आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

काठमाडौँ, २७ वैशाख: आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । –––

वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिइँदै

काठमाडौँ, २७ वैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रमा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्य टोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकताअनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्षरुपमा जानकारी दिने, मतदान गर्ने तरिकाबारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मत सङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको निर्वाचन चिह्नमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ ।

मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुर्छ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ भने यस पछि नत्र बदर हुन सक्छ… मतदाता तोकिएको स्थान र मार्गबाट बाहिर जानुपर्दछ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।

मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा सो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छापबाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । –––

हावादारी हल्लाको पछि नलाग्नुहोस्, म नगरको छोरा हुँ, नगरलाई समृद्ध बनाउँछु : बासुदेव थापा

आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

======================================================

भक्तपुर, २७ बैशाख । सूर्यविनायक नगरपालिकामा एमालेबाट नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भएको छ ।

मंगलबार सूर्यविनायकको कटुञ्जेमा आयोजना गरेको चुनाबी सभामा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको बताउनु भयो । उहाँले आफूले नगर प्रमुखको नेतृत्व गरेर पाँच वर्ष गरेको काम सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त बनाएको दाबी गर्नु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने ? म केही नभएको जोगी होइन, मेरो पुर्खाको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आज भन्दा ३५ वर्ष अगाडि नै काठमाडौंमा घर भएको मान्छे हो, मेरा बिरुद्ध भ्रम छरेका छन्, कुन प्लानिङमा मेरो नाममा जग्गा छ देखाइदिनुस् त, प्रमाण ल्याउँ, धन्यवाद भनौला, सजाय भोगौला, मेरो दुई जना परिवारलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मलाई पार्टी भए पुग्छ ।”

आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बटुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पाँच वर्ष अगाडिको निर्वाचनमा प्रतिबद्धता गरेको ३४ बुँदे घोषणा पत्रमा भएको भन्दा चौबर बढी काम इमान्दारीका साथ गरेको बताउदै उहाँले जनताले इमान्दारीका साथ सूर्य चिन्हमा भोट दिएर अहिले तीन चौथाई बढी मतले एमालेलाई बिजयी गराउने बताउनु भयो ।

कांग्रेस अब कांग्रेस जस्तो रहेन भन्दै एमाले नेता बस्नेतले भन्नुभयो, ‘बिकासका लागि एमालेको उम्मेदवारलाई मतदान, कांग्रेसको उम्मेदवारलाई नमस्कारको सम्मान’

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

=================================================================

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस अब कांग्रेस जस्तो नरहेको र अरुको साहारा बिना चल्नै नसक्ने गरि कमजोर भएको टिप्पणी गर्नु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणी चोकमा आयोजना गरेको एमालेको चुनावी सभामा बोल्दै उहाँले कांग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्र यावद र चित्रबहादुर केसीको बैशाखी नटेकी चल्न नसक्ने अबस्थामा पुगेको बताउनु भएको हो ।

एमाले सिध्याउन खोजेको प्रचण्डले नसकेपछि अहिले कांग्रेस सिध्याउन लागिपरेको भन्दै उहाँले भन्नुभयो, “प्रचण्डले एमाले सिध्याउन सकेनन्, अहिले कांग्रेस सिध्याउन लागि रहेका छन्, विपीले बनाएको, गणेशमान, किसुनजी, गिरिजाले जोगाएको कांग्रेस अहिलेसम्म चुनाबमा आउँदा शेरबहादुर देउवा आफै रुखमा भोट नहाल, हसियाँ हथौडा, कलममा भोट हाल भन्दै छन्, त्यसैले अब कांग्रेस कांग्रेस जस्तो रहेन, बिचरा देउवाले हेर्दा हेर्दै सिध्याउदै छन् ।” उहाँले कांग्रेस कार्यकर्ताहरु अहिले यो कस्तो कांग्रेस हो, जसले कांग्रेसलाई भोट नहाल भन्छ, भो अब रुख हेरेर होइन, मुख हरेर भोट दिनु पर्ने भयो भन्दै बिरक्तिन थालेको टिप्पणी गर्नु भयो ।

भक्तपुरमा सभा गर्नु पर्यो भने कांग्रसका यहाँका नेताहरुको अनुहार कार्यकर्ताले नरुचाए पछि कि विश्वप्रकाशलाई कि गगनलाई ल्याउने गरेको भन्दै उहाँले एमालेमा नेता खोज्न बाहिर जानै नपर्ने गरि भक्तपुरमै एकसे एक नेताहरु रहेको चर्चा गर्नु भयो । पाँच दल एकातिर एमाले एक्लै एकातिर हुँदा पनि ओलीकै तराजू गहुंगो भएको भन्दै ओलीसँग देउवाको तुलना गर्नै छाडेको बताउनु भयो । बैशाख ३० गतेको चुनाब पछि गठबन्धनबीच नै मारामार हुने दाबी गर्दै उहाँले मंसिरसम्म देउवा आफैले संसद नराख्ने दिन आउने उहाँले दाबी गर्नु भयो ।

हनुमन्तेमा भ्रष्टाचार गर्यो भनेर भ्रम फैलाउने नेताहरुलाई सबै इबिडिङमा ठेक्का गरेको पनि थाहा छैन रैछ भन्दै उहाँले ४० वर्षमा काँग्रेस र नेमकिपाले जितेको क्षे नं. २ मा एउटा बाटो बनाउन नसक्नेहरुले अहिले महेश बस्नेतले, शशीजंग थापाले, बासुदेव थापाले सूर्यविनायकको बिकास गरेको देखेर बिकास रोक्न जानेहरुलाई जनताले कसरी भोट दिन्छन् ? उहाँले प्रश्न गर्नु भयो ।

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

प्रचण्ड भित्ते राष्ट्रपति बनेको प्रसंग कोट्याउदै उहाँले बैशाख ३० गते पछि यहाँ को को भित्ते मेयर, उपमेयर हुने हो जनताले हेर्ने बताउदै उहाँले एमाले नेतृत्वका ४० महिनामा यहाँ २५ करोड बजेट ल्याउने एमालेको बिरोध गर्नेहरुले गठबन्धन सरकार बनेको १० महिनासम्म १० रुपैयाँ बजेट ल्याउन नसक्नेहरुलाई जनताले पत्याउदैनन् भन्ने विश्वास रहेको बताउनु भयो ।

एमालेले ल्याएको बजेटले बिकास तिब्र गर्दा केही कांग्रेसका नेताले हामीले ल्याएको भन्दै भाषण गर्न थाले पछि एमालेले आफूले ल्याएको बजेटबाट हुने कामको शिलन्यास र उद्घाटन गर्न भ्याई नभ्याई भएको बताउदै जनताले भक्तपुरमा एमालेले के गर्यो भनेर हेरिरहेको उहाँले बताउनु भयो । उहाँले एमालेले अबको १० वर्षसम्मका लागि बहुवर्षीय योजना पारेर यहाँको बिकासमा बजेट व्यबस्थापन गरेकाले अब यहाँका बजेट कसैले काट्न नसक्ने उहाँको भनाइ थियो ।

एमालेले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटनको बिकास, भौतिक संरचनादेखि भवन निर्माणलाई तिब्र गतिमा अगाडि बढाउँदा कहा एमाले, कहाँ, कांग्रेस, कहा माओवादी भनेर नहेरी समान रुपमा बिकास गरेको र अबको पाँच वर्षमा सबै बिकास सम्पन्न गरेर समृद्ध सूर्यविनायक बनाउने संकल्प लिएको उहाँको भनाइ थियो । चुनाबमा बुथ कब्जा गरौला भन्ने सपना अब नदेख्न आग्रह गर्दै उहाँले प्रत्येक बुथमा एमालेका युवा चनाखो भएर बस्ने र धाँधली हुन नदिने बताउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भयो । संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त गरेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने, म जोगी होइन, मेरो पुस्ताको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आनामा लोभ गर्दैै हिड्नु पर्दैन, मेरो दुई जना परिवारलाई थोरै खानलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मैले पाँच वर्षमा पाएको तलब भत्ता समेत लिएको छैन, २७ लाख ५१ हजार तलब भत्ता सामाजिकक कार्यमा लगाइसकेको छु, ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लाञ्जनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बछुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगरको उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराईले नगरपालिकालाई बिकाससँगै रोजगारी, आर्थिक समृद्धि र सीपमूलक आयमा जोड्दै समृद्ध नगरपालिका बनाउने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष्यका उम्मेदवार राजकुमार जोशीले कटुञ्जेको बिकासलाई अझै तिब्र गतिमा लैजान आफूले पुनः उम्मेदवारी दिएको बताउनु भयो ।

पाँच वर्षमा थिमिको धेरै बिकास, बाँकी सबै बिकास र समृद्धिलाई अब पाँच वर्ष : नेता महेश बस्नेत : मदन सुन्दर भन्छन् : पहिलो पाँच बर्ष कला, संस्कृति, सम्पदा संरक्षणमा, अबको पाँच बर्ष अधुरा काम, नयाँ बस्ती र ब्यबस्थित शहरीकरणमा

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले काँग्रेस माओवादीले अहिले एमाले बिरुद्ध भ्रम छरिरहेको बताउदै काँग्रेसले नजितेको ठाउँमा पैसा पठाउदिन भन्नु, रेणुले नजिते सबै सकिन्छ भन्नु गलत भएको टिप्पणी गर्नु भयो ।
एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “काँग्रेसले नजितेको ठाउँमा बजेट दिन्नौ भन्ने के यो देश आरजू देउवाको बाउको सम्पत्ति होइन, देउवाको ससुरालीको पेवा पनि होइन, अझै राणा शासनको झल्को दिन खोज्दैछन्, राणा शासन त सकिसक्यो, अझै चेत छैन ।”

एमालेबाट मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारदेखि केपी ओलीले नेतृत्व गरेको सरकारसम्म र नेपाली काँग्रेसले पटक पटक गरेको सरकारको नेतृत्वमा भएको बिकासलाई तुलना गरेर हेर्न जनतालाई आग्रह गर्दै उहाँले अहिलेसम्म गाउँको बिकास, देशको बिकास एमालेले मात्रै गरेको बताउनु भयो । गठबन्धनले देश ब्रम्हलुट मच्चाउन खोजेको भन्दै उहाँले आफ्नाले जिते हुने नजिते देश खत्तम हुने भन्नुले त्यसो पुष्टी हुने भन्दै उहाँले प्रचण्ड पुत्री रेणु दाहालले हारे पनि, काँग्रेसले हारे पनि बिकास नरोकिने बताउनु भयो ।

उहाँले भक्तपुरको मध्यपुरथिमि, चाँगुरनारायण र सूर्यविनायकलाई भ्रष्टाचार मुक्त राखेर बिकास गरेको बताउदै यो पाँच वर्षमा मध्यपुरमा एक अर्ब समपुरक शिर्षकमा आएको बजेट अब कसैले काट्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गरेको तीन वटै नगरपालिकाको बिकास हेर्नु्स उत्कृष्ठ नगरपालिकामा मध्यपुर देशभरकै तेश्रोमा आएको छ , यो कसले बनायो, एमालेको नेतृत्वले बनायो, मदन सुन्दरले बनायो, मध्यपुरका बासिन्दाले यसलाई देख्नु पर्दैन, महिला बिरोधी गठबन्धनलाई महिलाले भोट हाले पाप लाग्छ ।”

मध्यपुरथिमिमा गठबन्धनले महिलाो अपमान गरेको भन्दै उहाँले गठबन्धनले महिलाको उम्मेदवार नदिएर समग्र महिलाको अधिकार खोसे पनि एमालेले उत्तरा नेपाललाई उपमेयरमा महिला उम्मेदवार बनाएर महिलाको अधिकार सुनिश्चित गरेको बताउनु भयो ।
एमालेले भक्तपुरका तीन नगरपालिका र २ नम्बर क्षेत्रमा विजयी भएपछि भक्तपुरमा बिकासको बाढी आएको, शान्ति सुरक्षा, सुव्यबस्था कायम भएकोले यी तीन नगरमा बसाई सराई बढिरहेको बताउदै उहाँले मध्यपुरथिमिमा अब काँग्रेसले बनाउने र बिसका गर्ने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले थिमिको हाइवे, पेप्सीकोटा निकोसेरा सडक, नेपाल कोरिया मैत्री सडक, निकोसेरा सिन्टिटार सडक, बोडेमूलपानी सडक, लोकन्थली सडक, सानोठिमी धुन्चेपाखा सडक, हुलाक सडक, बाहाखा बजार बोडे सडक, निलबाराही सडक सबै सडक एमालेकै पालामा बनिसकेको छ, यहाँका ठूला साना सडक कतिै कालो प भए, कतै ढलान भए, अब बाँकी भएका नयाँ बस्ती र अन्य केही सडक एमालेले सम्पन्न गर्छ, एमालेले काँग्रेसलाई गर्ने ठाउँ काही बाँकी राख्दैन, बिकास एमालेले गर्छ, काँग्रेस सुतिरहन्छ, पार्टीको अधिवेशन आउँदा र चुनाब आउँदा मात्रै उठ्छ ।”

मेलम्चीको खानेपानी मध्यपरथिमिमा झार्ने काम एमालेले गरेको बताउदै उहाँले अन्य खानेपानीको श्रोतसमेत समेटेर मध्यपुर थिमिको नयाँ पुरानो सबै बस्तीको घरघरमा खानेपानी पुर्याउने काम अबको कार्यकालमा गरिने नेता बस्नेतले बताउनु भयो ।

मध्यपुरमा अब हिलोमा हिड्न नपर्ने गरि मदन सुन्दरले बिकास गरेको बताउदै उहाँले सम्पदा बस्तीमा ढुङ्गा छापेको, सम्पदाको संरक्षण गरेको भन्दै उहाँले उपत्यकामा सम्पदा संरक्षण गर्ने एकमात्र थिमि रहेको भन्दै कोरोनाको महामारीमा मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले नमूनाको काम गरेको कसरी जनताले बिर्सनु उहाँले प्रश्न गर्नु भयो ।

काठमाडौंको रानी पोखरी मात्रै होइन थिमिको दुई पोखरी, काठमाडौंको धरहरा मात्रै होइन थिमिको मन्दिर, यहाँका दरबार, पाटी पौवा, एमालेकै पालामा बेनको भन्दै उहाँल् दोश्रो कार्यकालमा मध्यपुरमा एमालेले खानेपानी, ढल, र बाँकी रहेको काम गर्ने बताउनु भयो ।अहिलेको गठबन्धन काँग्रेस सिध्याउने गठबन्धन भएको बताउदै उहाँले काँग्रेसले ६० प्रतिशत लिएर ४० प्रतिशत गुमाइसकेको, प्रचण्डले र माधव नेपालले हारिसकेको भन्दै गठबन्धनका बिरुद्ध एमाले एक्लै पनि बलियो शक्ति रहेको उहाँको भनाइ थियो ।

यहाँले थिमिका युवालाई अब तीन दिन सचेत भएर रहन र चनाखो भएर रेकी गर्न निर्देशन दिदै भन्नुभयो, “धकारी भरि धान छ भनेर चुप लागेर बस्नु हुदैन, त्यो धानमा घुन, पुतली लाग्न दिनु हुदैन, राती आउँलान, प्रलोभन देलान, लोभलालच दिएर भड्काउलान्, त्यस्ता आए भने लखेट्नसु्, मतदानदेखि मतगणना सम्पन्न नभएसम्म चनाखो रहनुस् ।”

नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले मध्यपुरथिमिको समग्र विकासमा एमालेको बिकल्प नभएको भन्दै अबको पाँच वर्ष बहुमत सहित मध्यपुरमा एमालेलाई जनताले काम गर्न दिने अवसर प्रदान गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।

मेयरका प्रत्यासी मदन सुन्दर श्रेष्ठले अल्पमतमा हुँदा त थिमिको बिकासलाई नेपाल भरका नगरपालिका मध्ये उत्कृष्ठ तेश्रोमा पार्न सफल भएको बताउदै अब बहुमत सहित नगर पालिका चलाउँदा जनताको आवश्यकता पुरा गर्ने गरि विकास गर्न सकिने बताउनु भयो ।

एमालेबाट मेयर उम्मेदवार श्रेष्ठले भन्नुभयो, “मेरो पहिलो कार्यकाल सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिए, अबको दोश्रो कार्यकाल सम्पदा बस्ती र सम्पदाको क्षेत्रका नगरदेशमा सिद्धि गणेशमा सुनको छानो हाल्ने, ज्यापू संग्रहालय बनाउने लगायतका बाँकी रहेको २० प्रतिशत कामलाई पूर्णता दिनेछु भने नयाँ बस्ती र शहरीकरुणा लागि ८० प्रतिशत लगानी गरेर नयाँ तथा पुराना बस्तीको बिकास, खानेपानी, ढल, सडक, पूर्वाधारका क्षेत्रमा जनचाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उहाँले विगत पाँच वर्ष सम्पदा संरक्षणमा अबको पाँच वर्ष १ देखि ९ वडासम्मका समग्र बिकास बाहेक अरुमा आफ्नो ध्यान नजाने बताउनु भयो ।

कार्यक्रममा उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिको नयाँ तथा पुराना बस्तीको बिकास र जनताको चाहना पुरा गर्न महिला नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेको भन्दै आफूले समग्र महिलाको प्रतिनिधित्व पनि गरिरहेको बताउनु भयो ।

मतदाता भन्छन्, ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ ( फोटो फिचर)

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

===================================================

भक्तपुर, २६ बैशाख । ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ एमालेको घरदैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायकको चित्तपोलमा एक महिलाले गाएको गीत हो यो ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आयोजना गरेको चुनावी घर दैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायक नगर प्रमुखको उम्मेदवार वासुदेव थापा घर अगाडि आए पछि हसिलो अनुहार लगाउदै उनले गीत गाएकी हुन् ।

एमालेले बालबालिका, युवा युवती, महिलादेखि बृद्धबृद्धासम्मका लागि कार्यक्रमहरु ल्याएको भन्दै ती महिलाले भनिन्, ‘बासुदेवको काम देखिसकेका छौँ, झलमल्ल बिकास भएका छन्, पाँच वर्षमा यति धेरै गर्न सक्नेले अब पाँच वर्षमा अझै विकास गर्छन्, अब एक पटक त उहाँलाई नै भोट दिने हो ।’

सूर्यविनायक नपा–९ नंखेल काक्राबारीमा सन्ते तामाङले एमालेकै कारण दुर्गम भएको काक्राबारीले बिकासको मुहान हेर्न पाएको बताउदै एमाले बाहेक अरुलाई नदेख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिलाको चुनाव पछि नेताहरु देख्नै पाइदैनथ्यो, एमालेले जिते पछि त कार्यक्रम भइ राख्छ, हाम्रो बाटो बन्यो, स्कुल बन्यो, एमाले आए पछि हाम्रो गाउँमा बिकास आयो त्यसैले ३० गतेको चुनाबमा सूर्यलाई भोट हाल्ने हो, बासुदेव दाईको टिमलाई जिताउने हो ।’

प्रत्येक वडामा घर दैलोको क्रममा एमालेका युवा नेता महेश बस्नेत, अर्का नेता शशी जंग थापा, जिल्लाका नेताहरु र मेयर उपमेयर, वडा अध्यक्षको उम्मेदवारहरु लर्को लागेर पुग्दा चोक चोकमा स्वागत गर्ने, अबिर, फूल माला, खादा लगाईदिएर विजयीका आर्शिवाद दिने गरेको घर दैलोमा हिड्ने कार्यकर्ता बताउँछन् ।

घरदैलोमा एमाले आयो भने पछि बृद्धबृद्धा पनि बाटोमा आएर आर्शिवाद दिने गरेको, महिलाहरु चोक चोकमा नाच्ने गरेको भन्दै अब पाँच वर्षका लागि फेरी एमाले नै ल्याउने हो भन्ने गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

आफूले भ्रष्टाचार नगरेको, जनताको काम नरोकेको, सूर्यविनायकको विकासमा अहोरात्र खटिएको बताउदै थापाले एमालेले यस पटक सूर्यविनायकको १० वटै वडा र नगर प्रमुख तथा उपप्मुख जित्ने बताउनु भयो । एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले एमाले भित्र अब कुनै विवाद, असन्तुष्टी नरहेको बताउदै अलिअलि कार्यकर्ता माझ भएको असन्तुष्टीहरु सबै मिलेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० सम्म आयोजना गरेको घर दैलो कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व गरेको ठाउँमा एमालेको सधै जीत हुने बताउदै एमालेले पाँच वर्षमा गरेको विकासको प्रंशसा गरि मतदाताले फेरी पनि एमालेकै नेतृत्व आउनु पर्ने बताए ।

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ, २६ वैशाख  : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले आज एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि सोमबारदेखि छपाइ प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्षभरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ । मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाइमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ । विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिनुभयो । अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ । ‘सिएमआइएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भिइआरएसपी–एमआइएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा

धनगढी, २६ वैशाख : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो ।

चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’ देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताउनुभयो । देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत् मुलुकमा स्थायीत्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्ने षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाउनुभयो ।

सभामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गर्नुभएका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गर्नुभएको थियो ।

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौँ, २६ वैशाख (रासस) : सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

काठमाडौँ, २६ वैशाख  : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।

निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्ति जनाइएको छ ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ ।

निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो । निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।