्रदान गरिने, सीपशाला कार्यक्रम मार्फत नगरपालिका मार्फत हुने विकास निर्माणमा २० प्रतिशत नगर रोजगार एवं श्रमको व्यवस्था मिलाईने भएको छ ।

नगरपालिकाको भवन निर्माण सम्पन्न गराएर एक वर्ष भित्र नवनिर्मित भवनबाट सेवा प्रवाह गरिने, २ वर्ष भित्र सबै वडामा व्यवस्थित वडा कार्यालय भवन निर्माण गरि टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिने, दुई वर्ष भित्र योजना संचालनका सम्पूर्ण सेवाहरु डिजिटल प्रविधि मार्फत घरमै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने योजना ल्याएको छ ।

त्यस्तै आगामी ६ महिना भित्र चाँगुनारायण नगरपालिकाले तयार गरेको डिजिटल प्रोफाइलको आधारमा QR सहितको घरबासी परिचय पत्र वितरण गर्ने, नगरबासी परिचय पत्रको आधारबाटै नगरपालिका एवं अन्य निकायबाट हुने सेवाहरुलाई डिजिटलाईज गरि भावि दिनमा प्रयोग गर्नको लागि अभिलेखिकरण गरिने, आगामी ६ महिना भित्र सम्पन्न गरि चाँगुनारायण नगरपालिका भित्र रहेका सबै घरधुरीहरुलाई छुट्टाछुट्टै घर नम्बर प्रदान गरिने, घर नम्बर वितरण पश्चात आवश्यक हुने Addressing System निर्माणको अन्तिम चरणमा रहेकोले यथासिघ्र सम्पन्न गरि प्रयोग गरिने व्यबस्था गरिने योजना एमालेको छ ।

एमालेले नगरपालिकाले विकास गरेको लागि सूचना प्रविधिका प्रणालीहरुलाई प्राथमिकताको साथ नागरिकलाई प्रयोग गर्न सक्ने बनाउनको लागि ५ महिना भित्र १०० समुदायको युवा स्वायंसेवक परिचालन गरिने, नगरपालिका क्षेत्रमा सूचना प्रविधि एवं यस सम्बन्धी विषय अध्ययन गरेका विद्यार्थी एवं नागरिकहरुलाई आवश्यकताको आधारमा नगरपालिका सूचना प्रविधि एवं चाँगुनारायण आविष्कार केन्द्रसँग अभिलेख एवं आवद्ध गरिन, नगरमा सूचना प्रविधि विकासको लागि निजीक्षेत्रको सहभागितालाई विशेष जोड दिईने, डिजिटल नेपाल फ्रेमवर्कलाई निजि क्षेत्रको समेत संलग्नतामा स्थानीयकरण गर्न नगरपालिकाले तयार गरेको मार्गचित्र कार्यान्वयनमा विशेष जोड दिएको मेयरका प्रत्यासी बास्तोलाले बताउनु भयो ।

एमालेलाई दिएको भोट खेर नजाने भन्दै उहाँले जनताको भावना अनुसार नगर पालिका सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्दै सूर्यमा मतदान गरि एमालेलाई जिताउन चाँगुनारायणवासीलाई उहाँले आव्हान गर्नु भयो ।

समृद्ध चाँगुनारायणको पाँच वर्षे यात्रामा बिकासका उपलब्धीहरु प्रशस्त छन् : मेयर मिश्र

भक्तपुर, २७ बैशाख । चाँगुनारायण नगरपालिकाले विगत पाँच वर्षमा विकासमा फड्को मारेको छ । नेकपा एमालेले स्थानीय तहको नेतृत्व लिए पछि नगरको समग्र क्षेत्रको विकास गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित मेयर सोम प्रसाद मिश्र, उपमेयरमा बिना वास्तोलासहितका जनप्रतिनिधि आए पछि सुरु भएको विकासको कामले तिब्रता पाएको नगर प्रमुख सोम मिश्रले बताए ।
नगरपालिकाले बिभिन्न क्षेत्रमा नमूनाको काम गरेर भौतिक संरचनादेखि मानवीय संरचनासम्मको विकास गरेको उहाँले जानकारी दिनु भयो ।

     मेयर सोम प्रसाद मिश्रको नेतृत्व यस्ता भए बिकासको काम :

शिक्षा तर्फ बचत खाता छोरीको सुरक्षा जिवन भरिको, ५ देखि १४ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन, विषयगत क्षमता अभिवृद्धि तालिम, एकिकृत परीक्षा प्रणाली, पहिलो वर्षनै शिक्षा ऐन नियमावली निर्माण कार्यान्वयन, ४५ वटा विद्यालय भवन निर्माण, दशकौँदेखि गिजोलिएको दरबन्दी मिलान सम्पन्न, ९ जनालाई पूर्ण, ४ जनालाई ५० प्रतिशत र ५ जनालाई पूर्ण छात्रबृत्तिमा इन्जिनियरिङ्ग र एमबिबिएसमा ३ जनालाई ५० प्रतिशत छात्रबृत्ती, विद्यालयहरुमा पुस्तकालय आईीसट तथा साइन्स ल्याबको व्यवस्थापन र शिक्षक गोल्डेन ह्याण्सेक कार्यक्रम लागू गरेको मेयर मिश्रले बताउनु भयो ।

त्यस्तै स्वास्थ्य तर्फ एक वडा एक स्वास्थ्य चौकी निर्माण सम्पन्न, एक वडा एक एम्बुलेन्स कार्यक्रम संचालन, मेडिकल अक्सिजन प्लान्ट सहितको १७ शैयाको चाँगुनारायण अस्पताल स्थापना एवं संचालन, जनता स्वास्थ्य बिमा कार्यक्रम, बर्थिङ्ग सेन्टर र सुत्केरी सुविधा, पूर्ण खोप (बालबालिकाको लागि) सुनिश्चित नगरपालिका घोषणा, कोभिड १९ बिरुद्धको सतप्रतिशत खोप लगाइएको, चार वटा स्वास्थ्य संस्थामा अत्याधुनिक ल्याबको स्थापना एवं संचालन गरिएको छ ।

कृषि तथा पशु विकासतर्फ ५० प्रतिशत, अनुदानमा बिउ वितरण, ५० प्रतिशत कृषि यन्त्र तथा उपकरण वितरण, ५० प्रतिशत अनुदानमा कृषि चुन÷प्लाष्टिक सिट वितरण, पशुरोग विरुद्धको भ्याक्सिन, उन्नत जातको बोल तथा गाई वितरण कार्यक्रम, पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण व्यवस्था गरिएको छ । खानेपानी तथा ढलतर्फ १२ हजार घरधुरीमा एक घर एक धारा जडान सम्पन्न गरिएको, १४ वटा ओभरहेड ट्यांकी निर्माण, ११ डिपबोरिङ्ग योजना सम्पन्न गरिएको, ७ वटा योजना डिपिआर सम्पन्न गरिएको मेयर मिश्रले बताउनु भयो ।

त्यसैगरि फोहोरमैला व्यवस्थापन एवं सरसफाई तर्फ पूर्ण सरसफाईयुक्त नगरपालिका रणनिति योजना निर्माण र कार्यान्वयनको तयारी, सार्वजानिक शौचालयको चाँगुनारायण मोडल तयार एवं संचालन गरिएको छ । पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धनतर्फ चाँगुनारायण हजार सिंढी निर्माण, पदमार्ग ४.२ कि.मि (ँययत त्चबष्)ि निर्माण, मुहान पोखरीदेखि नगरकोट देउरालीसम्मको पर्यटन क्षेत्रमा सडक बत्ती जडान, हरिगुरु पार्क र भट्टेडाँडा पार्क डिपिआर तयार भई कार्य आरम्भ, बागेश्वरीको मजुवा र चाँगुनारायण नगरपालिकामा एक एक वटा होमस्टे संचालन गरिएको छ ।

नगरपालिकाले विगत पाँच वर्षमा सडक तथा यातायाततर्फ २३ कि.मि कालोपत्रे सडक रहेकोमा ५६ किमि सडक कालोपत्रे गरिएको, उज्यालो चाँगुनारायण नगरपालिका अन्तरगत १५०० सडक बत्ति जडान गरिएको, सडक नयाँ ट्रयाक १९.४४ किमि ग्राभेल गरिएको, २८.६५ किमि सडक ढलान गरिएको, थप ६.३१ कि.मि सडक तयार भएको र चाँगुनारायण द्रुतमार्ग सहित २३ वटा ग्रामिण सडकहरुको डिपिआर तयार गरिएको मेयर मिश्रले जानकारी दिनु भयो ।

युवा तथा खेलकुदतर्फ नगरपालिकाले फुटवल रंगशाला, चाँगुनारायण ४ मा एन्फा फुटबल प्रशिक्षण केन्द्र, क्रिकेट रंगशाला, नेपालकै पहिलो रग्बी रंगशाला निर्माणको थालनी, मेयर उद्धमशीलता कार्यक्रम मार्फत युवाहरुलाई उद्यम प्रोत्साहन तथा संचालन, खुल्ला व्यायामशाला संचालन गरिएको छ ।

महिला समानता र सशक्तिकरणतर्फ महिला उद्दमशिलता, सिलाई कटाई, व्यूटिसियन, मखमली जुता उत्पादन, मोबाइल तथा ल्यापटप मर्मत सम्भार, मन्टेश्वरी तालिम, व्युटिसियन तालिम लगायत सिप विकास तालिम मार्फत ९०० भन्दा बढी महिलाको क्षमता अभिवृद्धि गरिएको जानकारी दिदै उहाँले किशोरीहरुसँग उपमेयर कार्यक्रम संचालन भएको र महिला सशक्तिकरण लोकसेवा आयोग परीक्षा तयारी कक्षा संचालन गरिएको बताउनु भयो ।

ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएको व्यक्ति एवं लक्षित वर्गतर्फ नगरपालिकाले नौ वटै वडामा नौ वटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना एवं संचालन गर्नुका साथै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरि दलित जातिहरु पेशा सुरक्षणको लागि तालिम एवं उपकरण सहायतासमेत गरिएको जानकारी दिनु भयो ।

नगरपालिकाले गरिबी निवारण तथा रोजगारी श्रृजनातर्फ मेयर उद्दमशिलता कार्यक्रम मार्फत १७८ जना लाभान्वित भएका, गरिब परिवार पहिचान तथ्याकं संकलन कार्यक्रम संचालन भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, कोभिडका कारण पर्यटन क्षेत्रबाट रोजगार गुमाएका नागरिकहरुका लागि न्यूनत्तम १०० दिने रोजगारीको व्यवस्था, सामुदायिक वनहरुमा जडिबुटी खेती मार्फत नागरिकको आय आर्जनको लक्षित कार्यक्रम संचालन गरिएको छ ।

नगरपालिकामा सुशासन एवं सेवा प्रवाहतर्फ नगर कार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय भवन निर्माण कार्यको थालनी, चाँगुनारायण नगरपालिका–१ को वडा कार्यालय भवन निर्माणको थालनी, चाँगुनारायण नगरपालिका–५ को व्यवस्थित वडा कार्यालय भवन निर्माणको लागि बोलपत्र आव्हान गरिएको छ ।

सुचना प्रविधितर्फ खुल्ला सूचना प्रणालीमा संसारको उत्कृष्ट १० शहर समावेश गराउन सफल भएको बताउदै ड्रोन सर्वेक्षण मार्फत प्राप्त डाटाहरुमा आधारित रहि नगरका सबै घरधुरीहरुलाई घर नम्बरिङ्ग गर्ने कार्यको थालनी गरेको, डिजिटल नेपाल फ्रेमवर्कमा आधारित डिजिटल चाँगुनारायण विकासको मार्गचित्र तयार गरिएको, प्रयोगमा रहेका प्रणालीहरुलाई एकिकृत सेवा प्रवाहको लागि कार्य थालनी, लर्ड बुद्ध एजुकेशन फाउण्डेशसँगको सहकार्यमा प्रत्येक वर्ष नगरका जेहेन्दार न्यून्त्तम ३ विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, नगरपालिका तथा सबै वडा कार्यालयहरुमा सीसी टिभी जडान, एवं द्यष्यmभतचष्अ ब्ततभलमबलअभ जडान, विद्यालयहरुमा गुणस्तरीय ईन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

नगर प्रमुख मिश्रले एमालेले चाँगुनारायणमा केही गरेन भन्नेहरुलाई यो नमूना बिकासको कामको जानकारी गराएको भन्दै यो भन्दा धेरै काम सम्पन्न गरेको र आगामी पाँच वर्षका लागि एमालेले गर्ने काम र उपलब्धी अझै बढी हुने बताउनु भयो ।

म निर्वाचित भएमा तलब, भत्ता र सुबिधा केही लिन्न, नगरको बिकास र जनताको उन्नतीमा लाग्नेछु – चाँगुनारायणका उपमेयरका प्रत्यासी रमेश बुढाथोकी : समृद्ध चाँगुनारायण बनाउने यस्तो छ योजना

बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।”

================================================

भक्तपुर, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) बाट चाँगुनारायण नगरपालिकाको उपमेयरका उम्मेदवार रमेश बुढाथोकीले आगामी पाँच वर्षका लागि चाँगुनारायणवासीले उपमेयरमा विजयी गराए आफूले नगरपालिकाबाट पाउने कुनै पनि सेवा, सुविधा र तलब भत्ता नलिने घोषणा गर्नु भएको छ ।

चाँगुनारायणवासीको नाममा सूर्यमा मतदान गरि एमालेलाई विजयी बनाउन आव्हान गर्दै आफूले कुनै पनि सेवा सुबिधा नलिई जनताको सेवामा समर्पित रहने बताउनु भयो । उपमेयरका प्रत्यासी बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।”

सरकारले उपलब्ध गराउने तलब, भत्ता, गाडी लगायतका कुनै सेवा सुविधा नलिई जनताको जीवन स्तर उकास्ने, आर्थिक, शैक्षिक, स्वास्थ्य सेवा, कृषिमा आधुनिकिकरण, पशुपालन तथा नगदे बालीमा प्रोत्सानका जस्ता कामका लागि आफू निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्दै पार्टीको निर्देशन र जनताको चाहना अनुसार बिकासमा आफू लाग्ने बताउनु भयो । उपमेयरका उम्मेदवार बुढाथोकीले चाँगुनारायाण इन्जिनियरिङ कलेजलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने, एक घर एक रोजगारीको कार्यक्रम मार्फत दुई हजार युवालाई रोजगारी दिने, एक घर एक धारा सबै घरमा पुर्याउने, १ देखि ९ वडासम्मका स्वास्थ्य कार्यलयमा एम्बुलेन्स र एक जना विज्ञको व्यवस्थापन गर्ने, न्याय प्रणालीलाई विभेदरहित रुपमा सम्पन्न गर्ने, मेयर उद्यमशीलता तथा उपमेयर उद्यमशीलतामार्फत स्वरोजगारी मूलक कार्यक्रम सञ्चालन गर्ने, सडक तर्फ १०६ किलोमिटर सडक कालोपत्र गर्ने, एक वडा एक बाल उद्यान निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भयो ।

आफू निर्वाचित भएमा तीन महिना भित्र नगरका सबै कृषकको सूचीँकरण गरि सबै किसानलाई अनुदानमा बिऊँ बिजन र कृषि औजार प्रदान गर्ने, प्रत्येक वडामा कृषिको बिउ विजन एवं मलखादको सुपथ मूल्य पसल सञ्चालन गर्ने, एक नगर एक कृषि उत्पादन, माटो परीक्षण केन्द्र संचालन गरिने, जैबिक र प्राङ्गारिक मल उत्पादनमा अनुदान प्रदान गर्ने, कृषि बजारको व्यबस्था एवं कृषि उत्पादनको संरक्षणका लागि कोल्ड स्टोर स्थापना, एक घर दुई फलफूल बिरुवा लगाउने कार्यक्रम लागू गरिने उहाँले बताउनु भयो ।

उम्मेदवार बुढाथोकीले स्वास्थ्य तर्फ स्वास्थय बिमा कार्यक्रम मार्फत प्रत्येक नागरिकलाई अनुदान प्रदान गरिने, दलित तथा अल्पसंख्यक नागरिकलाई सतप्रतिशत स्वास्थ्य बिमा अनुदानको वयबस्था गर्ने, चाँगुनारायण नगर अस्पताललाई विशेषज्ञ सेवा सहित एमआरआई, सिटी स्क्यान, मेशिन सञ्चालन गर्ने, सुत्ेकरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार खर्च रु. ३५ सय उपलब्ध गराउने, प्रत्येक वडामा आयुर्वेदिक तथा बैकल्पिक स्वास्थ्य सेवा पुर्याउने संकल्प समेत उहाँले गर्नु भयो ।

बुढाथोकीले ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यबस्था, स्वास्थ्य चौकीहरुमा ल्याबसहितको प्रबिधि युक्त बनाई स्तरोन्नती गरिने, दम एवं स्वास प्रश्वासका विरामीलाई न्यूनतम मूल्यमा अक्सिजनको व्यबस्था गरिने घोषणा गर्नु भएको छ ।

उपमेयरका प्रत्यासी बुढाथोकीले युवाहरुका लागि चाँगुनारायणमा आबिस्कार केन्द्र स्थापना गरि युवाहरुको बौद्धिक प्रतिभा प्रस्फुटाका क्रियाकलाप गराइने, कृषि, पर्यटनतर्फ युवाहरुलाई आकर्षित गर्न गाई फार्म, कुखुरा फार्म, तरकारीको टनेल खेती, नगदे बाली, कार्यक्रम ल्याउने, फलफूल खेती मत्स्यपालन, बेमौषमी खेतीलगायतमा अनुदान सहुलियत कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेल पहिचान, तथा कबर्ड हल र रंगशाला निर्माण गरिने बताउनु भयो । विकास र समृद्ध पूर्ण नगरपालिका निर्माण गर्न सूर्यमा मतदान गर्न उहाँले नगरवासीलाई आग्रह गर्नु भयो ।

मध्यपुरवासीका माझ एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठको अपिल : अबको पाँच वर्षमा सम्पन्न गर्ने यस्ता छन् योजना

===========================================

आदरणीय नगरबासी
आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरु !
नगरबासी जनसमुदायहरुलाई जगजाहेरै छ, गत स्थानीय तह निर्वाचन २०७४ मा यस मध्यपुर थिमि नगरपालिका (जम्मा ९ वटा वडा) बाट प्रत्यक्ष निर्वाचित हुनु पर्ने कूल ४७ जना जनप्रतिनिधि (नगर प्रमुखदेखि वडा सदस्यसम्म) मध्ये हाम्रो पार्टी नेकपा (एमाले) का तर्फबाट नेतृत्व (नगर प्रमुख) सहित १ जना वडाध्यक्ष र ६ जना वडा सदस्य गरी जम्मा ८ जना जनप्रतिनिधि मात्र निर्वाचित भएका थियौं । त्यसकारण पनि नगरसभाको व्यवस्थापिका तथा कार्यपालिका (कार्यकारिणी) मा हामीलाई स्वतः असुविधायुक्त अल्पमतको नेतृत्व गर्ने बाध्यता भयो । त्यस्तो असहज एवं असुविधायुक्त जनमतका अलावा अप्रत्यासित विश्वव्यापी रुपमा फैलिएको विल्कुलै नयाँ अपरिचित महामारी ‘कोभिड १९’ ले पनि हामीलाई थप प्रताडित बनायो । तथापी हरेक पिडादायीक परिवेशमा हामी सहासपूर्वक जुधि रह्यौं । विगत ५ बर्षे अल्पमतको नेतृत्व र महामारीको प्रतिकुलताका बीच हामीले यस नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नमुना नगरका रुपमा चिनाउन सफल भएका छौं । यस तथ्यलाई ‘एशियन टाउनस्केप अवार्ड’ तथा स्वतन्त्र सर्वेक्षणबाट मुलुककै तेश्रो उत्कृष्ट नगरका रुपमा पाएको सम्मानले पनि पुष्टि गर्दछ । आज हामीले हाम्रो नगर क्षेत्रमा गरेका थुप्रै गर्व गर्न लायक ऐतिहासिक कार्यहरुमध्ये केही महत्वपूर्ण उपलब्धिहरुलाई यस पुस्तिका मार्फत स्मरण गर्न खोजेका छौं ।
धन्यवाद ! अभिवादन !

  ====================================================
   कोरिया नेपाल मैत्री अस्पताललाई ३०० शैयामा बिस्तार गर्न
   जापानी रिकिसी प्रबिधि मार्फत नगर भरीको फोहोर व्यबस्थापन गर्ने
   एकतृत रुपमा तीन तहका अपाङ्ता भएका बालबालिकाहरुको विद्यालय सञ्चालन गर्ने
   शिक्षा, स्वास्थ्य, सहकारीसहितको ऐन बनाइने
   पर्यटन विकासको लागि नगर पर्यटन बोर्ड गठन गरि गन्तव्य मध्यपुरलाई पूर्णता दिन
   बिज्ञ समूह सम्मिलिन नगर सहरी योजना गठन गरि व्यबस्थित शहर निर्माण गर्न
   पुराना तथा नयाँ बस्तीमा खानेपानी सेवा बिस्तार गर्न
   फूटबल, कराते सहित समग्र खेलकुदको बिकास गर्न
   संस्कृति र सम्पदालाई पर्यटन व्यवसायसँग जोड्न
   नगरपालिकामा पूर्ण रुपमा शुसासन कायम गर्न

==================================================

भक्तपुर, २७ बैशाख । २०७४ जेठदेखि २०७८ बैशाख ११ गतेसम्म मध्यपुरथिमि नगरपालिकाको प्रमुखको रुपमा नगरपालिका सञ्चालन गरिरहदाँ अल्पमतमा रहदाँ पनि मध्यपुर थिमिलाई विवमा चिनाउने गरि बिकासका काम गर्ने नगर प्रमुख हुन मदन सुन्दर श्रेष्ठ । यो पाँच वर्षको अन्तरालमा यहाँका जनताले धेरै विकास देखे, धेरै परिवर्तन देखे । जनताको आँखाबाट, जनताको मनबाट भन्नु पर्दा मदन सुन्दरलाई भोट दिएर जिताएकोमा यहाँका जनतालाई कुनै पछुतो छैन, बरु खुसी छन् ।

नगरपालिकाबाट गलत काम गराएर फाइदा लिन नसक्ने एकाधको चित्त देखेको होला तर समग्र विकासमा उनको ध्यान गइरहयो । मध्यपुरमा मेयरले केही गरेन भन्नेहरु त्यहीँ जनताको आँखामा खै कसरी छारो हाल्न सक्छन् । पाँच वर्ष अघि यहीँ मध्यपुरथिमि नगरपालिका भ्रष्टाचारमा दोस्रो नम्बरमा रहेको यो नगरपालिका थियो । अहिले भ्रष्टाचार मुक्त नगरपालिका बनेको छ । नगरवासीले यसमा गर्व गर्ने ठाउँ छ ।

सम्पदा संरक्षणमा मध्यपुर थिमि अग्रणी नगरपालिकाको रुपमा रहन सफल भयो । विगतदेखि नै काठमाडौं, भक्तपुर, ललितपुर सम्पदा शहरको रुपमा स्थापित थियो । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा स्थापित भएको छ ।

स्वास्थ्य क्षेत्रमा अरु नगरपालिकाहरु १५ बेडको अस्पताल सञ्चालन गर्न नै गाह्रो भइरहेको अबस्थामा मध्यपुर थिमि नगरपालिकाले रुपमा १०० बेडको अस्पताल सञ्चालन गर्न सफल भयो । कोभिडको बेलामा नगर प्रमुख एक दिन घरमा नबसी जनताको उपचारका लागि अस्पतालमा बेड थप्नेदेखि आइसियू तयार गर्ने र अक्सिजन प्लान्ट सञ्चालनसम्मको काम गरेकै हुन् । हामीले अक्सिजन प्लान्ट, एचडीयू, आईसीयू, अक्सिजन कन्सेन्ट्रेटर र पीसीआर ल्याब समेत अहिलेसम्म सञ्चालनमा ल्यायौं । यसको आधारमा स्वास्थ्य क्षेत्रमा पनि नमुना र उत्कृष्ट रहेको छ ।

अहिले पनि कोरियन सरकारबाट १ अर्ब ५ करोड भन्दा बढी रकमले अस्पतालका लागि ल्याउन सफल भएका छन् । के यो उनले गरेका प्रशंसनीय काम होइन र ? यो अस्पताललाई ३०० बेडको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल बनाउने उनको योजना सफल पार्न उनको नेतृत्व आवश्यक छैन र ?

फेहोर मैला व्यवस्थापनको सन्दर्भमा मेयर मदन सुन्दरले जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेकै हुन् । नगरपालिकको एउटा वडामा मात्रै भएपनि नमुनाको रुपमा सुरु भएको यो काम अरु वडामा पनि बिस्तार गर्ने र देभरी नै यो नमूना पस्कन सक्ने आधार खडा गरेका छन् । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाएर नमूना देखाउन उनी सफल भएका छन् । राष्ट्रपति कार्यालयको प्राङ्गणलगायत विशिष्ट व्यक्तिहरुको घर करेसामा फल्ने तरकारमिा यही मल प्रयोग भइरहेको छ ।

मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । मदन सुन्दरले मेयर भएर आए पछि पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेका छन् । यस अन्तर्गत चार वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा ल्याएका छन् । यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेका छन् । यसको लागि नेपालमै पहिलो पटक हामीले नगरपालिकाकाट वस्ती विकास र जग्गा एकीकरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । अबको पाँच वर्षमा यसलाई पूर्णता दिने योजना छदैछ ।

नगरपालिकामा अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेको यस नगरपालिकामा तीन तहका अपाङ्गता भएकाको लागि छुट्टाछुट्टै विद्यालयहरु सञ्चालन गरिरहेको छ । अबको पाँच वर्षमा एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र विद्यालय नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी छ । समग्रमा यी कामहरु गर्दै हामीले मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रह्यो ।

नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरि रहेको र अब थप गर्ने योजना उनीसँग छ । लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।

पहिलो कार्यकालको पाँच वर्षमा यस्ता उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउदै नयाँ योजनाहरु कार्यान्वयना ल्याउन दोस्रो कार्यकालको लागि अब थप पाँच वर्षलाई मदन सुन्दर माथि विश्वास गर्ने यी धेरै आधारहरु छन् ।
सम्पदाको क्षेत्रमा मात्रै २५ वटा पोखरी महध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न गरेका छन् ।

अबको पाँच वर्षमा बाँकी ८ वटा पोखरी पुर्न निर्माण गर्ने, बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउने, गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकोमा यसलाई यसलाई पनि पूर्णता दिने, स्वास्थ्य क्षेत्रमा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत भएकाले अब त्यसलाई सदुपयोग गरेर अस्पताललाई ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा गर्नुपर्न छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्दै मेडिकल कलेज लागि तयार गरि मध्यपुरथिमिका छोराछोरीलाई यहीँबाट डाक्टर पढ्न पाउने अबसर दिलाउने अभियान पुरा गराउने उनको लक्ष्यलाई साकार पार्नु छ ।

सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँको जीवनस्तर उकास्ने उनको अभियान पनि बाँकी नै छ । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा यो नगरपालिका स्थापित भएको छ । यस्तै मैले फेहोर मैला व्यवस्थापनको सन्दर्भमा जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेको छ ।

नगरपालिकको एउटा वडामा मात्रै भएपनि कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन नमुनाको रुपमा काम गर्न सफल भएको यो अभियानलाई सबै वडमा लैजानु नै पर्ने छ । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन सकिन्छ र यो मल बिक्री समेत गर्ने योजना छ ।

मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । हामीले पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेको छ । मध्यपुरमा ४ वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा गरेकोमा यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याउनु छ । जग्गा एकीकरण आयोजना लागु गर्ने सन्दर्भमा नगरपालिकाले बनाएको ऐन सञ्चालनमा ल्याउनु छ ।

अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेकोमा मध्यपुर थिमि क्षेत्रमा ३ तहका अपाङ्गताको विद्यालयको छुट्टाछुट्टै विद्यालयहरु स्थापना गरेर सञ्चालन भइरहेकोमा मदन सुन्दर श्रेष्ठले तीन वटा विद्यालयलाई एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी नै छ । नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ।

यो ५ वर्षमा लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आर्थिक उन्नतीसँगै जोडने काम सुरु भएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।

सम्पदाको क्षेत्रमा मध्यपुरथिमि भित्र रहेका २५ वटा पोखरी मध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न भए भने ८ वटा पोखरी बाँकी नै छन् । बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउन बाँकी छ भने गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकाले यसलाई पनि पूर्णता दिन बाँकी छ । अबको पाँच वर्षमा यी काम सम्पन्न गर्नु पर्नेछ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि अहोरात्र खटिएका मदन सुन्दरले कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत गर्न सफल भएका छन् । त्यसलाई सदुपयोग गरेर अस्पताललाई रुपान्तरण गरेर ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा पुरा गर्ने उनको उदेश्य रहेको छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्ने र मेडिकल कलेज समेत सञ्चालन गरेर मध्यपुरका छोराछोरीलाई आफ्नै अस्पतालमा डाक्टर पढ्न सक्ने अबस्थामा पुर्याउने उनको लक्ष्य पुरा गर्नै बाँकी छ ।

सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँका जनताको जीवनस्तर उकास्ने मदन सुन्दरको लक्ष्य र अभियान बाँकी नै छ । पहिलो कार्यकालमा यी जे जति उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउन समय अभाव भएकोले दोस्रंो दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको मदन सुन्दर श्रेष्ठले बताएका छन् । समग्रमा यी कामहरु गर्दै मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रहेकोले अब एक कार्यकालका लागि सूर्य चिन्हमा मतदान गर्दै विजयी गराउन मदन सुन्दर श्रेष्ठले नगरवासीसँग आव्हान गर्नु भएको छ ।

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ, २७ वैशाख  : नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ ।

प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ ।

मन्त्रालयले कार्यालयमा सार्वजनिक बिदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्न भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ बो बैठकले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेको थियो ।

विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी : सभापति देउवा

डडेल्धुरा, २७ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताउनुभएको छ ।

सोमबार गृहजिल्ला आउनुभएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताउनुभयो । सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताउनुभयो । “डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ”, सभापति देउवाले भन्नुभयो,“ अब संरचना निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।”

डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उहाँको भनाइ थियो । सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गर्नुभयो । “अझै केही बिग्रेको छैन घर फर्किनुस्”, उहाँले भन्नुभयो ।

विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उहाँले सुझावसमेत दिनुभयो । त्यसै गरी नेपाली कांग्रेस प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सच्चा राष्ट्रभक्त मात्रै कांग्रेसमा रहेको बताउनुभयो । हिजोका चुनावमा धोका दिने मात्रै मुनाफा लिएर अर्को पार्टीमा लागेको उहाँले दाबी गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले चुनावमा अन्तर्घात गर्ने तत्व करुवा लिएर एमालेको सतिगएको आरोप लगाउनुभयो ।