भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन




चितवन, ५ चैत : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो ।
धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ ।
यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।
फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।
काठमाडौँ, २ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
“लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।
काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो अधिवेशनले पूर्णता पाएको छ । अध्यक्ष मण्डलले अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा १७ जना पदाधिकारी चयन गरेसँगै महासंघले पूर्णता पाएको हो । महासंघको अधिवेशन कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते उद्घाटन भएको थियो । फागुन ७ मा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा ३ दिन चलेको थियो । यही बीचमा महासंघका लुम्बिनी प्रदेश अर्घखाची जिल्लाको उपसचिव प्रकाश महतको मृत्यु भएपछि महासंघले केन्द्रीय कमिटी मात्र घोषणा गरेर बाँकी पदाधिकारी चयन गरेको थिएन ।
महतको शोक अवधि १३ दिनपछि मात्र बाँकी पदाधिकारीहरू चयन गर्ने गरी महासंघको इन्चार्ज गोकुल बास्कोटाको नेतृत्वमा टुङ्ग्याउने गरी थाती राखेको थियो । अध्यक्ष र कोषाध्यक्ष भने पहिले नै सर्वसम्मत भइसकेका थिए । उक्त निर्णयअनुसार शुक्रबार पार्टी अध्यक्ष ओलीको प्रमुख अतिथ्यमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य रचना खड्का, सदस्य रमेश पौडेल लगायतको उपस्थितिमा महासंघको पदाधिकारी घोषणा गरेको हो ।
अध्यक्ष मण्डलले घोषणा गरेको महासंघ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले सपथ ग्रहणसमेत गरेका छन् । १७५ जना केन्द्रीय कमिटी रहेका महासंघको उपाध्यक्षमा धर्म कुमार श्रेष्ठ, दिपेन्द्र प्रसाद दहाल, निरेशलाल सिंह, तिरणराज गौतम, सन्जु महर्जन र नन्दा बस्याल चयन भएका छन् । महासचिवमा धरम बहादुर लामा चयन भएका छन्। सचिवहरू तिर्थ बहादुर खड्का, बिष्णु चन्द, बिष्णु पुन, प्रनिर अधिकारी, प्रभुनारायण शिवाकोटी, शिवजी गुप्ता, विप्लव घोष, सन्तोष बान्तवा चयन हुँदा कोषाध्यक्ष उज्वल सुवेदी चयन भएका छन् । महासंघले विराटनगरमा महाधिवेशनको उद्घाटन गर्नुभन्दा पहिले काठमाडौंमा विभिन्न कार्यक्रम गरेको थियो ।
त्यस अवसरमा ‘केपी ओली रोड रेस’ कार्यक्रम आयोजना गरिएको थियो । जसमा विजेता महिला र पुरुषलाई जनही ५०—५० हजार पुरस्कार वितरण गरिएको थियो । भने दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो । त्यस्तै राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरेको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा साताव्यापी खेलकुद आयोजना गरेको महासंघले उद्घाटन समारोहमा समेत विभिन्न खेल प्रदर्शन गरेको थियो ।
मोरङ, १६ कात्तिक (रासस) : पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो ।
सिराहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो । बिहीबार हुने क्वार्टरफाइनल खेल झापाको रोलिङ क्लब धुलाबारी तथा आयोजक डाँगीहाट युथ क्लबबीच हुने प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमको सहभागिता रहेको छ ।
काठमाडौँ, ११ असोज : अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन ।
त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए । खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे ।
खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
भक्तपुर, ८ असोज : सानोठिमीस्थित खेल मैदानमा आजबाट एक महिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर युथ एशोसियसनको संयोजनमा सुरु भएको प्रतियोगिताको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलाडीलाई बल हस्तान्तरण गर्दै सुरु गर्नु भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले मध्यपुरथिमि नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलकुद हवको रुपमा बिकास गर्ने लक्ष्यका साथ २०५६ सालपछि पहिलो पटक वडा लिग प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । बिभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर बिजेता सफल बिभिन्न खेलाडीहरुको नाम लिदै उहाँले मध्यपुरथिमि नगरपालिकाले सानोठिमी खेल मैदानमा पाँच हजार दर्शक अट्ने मिनि रंगशाला र कबर्ड हल बनाउने बताउनु भयो ।
मध्यपुर युथ एशोसियसनलाई ए डिभिजनमा पुर्याउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै यो प्रतियोगितामा उत्कृष्ट सबै वडाका खेलाडीलाई समेटर नगरपालिका आफ्नै फुटबल टिक बनाउने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले फुटबललगायत बिभिन्न खेलको बिसका गर्ने उदेश्यले यस वर्ष ८० लाख बजेट विनियोजन गरेको बताउदै नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गर्ने बताउनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको बताउदै प्रत्येक खेलाडीहरुको प्रति व्यक्ति रु. पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको बताउनु भयो ।
मध्यपुरथिमिकाका स्थायी बासिन्दाको सहभागिता जनाउने गरि प्रत्येक वडाबाट एक–एक वटा टिम सहभागी गराई राउण्ड रोविन लिग अनुसार खेल खेलाइएको प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो । उहाँले कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले ८ खेल खेल्ने बताउदै यो प्रतियोगिताले मध्यपुरमा खेलकुदको बिकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो ।
प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष सिंहले नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ, सबै वडाका वडाध्यक्ष, सहयोग गर्ने खेलाडी लगायत निकायलाई सम्मान गर्नु भएको थियो । कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज पहिलो दिन वडा नं. १ र ४ को टिमबीच भएको खेलमा वडा ४ को शून्यका बिरुद्ध वडा नं. १ ले दुई गोल गर्दै अग्रता लिएको छ ।
काठमाडौँ, ८ असोज :सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभयो ।
सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ ।
प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ ।
चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँले १३औँ दिनमा अनशन तोड्नुभएको हो । –––
खोटाङ, ८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण पदक जितेको छ । गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो । सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेका छन् ।
महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जिता राईले स्वर्ण पदक जितेका छन् । यस्तै कुमुतेतर्फ ५५ किलो समूहमा विद्याकला राई, ६१ किलो समूहमा कञ्चन नेपाली, ६८ किलोभन्दा माथिको तौल समूहमा मिसडोना राई र ७५ किलो तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।
सितोरियो करातेमा खोटाङका २९ खेलाडीले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । पौडीमा जिल्लाबाट पहिलोपटक खेलाडी सहभागी गराउन पाएको खोटाङले पहिलोपटक नै दुई स्वर्ण पदक प्राप्त गरेको छ । पौडीमा क्रिस राईले खोटाङलाई फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एकवटा स्वर्ण पदक दिलाएको हो । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो ।
शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण पदक जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दीर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विश्वकर्मा तथा प्रविण कटवाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा परेका छन् । यस्तै महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएका छन् ।
प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका गरी एक सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङका १७ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
यसैबीच सितोरियो कराते खोटाङका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५ र रु ११ हजार एक सय ११ प्रदान गर्ने घोषणा गर्नुभएको छ । सितोरियो कराते खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको प्रवद्र्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगतरूपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताउनुभयो ।
भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक भोली असोज ८ गतेबाट सुरु गर्न लागेको एक महिने ‘मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा गरेको छ । मध्यपुरथिमि नगरपालिकाले आज मध्यपुर युथ एशोसियसनको खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै मध्यपुर युथ एशोसियसनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
उहाँले नगरपालिकाले यसअघि खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका आफैले प्रतियोगिताको रुपमा फुटबल टुनामेन्ट गर्न लागेको बताउदै यो लिगबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिका टिम अर्थात आफ्नै क्लब गठन गर्ने बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो । उहाँले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले बजेट विनियोजन गरेको बताउदै यसलाई निरन्तरता दिने बताउनु भयो ।

मध्यपुरथिमिकाका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरि प्रत्येक वडाबाट एक एक वटा टिम सहभागी हुने प्रतियोगिता राउण्ड रोविन लिग अनुसार खेलाईनेछ भने प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो ।
उहाँले मध्यपुरथिमिमा फुटबलको विकास गर्नु, स्थानीयस्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता कवेले बताउनु भयो ।

कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो । मध्यपुर युथ एशोसियसनलाई पुनः ए डिभिजनमा पुर्याउने चूनौती रहेकाले त्यसका लागि समेत बजेट ब्यबस्थापनकोअवश्यकता रहेको बताउनु भयो । उहाँले अबको प्रतियोगितामा एशोसियसनलाई ए डिभिजनमा पुर्याउने अठोट गर्नु भयो ।
प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको बताउनु भयो ।

प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको प्रजापतिले बताउनु भयो । उहाँका अनुसार एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति, लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथि सत्कार समितिमा सचिव सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।